
कत्ति बस्नु भूइँमा जरा बनेर लौ उडौँ आकाशमा चरा बनेर
गत शनिबार प्याराग्लाइडिङ गर्न तर्खर गर्दैगर्दा मैले उडेको तस्विर फेसबुकमा हाल्ने क्याप्सन सोँचिसकेको थिए । जीवनको पहिलो प्याराग्लाइडिङ उडान हुनुअगाडि नै मेरो मन उडिरहेको थियो । म सोँचिरहेको थिएँ– कस्तो देखिएला धरान † कस्तो होला सप्तकोशी नदीको दृश्य † र कस्तो होला आकाशको चराजस्तै स्वच्छन्द वायु–सफर † कस्तो फरक होला हवाइजहाज र प्याराग्लाइडिङको उडानको आनन्द ? हो, यस्ता विषयले मेरो मनमा बहस गरिरहेका थिए । उता मस्तिष्क भने केही तर्क गर्दै थियो । भेडेटारको डाँडाबाट हामफाल्दा हावाले उडाएर कुनै रुखमा झुन्ड्याउने त होइन ? कुनै खोँचमा अथवा भीरमा झार्ने त होइन ? कदाचित् दशा नै लाग्यो भने त मेरी आम्मै † शिर एकातिर र शरीर अर्कोतिर हुन के बेर तर्कले मनमा डर जमाउँदै गर्दा धरान स्काइ एड्भेन्चरका सञ्चालक रोशन दाइसँगको संवाद सम्झे ‘दाइ उड्दा लडेर चोटपटक लाग्ने त हुन्न नि ?’ ‘हाम्रो उडानमा कहिल्यै जोखिम हुँदैन ।’ ‘ग्यारेन्टी के छ दुर्घटना नहुने ?’ ‘हामी खुल्ला आकाश हँुदा मात्रै उडान गर्छौँ र सरकारी लाइसेन्स प्राप्त पाइलटहरु छन् । यही हो हाम्रो सेफ उडानको ग्यारेन्टी ।’ ‘अनि जोसुकै त उड्न नसक्लान् नि ?’ ‘हामीसँग १० वर्षीया प्रनिता अधिकारी र ६५ वर्षीय सुरेश बनेपालीसमेत उडे ।’
यी सबै तर्कना र मनमार्गको मन्थनपछि आइपुग्नुभयो गजलकार दाइ यात्री शेखर । हामीले दोस्रो प्mलाइट २ बजे आसपास गर्ने कुरा भएको थियो तर हामी बिहान १० बज्नुअगि नै धरान जान हतारियौँ । हामी चाँडो धरान पुग्न चाहन्थ्यौँ । चाँडै धरान छाताचोक मास्तिरको प्याराग्लाइडिङ अफिस पुग्न चाहन्थ्यौँ र त्यहाँबाट १४ किलोमिटर माथिको प्याराग्लाइडिङ ‘टेक अफ’ गर्ने भेडेटारको थुम्कामा पुग्न चाहन्थ्यौँ । हामी २ बजे हुने प्याराग्लाइडिङको मज्जा लिन चाहन्थ्यौँ ।‘हैट विराटजी † नयाँ जुत्ताको आजै शिलान्यास ?’ यात्री दाइले जुत्ता–प्रसङ्ग निकाल्दै सवारी–संवाद शुरु गर्नुभयो । मैले दाइको प्रश्नको जवाफ हाँसेर दिँदै तत्काल प्रतिप्रश्न तेस्र्याएँ, ‘दाइले किन चप्पल नलगाउनुभएको ?’ ‘चप्पल त प्याराग्लाइडिङ गर्दा खस्छ भनेर नलाको । खस्यो भने त खोज्ने दाम चप्पलको भन्दा बढी हुने हुन्छ ।’ यात्री दाइको जवाफमा भित्रैबाट आएको मेरो हाँसोले बस भरियो । मेरो हाँसोमा दाइको हाँसो मिसियो । हाम्रो ढोकाबाट तीन लहर पर्तिरको सिटको दायाँ साइडमा बसेका प्रेमि–प्रेमिकाजस्ता जोडी पनि हाँसिरहेको थियो । थाहा भएन, उनीहरु हाम्रो संवाद सुनेर हाँसे अथवा हामी हाँसेको देखेर हाँसे वा आप्mनै प्रसङ्गमा हाँसे । जे होस्, उनीहरु पनि हाँसे । यही हाँसोको कम्पन र परकम्पनले कति बेला इटहरीबाट १८ किलोमिटरको बाटो काटियो, पत्तै भएन । गाडी भानुचोकमा घ्याच्च रोकिएपछि पो थाहा भयो, धरान आइपुगिएछ ।