eksaकिरात धर्ममा महागुरु फाल्गुनन्दको दर्शन, मुन्धुममा विश्वास राखेर म यसमा संलग्न छु । किरातीहरुको बीचमा धर्मको नाम लिएर अर्काे पाटोबाट फाइदा लुट्ने यहाँ धेरै हुने भएकोले यो विश्व किरात महासंघको जन्म अति आवश्यक थियो । च्याउ जस्तै पलाएका धर्मका शाखाप्रशाखाहरु, संस्कार–संस्कृतिका शाखा प्रशाखाहरु आफ्नै किसिमको सौदावाजी गर्दै भक्तजनहरुलाई अन्यौलतातिर धकेलेको देखेर विश्व किरात महासंघ खोलिएको हो । विचलित र विभिन्न शाखा प्रशाखामा रहेकाहरुलाई एकीकृत पारेर वास्तविक किरातका धर्म, संस्कृति, मूल्य र मान्यतामा आवद्ध र परिचय गराउँदै एकतामा आवद्ध गराउने मान्यता र विश्वास यो विश्व किरात महासंघले बोकेको जस्तो मलाई लाग्छ । महागुरु फल्गुनन्दले दिएको दर्शन मात्रै किरातीहरुको लागि नभएर सार जीवित सकल प्राणी र जनमानवको लागि उद्धार कार्य गरेका हुनाले सारा मानवले शुद्ध र पवित्रले सेवा गर्नुपर्छ । नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेकाले विभूति भनेको एक जाति र एक धर्मको एक वंशको मात्र नभएर देशको नै एउटा गहना भएकोले राष्ट्रमै सार्वजानिक विदा दिनुपर्ने हाम्रो माग हो । धनकुमार थाम्सुहाङ धाईजन गाविस वडा नं ५, झापा

dd

किरात हाङसाम सामयक चाहि यो जुन हाम्रा अग्रजहरुले २०२७ साल अघि निर्माण गर्नुभएको थियो । यो मन्दिर निर्माण गर्नुको गहिरो उद्देश्य रहेको छ । तत्कालीन पञ्चायत सरकारको यस क्षेत्रबाट मन्दिर उठाएर अर्कै क्षेत्रमा लैजाने उद्देश्य रहेछ । त्यसबेलामा पनि हाम्रा पुर्खाहरुले हामी रह्यौ र सरकारले उठाएछ भने पनि वर्षमा एक पटक भेला भएर सेवा भक्ति गर्ने भन्दै एउटा मन्दिर निर्माण गरेका थिए । त्यही मन्दिरलाई अहिलेसम्म हामीले संरक्षण गरिरहेका छौं । यस हाङसाम साम्योक माङहिमको महागुरु फाल्गुनन्दको जन्म जयन्ति हरेक वर्ष मनाउने गर्दछौं । यसैलाई भविश्यमा राष्ट्रिय चाड बनाउने हाम्रो लक्ष्य हो । अनि महागुरु फल्गुनन्दको जन्म जयन्ति पनि यहाँबाटै पहिलो पटक मनाउन सुरु गरेका हौं । पञ्चायतीकालमा यहाँ प्रहरीहरु आएर हामीसँग एउटा नीति बनायो । त्यही समयदेखि हरेक कार्तिक २५ गते महागुरु फल्गुनन्दको जन्म जयन्ति हरेक मन्दिरहरुमा मान्ने गर्छन् । त्यो दिन सबैको घरघरमा दियो बालेर जन्म जयन्ति मान्न हामी सबैलाई आह्वान गर्दछौं । किरात धर्म सत्यहाङमा सेवा संघहरुले फाल्गुनन्द तियाहा तियाहा भन्ने गर्दछौं । तियाहाको अर्थ ती भनेको वल हो । या भनेको अणु हो । हा भनेको उत्सव हो । त्यसैले हामीले तियाहा भन्ने गर्दछौं । यसको अर्थ उज्यालो आयो है भन्न खोजेको हो । गंगावहादुर साउदेन विश्व किरात महासंघको उपाध्यक्ष विश्वभरिका किरात एक हुनु आजको आवश्यकता हो । त्यसैले गर्दा यो विश्व किरात महासंघको जन्म भएको हो । किरात धर्म, संस्कार, संस्कृति सम्बन्धी हामी दुःखसुख मर्दा पर्दा हामीलाई निर्देशिकाको खाँचो भएकोले गर्दा किरात महासंघलाई विस्तार गर्न हामी तयार गर्न हामी लागि रहेका छौं । हरिचन्द्र फेजङ नेम्वाङ रानीटार–४, पाँचथर

हामी छरपस्ट थियौं । त्यसमा थुप्रै समस्याहरु देखियो । एकताको सुत्र नभएकोले अब किरात महासंघ नेपाल खोल्नुपर्छ भन्ने लाग्यो र यसको निर्णय भएको हो । विश्व किरात महासंघले नेपाल अधिराज्य भर भएका र देश विदेशमा भएका किरातीहरु एक सुत्रमा वाध्नको लागि यो महासंघको जन्म भएको हो । खगेन्द्र तुम्रोक तत्कालीन शिवा–५, हालः फिदिम नगरपालिका ११ पाँचथर

विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्दे अघि बढ्ने मूल उद्देश्य राखेर यो महासंघको स्थापना भएको हो । विभिन्न समूहहरु आ–आफ्नै तरिकाले चलायमान भएकोले लव्रेकुटीमा तीन दिने कसरतपछि विश्व किरात महासंघको जन्म भयो । नाम्लिङहाङ चेम्जोङ केन्द्रिय महासचिव विश्व किरात महासंघ

महागुरु फल्गुनन्दले समाज सुधारका लागि जुन अभियान चलाउनुभयो यो सह्रानीय छ । विश्वभर छरिएर रहेका किरातीहरुलाई एकबद्ध बनाएको प्रति म महागुरु फल्गुनन्दप्रति प्रभावित छु । यो सँगै लिम्बू समुदायका महिलाहरुले गर्व गर्नुपर्ने हुन्छ । महिला अधिकारको कुरा उहाँले नै उठान गर्नुभयो । महिलाहरु बेचिनुपर्ने, रित खाने चलन थियो यसको अन्त्यको लागि उहाँले नै कदम चाल्नुभयो । राष्ट्रले सम्मान गरेको विभूति महागुरु फल्गुनन्दको जन्म जयन्ती विशेष तरिकाले मनाउनुपर्छ । राष्ट्रिय विभूति घोषणा गरिएकोले कार्तिक २५ गतेलाई राष्ट्रिय विदा घोषणा हुनुपर्छ भन्ने मलाई लाग्छ । त्यो दिनलाई उत्सव र महोत्सवकोरुपमा मान्ने वातावरण तयार गरी उहाँको दर्शनलाई आमत्सात गर्नुपर्छ । निरन्ती तुम्वापो किरात याक्थुङ चुम्लुङ केन्द्रीय सचिव किरातीहरु एकजुट हुन नसकेकोले हामीले विश्व किरात महसंघको तदर्थ समिति गठन गरेका हौं । केही दिनमै यो महासंघलाई वैधानिक बनाएर अगाडी बढाउँदै लैजाने योजना छ । महागुरु फल्गुनन्दको जन्मजयन्ती राणाकालमा सम्पूर्ण किरातीहरुलाई एक सुत्रमा बाँधी सुमार्गमा लाने बाटो विचार र उद्देश्यले उहाँले आफ्नो अनुयायीहरुलाई डो¥याउँदै सबैलाई सही मार्ग निर्दे गर्ने गुरुको जन्म जयन्तीलाई भव्य र सभ्य तरिकाले मनाउनेछौं । नेपाल सरकारले पूर्वको लिम्बुवानमा मात्रै एक दिने विदा दिएको छ । यो विदा राष्ट्रव्यापी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यदि राष्ट्रिय विभूति हो भने नेपालभरीका जनतालाई विदा दिनुपर्छ । यसका लागि सरकारलाई ज्ञापनपत्र समेत बुझाइसकेका छौं । यो कार्तिक २५ गते राष्ट्रव्यापी विदा दिए राम्रो हुने थियो । सुन्दर नेम्वाङ इम्वुङ गाविस वडानं. ६ पाँचथर विश्व किरात महासंघ केन्द्रिय सचिव