कमरेड खनाल,खुसी,खोकी,प्रेम र राजनैतिक अपराध धेरै दिन छोप्न सकिँदैन । दस महिनापछि प्रेमको पोको भुईंमा नै झर्छ । तपाईंका सकारात्मक पक्षहरु छन् तर नकारात्मक पक्षहरु पनि यस लेखकले देखेको छ । यही भाद्र २६ गते गुटगत गतिविधि गरेर पार्टी विभाजन गर्न खोजिँदैछ भनेर एक कार्यक्रममा तपाईंले भनेको कुरा अखबारमा आएको छ । यो कुरा तपाई.ले ओली लक्षित गरेर भनेको भनेर जान्न धेरै निधार खुम्च्याउनु पर्दैन । नेताले झिना मसिना र खुद्रे कुरा गरेर हिँड्न हुँदैन भन्ने लाग्छ । कुशल र प्रभावकारी पार्टी नेतृत्वको कुरा गर्ने हो भने जननेता मदन भण्डारी बराबर तपाईंहरु कोही पनि देखिनु भएन । चौथो महाधिवेसनबाट महासचिव हुनु भएका र पाँचौँबाट पनि महासचिव हुनु भएका भण्डारी नेतृत्वका अत्यन्त दूरगामी कामलाई नियाल्दा यो कुरा छर्लङ्ग हुन्छ । तर तपाईहरु पनि त्यस अघि र पछि पार्टीको प्रमुख नेतृत्वमा आउनु भयो,कुन चाहिँ मदनले झैँ दूरगामी काम गरेर देखाउनु भयो ? मदनले उपर्युक्त दूरगामी काम र कदम नचालेको भए अहिले सम्म पनि माले वा एमाले पार्टी एउटा कुनामा झोक्राइ रहेको हुने थियो । हुने खाने र समृद्ध परिवारमा जन्मिएका तपाईंहरुका भित्री मनमा यो ताप्लेजुङको एउटा कुनामा जन्मिएको संस्कृत पढेको अंग्रेजी नजान्ने केटोले के गर्ला भनी ठानेको र तपाईंहरुमा रहेको सामन्ती सांस्कृतिक अवशेष ग्रसित मानसिकतालाई नराम्रो गरी झस्काइदिनु भयो मदन कमरेडले । यस्तो हुन्छ पार्टीको प्रमुख नेतृत्व होइन र ? पटकपटक कुर्सीमा प्वाल पर्ने गरी बस्ने उत्कट चाहना गरेर नेता भइन्छ ? त्यस बेला पार्टीलाई भूमिगत वा अर्ध भूमिगत राखेर अगाडि बढ्नुपर्छ,परिमार्जित नौलो जनवाद,नौलो जनवाद,सामाजिक जनवाद आदि नानाथरि भाँडबखान गरेर अलमलिएका तपाईहरुलाई जबज मार्फत् माथि पु¥याएको र हिजो कटु आलोचना गरेको र जबजलाई मान्दा पनि मार्जिन राखेर स्वीकारेको तथा त्यही जबजका आधारमा नौमहिने र सरकार र त्यसपछि बनेका राजनीतिक र राजकीय उपल्लो तहको शुभलाभ तपाईंहरुले नै पाउनु भएको होइन ? तल्ला तहका तपाईंका आजीवन भ¥याङ भएका आम कार्यकर्ताले के पाउने हो र ? पाउँदा पनि तपाईंका आसे,पासे र बतासेले न पाउने हुन् । अनि किन घरि न घरि होस नगरी बोल्नु हुन्छ ? के बोल्ने अन्य गहकिला कुराहरु सकिए ? तपाईले ओलीलाई लक्षित गरेर गुटको रटान गर्नु भएको हो । ओली त पार्टी भित्र सबै भन्दा पीडित,प्रताडित,बलिदानी,संघर्षशील,सिद्धान्तमा प्रतिवद्ध,देशभक्त, सति सालझैँ सय वर्ष लडा,पडा र खडा राजनेता हुनुहुन्छ । वहाँले पार्टीमा गुट र फुट गर्ने कुरा सपनामा पनि नसोचे हुन्छ । यो लेखक दैनन्दिन पार्टी र नेतृत्वका आम भित्री र बाहिरी गतिविधि नियाल्छ र थाहा पाउँछ । ओली नेतृत्वमा नै संविधान पारित हुने र भारतीय सरकार प्रमुख मोदीको सातो उड्नु पर्ने कारण के होला, तपाईलाई