जरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले जीवित र मृतक सबै बन्धकहरूलाई स्वदेश फर्काउने प्रतिबद्धता जनाएको छ। उनको यो भनाइ १० इजरायली बन्धकको रिहाइसहित प्रस्ताव गरिएको ७० दिन लामो युद्धविरामसम्बन्धी बहसबीच आएको हो।
इजरायलले गाजामा आक्रमण तीव्र बनाउँदै लगेका बेला अन्तर्राष्ट्रिय समुदायबाट आलोचना बढेको छ। लामो नाकाबन्दीपछि गाजामा मानवीय सहायता प्रवाह पुनः सुरु गरिएको जनाइएको छ।सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणमा २५१ जना इजरायलीहरू अपहरणमा परेका थिए, जसमा हालसम्म ५७ जना गाजामा छन् र ३४ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ।
सोमबार गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा ३३ जनाको मृत्यु भएको र कैयौँ घाइते भएको नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले जानकारी दिएका छन्। अर्को आक्रमणमा जबालिया क्षेत्रमा थप १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाले हमास र इस्लामिक जिहादका उच्च नेताहरू लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।