[caption id="attachment_7371" align="alignleft" width="200"]dhan धनबहादुर पुरी[/caption] नेपाली महिलाहरुको पवित्र तथा महान पर्व तीज विकृतिमा परिणत हुँदैछ भन्दा फरक नपर्ला । एक्काइसौँ शताब्दीको मानव सभ्यता भए पनि अहिले विभिन्न चाडबाड, रीति संस्कृतिका नाममा हुने–गरेका क्रियाकलापहरु हाम्रो समाजका लागि अपाच्य छन् । यो यथार्थ हो । समय र ठाउँअनुसार केही परिवर्तन हुनु स्वाभाविक हो तर परिवर्तन पनि चाहिनेभन्दा बढी भइरहेको छ, हाम्रो समाजमा अहिले । दिदीबहिनीहरु माइतीमा जम्मा भई अघिल्लो दिन दर खाएर भोलिपल्ट दिनभरि व्रत बस्ने र दुःखसुखको गीत गाउँदै रमाइलो गर्ने चाडपर्व भए पनि पछिल्लो समय तीज भड्किलो बन्दै गएको छ । पाँच–सात वर्षयता तीज अत्यधिक भड्किलो बन्दै गएको सबैलाई थाहै छ । तीज आउन एक महिना बाँकी हुँदैदेखि दर खाने प्रचलन शहरमा बढ्न थालेको छ । कहिले क्लब, आमा समूह, महिला समूह, मठमन्दिर, स्थानीय सङ्घ–संस्था, व्यापारीहरुले महिलाहरुलाई डाकेर दर खुवाउने प्रचलनले अहिले बजार लिएको छ । दिदीबहिनीहरुबीच एक–आपसमा सुखदुःख साटासाट गर्ने भन्दा पनि नयाँ र महङ्गा गहना र साडी प्रदर्शन गर्ने चाडको रुपमा समेत विकास हुँदै गएको छ । महङ्गा र धेरै गहना लगाएर हिँड्दा छिमेकी एवम् गरीब महिलाले देखासिकी गर्दा चाडपर्व महङ्गो बन्दै गएको पक्का छ । यो बेला चेलीहरुले शौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा व्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा–व्यथाहरुलाई गीतको माध्यमद्वारा पस्केर भव्यताका साथ तीज मनाउनुपर्ने हो । महिलाहरुले पतिको दीर्घायुको कामना गर्न लगाउने तिलहरी हात्ती बाँध्ने साङ्लो जसरी लगाउन थालेका छन् । घाँटीको सिक्रीले भैंसीकै दाम्लो पुग्लाभैmँ लाग्छ । हातमा साङ्लो जसरी सुनकै बाला प्रदर्शनी गर्छन् । कमाइ हुने, पैसा हुने र को कति सम्पन्न छ ? कसले कति गहना जोड्यो भनेर थरी–थरीका गहना जोड्ने र तिजका दिनमा त्यो प्रदर्शनी जस्तै गर्न थालिएको छ । यो तीजको विकृति हो । पक्कै पनि समय परिवर्तनशील छ । समाजले परिवर्तन चाहन्छ र समयसापेक्ष परिवर्तन हुनु पनि पर्छ । तर, परिवर्तनका नाममा भित्रिने विसङ्गति, विकृति र आर्थिक दम्भले भने हामी चेतनशील प्राणीलाई नराम्ररी गाँजेको तीतो यथार्थ भने समाजमा यत्रतत्र छर्लङ्ग छ । आज महान् पर्व तीज पनि भड्किलो बन्दै गएको कसैले नकार्न सक्दैन । तिज कतै धनी र हुनेखाने परिवारको मात्रै त होइन भन्ने भान जनमानसमा पर्न थालेको देखिन्छ । चाड आउनु एक महिना अघिदेखि टोल–टोलमा पार्टी प्यालेस बुक गर्दै दर खान भनेर हिँड्ने हुनेखाने वर्गका नारीकै कारण तीज धेरै महङ्गो बनेको हो । महङ्गा साडी र गरगहना प्रदर्शन गर्ने, महङ्गा–महङ्गा उपहार बाँड्ने होडबाजी नै चलाएर उनीहरु समाजमा धनी र गरीबबीच ठूलो खाडल खनिरहेका छन् । त्यसमा पनि टिकट नै बेचेर रकमसमेत उठाउँदै दर खाने कार्यक्रम राख्नेहरुलाई के भन्नु र † नारी एकता जिन्दवाद ! र नारी एक हौँ भनी नारा लगाउने र भाषण ठोक्ने नारी अधिकारप्रति सचेत नारीले यस्ता विकृति र विसङ्गतिविरुद्ध किन आवाज नउठाएका होलान् ? यस विषयमा महिला अगुवाहरुले सोच्ने बेला आएको छ । अहिले बजारमा महिलाहरु पनि विभाजित भएका छन् । पार्टी–पार्टीबीच तीज कार्यक्रम गर्ने होडबाजी चलिरहेको छ । महिलाको तीज पार्टीमा जमात् देखाउन