वि.सं. २०७४ साल माघ २१ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ४ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्थी, १३:०४ बजेउप्रान्त पञ्चमी। नक्षत्र– उत्तरफाल्गुनी, १४:३५ बजेउप्रान्त हस्त। योग– सुकर्मा, १८:०६ बजेउप्रान्त धृति। करण– वालव, १३:०४ बजेदेखि कौलव, २४:४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ६:५१ बजे, सूर्यास्त– १७:४५ बजे र दिनमान २७ घडी १६ पला। सर्वार्थसिद्धि योग (अहोरात्र)।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुरुमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ। दिगो फाइदा हुने काम हातपार्न सफल भइनेछ। उपहारका साथ नयाँ सम्बन्धको प्रस्ताव प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले मन प्रफुल्लित होला। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सप्ताहान्तमा परिबन्धले झमेला निम्त्याउन सक्छ। झुटो आरोप लाग्न सक्छ। चुनौती देखिए पनि विवेकले काम लिँदा समस्या सुल्झाउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) परिश्रम परे पनि प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्गे धन लाभ हुनेछ। लगनशीलताले ज्ञान बढ्नेछ भने मिहिनेतले आम्दानीको स्रोत जुट्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रतिभाद्वारा उपलब्धि हातपार्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। शत्रु तथा प्रतिस्पर्धीहरूले हार खानेछन्। व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो कसिने सम्भावना छ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) प्रारम्भमा घरेलु समस्या देखापर्न सक्छन्। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। तर आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्न सकिनेछ। अध्ययनमा प्रगति हुनेछ तर स्वास्थ्यमा मौसमी गडबडी देखापर्न सक्छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। सप्ताहान्तमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) मिहिनेत गर्दा आँटेको काम बन्ने योग छ। प्रारम्भमा जुझारु कार्यशैलीले शक्तिशाली व्यक्तिहरूसमेत पछि पर्नेछन्। पुरुषार्थी कामले धन र मानसमेत दिलाउनेछ। छोटो समयमा लक्ष्य प्राप्त गर्न सकिनेछ। मंगलबारदेखि आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ। साइनो गाँस्नेहरूबाट निकै सजग रहनुहोला। अध्ययनमा पनि धेरै समय दिन नसकिएला। आफ्नाले धोका दिनेछन् भने नजिकका साथीभाइसँग दूरी बढ्न सक्छ। अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) विभिन्न अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिएला। गोपनीयतामा विशेष ध्यान पुर्याउनुपर्ला। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले जीवनशैलीमा सुधार ल्याउनेछ। प्रयत्न गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। बिहीवारपछि पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न गराउला। विरोधीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बुद्धिको उपयोगले काम लिने कोसिस गर्नुहोला। सप्ताहान्तमा स्वास्थ्यका लागि सजग रहनुहोला।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) पहिलेको सफलताले काममा उत्साह जगाउनेछ। तर, आगन्तुकहरूले अलमल्याउन सक्छन्। चिताएको काम समयमा सम्पादन गर्न बाधा पर्न सक्छ। मंगलवार र बुधवार बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि अप्ठ्याराे पर्न सक्छ। सप्ताहान्तमा मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूको माध्यमले महत्वपूर्ण काम बन्न सक्छ। साइनो गाँस्नेहरूबाट भने सजग रहनुहोला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। मंगलवारदेखि परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। भेटघाटमा अलमलिनाले काममा भने बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। सप्ताहान्तमा बोली-व्यवहारमा सजग रहनुहोला। आलोचकहरूबाट पनि सावधान रहनुपर्ला। बलभन्दा बुद्धिले काम लिनुहोला, काम बन्न सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) प्रारम्भमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानीका स्रोतहरू बढ्नेछन् भने मनग्गे धन संग्रह हुनेछ। मंगलवारदेखि खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला। बलजफ्ती गर्दा काम झन् बिग्रन सक्छ। समयमा होसियार नबन्दा काममा बाधा हुनेछ भने ऋणभार समेत बढ्न सक्छ। सप्ताहान्तमा स्थितिमा सुधार आउनुका साथै विशिष्ट व्यक्तिसँग मित्रता गाँसिनेछ। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटेका काममा सफलता मिल्नेछ। पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। तर, लगत्तै अनियन्त्रित खर्च पनि हुनेछ। परिस्थितिवश अर्थ अभाव देखा पर्नाले चिताएको काममा बाधा पुग्नेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिन्छ। बिहीवारदेखि खर्च बढ्नाले आर्थिक अभावको अनुभूति हुनेछ। तापनि टाढाका साथीभाइसँगको सम्बन्धले लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रारम्भमा जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। व्यावहारिक कठिनाइ देखा परे पनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। कामकै सिलसिलामा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। परिश्रमअनुसार राम्रै फल प्राप्त हुनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) अप्ठ्यारो परिस्थितिसँग सम्झौता गर्नुपर्ला। प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। तर असहज परिस्थितिले बाधा पुर्याउन सक्छ। स्वास्थ्य कमजोर बन्ने र चिताएको काम स्थगित हुने सम्भावना देखिन्छ। केही समय पर्खंदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ। मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै काममा सहयोग गर्नेहरू जुट्नेछन्। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। सप्ताहान्तमा नाम, दाम र इनाम हात पार्न सफल भइनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मंगलबारदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोगले लक्ष्य प्राप्ति हुनेछ। गोपनीयतामा ध्यान दिनुहोला। (नेपाली पात्रो)