
केही दिनअघि धरानको बीपी प्रतिष्ठान हाताभित्र भएको एउटा घटना निकै विवादित र चर्चामा रह्यो । त्यो चर्चाको सेरोफेरोमा मेरो नामलाई अत्यधिक घिनलाग्दो पाराले उछाल्ने काम भयो, केही स्वघोषित महान् पत्रकारहरुबाट । प्रतिष्ठान हाताभित्र सुरक्षा व्यवस्था सम्हालिरहेको केटीएम सेक्युरिटीमा कार्यरत् महिला कामदारमाथि चर्चित हास्यकलाकार सन्तोष पन्तले दुव्र्यवहार गरेको घटना हो । घटनापछि भएको मिलापत्रको विषयमा नियोजित रुपमा ममाथि लगाइएका मिथ्या आरोप र प्रहारका विषयमा मैले साँधेको मौनता तोडेर सो घटनासँग जोडिएका पक्षहरु र वास्तविकता सार्वजनिक गर्ने हेतुले प्रष्ट्याउन खोजिरहेको छु । पीडित पक्षको चाहना र भावनालाई पाखा लगाउँदै निरन्तरको प्रचारबाजीबाटै स्पष्ट हुन्छ, प्रचारबाजी किन र के उद्देश्यका लागि भइरहेको छ भनेर । प्रचारबाजीमा संलग्नहरुकै नातेदार र आफन्त बसेर मिलापत्र गराउने अनि दोष आफन्त र आप्mना मान्छेमाथि थोपरिएपछि त्यो छोप्नका लागि गोयबल्स शैलीमा दुष्प्रचार गरिनु दुःखद अनि खेदजनक छ । महिला सञ्जालका पदाधिकारी र सरकारी अधिकारी बसेर मिलापत्र गराइएको सो घटनाको दोष मिलापत्रपछि आप्mना आफन्त र सहयोगीका थाप्लोमा आएपछि उनीहरुले मच्चाइरहेको रोदन र कोकोहोलोले आम मानिसमा सिर्जना गरेको भ्रम चिरेर वास्तविकता पस्किनु र मेरो लेखनको ऊर्जा अनि प्रतिष्ठालाई धरापमा पार्ने गरी र सामाजिक मर्यादासमेत नाघेर भएका टीकाटिप्पणीका कारण पत्रकार भएका हिसाबले आप्mना कुरा राख्न यो लेख लेखिरहेको छु । राति करीब २ बजे भएको सो घटना भोलिपल्ट दिउँसो सार्वजनिक भएको थियो । घटनामा जोडिएकी पीडित युवती माओवादी केन्द्रसम्बद्ध शहीद परिवारकी सदस्य रहेको त्यति बेला मात्रै मेरो जानकारीमा आयो, जति बेला यो विषयमा महिला सञ्जालले इलाका प्रहरी कार्यालयमा जबर्जस्ती करणी उद्योगमा जाहेरी दियो । महिला सञ्जालकै प्रतिनिधिको निमन्त्रणामा प्रहरी कार्यालय पुगेको मैले त्यहाँ उपस्थित माओवादी केन्द्रकै नेताहरुले घटनालाई अतिरञ्जित गरी राजनीतिक रङ दिएर स्वार्थअनुकूल उपयोगको कोशिस भएकाले ‘सेफ ल्यान्डिङ’ गर्ने काममा सहयोगी बनिदिन आग्रह गरेको म स्पष्ट पार्न चाहन्छु । म आपूmसमेत माओवादी केन्द्रनिकट रहेका कारण नेताहरुको प्रस्तावबमोजिम माओवादी नेतृत्व केटीएम व्यवस्थापन पक्षको नेतृत्व गर्ने रामेश्वर शाहसँग छलफलमा बस्न चाहेको प्र्रस्ताव राखी छलफलको संयोजन गरिदिएको कुरा मैले यसअघि नै स्वीकारिसकेको छु । माओवादी केन्द्रको