प्रदर्शन गरिनु कतिको जायज होला ? महिनौँदेखि खाइने भोजलाई दर पनि नभनौँ किनकि ‘दर’ शब्दको अपमान हुनेछ । ‘दर’ तीजको अघिल्लो राति (१२ बजेसम्म) मात्रै खाइने विशेष प्रकारको आडिलो र पोषिलो खानेकुरा हो । दर त्यही एक दिन मात्र खाइन्छ । तिजको महत्व परापूर्वकालमा सानै उमेरदेखि श्री महादेवलाई स्वामी पाऊँ भनी आराधना गरिरहेकी हिमालय पर्वतकी छोरी पार्वतीलाई उनका बाबु हिमालय पर्वतले श्री महादेवसँग नभई विष्णुसँग विवाह गरिदिन लागेपछि पार्वतीले आफ्नो चाहनाअनुरुप महादेव पति नपाउने भएको थाहा पाएपछि उनले आफ्ना साथीहरु डाकी आपूmलाई लुकाएर राखिदिन अनुरोध गरिन् । उनको अनुरोधअनुसार साथीहरुले पार्वतीलाई जङ्गलमा लुकाएर आए । तत्पश्चात् पार्वतीले त्यही जङ्गलमा बसी महादेवको नाममा शिवलिङ्ग स्थापना गरेर पूजाआराधना गरिरहिन् । अन्त्यमा उनी सफल भइन् अर्थात् उनले महादेव पति पाइन् । साथीहरुद्वारा  हरण गरी एकान्तमा राखिएको यसै बेला गरिएको व्रत हुनाले उक्त व्रतको नाम हरितालिका रहन गयो । फलस्वरुप त्यही दिनदेखि प्रत्येक नेपाली चेलीले भाद्र शुक्ल द्वादशीदेखि ऋषि पञ्चमीसम्म तीज पर्व भनेर हरितालिका मनाउन थाले भन्ने किंवदन्ती पाइन्छ । हरितालिकाको अघिल्लो रात सबै चेलीहरु जम्मा भएर दर खाएपछि तीज शुरु हुन्छ । तीजको दिन प्रायः चेलीहरु पानीसमेत नखाई निराहार व्रत बसी महादेवको मन्दिरमा पूजाआजा गर्ने र नाचगान गरी नारी हृदयका भावनालाई गीत–सङ्गीतबाट उजागर गर्ने गर्छन् भने रात्रिमा समेत जाग्राम बसी रमाइलो गर्ने प्रचलन  छ । यसरी यो दिन व्रत बसेर विवाहित महिलाहरुले श्रीमान्को गोडाको पानी खाएर ढोगेमा आयु लामो हुने विश्वास छ भने अविवाहितहरुले सुयोग्य, कर्मठ र शिवजस्तै पति पाउने उद्देश्यले तीजको व्रत बस्ने गरेको पाइन्छ । सुन्नै नमिल्ने तीजका गीत घरमा आमा, दिदीबहिनीहरुसँग बसिरहेका बेला टिभीमा कुनै तीज गीत बज्यो भने लाजले या त बसिरहेको ठाउँ छोडेर हिँड्नुपर्ने, हैन भने टिभी बन्द गर्नुपर्ने अवस्था छ । तीजजस्तो पवित्र चाडलाई विकृति, विसङ्गति र यौन स्वच्छन्दताको शिकार बनाइँदै छ ।  पोइल जान पाम, डिस्कोमा तीज, तीजमा दरको साटो रक्सी खाइन्छ, देखियो जामा फाटेर लगायतका दोहोरो अर्थ लाग्ने गीत बज्दा अहिले पनि गाउँमा कान थुन्नुको विकल्प छैन । यस्ता उच्छृङ्खल र छाडा गीत, सङ्गीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रियता र सहज आय आर्जन गर्न सहयोग पुगे पनि हाम्रो वैभवशाली संस्कार, संस्कृति एवम् परम्परालाई पटक्कै फाइदा पुग्दैन । हिन्दू महिलाहरुको महान् चाड तीज आउन महिना दिन बाँकी छँदादेखि नै चारैतिर तीज गीतको आतङ्क शुरु भइसक्यो । तीजको आफ्नै धार्मिक मूल्य, मान्यता र सांस्कृतिक परम्परा रहे पनि पछिल्ला वर्षहरुमा तीज गीतमा भित्रिएको छाडापनले यी पक्ष ओझेलमा त परेका छन् नै, विकृति र विसङ्गति बढ्दै गएको अनुभूति हुन थालेको छ । तीज गीतको नाममा छाडा, उच्छृङ्खल शब्द र खासगरी महिलाकै प्रतिष्ठा एवम् चरित्रमा आघात पु¥याउने शब्दावलीको प्रयोग गरिने प्रचलन बढेको छ । सामाजिक मान्यताविपरीत मर्यादा र अनुशासनका सीमा नाघेर रचिने गीतहरुले समाजमा विकृति भित्र्याउन नै मद्दत गर्छन् । त्यसकारण त्यस्ता गीतलाई प्रश्रय दिने सञ्चारमाध्यमले पनि सोचून् । त्यस्ता गीत बज्दा अहिले पनि हाम्रा गाउँमा ती सञ्चारमाध्यम बन्द हुन्छन् ।