ताप्लेजुङ । मंसिर महिनाको अन्तिम दिन सोमबार, पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरबाट मौसम सफा देखिएको छ ।

मन्दिरबाट मौसम सफा भएकोले धार्मिक हिसाबले निकै महत्व राख्ने ताप्लेजुङको पाथीभरा मन्दिरबाट देखिएको कञ्चनजंघा, कुम्भकर्ण, मकालुलगायतका हिमाल । निकै मनमोहक देखिन्छन्।  पाथीभरा देवीको मन्दिरमा बाह्रै महिना मानिसहरु दर्शन गर्न जाने र  सुन्दर हिमाल हेर्न जानेको संख्या पनि कम नहुने बताइन्छ ।

समुद्री सतहबाट झण्डै ३८ सय मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा हेलिकप्टरबाट अथवा ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्लिङबाट पैदल यात्रा गरेर जान सकिन्छ। पैदल यात्राका लागि फुङ्लिङस्थित सुकेटार विमानस्थलबाट हिँडाइ शुरु गरेर त्यहाँबाट कच्चि बाटो हुँदै तल्लो फेदी र माथिल्लो फेदी हुँदै जानुपर्छ।

सैयौं भेडा एकैपटक हराएपछि दुस्खी बनेका भेडा गोठालाहरुलाई पाथीभरा देवीले सपनामा दर्शन दिइ आफ्नो आराधना गर्न भनेकी थिइन् भन्ने किंवदन्ती रहेको छ।

पाथीभरा देवीको मन्दिरमा भक्तजनहरुले घण्टी र त्रिशुल चढाउने गर्छन् । मन्दिर वरपरको क्षेत्रमा भक्तजनले चढाएका सामाग्रीहरु ठूलो मात्रामा पाइए पनि कसैले टिप्न हुन्न भन्ने जनविश्वास छ।

pathivara3


pathivara4

pathivara1


pathivara2

pathivara6

pathivara5