[caption id="attachment_7371" align="alignleft" width="150"]dhan धनबहादुर पुरी[/caption]

पूर्वकै नेतृत्व गर्दै गरेको शहर इटहरीमा एउटा प्रहरी अधिकृत सरुवा भएर आउँदा र जाँदा समाचार बन्छ । नयाँ डीएसपीले केके गर्लान् भन्ने जिज्ञासा समाजका अगुवाहरुमा हुनु स्वाभाविक पनि हो । शान्ति–सुरक्षाको हिसाबले पनि इटहरी प्रहरीका लागि चुनौतीको शहर भएकै कारण यहाँ आउने डीएसपीले बढी प्राथमिकता पाउने गरेका छन् । इटहरीमा आपराधिक गतिविधि गर्ने गिरोहहरु पनि उस्तै छन् । पूर्वको व्यस्त शहर इटहरी आपराधिक गतिविधिको हब बन्दै गएको शहर हो । खुल्ला सिमाना नजिक तथा अन्य ठाउँबाट समेत यस क्षेत्रमा आई आपराधिक गतिविधि गर्नेहरुको सङ्ख्या हेर्ने हो भने एक वर्षमा दर्जनभन्दा बढी ठूला अपराध हुन्छन् । इटहरीले भविष्यमा ठूलो शहरको कल्पना गरिरहेको छ । इटहरीमा केही समय अघिसम्म इन्स्पेक्टरको दरबन्दी थियो । पूर्वका ठूला शहरहरुमा डीएसपी दरबन्दी रहने भएपछि यहाँ कार्यालय प्रमुखका रुपमा डीएसपी छन् । इटहरीलाई सुधार्न एक वर्षसम्म कम्मर कसेर लागेका डीएसपी ओम अधिकारी कुम्लोकुटुरो बोकेर गएसँगै नयाँ योजनाका साथ आएका डीएसपी नरेशराज सुवेदीले इटहरीमा बसेर केके राम्रो काम गर्नेछन्, त्यो भने हेर्न बाँकी छ । सर्वसाधारणको विश्वास जित्न र प्रहरी साँच्चै नै सर्वसाधारणको सुरक्षाका लागि खटिएको हो भन्ने प्रमाणित गर्नका लागि इटहरी प्रहरीले निकै मेहनत गर्नुपर्ने देखिन्छ । इटहरी तथा वरपरका क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न र आपराधिक गतिविधि हुन नदिन प्रहरीले गरेको मेहनत कमै छ । यस क्षेत्रमा भइरहेका चोरी तस्करीलाई नियन्त्रण गर्नेतर्पm प्रहरीले अझ धेरै सचेत हुनुपर्ने देखिन्छ । एउटा प्रहरी अधिकृतले चाहे भने सिङ्गो शहर सुध्रने देखिन्छ । इटहरीमा प्रहरीका लागि थुप्रै चुनौतीहरु छन् । यौन व्यवसाय, गुण्डागर्दी, लागूऔषधलगायतका चुनौतीहरु यहाँ छन् । यौन व्यवसाय ः यौन व्यवसायसँग जोडिएर बदनाम बनेको यो शहरले पछिल्लो समय बदनामीको धब्बा मेटाउन खोज्दै छ । विशेष गरी बसपार्क र वरपरको क्षेत्र यसबाट निकै धेरै प्रभावित बनेको थियो । बग्रेल्ती रहेका होटल र रेस्टुरेन्टमा युवती राखेर खुलेआम हुने गरेको यौन व्यवसायले इटहरी बदनाम थियो । इटहरीमा हुने गरेका यस्ता विकृति हटाउन प्रहरी–प्रशासनले कडाइ गरेपछि अहिले यस्ता व्यवसाय गर्नेहरु धेरैजसो पलायन नै भएका छन् । तर पनि यो व्यवसायमा प्रशस्त लाभ देख्नेहरु सल्बलाइरहेका छन्, यो यथार्थ हो । इटहरीको प्रमुख चुनौतीको रुपमा रहेको यौन कारोबार विगतको भन्दा धेरै नियन्त्रणमा आएको छ । यसलाई अभैm निरुत्साहित गर्दै जानुको विकल्प छैन । अघिल्ला प्रहरी प्रमुखहरुले गरेजस्तै यौन व्यवसाय र अवैध धन्दालाई प्रहरीले कडाइ गर्नुको विकल्प छैन । यो यहाँका प्रहरी प्रमुखको चुनौतीको विषय पनि हो । गुण्डागर्दी ः पूर्वकै केन्द्रविन्दु भएको कारण पनि यहाँ विभिन्न ठाउँबाट आएर मानिसहरु बस्ने गरेका छन् । गुण्डागर्दी