pusम पनि समयको एउटा साक्षी हुँ । परिस्थितिको सहयात्री । समय र परिस्थितिसँग सङ्घर्षको मैदानमा पौंठेजोरी खेल्दै आउनेहरु आफन्त लाग्छन् । धन हराएका, मन हराएका, जीवन हराएका अनि देशै हराएकाहरु आपूmजस्तै प्रिय लाग्छन् । धन, मन र जीवन हराएकाहरुको अवस्थालाई मेरो चेतनाले केलाउन प्रयत्न गर्न खोज्दादेखि नै देश हराएकाहरुसँगको मेरो सामिप्यता भयो । यो सामिप्यता मैले पत्रकारिता थाल्नु अघिदेखिकै हो अनि ममा साहित्यका आँकुरा पलाउन थाल्दासँगैको हो । देशै हराएपछि आखिर उनीहरु स्वतः धन, मन र जीवन नै हराएको हविगतमा रहेछन् । उनीहरुसँग सबै थोकको अभावले सिर्जनशीलतामा प्रभाव बढेर जीवन बाँच्ने ऊर्जाको माहौल बढाउन थोरै भए पनि मैले पनि उनीहरुमाझ सिर्जनशीलताको उत्प्रेरणामा साथ दिँदै आइरहेको छु । उनीहरुलाई नजीकैबाट पढ्दा भूगोल मात्र राष्ट्रियता हुँदै होइन रहेछ भन्ने प्रष्ट भयो । जहाँ जति पीडा र अभाव भयो, त्यहाँ त्यति नै बढी सिर्जनशीलताको उत्पादन हुँदो रहेछ । काँडाहरुले घोचि नै रहेपछि मन पूmल बनेर पूmलै पूmलको संसार बसाल्ने अभियानमा लाग्दो रहेछ । यसर्थ, राष्ट्रियता भनेको केवल आप्mनो माटो (भूगोल÷देश) मात्र होइन रहेछ भन्ने कुराको दृष्टान्तको उनीहरु पाठशाला बने । विरानो देशमा पुनर्वास गराइए पनि मनभरि भुटान बोकेर सिर्जनशीलताबाट राष्ट्रियता जोगाइरहेछन् । हराएको देशलाई मनको कुनामा नहराउने गरी जोगाइराख्नेमा मसँग पनि मैले चिनेका र सम्झिएका थुप्रैथुप्रै नामहरु छन् । देश छोड्दा जतन गरी जोगाएको निशानी छ । सिरानीमा लुकाई राख्या एक मुठी खरानी छ । पथरीशनिश्चरे शिविरबाट अष्ट्रेलिया पुनर्वास भएका दुर्गा रिमालको गजलमा ‘निशानी’ र ‘खरानी’ को कुरा हो यो । उनले भर्खरै अष्ट्रेलियाबाटै प्रकाशित गरेको गजल सङ्ग्रह ‘भूगोलको नासो’ मा विरानो मुलुकमा एक मुठी खरानी भूगोलको नासोका रुपमा मनभरि जोगाइरहनेहरुको प्रतिविम्ब हो । उनको ‘भूगोलको नासो’ र उनका दाइ रिमेन आलोक (मेघनाथ रिमाल) को ‘देश हराएको रात’ रुबाई मञ्चमार्पmत् ०७३ कात्तिक ६ गते दमकमा लोकार्पण हुँदा यी कृतिको शीरमा देश उभिएको पाएँ । देश हराएको नियति भोगेर दुखिरहेका मनहरुले त्यहाँ रोवि फाउन्डेसन खडा गरेर त्यसैमार्पmत् कृति प्रकाशनको थालनी गरेछन् । दुवैले अष्ट्रेलियाबाट कृति पठाएर आपूmले गजल सिकेको ठाउँमा यसको लोकार्पण गराउँदै जति विषम परिस्थितिमा पनि सिर्जनाको मुहान नसुक्ने दर्शाएर भुटान नजीकैको आपूmलाई लामो समय शरण दिएको देशलाई नासो पठाए । अनि भुटानको समेत ध्यानाकर्षण गराउने काम गरे । आप्mनो नेपाली भाषा, साहित्य, धर्म, संस्कृति संरक्षणको कुरा उठाउँदै लोकतान्त्रिक मुलुकको आवाज उठाउँदा भुटानी शासकले देशबाट रातारात लखेटेपछि भारतीय पक्षले उनीहरुको बाटो नेपालतर्पm सोभ्mयाइदियो । सन् १९९० देखि नेपालमा शरणार्थी जीवन व्यतीत गरिरहेको अवस्था थियो । तर आप्mनो देश फर्काउने पहल गर्नुको साटो पुर्खाको थलोबाट समेत विरानो बनाएर तेस्रो मुलुक पुनर्वास गराइएका उनीहरु विरानो मुलुकमा अझ दुखेका छन् । देशको यादमा पागल बनेर घुम्दाघुम्दै आप्mनो देशको खाली तस्विर छुने दिन आउने कुरा रिमेन गजलमा यसरी उल्लेख गर्छन् ः आप्mनै छात्तीभित्र पानी चुहुने दिन आउँछ अब । विदेशमा एक्लाएक्लै कुहुने दिन आउँछ अब । भौतिक विकासको सुविधायुक्त बसाइले मात्र जीवन रमाउँदैन । उनीहरुले पढ्न पनि पाएका छन्, त्यहाँ रोजगार पनि भएका छन् तर आप्mनोपन सधैँ टाढै छ । आप्mनो भाषा, साहित्य, धर्म र संस्कृतिले सिङ्गारिएको आप्mनो देश छैन । अर्काको देशको मौलिकता र चिनारीलाई आप्mनो मौलिकता र चिनारी मानेर आप्mनो पहिचान मास्दै जानुपर्ने विडम्बना छ । बूढापाकालाई झनै उकुसमुकुस भएको छ । अलमल भएको छ । बुढेसकालमा जीवनको नयाँ परिभाषा घोक्नुपर्ने बाध्यता छ । आप्mनोभन्दा ठीक उल्टो संस्कारको नयाँ इतिहास पढिरहनुपर्ने कहर छ । यस बेला आप्mनो गाउँको पधेँरो, वनपाखा, चौतारी, देउराली, सङ्गिनी, बालन, साकेला सिली, पालम, रोधीघर सबैसबै अझ बढी झल्झल्ती याद भएर आँखामा बसिरहेका छन् । दुखाइ बल्झिरहेको छ । बाँच्दा त आप्mनो भएन भने मर्दासमेत जल्ने आपूmलाई चिन्ने आप्mनै माटोको घाट छैन । यिनै पीडा र व्यथा बोलेका छन् दुवै सङ्ग्रहले । पीडैपीडाको निराशाजनक परिस्थितिसँगै आशाको किरण भने गजलहरुले बोकेका छन् । आप्mनो माटोमा सिञ्चिएको आप्mनो पसिनाको सुगन्धमा लुटपुटिने रिमेनको पनि त्यही चाहना छ ः खोजिराछु जिन्दगीभर हराएका कथाहरु । आमा मारी मलाई सीमा तराएका कथाहरु । थुप्रै कथा र व्यथाहरुको इतिहास खोज्नु छ उनीहरुले । म, शिव रेग्मी प्रणत, सुमित्रा बाङ्देल चेली, सुन्दर कुरुपले उनीहरुले भोगिरहेको परिवेशसँग जोडेर उनीहरुको गजलकारिता केलायौँ । साथै भुटानी शरणार्थीकै रुपमा रहेका सर्जक याम थुलुङ र जितेन मुस्कानले पनि हराएको इतिहास खोज्ने कुरा गरे । जित्नेहरुको मात्र इतिहास लेखिने गरेकाले इतिहास लेख्नका लागि पनि जित्नुपर्ने मनन् गरे । संयोगले आइपुगेका आख्यानकार राजन मुकारुङ, अग्रज साहित्यकार केशव आचार्य पनि एकपटक घोत्लिए । देशै हराएको अवस्थामा पनि मनभरि देश बँचाएर प्रत्येक विरानो देशमा आप्mनो देशको आयतन पैmलाइरहेछन्, सिर्जनाको आकाश फराकिलो बनाइरहेछन् भन्ने हामीले महसुस ग¥यौँ । उनीहरुले गजलमा जस्तै देशलाई मुटुको धड्कन बनाएर कहिलेसम्म राखिरहन सक्छन् ? कहिले आप्mनो माटोमा पाइला टेकेर बेजोडले रमाउन सक्छन् ? उनीहरुको मन सधैँ यस्तै भइरहन्छ कि समय अन्तरालमा देशको सम्झना मधुरो हुँदै जान्छ ? मनभरि बोकेको देशको राष्ट्रियतासँग नै सन्तोष मान्ने परिस्थिति भइरहला ? थाहा छैन । उनीहरुलाई नै थाहा छैन । कतिपयले त सम्पन्न देशमा पुग्नु नै सबैथोक हो भनेर देश भुलिरहेका पनि छन् । कतिपय नेपालमै विलयन पनि भएका छन् । कतिपयले तेस्रो मुलुकको सुखसयलको आशामा गैरशरणार्थीलाई पनि चलखेलमा सामेल गराउन लागेका खबरहरु सञ्चारमाध्यममा बेलाबखत देखा पर्छन् । यी सबै अवस्था र विडम्बनाका बाबजुद पनि जितेन मुस्कानको रुबाईलाई केही परिमार्जित गर्दै यसो भन्न मन लागेको छ ः यादहरु पल्टाएर खाटो खोजिरहनोस् चिहान खन्न एक टुक्रा माटो खोजिरहनोस् अक्षरहरुको पुल्ठो सल्काएर के गर्छस् भन्लान् तपाईंहरु स्वदेश जाने बाटो खोजिरहनोस् ।