हामीले गर्ने २ बजेको उडान अन्ततः स्थगित भयो । मौसम बिग्रिएर यस्तो भएको थिएन । एउटा महिला टोलीको चाँडो उडान भरेर घर जाने प्रस्ताव स्वीकार्दा हाम्रो उडान स्थगित भएको थियो । २ बजेको उडान स्थगित भए पनि हामी २ बजे नै उडान स्थल भने पुगेका थियौँ । चाँडै उडान नहँुदा हामीले अरुको उडान भने हेर्न पायौँ । प्याराग्लाइडरबारे धेरै जानकारी पायौँ । जस्तो ‘विङ’ (त्रिपालजस्तो प्याराग्लाइडरको माथिल्लो भाग) कसरी फुल्छ र विङबाट कसरी ‘लाइन्स’ र ‘राइजर्स’ (विङबाट झरेका त्यान्द्रातुन्द्री) ले उड्न सहयोग गर्छन् । यस्तै, उडानमा महत्वपूर्ण ‘हार्नेस’ र ‘स्पिडबार’ बारे पनि जानकारी भयो । पाइलट र यात्रुको सिटबारे थाहा भयो । धरान स्काइ एड्भेन्चरकै अर्का सञ्चालक माधवप्रसाद दाहालले उडान भर्नेहरुलाई गर्ने निर्देशनबाट पनि हामीलाई केही जानकारी भयो । जस्तैः हावाले विङ फुलाएपछि पछाडि धकेल्न खोज्छ तर पाइलटले ‘रन’ भनेपछि सिधा अगाडि नै कुद्नुपर्छ । अगाडि कुदेपछि बस्नु वा पछाडि हल्लिनु हुँदैन । यी सबै सिकेर साढे २ बजे भएका उडान हेरेर ‘थाउजेन्ड बुद्ध’ बन्दै गरेको पल्लो डाँडाको दृश्य हेर्दा र ‘टेक अफ’ स्थलका गतिला घोडाको चाल हेरेर एक घण्टा बित्यो । अर्थात् साढे ३ बज्यो ।
अब अघिल्लो उडान भरेका तीनै पाइलट पुन स्कारपियोमा चढेर डाँडामा आउनुभयो । अब उड्ने पालो हाम्रो । दशैँको अन्तिम दिन थियो तर हाम्रो प्याराग्लाइडिङको उडान भने पहिलो थियो । मैले माधव दाहाल दाइसँगै उड्न चाहेँ किनकि उहाँले अघिल्लो उडानमा सबैभन्दा उचाइमा लानुभएको थियो तर उहाँसँग इटहरीकै दाइ कैलाश विष्ट उड्ने कुरा भयो । अर्का पाइलटसँग यात्री दाइ र भारतको हिमाञ्चल प्रदेशका पाइलट चोेबे रामसँग मैले उडान गर्ने तय भयो । अझ मैले नै पहिलो उडान भर्ने तय भयो । विङलाइ हावाले फुलाएर उड्न लाग्दा हावाको गति फेरियो र हाम्रो कुदाइ अनि टेक अफ असफल भयो । यसले मलाई तनावमा पा¥यो, ‘ला... शुरुमै लोधर लाग्यो । भूइँमै त यस्तो असहज भयो, झन् आकाशमा यस्तो भएमा ?’ राम ! राम ! सोँच्दा मात्रै पनि कहाली लाग्यो । मेरो अनुहार बिग्रियो । उता, मलाई नजीकबाट नियालिरहेका पाइलट माधव दाहालले भने, ‘कहिलेकाहीँ एकपटक हैन, दशपटकसम्म उडान प्रयास हुनसक्छ ।’ तर आकाशमा उडेपछि यस्तो समस्या नहुने उहाँले बताउनुभयो । पोखरामा आठ वर्ष प्याराग्लाइडिङ गरेका अनुभवी पाइलटको यस्तो कुरापछि भने मन ढुक्क भयो । ढुक्क भइसक्दा नसक्दै यात्री उड्नुभयो । म पहिला उड्ने हावाको बदलावको कारण उड्न सकिनँ तर उहाँहरु एकै टेकमा उड्नुभयो । दोस्रो प्रयासमा भने हामी पनि उड्यौँ । विङ फुलाएर पाखामा कुदेपछि एक छिनमै हामी आकाशमा । अब मैले हेर्न थालेँ । सिमेसागको घारीजस्तै देखियो भेडेटारमुनिको जङ्गल । हरियो क्यानभासको