प्रिय सुरक्षाकर्मी साथीहरु सादर नमस्कार, धनबहादुर पुरी/नेपालीहरुको महान पर्व वडा दशैको रौनक नेपालीहरुको घरघरमा सुरु भएको यहाँहरुलाई अवगत नै छ । आफ्नो किनमेल र रमाईलोका साथै आफन्तहरु ऋा आफ्नो घर जाने क्रम पनि बढिरहेको छ । जागीरे कर्मचारीहरु पनि घर जाने ताजोपाजो मिल्लाउदै होलान । तर तपाईहरु घरै नगई हाम्रो सुरक्षा गदै हुनुहुन्छ त्ससका लागी हामी अभारी सँगै ढुक्क सँग दशै मनाउँन पाउँछौ भन्ने आशावादी छौ । हामीले सुरक्षा माग्दै दशै मनाई रहदा तपाईहरुको मनमा पनि केहि खल्लो भएको होला है । खै के गर्नु चाडवाड नै त हो तपाईहरुको पनि घरमा आफन्तले सम्झीरहेको होलान तर के गर्नु तपाईहरुको वाध्यताका कारण घर जान सक्नु हुन्न । हामीलाई थाहा छ चाडवाडमा तपाईहरु अरु वेलाको भन्दा धेरै खट्नु पर्छ । हामीलाई विश्वास छ चाडवाडमा हाम्रो सुरक्षामा अझै वलियो हुने छ । यो चाडवार्ड आउँदा चनाखो हुनु पर्ने तपाईहरुको जागीर,हामी तपाईहरुकै भरोसामा त रमाईलो मोज मस्ती गछौ नी । त्यस कारण पनि हामीलाई तपाईहरुको सुरक्षा अपरिहार्य छ । हामी ढुक्क सँग दशै तिहार मनाउँछौ तपाईहरु हाम्रो सुरक्षामा खटिदिनु है । police हुन त तपाईहरुलाई पत्र लेख्दै गर्दा मनमा कता कता नरमाईलो लाग्दो होला है । नलागोस पनि कसरी दशैमा घर जानु नपाएको पिडा फेरी कामको तनाव । वास्तमै तपाईहरुलाई नरमाईलो लाग्नु स्वभावीक हो । हुन त तपाईहरुकै कारण नेपालका ३ करोड जनता खुसीका साथ दशै मनाउँन पाउँछन । हामीलाई थाहा छ तपाईहरुको मनमा दशैमा घर जानु नपाएको पिडा भए पनि सम्पूर्ण नेपाली दाजु भाईको सुरक्षा सम्झेर राम्ररी काममा खटीदिनु हुन्छ भन्ने विश्वास हामीले लिएका छौ । साथीहरु दशै तिहार आउँछ जान्छ तर यही समयमा हुने ठगी,चोरी र तस्कारीका कारण आम सर्वसाधण समस्यामा पर्ने गरेका छन । यस विषयमा तपाईहरुले अलिकति मेहेनत गरीदिनु हुन्छ भन्ने आशा लिएको छौ । साथै वसपार्कमा गाडीका चालक र सह चलाकहरुले पनि सर्वसाधरण ठग्न थालेका छन,महगी कालोवजारीहरु पनि सुरु भएको छ यस विषयमा तपाईहरुले अलीकति ध्यान पुप्याई दिए हामीहरु असाध्यै खुसी हुने थियो । दशैको वाहानामा विभिन्न बजारमा भईरहेको ठुला ठुला जुवा तासलाई रोकि दिए हाम्रो नेपाली दाजुभाई विग्रने थिएनन् की ! हामी दशै मनाउँन सुरुसार गदै गर्दा वर्षेनी नेपाल प्रहरीले ल्याउँने सुरक्षा योजनाले पनि प्रभावकारी पाउँदैन किन होला ? सुरक्षा योजना भन्दै ल्याएको अभियानलाई प्रथामिकतामा राखीदिन विनम्र अनुरोध गर्दछौ । सुरक्षाकर्मी साथीहरु चाड पर्वले समाजमा एक किसिमको हर्ष उल्लास भईरहेको वेला हुने झै झगडाहरुलाई रोक्ने काममा सहयोग पुप्याई दशै मनाउँन राम्रो वातावण वनाई दिनु नै तपाईहरुको कतब्र्य हो जस्तो हामीलाई लाग्छ । हुन त यती लेखी रहदा तपाईहरुको मनमा नमिठो लागी रहेको होला है । तर पनि समाजमा भईरहेको अविछिन्न गतिविधि रोकिदिने र सुरक्षाको हिसावले हामी कसरी ढुक्क हुने त ? त्यसै पनि इटहरी,धरान,विराटनगर जस्तो शहरहरु सुरक्षाको हिसावले पनि खतरा भएको शहर हो । यस क्षेत्रलाई मध्यनजर गदै सुरक्षा सर्तकर्ता अपनाई दिन आग्रह गर्दछौ । प्रहरीको गस्ती शहर सँर्गै ग्रामीण क्षेत्रमा पनि पुग्न जरुरी छ । त्यस कारण ग्रामीण क्षेत्रमा गस्ती वढाई दिनु होला ,राज्यले बजार अनुगमनका साथै यातायात क्षेत्रमा भईरहेको वेथितिको वारेमा नवोल्दा वजारमा मनपरी तन्त्र चलीरहेको छ त्यसमा पनि ध्यान दिन आग्रह गर्दछौ । सुरक्षाकर्मी मित्रहरु, तपाईहरुको घरवाट पनि दशैमा घर आउँने नआउँने,कहिले आउँने विदा मागेर आउँन भन्नेर घरकीले किचकिच गरीरहेकै होलान हैन । तर तपाईहरु आफ्नो वाध्यतामा हुनुहुन्छ । यही वाध्यतालाई मध्यनजर गदै सुरक्षाकर्मीका आफन्तहरुले पनि सुरक्षाकर्मीको वाध्यता वुझि दिन आग्रह गर्दछौ । हुन त कसलाई पनि परीवार सँग सगै वसेर दशै मनाउँन मन लाग्दैन र ! वर्ष दिनमा आउँने चाडवाड न हो परीवार सँगै वसेर मनाउँने इच्छा सबैलाई हुन्छ यर्थाथ हो । दशै तिहारमा तपाईहरुले देश सम्झेर परीवार विर्षनु पर्ने देखिन्छ । समाजमा हुने हो हल्ला ,झै झगडा कस्लो रोक्न सक्छ र तपाईहरु वाहेक,अहिले त झन चाडवार्ड पनि भड्कीलो हुन थालेको छ । चाडवाडको मुख्य दिनको १५ दिन अगाडी देखिनै चाडवाडको रौनकमा सबै रमाउँन थालेका हुन्छन । त्यो एउटा विकृती हो भन्ने कुरा समाजले थाहा पाउँदा पाउँदै पनि न्यूनिकरण हुन नसकेको पक्का छ । नेपालको सम्पूर्ण सुरक्षाकर्मीहरुलाई दशै तिहारको शुभकामना । दशैको महत्व दशैं, तिहार नेपाली जनताको परम्परागत सांस्कृतिक उमङ्गका चाड हुन् । स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपालीले यी पर्वलाई वर्ष दिनको मिलन र खुसियालीका रुपमा लिने गर्दछन् । सम्पूर्ण जातजातिका नेपालीले दशैं र तिहारलाई हर्षोल्लासकासाथ मनाउँछन् । निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन दक्षिणबाट आएको नभइ जनजातिहरुबाट आएको बताइन्छ । लिम्बू, राई, थारु, मगर, गुरुङ, तामाङ, थकाली, शेर्पा जातिबाट सेतो टीका लगाउने चलनप्राचीनकालदेखि चलेको हो । टीका मान्यजनको हातबाट लगाइन्छ । आजभोलि पनि जनजाति सम्प्रादयमा चाडपर्व अथवा शुभ साहितमा चामलको सेतै टीका लाउने प्रचलन छ । वाँकीले रातो टिका लगाउँने गर्छन । नेपालमा मनाइने चाडपर्वका आआफ्नै महत्व छन् । तीमध्ये पनि दशैंलाई ठूलो उत्सव र उमङ्गको चाडका रुपमा लिइन्छ । दशैं तिहारमा गाउँघरमा लिङ्गे र रोटे पिङमा युवा युवती भेला भएर बडो उत्सवकासाथ रमाइलो मनाउँछन् । यसरी नैं नेपालभित्र र विश्वमा छरिएर रहेका नेपालीले दशैंलाई ठूलो मान्यता दिन्छन् र मनाउँछन् पनि । दशैंलाई असत्यमाथि सत्यको विजय भएको प्रतिकका रुपमा मानिन्छ । घटस्थापनादेखि नवरात्रसम्म गरिने नवदुर्गा भवानीको पूजा अति प्राचीन परम्परा हो ।