श्री शालवाहनीय शाके १९४६ ने.सं. ११४५ वि.सं. २०८१ साल फागुन १८ गते आइतबार, २ मार्च २०२५, कालयुक्तनाम संवत्सर। फाल्गुण शुक्लपक्षको तृतीया तिथि ०९ः१८ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र  उत्तरभाद्र ०९ः१३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः२७ बजे र सूर्यास्त ०६ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। दिगो योजनाका लागि ऋण लिनुपर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। लाभ उठाउनेहरू सक्रिय हुने हुँदा समयमै सावधान रहनुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चलअचल धनको उपयोगबाट फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ अवसरबाट लाभ उठाउन सकिनेछ।कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व गर्दै विशेष जिम्मेवारी हातपार्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने चिताएको काम रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ।