[caption id="attachment_7371" align="alignleft" width="150"]dhan धनबहादुृर पुरी[/caption]

यो साता देशभरका सरकारी कार्यालयहरु बन्द गरेर निजामती सेवा दिवस धुमधामका साथ मनाइयो । नेपालमा करीब ७५ हजारको सङ्ख्यामा कार्यरत् निजामती कर्मचारीले यो दिवस विशेष कार्यक्रम गरेर मनाए । सेवाग्राहीलाई सन्तुष्ट बनाउने गरी तोकिएको अवधिमा गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्ने प्रतिबद्धतासहित काम शुरु गरेका निजामती कर्मचारीहरुप्रति जनतामा सन्तुष्टि भने पाइँदैन ।

निजामती कर्मचारी सदैव मुलुकको सार्वभौमसत्ताको संरक्षण, मुलुकको आर्थिक समृद्धि, जनतालाई गरिखान मिल्ने वातावरणको निर्माण गराउन र सुशासनको अभिवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धताका साथ काममा लागेका हुन्छन् । तर तिनै निजामती कर्मचारी भएका कार्यालयमा पुग्ने सेवाग्राहीहरु भने जहिल्यै असन्तुष्ट देखिन्छन् । उनीहरु कर्मचारीका व्यवहार र काम गराइप्रति गुनासो गरिरहन्छन् । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यका पालामा पहिलोपटक निजामती सेवा ऐन, २०१३ भदौ २२ गते जारी भएकाले सोही समयदेखि निजामती सेवाले औपचारिकता र कानूनी हैसियत पाएको ठानिएको छ ।

मुलुकमा प्रत्येक बस्ती, टोल, वडा, गाउँ विकास समिति, इलाका, सेवा केन्द्र, नगरपालिका, जिल्ला, अञ्चल, क्षेत्र र केन्द्रीयस्तर गरी सबै भौगोलिक क्षेत्रमा निजामती कर्मचारीले कर्तव्य निर्वाह गरेका हुन्छन् । तर कर्मचारीहरुका काम गराइप्रति किन खुसी हुँदैनन् सेवाग्राही ? यस विषयमा भने निजामती कर्मचारीहरुले सोच्नैपर्छ । टाउको दुखेको जनतालाई सिटामोल दिनेदेखि प्राकृतिक विपत्तिमा परेकालाई उद्धार गर्ने र राहत दिने कामसमेत गर्ने कर्मचारीहरुप्रति सेवाग्राही खुसी हुन नसक्नुको कारण किन खोज्दैन सरकार ? जनताका दृष्टिमा कर्मचारीहरु राम्रो बन्न सकेका छैनन् । यस विषयमा निजामती कर्मचारीहरुका नेता र सरकारले केही सोच्नु आवश्यक छ । वर्षेनी देशभर निजामती दिवस मनाइरहँदा किन सर्वसाधारण सेवाग्राहीका गुनासोबारे बहस हुन नसकेको होला ?

२०४६ साल र २०६२÷०६३ को राजनैतिक परिवर्तनअनुरुप मुलुकको व्यवस्थापन गर्न निजामती सेवालाई सफलता हासिल भएको छ । संविधानसभाको पहिलो निर्वाचनको सफल सञ्चालन र व्यवस्थापन कर्मचारीतन्त्रबाटै भएको हो । दोस्रो संविधानसभाको निर्वाचन गराउन प्रधानन्यायाधीशको अध्यक्षतामा गठित सरकारमा निजामती सेवाका पूर्व मुख्यसचिव र सचिवहरुले मन्त्रीको रुपमा निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ । यसबाट राजनैतिक सङ्क्रमणमा निकास दिन निजामती सेवा सक्षम छ भन्ने प्रमाणित भए पनि जनताको सेवामा भने कहिल्यै राम्रो भूमिका देखाउन सकेको छैन ।

सरकारी कर्मचारीले अतिरिक्त फाइदा नलिई काम गर्दैनन्, अनावश्यक रुपमा ढिलासुस्ती गर्छन्, मुस्कानसहितको सेवा दिँदैनन् भन्ने जनताको आम बुझाइ छ । निजामती सेवाको भावी गन्तव्य मुलुकमा सुशासन प्रवद्र्धन गर्नु हो । सार्वजनिक सेवा प्रवाहमा आम सेवाग्राही जनताको मन जित्नु हो । कुनै पनि प्रकारको प्रशासनिक सास्ती र विकृति, विसङ्गतिको समूल नष्ट गर्नु हो । आम जनताप्रति जिम्मेवारी बोध गरी जनतालाई महङ्गी, बेरोजगारी र बेथितिबाट जोगाउनु हो । मुलुकका राष्ट्रिय गौरवका आयोजना, आवधिक निर्वाचन, सुशासन, दैनिक र छिटो सेवा आदि कुरामा निजामती कर्मचारीले गर्नुपर्ने काम मात्रै गरे पनि धेरै हुन्छ । निजामती कर्मचारीको ध्यान यसतर्पm जानु आवश्यक छ । आपूm पनि सरकारी नियम–कानून कार्यान्वयन गर्ने र गराउने तथा त्यही नाममा जनताको करको दानापानी खाने पात्र हुँ भन्ने बिर्सनु हुँदैन ।

