श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल चैत १८ गते सोमबार, ३१ मार्च २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्लपक्षको द्वितीया तिथि ०२ः२८ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र अश्विनी ०१ः५९ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः५५ बजे र सूर्यास्त ०६ः२० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले अवसर दिलाउनेछ। पुरुषार्थ देखाएर दाम कमाउने अवसर पनि प्राप्त हुनेछ। फाइदा हुने काम प्रारम्भ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। अध्ययनका सन्दर्भमा रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेसा–व्यवसाय र स्वास्थ्यमा केही समस्या आउने सम्भावना छ। आफ्नो क्षेत्राधिकार सङ्कुचित बन्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
चिताएको काम रोकिनेछ। मेसो नमिल्दा योजना अधुरै रहनेछ। गोपनीयतामा ध्यान पु¥याउनु होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी कम मात्र हुनेछ।समयमा आँट गर्न नसक्दा काम रोकिनेछ। अध्ययनमा पनि त्यति ध्यान दिन नसकिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य समस्याले सताउन सक्छ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौतीहरूलाई पन्छाउने समय छ। रोकिएका धेरै काम बन्नेछन्। आम्दानीको दिगो स्रोत जुटाउन सफल भइनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि विश्राम र खानपानमा ध्यान दिनुहोला।प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अरूको भरपर्दा काम बिग्रन सक्छ। खानपानमा सजग रहनुहोला। प्रतिभाद्वारा विस्तारै अरूलाई उछिन्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
माया मारेको काम बन्नाले उत्साह जाग्नेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्ममा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ । प्रेमसम्बन्धमा सफलता मिल्नेछ ।