श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि. सं. २०८१ साल चैत २२ गते शुक्रबार, ४ अप्रिल २०२५, कालयुक्तनाम संवत्सर। चैत्र शुक्ल पक्षको सप्तमी तिथि ०८ः२६ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र  मृगशिरा ०६ः०२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः५१ बजे र सूर्यास्त ०६ः२२बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रतिष्ठा कमाउने बेला छ।  
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक दायित्व बढ्नेछ।सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। दोहो¥याएर प्रयत्न गरे फल प्राप्त हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महŒवपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा अवसर मिल्नेछ। परोपकारी काममा सहभागी भइनेछ। मिहिनेत गर्दा राम्रै फाइदा होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम देखाएर फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्रोतसाधन जुट्नाले समय निकै उत्साहजनक रहनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रोगमाथि विजय प्राप्त हुनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।