थाहा होला ? इमान,जमान र कमाण्ड भएको नेताले मात्र नबिराउनु र नडराउनु झैँ सही र दूरगामी काम गर्नसक्छ । सबै भन्दा ठूलो कुरा लोभ र लाभ हो । देश,दुनियाँ र देशवासीको दुःख मात्र निवारण गर्ने ध्येयको नेता मदन र ओली जस्तै हुन्छन् । ती त साना काठले डढ्दैनन् । हेर्नु भो नि नाकबाबन्दी नखोली भारत भ्रमण गर्दिन भन्नु भयो ओलीले । जीवनको कुनै ठेगान नभएको नेतालाई व्यर्थमा किन घोचिरहनुहुन्छ ? तर चुनौतिका पहाडसित लडेर विजय हासिल गर्ने क्षमताका नेतालाई यस्ता रुन्चे र पिन्चे कुराको केही अर्थ रहँदैन । ओली देश,जनता,जनजीविका र राष्ट्रिय गौरवका लागि पनि अझै सशक्त र जीवन्त बन्नुुहुन्छ । झिँगाको सरापले डिँगो मर्दैन । दसौँ महाधिवेसनमा पनि ओली वा ओलीले पत्यार गरेको नेता मात्र अध्यक्ष हुनुपर्छ नत्र यो पार्टी एमाले होइन कुमाले चाहिँ अवश्य हुन्छ । आकास जत्रो छाती भएका ओलीले कुखुरे छातीलाई अवश्यै पत्यार गर्नुहुन्न । तर केही कुमाइ कमरेडबाट भने ओलीले बच्नु पर्छ । प्रबुद्ध एमाले नेता प्रदीप ज्ञवालीबाट अहिलेका माथिल्ला एमाले नेताले आफ्नो नेतृत्वलाई बहुआयामिक बनाउन धेरै कुरा सिक्न सक्छन् । उहाँको हालै प्रकाशित पुस्तक
तिनले पढे हुन्छ ।
हिजै जननेता मदन भण्डारीलाई करीव एक्लो पारेर कटु र तिक्त आलोचना गरेर हैरान पारेको हामी पनि बुझ्छौँ । स्थायी समितिमा आदरणीय नेता जीवराज आश्रित मात्र मदनका सकारात्मक कुराका दृढ पक्षधर हुनुहुन्थ्यो । सारा भित्री र बाहिरी चुनौति सित जुधेर अगाडि बढ्नु पो बढ्नु । यति कुरा पनि माक्र्सवादी र जबजको शिक्षाका आधारमा भन्न खोजिएको हो । माओले भूलहरुको आलोचना गर्नुपर्छ भन्नु भएको छ । मदनले प्राज्ञिक स्वतन्त्रताको जबजमा पक्षपोषण गर्नुभएको छ । माओले नै गलत विचार रुपी बिसालु झारपात उखेल्नुपर्छ भन्नु भएको छ । यसको अर्थ आफ्ना घरबारी, आँगन र आङमा उम्रिएका झारपात चाहिँ जोगाउनु र तिनलाई मलजल गर्नु त पक्कै भनेको होइन तर एमालेको शिक्षा र सिकाइ जबज अनुकूल पटक्कै भएको छैन । कतिपय नेता र कार्यकर्ता पार्टीका नेतालाई द्यौता जस्तो गरेर पुज्न खोज्छन् । पुजनीयलाई मात्र पो पुज्ने त । एमालेका कतिपय नेताहरुलाई तपाईको अनुहारमा कालो दाग छ हेर्नुहोस् त ऐना भन्दा पनि जरक्क जर्किन्छन् । एमालेका सबै नेता र कार्यकर्ता बुद्धु छैनन् । पुच्छर मात्र बल्ने जुनकिरी मात्र छैनन् । सूर्य जस्ता तेजिला,रापिला र तापिला पनि छन् । होस गर्नु होला नेता गण । घाम लागेपछि अँध्यारो भाग्नैपर्छ,भागेन भने त्यसले डढाउँछ र खरानी पनि पार्न सक्छ । तर घामसित जिस्किन चाहिँ हुँदैन । जान्दा धाम न्यानो हुन्छ ,नजान्दा त्यसले भतभती पोल्छ । शुक्रनीतिमा जनताको अहित गर्ने राजालाई डोरीले बाधेर घिसार्दै लगेर माटामुनि पुरे हुन्छ,मारे हुन्छ भनिएको छ । यो आजको होइन अठारौँ शताब्दीको