[caption id="attachment_17712" align="alignleft" width="160"]bhupendra भूपेन्द्र तिम्सिना [/caption]

हामी राजनीतिक गुट–उपगुटको चपेटामा छौँ । कसैको सन्कीपन, महत्वाकाङ्क्षा र स्वार्थको अभीष्ट पूरा गराउन हामीलाई विभाजनको चिराचिरामा पारेका छन् । अर्थात् एउटै मानवीय भावनाका हाम्रा मुटुहरु विभाजित गराइन्छन्, गुट–उपगुटको अत्यन्तै साँघुरो घेरामा साँघु¥याइन्छन् । त्यस बेला हामी स्वतन्त्रता, लोकतन्त्र र गणतन्त्रका नाममा घिनलाग्दो निरङ्कुशतामा बाँधिन्छौँ ।कसैको स्वार्थका लागि हाम्रा मनमुटु विभाजित गरेर राष्ट्रियता नै कमजोर पार्ने खेल भइरहेका बेला फेरि हामीले सिर्जनामा पनि साँघुरो घेरामा बाँधिएर गुट–उपगुट सिर्जना गरिरहँदा चाहिँ सर्जकको महत्वमाथि कुठाराघात हुन्छ । सर्जकले मात्र सबैका मनमुटु जोड्न सक्छ, एकता र समानताको समाज निर्माण गर्न सक्छ अनि विसङ्गतिमाथि खबरदारी गरेर समतामूलक संसारको परिकल्पना गर्न सक्छ ।

हाम्रो क्षेत्रका हामी सर्जक चाहिँ यस कुरामा कति चिन्तित छौँ, कति संवेदनशील छौँ ? यसबारेमा पूर्वमा भेटिने सर्जकहरुसँग बेलाबखत छलफल हुन्छ तर छलफल हुँदै जाँदा कसको कमजोरी के, कसको के भनेर फेरि गुट–उपगुटको वकालत गर्न पुगेको पाइन्छ । मैले अलि बढी जानेको र भोगेको दमक र वरपरको क्षेत्र यस बेला अलि बढी एकअर्काको पक्ष–विपक्षमा विभाजित भएको देखिन्छ । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने रस्साकस्सी बढ्दै जान थालेको छ । अर्थात् अन्यत्रको यस्तो सङ्कीर्णताको रोग यहाँ पनि भित्रिन थालेको छ । कमजोरी सबैका हुन्छन् तर सामाजिक चेतनाको काममा कमभन्दा कम कमजोरी गरेर मात्र सकारात्मक परिवर्तनको संवाहक बन्न सकिन्छ, प्रगतिको पथप्रदर्शक हुन सकिन्छ । यसबेला गजलका विषयमा अलि बढी विभाजित मन भेटिन्छन्, विभाजित समूह भेटिन्छन् । लयात्मक भए गजल गायनका लागि सहज र प्रभावकारी अनि वाचन गर्नसमेत सजिलो बन्छ भन्ने एउटा पक्ष छ । अर्काे पक्ष चाहिँ यसमा ध्यान नदिएर लयचेत खोज्नेलाई पुरातन र रुढ भनिरहेको छ । यी दुई पक्षका आ–आप्mना तर्कवितर्क हुनु अत्यन्तै स्वाभाविक हो तर यही तर्कवितर्कका नाममा गुट–उपगुट नै सिर्जना हुनु चाहिँ कसैको हितमा नहुने र समग्र गजल अनि साहित्यकै हितमा समेत बाधक बन्ने देख्छु म त ।

कसैलाई बहरमा गजल लेख्न मन लाग्ला, लेख्न दिऊँ । कसैले लय नमिलाई गजल लेख्छ, लेख्न दिऊँ । आखिर कुन पक्षले प्रभावकारिता हासिल गर्छ, त्यो नै अन्तिम निष्कर्ष हुन्छ । तर गजललाई भाव र लय दुवै पक्षबाट शक्तिशाली बनाउन सक्दा चाहिँ ‘झारपात’ भनेर हेला गर्नेहरुलाई यसको तागत देखाइदिएर यसलाई विधागत रुपमा स्थापित गर्न सहज बन्छ ।दमकमा पछिल्लो समय प्रकाश बुढाथोकीलाई अगाडि राखेर मुनाराज शेर्मा, याम थुलुङ, सुन्दर कुरुप, विराट किराती, राजकुमार सुब्बा, अशोक बस्नेत, मेचीपुत्रहरुले मासिक रुपमा ‘अनप्लग कविता साँझ’ को पाँचौँ शृङ्खला पु¥याएका छन् । तीनजना सर्जकलाई सिर्जना प्रस्तुतिमा उभ्याइने यसको प्रभावकारिताले अरु गतिविधि ओझेलभैmँ छन् ।

