श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख ३ गते बुधबार, १६ अप्रिल २०२५,कालयुक्तनाम संवत्सर। वैशाख कृष्णपक्षको तृतीया तिथि ०१ः३६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अनुराधा भोलि ०६ः११ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः३८ बजे र सूर्यास्त ०६ः२९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
छोटो समयमा मनग्य फाइदा हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। रमाइलो यात्रा हुनसक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका दुश्मनहरूले मित्रताका हात अघि बढाउनेछन्। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामूलक कामबाट धनलाभ हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले नयाँ अवसर दिलाउनेछ।केही पारिवारिक समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ। बुद्धिको उपयोगले समस्या सुल्झनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। तीर्थयात्राको योग रहेको छ ।