
साइयाप्स, अर्थात नेपालभरका सारा मेडिकल कलेजहरूको जमघट † यो कार्यक्रम वि.पि.को.स्वा.वि.प्र ले आयोजना गर्दै आएको छ । प्रत्येक २ वर्षमा हुने यस कार्यक्रममा नेपालभरका मेडिकल तथा डेन्टल कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता हुने गर्दछ । कार्यक्रमका मुख्य आकर्षण भनेका खेलकुद, गीत सङ्गित तथा नृत्य, साहित्य र प्रसिद्ध गायक¬–गायिकाहरूको प्रस्तुति हुने गर्दछ । आउदो डिसेम्बर महिनाको तीन देखि नौ गते (3rd -9th December, 2016) सम्म यो कार्यक्रम आयोजना हुने पक्का–पक्की भइसकेको छ । सातदिनको उक्त कार्यक्रममा देशभरबाट करिब चार हजार जनाको हारहारीमा मेडिकल, डेन्टल, प्यारामेडिकल विषयका विद्यार्थीहरू, व्यक्तित्वहरू, डाक्टरहरू, स्टापहरूको एकसाथ भेला हुने अवसर मिल्दछ ।
सुन्दरनगरी धरानको स्वच्छ तथा हराभरा वातावरणमा हिउदको मौसममा पनि न्यानोपन सिर्जना गर्ने यस कार्यक्रम मेडिकल विद्यार्थीकरूका निम्ति एउटा भव्य चाडको रुपमा नै स्थापित हुदै आइरहेको छ । सन् २०००्र देखि सुरू भएको यस साइन्याप्सको यो छैठौ शृङ्खला हो । विगतका प्रत्येक साइन्याप्स भव्यरुपमा सफल हुदै आइरहेकाले र निकै नै रुचाइएकाले पनि यो साइन्याप्स हामीजस्ता मेडिकल विद्यार्थीहरूका लागि एउटा बहुप्रतिक्षित कार्यक्रम हो । समयसगै विगतका साइन्याप्सहरूमा भन्दा यसपाली केही कार्यक्रमहरू थप्नुको साथै अझ धेरै मनोरञ्जनात्मक बनाउनमा विशेष जोड दिइएको छ । साइन्याप्सको उद्देश्य भनेको सम्पूर्ण मेडिकल तथा डेन्टल कलेजहरूबीच मित्रता बढाउनु र प्रगाढ सम्बन्ध स्थापना गर्नु हो । यसको अलावा वर्षभरि कितावमा घोत्लिने मेडिकल विद्यार्थीहरूका निम्ति मनोरञ्जन गर्ने एउटा सुनौलो अवसर पनि हो । विभिन्न विधामा हुने थुप्रै प्रतिष्पर्धाले मेडिकल विद्यार्थीहरूको अतिरिक्त क्रियाकलापसम्बन्धि क्षमताहरू प्रस्फुटन तथा प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गर्दछन् । त्यसैले साइन्याप्स मेडिकल विद्यार्थीहरूको बीचमा निकै नै लोकप्रिय तथा बहुचर्चित कार्यक्रम हो ।
विगत वर्षहरूमा झै यस वर्षपनि साइन्याप्सलाई मर्यादित, प्रतिष्ठित रूपमा सञ्चालन गरी सम्पूर्ण मेडिकल तथा डेन्टल कलेजहरूबीचको सम्बन्ध अझै गहिरो बनाउने अपेक्षा गरिएको छ । अपेक्षा अनुरुप वि.पि.को.स्वा.वि.प्र का हामी विद्यार्थीहरू भव्य तयारीमा व्यस्त छौ । कार्यक्रमलाई सफल बनाउनका निम्ति मेडिकल तथा गैर–मेडिकल व्यक्ति, सङ्घ–संस्था आदिको सहयोग, योेगदानलाई उच्च मुल्याङ्कन गरिनेछ । सम्पूर्ण मेडिकल विद्यार्थी–साथीहरू, अध्यापक–गुरूवर्ग, डाक्टर तथा सम्पूर्ण महानुभानहरूलाई आयोजक समिति तथा कलेज परिवार हार्दिक आमन्त्रण गर्दछ । अन्त्यमा, हजुरहरूको सहयोग तथा सहभागिता नै साइन्याप्सको सफलताको मेरुदण्ड हुने कुरा अवगत गराउन चाहन्छौ“ ।