श्री शालवाहनीय शाके १९४६ ने.सं.११४५ वि.सं.२०८१ साल चैत १४ गते बिहीबार, २७ मार्च २०२५,कालयुक्तनाम संवत्सर। चैत्र कृष्णपक्षको त्रयोदशी तिथि ०११ः१८ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र शतभिषा भोलि १२ः४६ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि  कुम्भ, सूर्याेदय ०५ः५९ बजे र सूर्यास्त ०६ः१८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्वसमेत बढ्नेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झनाले विभिन्न अवसर प्राप्त हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।दिनभरि अरूका समस्या सुल्झाउन अलमलिनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्म, कर्म र सेवामा प्रवृत्त गराउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । कर्मनिश्चय गर्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
लगनशीलताले केही उपलब्धि दिलाउला। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आकर्षक उपहारले उत्साह जगाउनेछ। विशेष काममा बिहानको समय अनुकूल रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यका लागि आहारविहारमा ध्यान पु¥याउनु होला। सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।