तिहारभरि इटहरी अशान्त भयो । इटहरीवासीले दशैँ राम्रोसँग मनाए पनि तिहारमा भने ठूलाठूला आपराधिक घटना भएका कारण सर्वसाधारण र व्यापारीहरुमा एक प्रकारको त्रास रह्यो । इटहरीवासीलाई डर–त्रास हुनु पनि स्वाभाविक नै हो । इलाका प्रहरी कार्यालयको आँगनमै व्यापारीमाथि भएको आक्रमण र तरहरामा भएको गोलीकाण्डसँगै कट्टी हानाहानको घटना पनि भयो । प्रहरी कार्यालयअगाडि नै केदार दाहालमाथि भएको आक्रमण र लुटपाटका घटनालाई भने सामान्य मान्न सकिँदैन । यसरी प्रहरीकै अगाडि साङ्घातिक आक्रमण गर्ने दोषीको सुइँकोसमेत प्रहरीले अहिलेसम्म पाउन सकेको छैन । पीडितले कराउँदै गुहार मागेको प्रहरीले नसुन्नु र घटनास्थल नपुग्नुबाट प्रहरीको कमजोरी प्रष्ट देखिन्छ ।
हो, इटहरी ठूलो ठाउँ हो । घटनाहरु हुनुलाई स्वाभाविक मान्न सकिन्छ तर इलाका प्रहरी कार्यालयअगाडि नै भएको यो घटनालाई प्रहरीले कसरी लिएको छ, प्रहरीले नै जानोस् तर जनताले भने यसबाट असुरक्षाको अनुभव गरेका छन् । उनीहरुले असुरक्षा महसुस गर्नु स्वाभाविक हो । इटहरीमा धेरै खालका प्रहरी अधिकृतहरु आए, गए । कर्म गर्ने सिलसिलामा प्रहरी अधिकृतहरु आउनु, जानु स्वाभाविक हो । प्रहरी अधिकृतहरु इटहरी आउनुभन्दा अगाडि नै आप्mना प्राथमिकता निर्धारण गरेर आउँछन् र आआप्mनै शैलीमा एक वर्षभरि इप्रकालाई चलाउने गर्छन् । प्रहरी अधिकृतहरुको आआप्mनै शैलीका कारण इटहरीमा एक–एक वर्षमा नियम–कानून नै परिवर्तन गरुँला जस्तो गर्छन् । इटहरीमा भर्खरै आएका डीएसपी नरेशराज सुवेदी आपैmँमा अब्बल अधिकारी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट इटहरीको कार्यभार सम्हाल्न आएका उनले इटहरीमा केही नयाँ काम गर्न नखोजेका भने हैनन् तर तिहार वरपर भएका ठूला घटनामा उनी र उनको टिम चुकेकै हो, यसमा दुई मत छैन । इटहरीमा ठूलाठूला तस्करहरु सक्रिय हुन्छन् । तस्करी नियन्त्रण गर्न उनी नलागेका पनि हैनन् । सर्वसाधारणबाट दुई पैसा घूस नखाने वाचाका साथ काम गरिरहेका डीएसपी सुवेदीले अभैm धेरै काम गर्नुपर्ने देखिन्छ ।
इटहरी आएलगत्तै पत्रकार सम्मेलन गरेर प्रहरी अधिकारीले आप्mना प्राथमिकता घोषणा गर्छन् तर यो घोषणा सात महिना पनि टिक्न सक्दैन । ठूला, पुराना र भर्खरै भएका हत्याका घटनामा संलग्न अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रहरी सक्रिय हुनुपर्ने देखिन्छ । खुल्ला सिमाना नजीक भएका कारण अन्य ठाउँबाट समेत यस क्षेत्रमा आई आपराधिक गतिविधि गर्नेहरुको सङ्ख्या पनि धेरै छ । त्यस कारण पनि यहाँ आउने प्रहरी प्रमुखले अन्य कार्यालयहरुको भन्दा बढी महत्व पाउने गर्छन् । क्षेत्रफल हेर्ने हो भने इटहरीले भविष्यमा ठूलो शहरको कल्पना गरिरहेको छ । इटहरी वरपरको क्षेत्रमा चोरी, तस्करी र गुण्डागर्दी धेरै हुन्छ । जनताको