[caption id="attachment_13850" align="alignnone" width="800"]
बाल दिवसको अवसरमा इटहरीमा बुधबार बिहान निकालिएरको ¥याली । तस्विर बाबुराम सुबेदी[/caption]
लोकतन्त्रमा अधिकारको कुरा गर्नु ठीक हो तर आजको अवस्थामा बालअधिकार भन्दा पनि कर्तव्य र जिम्मेवारी बुझाउन आवश्यक देखिएको छ । आजका बालबालिकाले पारिवारिक मर्यादा भुल्दै गएका छन् । आदर, सम्मान, सामाजिकता र मैत्री भावना जस्ता नैतिकताको पाठ भुलिसकेका छन् । मोबाइल, इन्टरनेट, फेसबुक आदि जस्ता कुराले एक्लो, एकोहोरो र असामाजिक भएका छन् । त्यसमा पनि अधिकारको कुराले उनीहरुलाई झन् उत्ताउलो र जिद्दी बनाएको हो कि जस्तो लाग्छ । बालबालिकाको अधिकारसँगै उनीहरुको कर्तव्य र अनुशासनको कुरा पनि चलाउन जरुरी भएको छ । किनभने हामीले बालअधिकारको मात्र कुरा गरिराखेका छौं । कर्तव्य र जिम्मेवारीको कुरा बिर्सेका छौं । बालअधिकारसँगै बालबालिकाको कर्तव्य पनि प्रष्टसँग उल्लेख गर्न जरुरी छ ।
बालबालिका र अवस्था ः
अधिकार र ऐन–कानूनको मात्र कुरा गरेर हुँदैन, जबसम्म सोच र व्यवहारमा परिवर्तन आउँदैन भने । बालअधिकार सिकाउन, बुझाउन र त्यसलाई कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय, राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय र सङ्घसंस्थाहरु पनि उत्तिकै लागिपरेका छन् । धेरै स्रोत, साधन र जनशक्ति खर्च भएको छ । तर त्यसको समुचित प्रयोग हुननसक्दा धेरै ठाउँमा गरेको लगानी बालुवामा पानी सावित भएको छ । आप्mनो संस्कार र सँस्कृतिलाई भुलेर विदेशी देखासेखीमा काम गर्ने सरकारको अदूरदर्शी निर्णय व्यावहारिक जीवनमा समस्याको रुपमा देखापरेको छ । विभिन्न एनजीओ÷आईएनजीओ ले तारे होटलहरुमा गोष्ठी, भेला, तालिम आदि आयोजना गरेर बालअधिकार सम्बन्धी सिकाएको पाठ त सही नै हो । तर त्यसको व्यावहारिक पक्षलाई हामीले आत्मसात गर्न नसक्दा विभिन्न भ्रम सृजना भएको छ । के आमाबाबु र अभिभावकले हप्कीदप्की र अनुशासनको पाठ पनि सिकाउन नमिल्ने ? विद्यालयमा शिक्षकले अनुशासनमा नबस्नेलाई सामान्य सजाय पनि दिन नपाउने ? यसरी जसलाई जे मन लाग्छ त्यही गर्न दिने हो भने कसरी हुन्छ बाल विकास ? हो यहाँनेर भ्रम पैदा भएको छ ।
बालअधिकारस“गै कर्तव्य
धेरै बालबालिका बलात्कार, हत्या, हिंसा र अपहरणमा परेका छन् । बालबालिकाले स्वास्थ्य, शिक्षा र विकासका अवसरहरु पाउनु पर्छ । जोखिमपूर्ण श्रममा लगाउन पाइँदैन । बेलाबेलामा बालअधिकार हनन् भयो । हामीलाई यो अधिकार पुगेन त्यो अधिकार पुगेन भनेर माग भइरहन्छ । बेलाबेलामा विभिन्न समूह सङ्घ–सङ्गठन र पार्टीहरुको नेतृत्वमा आन्दोलन समेत हुने गर्दछ । अधिकारसँगै कर्तव्य र जिम्मेवारी पनि जोडिएको हुन्छ भन्ने कुरालाई बिर्सिएका छौं । बालअधिकार र कर्तव्य एउटै सिक्काका दुईपाटा जस्तै हुन् । अधिकार भन्ने कुरा लिने र कर्तव्य भन्ने कुरा दिनुसँग सम्बन्धित रहेको छ । आप्mनो अधिकार प्राप्ति गर्ने क्रममा अरुको अधिकार हनन् हुनुहँुदैन ।
