धनकुटा/सुनसरीको धरानबाट भोजपुरका लागि हिँडेको यात्रुबाहक बस सोमबार बिहान धनकुटामा दुर्घटना भएको छ ।
भोजपुरको बोयातर्फ हिँडेको को.१ ख २१७७ नम्बरको यात्रुबाहक बस धनकुटा–६ स्थित गोठगाउँको माथिल्लो गोलाईमा दुर्घटना भएको हो । दुर्घटनामा धनकुटा नगरपालिका–६ की ७३ वर्षीया धनकुमारी राईको घटनास्थलमै ज्यान गएको छ । करिब २ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।