संस्थागत छलफलपछिको निर्णयबमोजिम भएको वार्ताको संयोजन मैले आपूm पत्रकार भए पनि पार्टी सदस्यका हिसाबले गरेको थिएँ । त्यो सही थियो या गलत, मेरालागि स्वमूल्याङ्कनको विषय हो । यो घटनामा मैले छलफलका लागि पार्टीको आग्रहबमोजिम गरेको संयोजन गलत थियो भन्नेहरुले इतिहासका केही घटनाहरुको मूल्याङकन गर्न जरुरी हुन्छ । सन्तोष पन्त प्रकरणअघि सोही सेक्युरिटीमा कार्यरत् मजदुरले गरेको आन्दोलनमा पत्रकारहरुसमेत सहभागी भएर भाषणबाजी गरेको विषय ठीक कि बेठीक ? आपूmअनुकूल हुँदा जे गरे पनि ठीक र आप्mनो स्वार्थप्रतिकूल हुँदा हरेक कुरा बेठीक भन्ने संस्कारको पक्षमा म छैन । त्यति बेला भएको आन्दोलनमा पनि एमालेनिकट नेताहरुले केटीएम व्यवस्थापनसँग वार्ता र छलफलको संयोजन गरिदिन आग्रह गर्दा संयोजनमा थोरबहुत भूमिका खेलेको पनि मैले स्वीकारेकै थिएँ । हाम्रो सामाजिक संरचनाका कारण हामी कोही पनि निरपेक्ष पत्रकार मात्रै बन्नै सकेका छैनौँ । हरेक व्यक्ति कुनै राजनीतिक दल, सामाजिक संस्था वा समूहमा आबद्ध रहेको तीतो सत्य मैले लुकाउन जरुरी छैन । रामेश्वर शाह र म दुवै वैदेशिक रोजगारमा रहँदा एनआरएनभित्र निकट भएर काम गरेका कारण पनि उनीसँगको निकटता सामान्य हुन्छ । आपूmसँग जो निकट रहन्छ, सुखदुःख उसैसँग साटासाट गरिन्छ तर वैदेशिक रोजगारमा रहँदा एनआरएनका कारण बनेको हाम्रो मित्रवत् सम्बन्धलाई नरुचाउनेहरुले लाञ्छना लाएकै भरमा म दोषी प्रमाणित हुने छैन । पार्टीको आग्रहबमोजिम मेरो संयोजनमा भएको वार्ता विनासहमति टुटेको थियो । तर भोलिपल्ट दिउँसो करीब १ बजे बीपी प्रतिष्ठानमा उपचाररत् माओवादी केन्द्रका केन्द्रीय नेताको स्वास्थ्य बुभ्mन गएको समयमा मलाई ‘सम्झौता यसरी हँुदैछ, ड्राप्mट गरिदिनुस्’ भनेर गरिएको आग्रहबमोजिम पीडित युवतीसँग माफी माग्नेलगायतका बुँदा राखेर चारबुँदे ड्राप्mट उपचाररत् नेताका छोराको नोटबुकमा लेखेर म हिँडेको थिएँ । मैले सादा कागजमा नेताहरुको आग्रहबमोजिम लेखेको ड्राप्mट भोलिपल्ट कम्प्युटर प्रिन्टसहित मलाई दिइयो र रामेश्वरसम्म पु¥याइदिन भनियो । नेताको प्रस्तावबमोजिम रामेश्वरलाई मैले इमेल गरिदिएको केही समयपछि रामेश्वरलगायत माफी माग्ने र त्यस्ता घटना दोहोरिन नदिनेलगायतका बुँदामा सहमत भएको खबर मलाई पठाइएको थियो । माओवादी केन्द्र र केटीएम व्यवस्थापनबीच सहमति भएको खबर चुहेलगत्तै महिला सञ्जालमा रहेका एमाले र काङ्ग्रेसनिकट महिलाले सिडिओ समेतको उपस्थितिमा मिलापत्र गराउने भन्दै उनीहरुनिकट रहेका