गर्नेहरु पनि यहाँ सल्बलाउने गर्छन् । विभिन्न राजनीतिक दलको छातामुनि बसेर गुण्डागर्दी गर्नेहरुको सङ्ख्या यहाँ धेरै छ । के यस्ता गुण्डाहरुलाई प्रहरीले निरुत्साहित गर्न सक्ला ? के राजनीतिक पहुँचका आधारमा गरिने गुण्डागर्दी अन्त्य होला ? इलाका प्रहरी कार्यालयको प्रमुख भएर आएसँगै पत्रकारहरु बोलाएर गुण्डागर्दी नियन्त्रण गर्ने घोषणा मात्र होला । प्रहरीले कुनै लोभ तथा प्रलोभनमा नपरी कडाइ नगर्ने हो भने गुण्डाहरुको चहलपहल पुनः शुरु नहोला भन्न सकिन्न । यस विषयमा पनि प्रहरीले बेलैमा सोच्ने हो कि । लागूऔषध ः यो लागूऔषध प्रयोग गर्नेहरुको हब बन्दै गएको शहर हो । यहाँका चार हजारभन्दा बढी युवा लागूऔषधको दलदलमा फँसेका छन् । उनीहरुले लागूऔषध प्रयोग गर्नुका साथै ओसारपसार समेत गर्ने गरेका रहस्यहरु बाहिर आइरहन्छन् नै । यहाँका युवालाई लागूऔषधको लतबाट निकाल्नु वा लागूऔषधको कारोबार रोक्नु पनि प्रहरीका लागि चुनौतीपूर्ण कुरा हो । बाहिरी रुपमा नियन्त्रणको प्रयास मात्र गर्ने हो भने त्यो निश्चित समयका लागि मात्र हुने यथार्थ हो । तर साँच्चै प्रहरीले लागूऔषध नियन्त्रण अभियान चलाउने हो भने केही हदसम्म न्यूनीकरण हुने थियो । शान्ति सुरक्षा ः शान्ति सुरक्षाको दृष्टिकोणले यो शहर चुनौतीपूर्ण छ । यहाँ ठूला–ठूला हत्या तथा आपराधिक घटनाहरु बढिरहेका छन् । प्रायः वर्षमा आधा दर्जन हत्याका घटनाहरु हुन्छन् । यसरी अपराधीहरुले सेल्टरको रुपमा प्रयोग गरिरहेको ठाउँमा प्रहरीले नयाँ–नयाँ प्रविधिहरु प्रयोग गरेर शान्ति सुरक्षाको व्यवस्था मिलाउनु आवश्यक छ । इटहरीको मुख्य चोक तथा वरपरको क्षेत्रमा अहिलेसम्म सीसी क्यामेराहरु समेत राम्ररी सञ्चालन हुन सकेका छैनन् । यी क्यामेराहरु मर्मत गर्दै शान्ति सुरक्षालाई चुस्तदुरुस्त बनाउँदै लैजानु इटहरीका लागि आजको आवश्यकता हो । प्रहरीमा सुधार आवश्यकः डीएसपी सुवेदीले इटहरीमा आएसँगै यातनारहित प्रहरी कार्यालयको व्यवस्थापन गरी मुस्कानसहितको नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्ने उद्घोष गर्दै गर्दा मातहतका प्रहरीले सेवाग्राहीलाई मुक्का प्रहार र अमानवीय व्यवहार गरेको समाचार बाहिर आयो । ‘प्रहरी हाम्रो साथी’, ‘मुस्कानसहितको सेवा’ अहिले पनि नामै मात्रको छ । त्यसकारण सेवाग्राही र प्रहरीबीचको दुरीलाई कम गरी सहज रुपमा प्रहरी कार्यालयमा आएर सेवा लिन सक्ने वातावरण बन्नुपर्छ । वास्तवमा प्रहरीमा अहिले पनि दम्भ छँदैछ । जनतालाई सुध्रानुअघि प्रहरी आपैंm पनि सुध्रिनुपर्छ । किन खोजि“दैन पुरानो फाइल ? इटहरीमा भएका पुराना र ठूला आपराधिक घटनाका फाइलहरु खोज्ने अभियान चलाएजस्तो गरेर प्रहरीले बीचमै फाइल बन्द गर्ने गरेको छ । प्रहरीले किन खोज्दैन पुरानो फाइल ? व्यापारी कैलाशचन्द्र अग्रवाल र कान्ता अग्रवाल हत्याको फाइल अहिलेसम्म बाहिर आउन सकेको छैन । यस्ता घटनाबारे अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सके डीएसपी सुवेदीको प्रशंसा देशभर हुने थियो ।