
जिल्ला बजार अनुगमन समिति झापाले वर्ष भरीमा दुइचार पटक बजार अनुगमन त गरेको हुन्छ । जस्मा प्रायः चाड पर्वको आगमन हुन थालेपछि टोली नाटकिय रुपमा बजारमा निस्कन्छ । बर्षभरी अनुगमन गर्नका निम्ती सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला घरेलु, उद्योग वाणिज्य संघ,आन्तरिक राजश्व कार्यालय लगायतको सम्मिलित बजार अनुगमन टोली गठन भएको छ । टोलीको जुन व्यापारीसंग कुनै विषयमा ठाकठुक परेको हुन्छ त्यो व्यापारीको पहिलो पंक्तिमा नाम आउने परम्परा देखिनै चलिआएको हो । र्षभरीमा बल्ल तल्ल एक महिना अनुगमन गर्ने टोलीले प्रायः आफुलाई चित्त बुझाउने सग फोन मार्फत जानकारी गराई हामी आउदै छौं सवै राम्रो छ भन्ने उर्दि जारी गरेर निस्कने टोलीले गरेको अनुगमन साच्चैका व्यापारीले नाटकको रुपमा बुझ्ने गरेका छन् । सरकारी कार्यालय गेट अगाडीनै सुर्तिजन्य पदार्थ खुलेआम बिक्री भइरहेको नदेख्ने टोलीले कस्तो बजार अनुगमन गर्छ होला । जे होस तर नबुझिएको कुरा टोलीले किन बढी निगरानी खाद्य तथा दैनिक उपभोग्य वस्तुमा मात्र गर्छ ।
मानवको स्वास्थ्यमा गम्भिर असर के खाद्यले मात्र गर्छ ?अन्य खाले व्यवसायमा कानुनले निषेध गरेको पो छकि किनकी अहिले सम्म अनुगमन टोलीले मोटरसाइकल ग्यारेज, मोवाईल पसल, घडी दोकान, विभिन्न प्रकारका इलेक्ट्रिकल पसललाई किन छुट दिएको होला?। यस्ता उदेस्यले खोलिएका पसलमा के मापदण्ड हुनु पर्ने हो उ विशेषज्ञ हो कि होइन,उसको दोकानमा खोई मूल्य सुची, एउटा सामान बनाएको केहिबेरपछि अन्य पार्टपुर्जा बिग्रिन्छ के यो सरासर ठगी धन्दा होइन र । प्रति किलो असी रुपैयाको चिनीलाई पाँच रुपैया वढी भयो भने कालो बजारी हुने तर आफु विशेषज्ञ हु भन्नेले एक सयको कुनै सामानलाई एक हजारमा बिक्री गर्दा के हुने । पसल पिच्छे फरक फरक उ सामान विग्रीएको छ ,यो सामन फेर्नुपर्छ किन भनिन्छ । यस्ता उपभोक्ताले के को आधारमा गुनासो गर्ने त ।
हालसम्म यस्ता खाले गुनासाहरु जिल्ला प्रशासन लगायत सम्बन्धित निकायमा शुन्य रहेको पाइन्छ । दुइ चार दर्जन विस्कुट, एक दुई पाकेट तेल,चिसो पेय पदार्थ बरामद गरेर कार्यप्रगतीको खाका बनाउनेहरु कम छैनन । जिल्लामा बनेको बजार अनुगमन टोलीलाई झापा किराना पसल अनुगमन टोली भन्दा उपयुक्त होला जस्तो आजको कार्यशैलिले देखाएको छ । यस्ता बग्रेल्ती खोलिएका टापटिपे पसलको बारेमा अनुगमन गर्न टोली किन डराएको होला यस्ता थुप्रै प्रश्नहरु एकपछि अर्को आउने गरेका हुन्छन् । हाल झापाको भद्रपुर, चन्द्रगढी, विर्तामोड, धुलावारी, दमक लगायतका मुख्य क्षेत्रहरुमा सयौंको सख्यामा यस्ता पसलहरु खोलिएको पाइन्छ । उनिहरुको अलिकती पनि ग्राहक प्रति सहानुभुती हुदैन । उदाहरणको लागी सडकमा गुड्दै गरेको मोटरसाईकल एक्कासी खरावी भयो भने सम्झनुस अब त्यो मोटरसाइकल कुनै एउटा निजी हस्पिटलमा सामान्य रुगा लागेर गएको मानिस सरह हुन्छ । त्यो साधनलाई वर्कसपवालाले कवाडीको मूल्यमा पुर्याउने सम्मका हर्कत गरेका हुन्छन् । के उनिहरुलाई कुनै कानुन छैन दाल चिनीमात्र हो मानिसको स्वास्थ्य बिगार्ने यस्को तनावले मानिस पुरै अचेत अवस्थामा पुग्दैन र । कुनैपनि सामान बिग्रेको होकि होइन असली होकि नक्कली कसरी थाहापाउने सेवाग्राहीले । खाद्य परिक्षणको लागी क्वाराटाइन्ट लगिन्छ तर पार्टपुर्जाको के उपाय छ । आजसम्म प्रायले नबुझेको विषय गम्भिर छ । टोलीले परिक्षणको लागी भन्दै व्यापारीवाट लगेको सामान समेत के भयो भन्ने विषयको जानकारी समेत दिदैन यतीसम्मकी कतिपयले त घरमा लगेर आफ्ना नोकर चाकरलाई बाड्ने समेत पछि पर्दैनन यस्ता खेलप्रेमीहरु । खाद्यको मुल्यको बारेमा सवै जनतालाई जानकारी हुन्छ तर प्राविधिक पक्षमा भने सम्बन्धितलाई मात्र थाह हुने गरेका कारण मान्छे हेरेर दाम गर्ने यस्ता खाले कारोवारीलाई अनुगमन टोलीको के भुमिका रहने त । बजार अनुगमन टोलीले ०७२। ७३ मा कति पटक अनुगमन भयो भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले फायल पल्टाउन झन्झट मानेको छ । गत वर्षको विवरण हेर्नलाई घरेलु जानु राम्रो हुने सुझाव पो पाइन्छ त । चालु आव ७३ श्रावणमा तिन, भदौमा ६ पटक अनुगमन गरेपनि प्रगती भने खासै देखिएको पाइदैन । टोलीले विस्कुट उद्योग, होटल र केहि खाद्य पसलमा आफ्नो औपचारिक्ता पुरा गरेको छ । दमक, विर्तामोडका क्षेत्रमा खाद्य दोकानलाइमात्र निगरानीमा राखेको छ । केहि पसलवाट सामान समेत नस्ट गरेको विवरण देखाएको छ ।
झापा जिल्ला बजार अनुगमन समितिले चाडपर्वको समयमा बजार व्यवस्थापन तथा अनुगमनलाई तिव्रता दिने भन्दै असोजको दोस्रो साता जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बैठक बसेको थियो । बजार व्यवस्थापन तथा अनुगमन एवम मुल्याकन समितिको बैठकले बजारमा हुने सक्ने अभावलाई सहज तथा सरल बनाउन सरोकारवालासंग छलफलमा अनुगमनलाई तिव्रता दिने दाबी गरेको छ । बैठकले नेपाल साल टेडिङ्ग कर्पोरेशनले उपभोक्तालाई मध्यनजर गरी प्रचारप्रसार तिव्र बनाउने, माछामासु जन्य वस्तु साविकको मुल्य कायम राख्ने, नगरपालिकाको कार्यकारी अधिकृतको संयोजकत्वमा नगर क्षेत्र भित्र अनुगमन तिव्र बनाउने, सरल र सुलभ रुपमा सामाग्री उपल्बध गराई कानुनले निषेध गरेका निषेधीत वस्तु बिक्री वितरण रोक लगाउने, सढेगलेका मासु तथा खाद्यन्न सामाग्री बिक्री गर्ने व्यापारीलाई तत्काल कानुन बमोजिक कार्यवाही गर्ने निर्णय गरेको छ ।चाडपर्वमा यातायात सवारीसाधनको बढी चाप हुने भएकोले यातायात व्यवस्था कार्यालय मेची, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायीको संयुक्त छलफल गरी समस्या सामाधान गर्ने लगायतको बिषयमा झापा जिल्ला बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी डमरु निरौलाको बैठकले निर्णय गर्यो ।
यातायात व्यवसायीहरुले सुगम क्षेत्रमा मात्र यातायात थप्ने गरेकाले ग्रामीक क्षेत्रका यात्रुका चापलाई वास्ता नगर्ने परिपाटी इतिहास देखि निरन्तर छ । झापाको दक्षिणी क्षेत्र सवै दृष्टिकोणवाट पछि परेकोले उपभोग्य वस्तुको माग पुरा नगराएका कारण जस्तो पनि खरिद गर्नुपर्ने बाध्यता तर्फ सरोकारवालाको ध्यान जानै सक्दैन । आफुले प्रयोग गर्ने यस्ता मेसिनरी सामानलाई जिल्ला बजार अनुगमन टोलीले पहिलो प्राथमिक्तामा राखेर अवका दिनहरुमा लाग्न जरुरी देखिएको छ । अनुगमन टोलीमा विशेषज्ञको अभाव होकि लाइन मिलाउने टोली हो ? यस्को बारेमा बजार अनुगमन टोलीको ध्यान जाओस । झापामा बसी नियमसंगत व्यापार गर्ने भन्दा तेल लगाएर केन्द्रका नेताको पहुँच देखाउने राजनैतिक परिपाटी हाबी कहिले सम्म हो यो चापलुसीको जालवाट छुटेर बजार अनुगमन सवै क्षेत्रमा बरावरी होस है टोली प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी ज्यु ।