बालदिवस पहिले र अहिले
२०२१ साल भदौ ४ गतेदेखि नेपालमा बाल दिवस मनाउन शुरु गरिएको हो । २०६३ सालदेखि भदौ २९ गते मनाउन शुरु गरियो । रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमणको क्रममा महात्मा गान्धीको जन्म दिनमा बालदिवस मनाउने गरेको देखेपछि आप्mनो जन्मदिनको अवसर पारेर भदौ ४ गतेदेखि बाल दिवस मनाउने प्रचलन शुरु गरेकी हुन् । पछि २०४६ सालको प्रजातन्त्र पुनः स्थापनापछि गठित अन्तरिम सरकारले संयुक्त राष्ट्रसङ्घ बालअधिकारसम्बन्धी महासन्धिलाई १९९० को १४ सेप्टेम्बरमा अनुमोदन गरेपछि उक्त दिनलाई नै बाल दिवस मनाउन क्रम शुरु भएको हो ।
बालअधिकार ः
अन्तर्राष्ट्रिय कानूनले १८ वर्ष मुनिकालाई र नेपालको कानूनले १६ वर्ष मुनिकालाई बालबालिका भनिएको छ । बाल दिवसलाई बालबालिकाको वकालत गर्ने पर्वको रुपमा मनाउँछौं । बालबालिकालाई प्राथमिकता दिएर विभिन्न कार्यक्रम आयोजना गर्दै उत्सवकोे रुपमा पनि लिने गर्दछांै । बालअधिकारले बालबालिकाको हितमा कुरा गरेको छ । बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार जस्ता विषयमा अन्तर्राष्ट्रिय कानूननै बनाइएको छ । त्यसमा नेपाल सरकारले पनि हस्ताक्षर गरेर अनुमोदन गरेको छ । यस किसिमको बालअधिकारले अन्य मुलुकमा त राम्रै परिणाम ल्याएको देखिन्छ, तर हाम्रो मुलुकमा भने यसले त्यति ठूलो नतिजा हासिल गर्न सकेको देखिँदैन । बालबालिकालाई कुनैपनि आधारमा विभेद गर्न पाइँदैन । बालबालिकासँग गरिने काम–व्यवहार उनीहरुको उच्चतम् हितलाई ध्यानमा राखेर गरिनु पर्दछ । यदि आमाबाबु वा अन्य जिम्मेवार व्यक्तिले बालबालिकाको हितमा काम गरेनन् भने त्यस्ता बालबालिकाको जिम्मा राज्यले लिनुपर्दछ । असहाय बालबालिकाको लागि सरकारले संरक्षण दिन बालगृहहरुको व्यवस्था गर्नुपर्ने हुन्छ । कुनैपनि बालबालिका नाम र देशबिनाको हुनु हँुदैन । हरेक बालबालिकालाई आप्mनो आमाबाबुसँग बस्ने अधिकार रहेको छ । बालबालिकाको हित हुने भएमा कानूनले धर्मपुत्र÷पुत्री राख्ने अधिकार पनि दिएको छ । अरुको अधिकार हनन् नहुने गरी आप्mनो विचार र विवेक गर्ने र धर्म मान्ने स्वतन्त्रता छ । आमसञ्चार माध्यमहरुलाई बालबालिकाको हित हुने खालका सूचना र जानकारी दिनु पर्दछ ।
निष्कर्ष ः
वास्तवमै बालबालिका हाम्रा भविष्य हुन् । यिनीहरुको भविष्यमा नै हाम्री सबैको भविष्य निर्धारण भएको हुन्छ ।