कुरा हो । अनि आजको बाइसौँ शताब्दीमा त्यसमा पनि कम्युनिष्ट पार्टीमा, त्यसमा पनि जबज वा मदन भण्डारीले सिर्जना गरिदिएको र ओलीले हाल नेतृत्व गरेको राप,ताप र प्रताप सहितको यस पार्टीमा गलत,अवसरवादी र निजी स्वार्थमा लम्पट नेतालाई किमार्थ मानिँदैन । यसरी मान्ने भए राणा,राजा,कांग्रेस लगायत अनेक उग्रतत्वहरु थिए र छँदैछन् नि । तिनका पछाडि नलागेर देश,जनता,जनजीविकाका खातिर स्वत्व बचाउ सहित लागेपछि झुम्राको पुतली बन्नु छैन । आखिर चाकरी,चाप्लुसी र चम्चागिरीबाट नै अहिले सम्म देश उँभो नलागेको हो । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च,सबै नेपाली कांग्रेस भनेझैँ गर्दा तिनको बिल्लीबाठ भएको होइन र ? अलिकति पनि आलोचना गरिदिएइको भए समयमै सुध्रिने र सच्चिने अवस्था पनि आउँत्यो होला नि । त्यसैले एमाले नामको पार्टी र नेतृत्वले गरेका सबै नराम्रा कामलाई राम्रो राम्रो भनेर भड्खालमा हाल्ने गति,मति भए राम्ररी गरौँ अनि छिटै यस पार्टीलाई भड्खालामा हालौँ । नवौँ महाधिवेसनबाट ओली अध्यक्ष भएकैले यो पार्टी मण्डलेकरण हुनबाट जोगिएको हो । अझै पनि एमालेमा माथिल्लो तहका कतिपय नेताहरु मात्र अवसर,सुविधा र स्वार्थका खातिर लागि रहेको देखिन्छ । नेता र कार्यकर्ताले उहिलेका,बीचका र अहिलेका झलनाथ खनाललाई राम्ररी बुझ्छन् । कृषिमन्त्री,पार्टी अध्यक्ष र प्रम हुँदाका सबै नालिबेली लिएर बसेका छन् कार्यकर्ताहरु । तपाईंका परिवार,पत्नी कति जनमैत्री छन् के कस्ता बेहोराका छन् सबै सबै थाहा छ । कामरेड युवराज ज्ञवाली कस्तो हुनुहुन्छ । कमरेड शंकर पोखरेलको कमजोरी के के हुन् ? कमरेड विष्णु पौडेल आफ्ना समकालीन नेता र कार्यकर्ता प्रति मैत्री वा विरोधी भावना राख्छन् उनी कति अस्थिर र अररा छन् ? सबै थाहा पाइन्छ । जहाँ नपहुँचे रवि त्यहाँ पहुँचे कवि भन्ने हिन्दी उखान थाहै होला । अहिले सञ्चार सञ्जाल यति व्याप्त भएको छ कि कुनै पनि एमाले उपल्लो , माथिल्लो र मझौलो नेताले गल्ती कमजोरी दोहो¥यायो भने उहाँको घर,छर छिमेक,क्षेत्र र जिल्लाका सञ्चार माध्यमबाट पहिले सुधार्ने गरी त्यसले पुगेन भने उधार्ने गरी र अँध्यारो मास्ने गरी लेखिनेछ कमरेड होस गरौँ है । एमाले नेता द्वय सुसुरा र ज्वाइका बीच के कस्ता कुरामा झैभगडा हुन्छ र भयो ? राष्ट्रपतिका उम्मेदवार विद्या भण्डारीलाई कसले मत दिएन,खाली मत कसले खसायो,कसले ककसलाई विद्या भण्डारीलाई मत नहाल्न कनसुत्ले ग¥यो सबै थाहा पाइएको छ तर आफ्नै आमाले पोइल जाने नियतले गरेका तमाम गतिविधि थाहा पाएर पनि सार्वजनीकरण गरिहाल्न नमिलेझैँ एउटा जिम्मेवार जबजको जीन लेखकले जिब्रो चपाइदिएको मात्र हो । पोलै खोल्नु पर्ने दिन आयो भने यतिका समय,श्रम,पसिना र रक्तले सिञ्चित यो आन्दोलन रक्षार्थ खुल्ला रुपमा मुख खोल्नु पर्ने दिन नआओस् झलनाथ कमरेड ?