प्रजातान्त्रिक राजनीतिमा जनमतको कदर गर्नुपर्छ । जनमत यस्तो हुँदोरहेछ कि परिणाम के आउँछ भनेर पहिल्यै अनुमान गर्न नसकिने रहेछ । देशभित्र, देशबाहिर, सञ्चार माध्यम सबैको अपार समर्थन पाएकी हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपतीय चुनाव हार्छिन् भन्ने कुराले धेरैले पत्याएकै थिएनन् ।
दशकौंदेखि आफ्नो राजनीतिक पृष्ठभूमि बनाएर एउटा स्पष्ट नेटवर्क बनाइसकेको उम्मेदवारले नजितेर राजनीतिक पृष्ठभूमि नै नभएका व्यक्ति एकाएक शक्तिशाली मुलुकको राष्ट्रपतिमा उदाउँछन् भन्ने कुरा धेरैका लागि आश्चर्य थियो । दुनियाँलाई आश्चर्यचकित बनाउँदै डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव जितेर राजनीतिमा नयाँ आयाम थपेका छन् । वर्षौंदेखि राजनीतिलाई पेशा बनाएर, षड्यन्त्र र गुट बनाएर, भएको सम्पत्ति सकेर, गुण्डा र समर्थकहरु पालेर राजनीतिक गर्नेहरुलाई यो एउटा शिक्षा पनि भएको छ । विशेषगरी विकासोन्मुख देशका राजनीतिक नेताहरुको चरित्रका विषयमा यहाँ चर्चा गर्न खोजेको छु ।
अझ भन्दा प्रजातन्त्रमा भूमिगत आतङ्क मच्चाएर हजारांैको हत्या गरेर सत्ता लिनेलाई यो राम्रो शिक्षा हो । आफ्नो भिजन र योजना नीति र प्रतिबद्धता लिएर गएमा जनताले पैmसला आपैंm गर्ने रहेछन् । अमेरिकाको चुनावी परिणामले संसारलाई स्तब्ध बनायो । पूर्व राष्ट्रपति विल क्लिन्टनकी श्रीमती हिलारी क्लिन्टन अमेरिकाको राष्ट्रपति हुन पूर्ण योग्य हुँदाहुँदै, अनि राष्ट्रवादी, महिलावादी, समाजवादी र मानव अधिकारवादी अनि एउटा वकिल भएर पनि थोरै मतले हार्नुका पछाडि केही कारण हुन सक्छन् । एउटा महिला भएको कारणले अझ समाजले विश्वास नगर्न सक्छ । अर्को उनलाई आफ्ना नीति र योजना देशको निम्ति लागू गर्ने प्रशस्त मौका थियो । अब राष्ट्रपति भएर पनि कुनै परिवर्तन हुन सक्दैन भन्ने सोचले नयाँ बिलकुल भिन्न पृष्ठभूमिको राष्ट्रपति छाने अमेरिकीले ।
राष्ट्रपतीय पद्धति देशको स्थिर सरकारको निम्ति उपयुक्त हुँदोरहेछ र यसमा जुन छविको व्यक्तित्व पनि भाग लिन सक्ने र सत्तामा जान सक्ने रहेछ भन्ने कुराको सन्देश यो निर्वाचनले दिएको छ । राष्ट्रपति हुन वा उच्च ओहोदाको राजनीतिक पदमा जान कुनै पनि बन्देज लगाउनु हुँदैन ।नयाँ राष्ट्रपतिका अगाडि धेरै चुनौती छन् । अन्तर्राष्ट्रिय सम्बन्धमा फेरबदल हुने कुरा उल्लेख गरेका छन् । हो, अन्तर्राष्ट्रिय सम्बन्ध मानव समाजको हितसँग सरोकार राखेर स्थापित गरेमा साँच्चिकै उनको कार्यकाल फरक र ऐतिहासिक हुनेछ । संसारका हरेक राजनीतिक पार्टी र सरकारले वा अन्य शक्तिले मानव हितको निम्ति बुझ्नैपर्ने कुरा सत्यको समर्थन, सही पक्षको समर्थन वा मानवीय हित गर्नेलाई समर्थन र भ्रष्ट अनैतिक, मानव अधिकारको संरक्षण गर्न असक्षम, आतङ्क, पक्षपात, अन्याय, दुरुपयोग, शोषण गर्नेलाई असमर्थन गर्ने नैतिक नीति स्वीकार गरेमा संसारमा भएका अति अमानवीय गतिविधिहरुको अन्त्य हुनसक्छ । एलायन्स भन्दैमा जस्तो काम गरेपनि आँखा चिम्लेर समर्थन गर्नुले अमानवीय गतिविधिहरुले निरन्तरता पाइरहेका छन् ।
मानव अधिकारको प्राप्तिको लागि समर्थन अनि सम्झौता हुन सक्छ, विकासका लागि सहयोग हुनसक्छ तर गुप्तचरहरु परिचालन गरेर निर्दोष मानिसलाई सताउन, कमजोर देशलाई अझ कमजोर बनाउन, देशहरुमा आतङ्क मच्याउन र लडाइँ गराउन मित्रता गाँस्ने र समर्थन गर्ने गरेमा त्यो समाजको हित विपरीत, मानव अधिकारको प्राप्तिको बाधक, स्वतन्त्र राष्ट्रको सार्वभौमसत्ताको हनन्, विकासको बाधक, समग्रमा अबौद्धिक र अहङ्कार हुन जान्छ । संसारको इतिहासमा अति डरलाग्दा कर्म भएका छन् । कतै मानव अधिकारको हनन् ग¥यो भनेर झुन्ड्याउने त कतै जेलमा हाल्ने तर उस्तै केशमा कतै समर्थन गरी सत्तामा पु¥याउने जस्ता कामले सहीको मात्र सत्यको मात्र समर्थन नगरी अलायन्सको समर्थन गरेको देखिन्छ ।
गुप्तचरहरुको निम्ति गरिएको खर्बौं खर्चले विकासका लागि सेना बनाउन सकिन्छ, युवाहरुलाई अति अमानवीय गतिविधिमा परिचालन गर्नुको सट्टा सकारात्मक काममा लगाउन सकिन्छ । पक्षपात र मानव अधिकारको चरम हनन् गर्ने काम राजनीतिक तहबाट नै भएको छ । यो षड्यन्त्रमूलक राजनीतिकको एउटा पाटो हो । समाजको हितको निम्ति राजनीतिक गतिविधि सेवामूलक, विकासमूलक र सुरक्षा प्रदान गर्ने गार्ड जस्तो हुनुपर्छ भन्ने राजनीतिज्ञहरुले बुझेकै होलान् ।