पेन्टिङमा एउटा धर्कोजस्तो देखियो सेउती खोला । कतै पहिरोले कोपरेको पहाड चाहिँ बाटोमा धमिराले थुपारेको माटोजस्तो देखियो । हेर्दाहेर्दै टेक अफ गरेको स्थलमा भेला भएका मान्छे मान्छे जत्रै देखिएनन् । यी सब दृश्य हेरिरहँदा पाइलटले भिडियो अन गरेर स्टिक तेस्र्याए । मैले केही बोल्न खोजेँ । आम्मै † जोडजोडले चलेको हावाले मेरो मुटु काँप्यो । तल देखिने जङ्गल, पहाड, खोला र पहिरो । पर देखिने बाटोमा ट्याङ्करले दूध पोखेजस्तो लाग्ने सप्तकोशीको बहाव अनि सीधै मुनिको धरानको प्रिय दृश्य । मलाई बुद्धि तामाङको ‘हैट †’ भन्न आयो । आवाजले भन्न आँट आएन, मनमनै भनेँ ।
भिडियो रेकर्ड हुँदै गरेको क्यामेरा छ भन्ने चाल पाएको मैले रुप नबिग्रियोस् भनेर ‘हुँ...हुँ...’ भनिरहेँ । पाइलट चोबे रामलाई लागेछ, केटो इन्जोए गरिरा’छ र उनले भने, ‘हामी १८ सयको उचाइमा छौँ ।’ नभन्दै भेडेटार बजारको माथि थियौँ हामी । आधा डर लाग्यो, आधा आनन्द लाग्यो ।
बच्चै हुँदा प्याराग्लाइडिङ गर्ने रहर पूरा भएकोमा आनन्द भयो । पोखरामा नभएर आप्mनै आँगनमा उडान भर्न पाउँदा झन आनन्द लाग्यो । आनन्द त्यति बेला पनि लाग्यो, जब मभन्दा अगाडि उड्नुभएका यात्री दाइ र पछाडि उड्नुहुने कैलाश दाइ हामीभन्दा तलको उचाइमा हुनुहुन्थ्यो । ६७ सय रुपैयाँमा जीवनको नयाँ स्वाद † लामो समयको चाहना पूरा । यी सब सम्झिँदा हामी धरानको विजयपुरमाथिको आकाशमा बत्तिरहेका थियौँ । क्षणभरमै हामी विजयपुर स्कुलको खेल मैदानमा अवतरण ग¥यौँ । अवतरण गर्दा उडेको ठ्याक्कै आधा घण्टा भएको थियो अर्थात् राजधानीबाट विरानगर आउने प्लेनको समय जत्ति नै हामी धरान र भेडेटारको आकाशमा उड्यौँ । अवतरण गर्दा खुट्टा तन्काएर पिठ्युँ भूइँमा झार्ने तरिका मलाई माथि नै पाइलटबाट जानकारी थियो । भूइँमा ओर्लनासाथ केही पानीका बोतल लिएर बच्चाबच्चीहरु आए । हामीले पानी खायौँ । सोही समयमा प्याराग्लाइडर पट्याउनुभयो पाइलटत्रयले । हामी तीन यात्रुले अनुभव साटासाट गर्दागर्दै हुइँय भ्यान आयो र हामी तीन यात्रु र तीन पाइलटलाई छाताचोक पु¥यायो । त्यहाँ हामीले हाम्रो फोटो र भिडियो आप्mनो पेनड्राइभमा हाल्यौँ । मलाई आपूm उडेको फोटो घरसम्म पुगेर हाल्ने धैर्य भएन । त्यहीँ हाल्न मन लाग्यो । कम्पनीका रावल श्रेष्ठले मलाई आप्mनो डेस्कटप छाडिदिए । मैले फेसबुक खोलेर मस्त उडेको फोटो प्रोफाइल पिक्चर हालेँ । क्याप्सन लेखेँः
कति बस्नु भूइँमा जरा बनेर आज उड्यो आकाशमा चरा बनेर
मैले फोटो हालेको र क्याप्सन टाइप गरेको देखेका रावल श्रेष्ठले फेसबुकमा क्याप्सनसहितको प्रोफाइल फोटो हालेको हेरेपछि लामो स्वरमा बोले, ‘आम्मामा....’ उनको ‘आम्मामा’ मेरो फोटोको लागि थियो वा क्याप्सनको लागि, मैले सोध्न बिर्सिएछु । म उडान मात्रै सम्झिरहेको थिएँ । facebook.com/biratanupam1