सुरक्षा र आपराधिक क्रियाकलाप रोक्न प्रहरीले नयाँ भूमिका देखाउनु आवश्यक छ । इटहरीमा हुने गरेको लागूऔषधको कारोबार र चोरी तस्करीबाट सजिलो आम्दानीका कारण हुने अन्य सामाजिक अपराध नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ । लोभलालच नगर्ने हो भने इटहरी प्रहरी अवश्य पनि सफल हुने पक्का छ । पैसाको लोभलालचमा नलाग्ने हो भने इटहरीका अधिकांश ठूला घटनामा प्रहरी सफल हुने निश्चित छ ।
अपराध, तस्करी, गुन्डागर्दीलगायतका अपराधहरु नियन्त्रणमा प्रहरी बिक्नु हँुदैन । लामो समययता गर्न नसकेका ठूला केही आपराधिक घटनालाई बाहिर ल्याए इटहरीको मात्र नभई आप्mनै सङ्गठनमा पनि इटहरी प्रहरीले प्रभुत्व जमाउन सक्ने देखिन्छ । लामो समयसम्म करीबकरीब शून्यजस्तै भएका आपराधिक व्यक्तिहरु फेरि सल्बलाउन थालेका हुन् कि भन्ने इटहरीवासीको शङ्कालाई प्रहरीले राम्ररी ध्यान दिऊन् । पसल खुलाऊ, सुरक्षा देऊ अहिले इटहरी तथा वरपरका प्रहरीहरु साँझ परेपछि पसल र होटलहरु बन्द गराउन कुद्छन् । शान्ति सुरक्षाको कारण देखाउँदै पसल बन्द गर्न प्रहरीले दिएको उर्दी नमानी व्यापारीहरुलाई धर पनि छैन । यसरी साँझमै पसल बन्द गर्नुपर्ने विषयमा उद्योग वाणिज्य सङ्घको चुनावअगाडि पनि निकै बहस भयो, चुनाव जित्न दुवै टिमले बेलुका अबेरसम्म व्यापार गर्ने वातावरण मिलाउने घोषणापत्र जारी गरेका थिए । चुनाव सकियो, बहस पनि सकिएको छ । इटहरीजस्तो ठूलो शहरमा साँझमै बजार बन्द गराउनुको अर्थ सुरक्षा दिन प्रहरी असक्षम भएको हो । पसल बन्द गराएर भैmझगडा नहुँदा सङ्गठनले त पुरस्कृत गर्ला तर यहाँका जनताले शान्ति सुरक्षाको अनुभूति पाउन सक्दैनन् ।
प्रहरीको काम सुरक्षा दिने हो तर पूर्वकै उदाउँदो शहरमा ९ बजे नै बजार बन्द गराएर प्रहरीले कस्तो सुरक्षा दिँदैछ ? प्रहरी र स्थानीय तथा व्यवसायीहरुले सोच्नुपर्ने देखिन्छ । इटहरीको छिमेकी शहर धरान साढे ११ बजेसम्म खुला हुन्छ तर इटहरीमा भने सेकुवा पसलदेखि पान पसलसम्मको सटर गुण्डागर्दी शैलीमा प्रहरीले बन्द गराउँदै जान्छ । के यही हो त प्रहरीको शान्ति सुरक्षा ? प्रहरीले सोच्नुपर्छ । प्रहरीको काम शासन गर्ने हैन, सुरक्षा दिने मात्र हो । व्यवसायलाई सुरक्षा दिन नसक्ने प्रहरीले सिङ्गो समाजको अपराध नियन्त्रण कसरी गर्ला ? रातभर पसलहरु सञ्चालन भए पनि प्रहरीले सुरक्षा दिनु उसको कर्तव्य हो । व्यवसाय बन्द गराएर केको शान्ति सुरक्षा ? पसल बन्द गराएर हैन, खुला गरेर शान्ति सुरक्षा दिन सक्नुपर्छ । प्रहरीको आचरणमा पनि उत्तिकै सुधार आवश्यक छ । यसरी इटहरीमा भएका घटनालाई दृष्टिगत गर्दै शान्ति सुरक्षामा ध्यान दिनुपर्छ । इटहरीमा आएका डीएसपी साहेबले आप्mनो काम देखाउन पुराना इलहरु खोज्नुका साथै नयाँ घटनालाई निरुत्साहित गर्ने कदम चाल्नुपर्छ ।