त्यसभन्दा पनि पछिल्लो समयमा शिव रेग्मी प्रणत, विवश बलिभद्र कोइराला, लोकेन्द्र बञ्जारा र घनश्याम पथिकको अवधारणामा ‘सिधा रचना वाचन’ अगाडि बढेको छ । सम्बोधनको कुनै भूमिका नबाँधी रचनामा मात्र केन्द्रीत हुँदा धेरैजनाले रचना वाचन गर्न सकिन्छ भन्ने अवधारणामा एउटा कार्यक्रम भएको छ । बोन्साई साहित्य प्रतिष्ठानले पनि बेलाबखत साहित्यिक गतिविधि गरिरहेको छ । दमक क्याम्पस साहित्यिक मञ्चले पनि गतिविधि गर्दैछ । रुवाई मञ्च पनि बेलाबखत सर्जकसम्म आइपुग्छ । दुर्घटनामा अपाङ्गताको शिकार भएका भेषराज न्यौपानेको अगुवाइमा ‘दमक पब्लिक लाइब्रेरी’ का गतिविधि भइरहेका छन् । दमकको पुरानो साहित्यिक संस्था ‘साहित्य कला सङ्गम’ अलि सुस्ताएको छ । आप्mना सर्जक छोरा जीवन आचार्यको स्मृतिलाई चिरस्थायी राख्न सर्जग कमलजङ्गली आचार्यको अगुवाइमा १० लाखको हाराहारीमा अक्षयकोष सङ्कलन गरी खडा भएको ‘जीवन स्मृति प्रतिष्ठान’ का गतिविधि पनि निरन्तर छैनन् ।

विशिष्ट लोकगायक एलपी जोशीले आप्mनी दिवङ्गत अर्धाङ्गिनीको स्मृतिमा खडा गरेको विन्दा स्मृति कोषले वर्षेनी देशका अग्रज विशिष्ट गीतसङ्गीत सर्जकलाई नगदसहित पुरस्कृत गर्ने गरेको छ । यही सन्दर्भमा जोशी र धनकुटे कान्छाको पहलमा हङकङमा रहनेहरुबाट आर्थिक सहयोग जुटाएर झण्डै आठ सय पृष्ठको ‘दमक दर्पण’ प्रकाशित गरेर ऐतिहासिक काम भएको छ । दर्पण प्रकाशनको तयारीका बारेमा आपूmहरुलाई त थाहै नभएको टिप्पणी पनि क्रियाशील सर्जकहरुले गरेका छन् । अर्थात् त्यहाँ सोही क्षेत्रका क्रियाशील सर्जकहरुका सिर्जना छुटेको तथा केही विषय र प्रसङ्ग पनि समेट्न बाँकी देखिन्छ ।दमक क्षेत्रमा भएका माथि उल्लिखित सिर्जनाका गतिविधि सर्जक मन उत्पादन, सिर्जनाको विस्तार र परिस्कारका लागि महत्वपूर्ण छन् । उल्लिखित प्रत्येक संस्थाका एकएक गतिविधिले दमकलाई समग्र पूर्वमा सक्रियताको चिनारी दिएको छ । एउटा मात्र संस्थाले गर्ने एकदुई गतिविधिले सिर्जनाको माहौल खडा गर्न अवश्य पनि गाह्रो पर्ने हुन्छ ।

यसर्थ सबै संस्थाका गतिविधि हाम्रा अमूल्य सम्पत्ति हुन् तर एउटा संस्था अर्काे संस्थाको प्रतिद्वन्द्वीभैmँ हुनु हुँदैन । एकको कार्यक्रममा अर्काको सहभागिता निषेध हुनु हुँदैन । सबैले सबैको कार्यक्रममा सहभागिता गराउनु र सहभागिता जनाउनुपर्छ । सबै, सबैका लागि साझा बन्नुपर्छ । फरक मतको पनि सम्मान हुनुपर्छ । टाढिएका मनलाई नजीक पारेर एक बनाउने चाहिँ सर्जकको काम हो । शत्रुवत् व्यवहार गर्नेमाथि मित्रवत् व्यवहार गरेर उसलाई पनि मित्रवत् व्यवहार गर्न प्रेरित गर्नु सर्जकको धर्म हो । कसैको चिन्तन र विचार नमिल्न सक्छ तर सिर्जनाले प्रस्तुत गर्ने कुरा फरक हुँदैन, अर्थात् सिर्जनाको बोली मिल्छ । यस कारण कसैले कसैलाई फरक नदेखौँ । विभाजित हुने कुरामा होइन, सिर्जनाको उचाइ उचाल्ने कुरामा चाहिँ चिन्तन गरौँ । आप्mनो अनुकूल हुँदा ठीक र नहुँदा बेठीक भन्ने कुरा त्यागौँ अनि केही फरक चिन्तन र विचारका आधारमा राजनीतिक विभाजन जस्तो गुट–उपगुट सिर्जना नगरौँ ।