श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल वैशाख २२ गते सोमबार, ५ मे २०२५, सिद्धार्थीनाम संवत्सर। वैशाख शुक्लपक्षको अष्टमी तिथि ०७ः५२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्लेषा ०२ः१५ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः३९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसर प्राप्त भए पनि तत्काल फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। मिहिनेतले समस्या सुल्झनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। कृषि तथा पशुधनबाट लाभ मिल्नेछ । आफन्त नजिकिन सक्छन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभचिन्तकहरूलाई साथ लिएर काममा जुट्नुहोला । महŒवाकाङ्क्षी योजना प्रारम्भ हुने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लगनशीलताले लक्ष्यमा पु¥याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो परिणाम प्राप्त हुनेछ । काम गर्दै धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा फाइदा हुनेछ। दिगो फाइदा उठाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुखद् समाचारले उत्साह जगाउनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । अध्ययनमा प्रगति हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो काम प्रारम्भ गर्ने समय छ। प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो भेटघाट तथा खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा एवम् ख्याति बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सफलताको अनुभवले थप उत्साहित भइनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले हौसला जगाउनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कमजोरी सुधार गर्दै पछिका लागि योजना बनाउने समय छ । पहिरनले व्यक्तित्व निखार्ने अवसर पनि प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला।