[caption id="attachment_16550" align="alignleft" width="257"]bhaktasher भक्तशेर लिम्बू[/caption]

पूर्वमा जस्तै काठमाडौँमा पनि ठाउँठाउँमा छिपछिपे झरी परिरहेको थियो । दिमागमा दशैँ बोकेर काठमाडौँको हिले गल्लीमा पत्रकारहरुको लाम ओहोरदोहोर गरिरहेको थियो । हिजोको दिनमा क्रान्तिकारी कहलिएका ती पत्रकारहरु अब प्रेस सेन्टर नेपालमा समाहित हुन उपत्यका भित्रिँदै थिए । उनीहरुलाई दशैँ र महाधिवेशनले एकै साथ छोएको थियो । असोज १३ र १४ गते काठमाडौँमा महाधिवेशन हुने सर्कुलर पाएपछि काठमाडौँ बाहिरका प्रतिनिधिहरु असोज १२ गते साँझ नै भकाभक आए । उपत्यका बाहिरबाट आउने सातवटै प्रदेशका प्रतिनिधिहरुलाई महाधिवेशनको समय केही प्रतिकूल थियो तथापि त्यो परिस्थितिलाई चिर्दै उनीहरु त्यहाँ आइपुगे । क्रान्तिकारी पत्रकार सङ्घ र महासङ्घको एकताको महाधिवेशन भएकोले पनि त्यसलाई महत्वका साथ हेरिएको थियो । त्यसैले युद्धमोर्चामा होमिएका लडाकूभैmँ उत्साहका साथ प्रतिनिधिहरु काठमाडौँ भित्रिए । धेरै प्रतिनिधिले आपैmँले गाडीको व्यवस्था गरेका थिए । त्यसको भार केन्द्रलाई बोकाइएको थिएन । सबै कामलाई थाँती राख्दै महाधिवेशनको गरिमालाई उँचो बनाउन र सङ्गठनलाई जीवन्तता प्रदान गर्न प्रतिनिधिहरु उत्साहित हुँदै आए र प्रतिनिधि हुनुको कर्तव्य निर्वाह गरे । महाधिवेशनको कर्मकाण्ड पूरा भएपछि प्रतिनिधिहरु झोला बोकेर गन्तव्यतिर प्रस्थान गरे । आ–आप्mनो कार्यक्षेत्र र गृहजिल्लातिर लागिरहँदा त्यति बेलाको परिदृश्य अर्कै थियो । प्रतिनिधिहरु वैचारिक र साङ्गठनिक रुपमा प्रतिबद्ध भएर फर्कन सकेनन् । प्रेस सेन्टर नेपालको भूमिकाबारे प्रतिनिधिहरु कन्भिन्स् हुन सकेनन् । लडाइँमा पराजित सिपाहीजस्तै उत्साहहीन देखिए प्रतिनिधिहरु । महाधिवेशनले सङ्गठनको लक्ष्य र आगामी कार्यदिशालाई ठोस गरेर प्रतिनिधिहरुको कार्यकुशलतामा जुन नयाँ ऊर्जा पैदा गर्नुपर्ने थियो, परिणाम ठीक उल्टो भयो । केन्द्रीय सदस्य वा पदाधिकारीको जिम्मेवारी पाउने र नपाउनेहरुबीच केही अन्तर देखिएन । महाधिवेशनले तलदेखि माथिसम्म निराश बनाएको र साङ्गठनिक रुपमा सकस पैदा गरेको टिप्पणी व्यापक मात्रामा भइरहेको छ । एकताको विधि के हो ? कुन सिद्धान्तअनुसार एकता प्रक्रिया टुङ्गियो, यो पनि प्रष्ट हुन सकेन । एकताको महाधिवेशनले एकता प्रक्रियालाई मजबुत बनायो वा कमजोर ? यी सबै खडा गरेको छ महाधिवेशनले । त्यसकारण नेतृत्व चयनको विधि र पद्धतिको बर्खिलाप भएपछि त्यहाँ सेन्टरको जिम्मेवारी पाएका केन्द्रीय सदस्य समेतले राजीनामा दिएका छन् । आखिर किन भए प्रतिनिधि निराश ?

केन्द्रको डण्डा र प्रचण्डको बडी ल्याङ्वेज महाधिवेशनमा प्रतिनिधिहरुले सबैभन्दा असन्तुष्टि व्यक्त गरेकै बन्दसत्रमा प्रतिनिधिको भूमिकाबारे हो । त्यहाँ ताली बजाउनुबाहेक प्रतिनिधिहरुको कुनै भूमिका नै देखिएन । विधिविधान बनाउने तर कार्यान्वयन नगर्ने, विधानलाई मिचेर काम गर्ने, विधानभन्दा पनि माथि रहने बेथितिले महाधिवेशनलाई सबैभन्दा बढी विवादित बनायो । जनवादी केन्द्रीयताको मन्त्र जप्ने तर केन्द्रीयता मात्र लाद्ने, जनवादको न्यूनतम अभ्यास पनि नगर्ने काम त्यहाँ भयो । हललाई बाइपास गरेर नेतृत्वको नाम प्रस्ताव गरियो, त्यसमा छलफल नै हुन पाएन । यी सबै घटनाक्रमले सङ्गठन कतातिर जाँदैछ भन्ने प्रश्न गम्भीर रुपमा खडा भएका छन् । आगामी नेतृत्व नयाँ पुस्तालाई दिनुपर्छ भन्ने हलको स्पष्ट म्यान्डेट थियो । त्यसलाई पार्टी अध्यक्ष प्रचण्डले बडी ल्याङ्वेजको संज्ञा दिँदै आपूmले त्यो भाषा बुझे पनि परिस्थितिले एउटा चरणसम्म पर्खनुपर्ने सङ्केत गरेका थिए । महाधिवेशन अवधिभर प्रचण्डको बडी ल्याङ्वेज शब्द भाइरल बनेको थियो । बन्दसत्रका प्रतिनिधिहरुले पनि प्रचण्डका बडी ल्याङ्वेज बुझेपछि हलमा असहमति जनाएका थिए । यद्यपि जनपक्षीय पत्रकारिताको पक्षधर प्रेस सेन्टर नेपालको नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुले प्रयोग गर्न पाएनन् । विधानमा प्रदेश समितिका प्रतिनिधिलाई दुई सदस्य र एक सचिव चुन्ने अधिकार दिइएको छ । तर प्रदेश प्रतिनिधिहरुको त्यो अधिकार पनि केन्द्रले सर्लक्क निलिदियो । त्यसैगरी विधान नै संशोधन नगरी विधानमा भन्दा बढी सचिवहरु बनाइएका छन् । विधानमा ८ खुल्ला सचिव, ४ महिला, दलित, जनजाति, मधेशी समावेशी सचिव गरी १२ वटा सचिवको व्यवस्था छ तर विधान संशोधन नगरी ३ जना थपी १५ जना पु¥याएर विधानको मर्ममा आक्रमण गरिएको छ । अनि विधानमा भएको उपमहासचिव पदलाई भने रिक्त राखेर पदाधिकारी चयन गरिएको छ । भद्र सहमति पालनमा अभद्रता सेन्टरको कार्यविधिमा ‘एक व्यक्ति, एक पद’ भन्ने अवधारणा छ । कार्यविधि लिखित रुपमा नबनेको हुँदा त्यसलाई भद्र सहमति भनिएको हो । पालना नगर्ने भएपछि त्यो भद्र सहमति अर्थहीन बन्न पुगेको छ । सहमतिअनुसार सेन्टरका पदाधिकारी वा केन्द्रीय सदस्यमा अन्य पद धारण गरेको व्यक्तिलाई चयन गर्न नहुने भनिएको छ । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य नै सेन्टरका उपाध्यक्षमा बसेपछि त्यसले सहमतिको उल्लङ्घन भएको छ । त्यही ‘एक व्यक्ति, एक पद’ को नीतिअनुसार केही प्रतिनिधिहरुलाई भने पाखा लगाइएका छन् । पत्रकारको सङ्गठन कि कार्यकर्ताको सङ्गठन ? क्रान्तिकारी पत्रकार सङ्घ र महासङ्घ हुँदादेखि नै यो बहस चल्दै आएको छ । सङ्गठनमा पत्रकारहरुलाई मात्र राख्ने कि पार्टीले सिफारिस गरेका कार्यकर्ताहरुलाई राख्दै जाने ? पछिल्लोपटक प्रेस सेन्टर नेपालमा रुपान्तरित भइसकेपछि पनि यो समस्या देखा प¥यो । प्रेस सेन्टरको केन्द्रीय सदस्यमा चयन हुने केही पत्रकारहरुमा यो समस्या देखिएको छ । पार्टीको मुख्य पदमा पनि बस्ने अनि पत्रकारहरुको सङ्गठनमा पनि हात लम्काएर भाग नछोड्ने । जताजता भेटिन्छ, त्यतात्यता दौडिने । पत्रकारिता चाहिँ नगर्ने, समाचार नलेख्ने, सञ्चारमाध्यममा आबद्ध पनि नहुने तर सम्मेलनहरु आउँदा सलबलाउने । नेतालाई फोन हानेर कोटा सुरक्षित गर्ने अनि पत्रकारको नेता बन्ने प्रवृत्ति सङ्गठनमा हावी छ । जसको कारण गुणस्तरीय पत्रकारिताको विकासभन्दा दलाल पत्रकार बन्ने कुरालाई प्रश्रय दिइरहेको छ । अहिले प्रेस चौतारीमा आबद्ध पत्रकारहरु दैनिकजसो मूलधारको पत्रिकामा आप्mनो विचारहरु सम्प्रेषित गरिरहेका छन् । युनियनले उत्पादन गरेका पत्रकारहरु राजनीतिक विश्लेषकका रुपमा छन् । प्रेस सेन्टरका पत्रकारहरुको कलम कहाँ चल्दैछन् ? राष्ट्रियता, स्वाधीनता, जनजीविका र भ्रष्टाचारका विषयमा प्रेस सेन्टरका प्रतिनिधिले कहाँ लेखे ?  अहिले १ नम्बर प्रदेशमा मात्र ८८ जना केन्द्रीय प्रतिनिधि महाधिवेशनमा भाग लिन पुगेका थिए । तीमध्ये महिनामा एकजनाले मात्र लेख्ने हो भने आप्mना विचारहरु वर्षभरि सम्प्रेषित भइरहन्छन् । देश र जनताको चिन्ता खै ? तसर्थ सङ्गठनभित्र यस्ता प्रवृत्तिलाई नछाँट्ने हो भने सङ्गठनको मर्म, उद्देश्य र लक्ष्य प्राप्त गर्न गाह्रो छ । यस्ता प्रवृत्ति बोकेका साथीहरुलाई बेलैमा तिनको क्षमता र योग्यताअनुसार युवा, विद्यार्थी, मजदुर, किसान वा अरु कुनै मोर्चा समाहित गराउँदा उपयुक्त हुन्छ । त्यसो हुँदा मात्र प्रेस सेन्टरलाई पत्रकारहरुको सङ्गठनको रुपमा विकास गर्न सकिन्छ । प्रेस सेन्टर र अन्य सङ्गठनमा फरक के ? क्रान्तिकारी पत्रकार सङ्घ र महासङ्घ एकीकृत भएर प्रेस सेन्टर नेपालमा रुपान्तरित भएको छ । सङ्गठनको नाम प्रेस चौतारी र प्रेस युनियनसँग मिल्दोजुल्दो भएको छ । अहिले सङ्गठनको वैचारिक, सैद्धान्तिक भिन्नता पनि ल्याउन नसक्दा चौतारी अथवा युनियनभन्दा के फरक छ भनेर प्रश्न उब्जन थालेको छ । व्यावसायिकताको नाममा दलाल पत्रकारमा रुपान्तरित हँुदैछौँ वा मिसनको नाममा हामी पार्टी पत्रकारिता गर्दैछौँ ? यी दुई अतिमा हामी कहाँ उभिएका छौँ ? अथवा हामीले समात्नुपर्ने विचार के हो ? इतिहासको विरासतलाई मात्र घोकाएर यसको वैचारिक स्पष्टता प्रष्टिँदैन । इतिहास केका लागि हो भन्ने कुराको बोध गराउन विचार र सिद्धान्तलाई निखार ल्याउँदै सशक्त उठाउनु आवश्यक देखिन्छ । हामी मुद्दागत पत्रकारिता गर्छौं वा शून्यवादी पत्रकारिता गर्दैछौँ ? प्रेस सेन्टरले आम शोषित, पीडित, उत्पीडित, सर्वहारा र श्रमजीवीहरुको मुक्तिको खातिर कलम चलाउँछ वा दलाल पूँजीपति सामन्तको पृष्ठपोषण गर्छ ? प्रेस सेन्टर नेपालका सिपाहीहरुलाई यसबारे सैद्धान्तीकृत गर्न जरुरी छ । महाधिवेशनमा यी विषय ओझेलमा परेका देखिए । प्रतिनिधिहरु यसमा पनि असन्तुष्ट भएको पाइयो । निष्कर्ष ः प्रेस सेन्टर विचार, राजनीति र सिद्धान्तको कोणबाट माओवादी केन्द्रको नीति र सिद्धान्तप्रति उत्तरदायी रहे पनि यसलाई अन्य भ्रातृ सङ्गठनभन्दा विशिष्ट रुपमा हेरिनुपर्दछ । पत्रकारहरु आपैmँ पनि लोकतन्त्र, वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका पक्षपाती हुन् । तसर्थ उनीहरु आबद्ध सङ्गठनलाई पनि केही स्वायत्त बनाइनुपर्दछ । विचार र सिद्धान्तमा प्रष्ट भइसकेपछि नेतृत्वको विषयमा पार्टीले अनावश्यक हस्तक्षेप गरेर सङ्गठनलाई कुण्ठित पार्नु हुँदैन । विचारका कलमहरुलाई फुल्न र फक्रन दिनुपर्छ । पत्रकारको मोर्चालाई खुम्च्याएर राख्नु हुँदैन । पत्रकारको सङ्गठनलाई हेर्ने सन्दर्भमा पार्टी जति सङ्कुचित हुँदै जान्छ, यसको दायरा पनि साँघुरिँदै जान्छ । तसर्थ हाम्रो चिन्तन के हो, त्यसलाई परिष्कृत गरेर माथि उठाउने हो कि ?