एक पत्रकारमार्पmत् खबर पठाउँदै मलाई सल्लाहका लागि हिमालयन पेट्रोल पम्पमा बोलाइयोे । त्यो समयमा उनीहरुले समेत मिलापत्र गराउने विषयमा पहिले नै आपूmहरु तयार भएको बताउँदै विधिको विषयमा फरक विचार राखे । भोलिपल्ट बिहानबाटै माओवादी पहलमा भएको सम्झौताको तयारी टुट्यो र महिला सञ्जालका प्रतिनिधि सम्झौताको विधि बनाएर अघि बढे । उनीहरुकै उपस्थिति र योजनाअनुसार भएको सम्झौतापछि मिडियामा उनीहरुको चर्को आलोचना भयो । आलोचनाको शिकार बनेपछि चोखिनका लागि नियोजित पत्रकार सम्मेलन गरियो र दोष ममाथि थोपरियो । जसले सरकारी अधिकारी समेतको उपस्थितिमा बसेर नयाँ ड्राप्mट लेखे र सम्झौतामा हस्ताक्षर गरे, उनीहरु दोषी कि ‘म महिला अधिकारकर्मी’ भनेर हिँड्नेहरु ? उनीहरुले पीडितलाई अन्याय हुने गरी किन सम्झौता गरे ? सम्झौता मात्रै गरेनन्, सम्झौतालाई गोप्य राख्ने र सार्वजनिक नगर्ने कसमसमेत खाए, को दोषी ? आजसम्म पनि त्यो सम्झौता सार्वजनिक गराउन र त्यसरी सम्झौता गर्नेलाई निशाना बनाउन छाडेर मविरुद्ध प्रोपोगाण्डा गरिनु कति न्यायसङ्गत र तटस्थता हो ? पत्रकार विशुद्ध पत्रकार मात्रै हुनुपर्छ र रहनुपर्छ भन्ने कुरामा मेरो पनि सहमति छ तर हामी सबै हाम्रो सामाजिक संरचनाअनुसार कहीँ न कहीँ कोही राजनीतिक दल त कोही जातीय संस्था र सामाजिक संस्थाहरुमा जोडिएका छौँ । कतिपय अवस्थामा राजनीतिक र संस्थागत आबद्धताका कारण हामी सामाजिक मुद्दा र घटनाहरुमा प्रत्यक्ष वा परोक्ष रुपमा जोडिन पुग्छौँ भन्ने कुरा हामी कसैले पनि बिर्सनु हुन्न । प्रतिष्ठानभित्रका सानासाना विषयमा पनि राजनीति हुने र त्यसले ठूलो रुप लिने गरेको यसअघि पनि पटकपटक हामीले देखेकै हौँ । यसपटकको घटना पनि राजनीतिक बन्यो र घटनालाई आप्mनो स्वार्थअनुकूल उपयोग गर्ने समूहहरु सक्रीय बने तर पीडित युवतीको भावना र चाहनाविपरीत प्रचारबाजी गरेर आप्mनो अभीष्ट पूरा गर्ने कोशिस गरियो । तपाईं–हामी सबैले बुभ्mनुपर्ने कुरा के हो भने मुख्य दोषी त ती हुन् जो बसेर छलफल गरे, सहमतिका बुँदा तयार पारे, हस्ताक्षर गरे र त्यो सम्झौतापत्र सार्वजनिक नगर्ने कसम खाए । आपूmनिकटका र नातेदारहरु समेत बसेर गराएको सम्झौताको दोष ममाथि थोपर्नेलाई म निष्पक्ष भएर बोल्न, लेख्न र अभिव्यक्ति दिन आग्रह गर्छु । माओवादी केन्द्रनिकट भएर मैले गरेको छलफलको संयोजनप्रति आलोचना गर्नेहरुको सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कमजोरी हुन नदिने प्रतिज्ञासहित व्यक्तिगत, राजनीतिक र संस्थागत पूर्वाग्रहबाट ग्रसित भएर गरिएका गतिविधिप्रति दुःख व्यक्त गर्दै तटस्थ र निष्पक्ष भएर बोल्न, अभिव्यक्ति दिन र गतिविधि गर्न सके मात्रै हामी सबैको भलो हुने कुरा स्मरण गराउँछु । म पुनः स्पष्ट पार्न चाहन्छु– १) कुकुरले खुट्टा टोक्यो भन्दैमा म कुकुरको खुट्टा टोक्ने पक्षमा छैन । सामाजिक सञ्जालमार्पmत् ममाथि भएको अपमानजनक शब्दहरु अन्यायपूर्ण, घोर आपत्तिजनक भए पनि म कानूनको दायराभन्दा अगाडि बढ्न उचित ठान्दिनँ । २) मेरोविरुद्ध सामाजिक सञ्जालमा लेख्ने आपूmलाई महान् पत्रकार देखाउनेहरूले मेरोविरुद्ध यति सारो विष वमन गर्नुभित्रको आशय के छ, त्यो त बिस्तारै खुल्दै नै जानेछ । अब सहनुको हद नाघेपछि म पाठकसामु प्रस्तुत हुन बाध्य भएको स्पष्ट पार्न चाहन्छु । ३) के उनीहरू न्यायाधीश हुन् र तिनले बोलेका कुरा अन्तिम पैmसला हुन् ? यदि हैन भने अतिरञ्जित तवरबाट सुगारटान लगाउनुको उद्देश्य के हो ? यो घटनामा मेरो गल्ती कति वा अपराध कति ? त्यसको मापन मनपरी बोलेर हुने हो ? मैले अक्षम्य अपराध गरेँ रे, नेपालको कानूनले मलाई तोक्ने सजाय कति ? हरेक आरोपमा सफाईको मौका दिइन्छ भने यो घटनामा मलाई एकैपटक ‘दलाल पत्रकार’ भन्ने कुन महान् पत्रकार हुन् जसले मेरो पत्रकारितामा दलालीलाई पुष्टि गर्छन् ? ती पत्रकार महोदयलाई शायद मैले सिकाइरहनु पर्दैन होला, समाचार लेख्दा पनि सन्तुलन मिलाएर लेखिन्छ भन्ने कुरा । मलाई आरोप लगाउनुभन्दा अगाडि मलाई कहिले कहाँ सोधियो ? ४) आपूmलाई महान् क्रान्तिकारी मजदुर नेता र महान् पत्रकार ठान्ने अर्का एकजनाले आप्mनो पत्रिकामा समाचार भर्न ब्लाष्टका कर्मचारी प्रयोग गरेर समाचार चोर्ने र चोर्न लगाउने गरेको बिर्सिए ? तिमी कति पानीमा छौ भन्ने जनताले राम्ररी बुझेका छन् । जति बेला बीपी प्रतिष्ठानमा घटना भयो र मिलापत्र भयो भनियो, त्यति बेला तिमी काठमाडौँमै थियौ, हैन ? अनि धरान आउनेबित्तिकै तिमीले ममाथि विषवमन गर्नु भनेको त्यही समाचार चोरीको घटनामा रिस पोख्नु हैन ? तिमी विषवमन गर्दै गर, तिम्रो कर्तुत उदाङ्गिँदै जानेछ । र, जादाजादै–
‘सच्चाई झुक नहिं सक्ती वनावट कि असुलो से खुश्बु आ नहि सक्ती कागज कि फूलौं से’ भन्ने भनाइ सत्यको यति नजिक छ कि जसलाई कुनैपनि अवस्थामा झुठो तुल्याउन सकिदैन,कागजको फुलमा सुगन्ध हुन्छ भनेर दुनियाँलाई वेवकुफ बनाउने बिधर्मीहरुलाई थाहा छ कि छैन धुब्र सत्यको अर्थ ?तिमीले धारेहात लगाएर के हुन्छ र ? धुब्रतारा सत्यको जगमा एक्लै जगमगाउछ ।