श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८२ साल जेठ १९ गते सोमबार, २ जुन २०२५, सिद्धार्थीनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि २४ः२७ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मघा ०२ः५४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह सूर्याेदय ०५ः१० बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तत्काल योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ। पहिलेको सम्झौता भङ्ग हुनसक्छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको व्यवहारले शङ्का उब्जाए पनि परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ । लाभ हुने काम गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ । पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। 
 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। 
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ । सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ । आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ । 
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। 
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।  
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ।