लागूऔषध दुव्र्यसनको लतमा फँसेकाहरुले के सोच्छन् कुन्नि ? तर जुन परिवारले दुव्र्यसनी सदस्यलाई व्यहोरिरहेको छ, त्यसको पीडा उसैलाई मात्र थाहा होला । हुन त अहिले प्रत्येक परिवारमा कोही न कोही दुव्र्यसनको कुलतमा रहेको तथ्याङ्कले देखाइरहेको छ । यस्तो जर्जर समस्या बनेको लागूपदार्थ दुव्र्यसनलाई न्यूनीकरण गर्न पूर्वाञ्चल क्षेत्रलाई नै लक्षित गरेर धरान–२३ पानबारीमा निर्माण हुने पूर्वाञ्चल आसरा सुधार केन्द्रले ठूलो सहयोग पु¥याउने छ भन्नेमा पूर्वाञ्चलवासी आशावादी छन् । ‘ढुङ्गाको भर माटो अनि माटोको भर ढुङ्गा’ भनेभैmँ यसको निर्माण सम्पन्न गर्न सबैको साथ र सहयोग अवश्य जुट्छ भन्ने कुरामा पूर्वाञ्चल आसरा सुधार केन्द्र पनि आशावादी छ ।
नेपालका शहरी क्षेत्रहरुमा लागूऔषध प्रयोगकर्ताहरुको सङ्ख्या बाक्लो रहेको पाइन्छ । पूर्वाञ्चलका धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोडलगायतका प्रमुख शहर–बजारलाई लागूऔषध दुव्र्यसनले नराम्ररी गाँजेको छ । हुन त विभिन्न सामाजिक सङ्घ–संस्था तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले पनि ‘से नो टु ड्रग्स’ जस्ता धेरै कार्यक्रमहरु सञ्चालन गरिरहेका छन । तर पनि समस्याको जरोमा पुगेर यसको नियन्त्रण र न्यूनीकरण हाम्रो लागि एउटा ठूलो चुनौती नै बनेको छ । विभिन्न आपराधिक गतिविधिमा पनि अत्यधिक सङ्ख्यामा लागूऔषध प्रयोगकर्ताहरु नै संलग्न भएका भेटिन्छन् । यो कुनै व्यक्ति, परिवार र समूह विशेषको समस्या नभएर हामी सबैको साझा सरोकारको विषय हो । धरानका पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोको संयोजकत्वमा बनेको निर्माण समितिले पूर्वाञ्चल आसरा सुधार केन्द्रको भवन निर्माण कार्य द्रुत गरिमा अघि बढाइरहेको छ । एक करोड रुपैयाँभन्दा बढीको वचन दान सहृदयी दाता महानुभावहरुले गरिसकेका छन् भने नगद र जिन्सी गरी ५० लाखभन्दा बढी सङ्कलन भइसकेको छ । यसबाट निर्माण समितिकी कोषाध्यक्ष शिला बज्राचार्यलगायत सबै खुसी देखिन्छन् । यही गतिमा स्थानीय दाताहरुबाट सहयोग उठ्ने हो भने २०७२ माघ १२ गते शिलान्यास भएको यसको भवन बनाउने काम आगामी दुई वर्षभित्र पूरा गरेर यसलाई सञ्चालनमै ल्याउन निर्माण समितिका संयोजक मनोजकुमार मेन्याङ्वो र सिङ्गो समिति तदारुकताका साथ लागिपरेका छन् ।
लागूऔषध दुव्र्यसनसम्बन्धी चेतना, उपचार र पुनःस्थापनासमेतको महान् उद्देश्य बोकेको यो केन्द्र नेपाल प्रहरी श्रीमती सङ्घको सुपरीवेक्षणमा काठमाडौँको रानीबारीमा सञ्चालित आसरा सुधार केन्द्रको शाखाको रुपमा रहने छ । स्थानीय समुदाय र नेपाल प्रहरीको संयुक्त पहलमा सञ्चालन हुने भएकोले पनि यो परियोजनामा सबैको हातेमालो रहने कुरामा विश्वस्त छन् निर्माण समितिका सचिव सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सरोज श्रेष्ठ । परियोजना आपैmँमा राम्रो छ । सबैको सरोकारको विषय बनेको छ । त्यसैले पानवारीवासी पनि उत्साहित भएर लागेका छन् । लागूऔषध दुव्र्यसनको न्यूनीकरणसँगै यो परियोजना सञ्चालन हुने पानवारीको पनि विकास निर्माणमा ठूलो सहयोग पुग्ने भएकोले स्थानीय ठूलो आशा र उत्साहका साथ लागेका छन् । परियोजनाको नेतृत्व गर्दै पाँचकन्या गाविसका पूर्वअध्यक्ष रमेशकुमार बस्नेत लागिरहेका छन् । धरान उपमहानगरपालिका वार्ड नं. २३ पानवारी मार्केचौरीमा पाँचकन्या सामुदायिक वनको संरक्षणमा रहेको करीब ७ कठ्ठा जग्गा धरान उपमहानगरपालिकाले भोगचलनका लागि उपलब्ध गराएको छ भने धरान–२ का उदारमना दाता रामहरि हाडाबाट सहयोगस्वरुप १८.५ धुर जग्गा निःशुल्क प्रदान भएको छ । करीब दुई सयजना लागूऔषध प्रयोगकर्ताहरुको उपचारको क्षमता भएको यो केन्द्रको निर्माण गर्न करीब ४ करोड २५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । हिजोआज निजी स्तरबाट पनि यस्ता धेरै सुधार केन्द्रहरु सञ्चालित छन् । ती सुधार केन्द्रले गरेका कामको कदर गर्दैै यस केन्द्रले एउटा मार्गदर्शकको भूमिका निर्वाह गर्नुपर्दछ । गरीब र निमुखा सबैको पहुँच पुग्ने हुनुपर्दछ भन्ने सोचबाट समितिका पदाधिकारीहरु युद्धस्तरमा कार्यरत् देखिन्छन् । दाताहरुबाट प्राप्त रकमको राम्रो सदुपयोग भएको छ । ठूलो लागत भएकोले रकम सङ्कलन गनै निकै ठूलो कसरत गर्नुपर्ने भएको छ ।
केन्द्रको भवन निर्माण कार्यका लागि सबै दाता महानुभावहरुलाई सहयोगका निम्ति आह्वान गरिएको छ । १० हजारभन्दा माथि सहयोग गर्नेको नाम शिलालेखमा राखिने, ५० हजारभन्दा माथि सहयोग गर्नेलाई कदरपत्रसमेतले सम्मान गरिने, १ लाखभन्दा माथि सहयोग गर्ने दाताको नाममा सानो कोठा वा बरन्डा राखिने, २ लाख सहयोग गर्नेको नाममा कोठा निर्माण गरिने, ५ लाखभन्दा माथि सहयोग गर्नेको नाममा सानो हल राखिने, १० लाखभन्दा माथि सहयोग गर्नेको नाममा ठूलो हल राखिने, प्रशासनिक कार्यालय भवनको नाम ३० लाख दिने दाताको नाममा राखिने र १ करोडभन्दा माथि दिने दाताको नाममा मुख्य भवनको नाम र मूर्ति राखिने छ । यसरी आर्थिक तथा जिन्सी सहयोग नीति तय गरेर दाताहरुलाई आकर्षित र कदर गर्ने प्रभावकारी योजना बनाइएको छ ।
लागूऔषध दुव्र्यसन समाज विकासको बाधक मात्र होइन, भविष्य पनि अन्धकार बनाउने एउटा तत्वको रुपमा रहेको छ । आजसम्म देखा परेका दुव्र्यसनीहरुलाई उपचार गर्ने, यसको कारोबार गर्नेहरुलाई कडा कारवाही गर्ने र कलिला बालबालिकालाई यसबाट बचाउने कुरा बारम्बार भइरहेको छ । तर पनि यसमा प्रहरी–प्रशासन, समुदाय अनि सरकार सबै खै कहाँ–कहाँ चुकिरहेका छौँ । समस्या जटिल छ । एक ठाउँमा एक दिन एउटा–दुइटा कार्यक्रम र परियोजना सञ्चालन गरेर पुग्दैन । यो त जीवन दर्शनसँगै जोडेर लैजानुपर्ने कुरा हो । टोलस्तर अनि वडा र नगरमा बृहत्तर कार्यक्रम सञ्चालन गर्ने हो भने साँच्चै नै लागूऔषध दुव्र्यसनको समस्यालाई जरैबाट फाल्न सकिन्छ । नेपाल सरकारले खुल्ला दिसामुक्त क्षेत्र, बालश्रममुक्त क्षेत्र भनेभैmँ लागूऔषधमुक्त क्षेत्र बनाउन किन नसक्ने ?
के यो सम्भव छ ? हामी सबै लागे सम्भव छ । हामी सबैको सानो सहयोग पनि यो पूर्वाञ्चल आसरा सुधार केन्द्रले चालेको लागूऔषधमुक्त सुन्दर र स्वच्छ समाज निर्माणको अभियानका लागि ठूलो हुन जान्छ ।