सरकारी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीहरुले दिनहुँजसो गुनासो गरेको पाइन्छ । सरकारी काम झन्झटिलो, ढिलासुस्ती, भ्रष्टाचार, घण्टौँ लाइनमा बस्दा पनि काम नबन्ने आदि गुनासो सुन्दै कार्यालयका प्रमुखहरुले आपैmँबाट सुधार गर्नु आवश्यक छ । सार्वजनिक निकाय सेवादाता भएको हुनाले यसको सेवामा नागरिकको बढी चासो रहन्छ । सार्वजनिक सेवामा हुने कमी–कमजोरीको सम्बन्धमा आलोचना हुनु स्वाभाविकै हो । हस्तलिखित रुपमा हुने काम कम्प्युटर, प्रिन्टर, इन्टरनेटबाट हुन थालेको छ । केही कुरा खोज्नुपरेमा ५० वर्ष अगाडिको धमिरा र मुसाले खाएर बाँकी रहेको ढड्डा पल्टाउनु हुने अवस्था पनि छैन ।

केही वर्षयता धेरै जिल्लाका सरकारी कार्यालयमा सफ्टवेयर, कम्युटर, प्रिन्टर, इन्टरनेटको प्रयोग हुन थालेका छन् । चिठी, सिफारिसहरुका लागि हस्तलिखित पुरानो तरिका छोडेर आधुनिक तरिका (प्रिन्ट गर्ने) अपनाउने प्रचलन बढेको छ । सर्वसाधारणका लागि सेवा सम्बन्धित सूचना वेबसाइट, फेसबुकबाट पनि दिने प्रचलन क्रमशः वृद्धि हुँदै आएको छ । कतिपय कार्यालय त डिजिटल पनि भएका छन् तर विभिन्न प्रयोग तथा सुधार हुँदाहुँदै पनि सरकारी क्षेत्रको सेवामा सुधार आउन सकेका छैनन् । त्यही प्रविधिअनुसार चल्ने कर्मचारीहरु पनि छैनन् । कर्मचारीका समस्या ः कर्मचारीहरु राजनीतिमा लिप्त छन् । सबै कर्मचारीहरु कुनै न कुनै पार्टीका झण्डामुनि छन् भन्दा फरक नपर्ला । पार्टीकै छत्रछायाँमा हिँड्ने कर्मचारीहरु कार्यकर्ताको भन्दा ठूलो समस्या अरु देख्दैनन् । नेपाली निजामती सेवाको सङ्गठन प्रकृति र सेवा–सुविधालाई हेर्दा पार्र्टीिपच्छे सङ्गठन बनाइराख्नु जरुरी देखिँदैन । राजनीतिमा लिप्त भएका कर्मचारीहरु गुट–उपगुटमा सक्रिय भइरहेको अवस्थामा सरकारले सेवाग्राहीका कामबारे बोल्ने आँटसमेत गरेको छैन । कर्मचारीहरुका पनि आप्mनै समस्या नभएका भने हैनन् । कार्यालय व्यवस्थापनमा केही कमजोरी छँदैछ । बिजुली बत्ती नभएको बेला इन्भर्टर, जेनेरेटर र सोलारको व्यवस्था हुँदैन । सेवाग्राहीलाई बाहिर अन्य ठाउँमा फोटोकपी गर्न पठाईन्छ ।

आधुनिक प्रविधि अपनाएर सेवा गर्ने भनिए पनि यस विषयमा कर्मचारीलाई न त तालिम दिइन्छ, न त सेवाग्राहीलाई नै यस विषयमा जानकारी गराइन्छ । कार्यालयमा सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राखेर कर्मचारीको नियुक्ति गरिएको जस्तो देखिँदैन । हरेक वर्ष वा केही वर्षमा सरुवा हुन्छ, एक ठाउँको वातावरण बुझेर काम गर्छु भन्दा अर्को जिल्लामा जाने बेला हुन्छ । केही चलाख कर्मचारीबाहेक राम्रो काम गर्ने कर्मचारीको कुनै कार्य मूल्याङ्कन हुँदैन । यो वास्तविकता हो । हाकिमको चाप्लुसी गर्ने कर्मचारीहरुकै मनोमानी हुँदा इमान्दार कर्मचारीहरु कहिल्यै अगाडि बढ्न सक्दैनन् । त्यसकारण निजामती दिवस कर्मचारीलाई तास खेल्ने र रक्सी खाने दिनको रुपमा विदा दिने हैन, सर्वसाधारण सेवाग्राहीका गुनासो सुन्ने दिनको रुपमा मनाइयोस् ।