अहिले विशेष गरी सुनसरीका विभिन्न ठाउँमा पत्रकार सम्मानको खेती फस्टाइरहेको छ । यहाँ सम्मानित स्रष्टा र सम्मान गर्ने संस्थाहरुको विवरण उल्लेख गरेर साध्य छैन । यो कतिसम्म फेसन बनिसकेको छ भने सम्मान अब हरेक कार्यक्रममा आवश्यक जस्तै बनिसकेको छ । सम्मान गर्ने र सम्मानित हुनेहरुसमेत यो सम्मान के प्रयोजनका लागि लिने÷दिने गरिएको हो, अलमलमा पर्ने गरेका छन् । अहिले इटहरी तथा वरपरका क्षेत्रमा हुने दैनिक खुद्रे कार्यक्रममा पनि पत्रकार सम्मान प्रायः छुट्दैनन् । उक्त सम्मानपछि फेसबुक पेजदेखि पत्रिकाका पानासम्म हार्दिक बधाई बनेर आउने गरेका छन् ।

samamannn

मैले पछिल्लो समयमा बुझेको सम्मान एउटा खेतीकै रुपमा विकसित भइरहेको छ भन्दा फरक नपर्ला । यसका लागि कुनै पनि मापदण्ड पूरा गर्नु आवश्यक छैन । कुनै त्याग तथा योगदान गर्नु जरूरी छैन, मात्र सम्मान दिने र लिनेबीच मित्रवत् सम्बन्ध र एकजना सिफारिस कर्ता भए चिनजानको संस्थाले स्वतन्त्र रुपमा योगदान गरेर समाजमा उल्लेखनीय योगदान पु¥याएको भन्दै दोसल्ला र सम्मानपत्र दिन्छ । सङ्घसंस्था, नाताकुटुम्ब, दल विशेष वा अन्धभक्तहरुलाई सम्मानको लोभ देखाएर आफ्ना कर्तुतहरु छोप्ने प्रयोजनका लागि सम्मानको खेती बढेको यथार्थ हो । म सम्मानको विरोधी पनि होइन । मेरो नाममा पनि केही सम्मानपत्र घरसम्म आए । यसरी घरसम्म नै पु¥याउन आउने गरी सम्मान गर्नुको आवश्यकता छ ? मेरो काम नै समाचार लेख्ने हो, संस्थाले बोलाएर एउटा समाचार लेख्दा मलाई किन सम्मान गर्ने ? मेरो प्रश्न यो मात्र हो । यस्तो हलुका र हचुवा सम्मानले न त मेरो व्यक्तिगत उचाइ बढ्छ, न संस्थागत । सम्मान त्यस्ता व्यक्ति तथा समुदायलाई प्रदान गरिनु आवश्यक छ, जसले निस्वार्थ सेवा गरेका छन् । सामाजिक सेवामा समर्पित छन् या सम्बन्धित विषयमा सम्मान गर्नुपर्ने हैसियतका छन् । यहाँ त सम्मान प्रायोजित हुन्छ । राजनीतिक आग्रह÷पूर्वाग्रह, चाकडीबाज, भजन गाउने, स्तुति गर्ने वा आपूm र आफ्नो संस्थालाई आर्थिक लाभ गर्ने वा गराइदिने व्यक्तिहरु सम्मानका हकदार मानिन्छन् । सम्मान लिनेलाई पनि पहिल्यै ज्ञान हुन्छ कि मैले यो सम्मान पाउँदै छु । सम्मान ग्रहण गर्नेहरु आपूmलाई सम्मान गर्न मागसम्म गर्न पछि पर्दैनन् । अहिले पत्रकार सम्मानको महत्व नै खस्किएको छ । निष्पक्ष रुपमा भन्दा राजनीतिक, शैक्षिकभन्दा आर्थिक र सामाजिकभन्दा पारिवारिक रुपमा निकट भएका अधिकांश व्यक्तिहरु सम्मानित हुने गर्दछन् । यस भनाइमा दुई मत नहोला । हैन भने सम्मानित हुनेहरुले छातीमा हात राखेर भनून् । योग्य पत्रकारलाई आक्षेप लगाउन खोजिएको भने हैन तर पछिल्लो पुस्तामा यो विकृति अहिले इटहरीमा अचाक्ली बढेको छ । अहिले इटहरी क्षेत्रमा सहकारी सम्मान पनि उत्तिकै फस्टाएको छ ।

भर्खरै पत्रकारितामा लागेकाहरुलाई विशिष्ट योगदान पु¥याएबापत भन्दै गरिने सम्मान बढेको छ । समाचार नै लेख्न नजान्नेहरु पनि समाचार लेखेर समाजमा योगदान पु¥याएको नाममा सम्मानित हुने गरेका छन् । भर्खरै सञ्चार क्षेत्रमा आएका तर समाचार लेख्न नजान्ने, मिडिया हाउसका सहयोगी, टेक्निसियन, विज्ञापनदाता, कार्यक्रम सञ्चालकहरु पत्रकारका रुपमा सम्मानित भइरहेका छनन् । उनीहरु कार्यक्रममा पहिला आप्mनो नाम मज्जाले भरिसक्य आधा दर्जन मिडियामा आप्mनो आबद्धता सुनाउँदै कार्यक्रम सञ्चालकलाई चिट दिएर अतिथि आसन ग्रहण गराउन प्रस्ताव गर्छन् । यो इटहरीमा भइरहेको यथार्थ हो । यस्ता प्रवृत्तिले खुद्रे कार्यक्रमतिर अधिकांश सक्रिय पत्रकार पुग्न छाडेका छन् र सामाजिक सञ्जालमा विरोध पनि जनाउन थालेका छन् । केही दिनअगाडि इटहरीमा पत्रकार महासङ्घ र प्रेस काउन्सिलका अध्यक्षले पुरस्कार वितरण गरे । खोज पत्रकारिता गर्ने वेदराज पौडेल, सीता मादेम्बा, रोहित राई र आशिष विकलाई गरिएको सम्मान वास्तविक सम्मान हो ।

उनीहरु सम्मान पाउनलायक सुनसरीका योग्य व्यक्ति हुन् । उनीहरुलाई समाचार लेख्ने थप ऊर्जा मिलेको छ । सम्मान त्यसरी गरिनुपर्छ तर केही समययता सुनसरीका विभिन्न ठाउँमा सम्मानितहरुलाई समेत गर्वानुभूति नहुने सम्मान भइरहेको छ । यसको अर्थ के ? के सम्मान फेसबुकको भित्तो भर्न र घरको भित्तो रङ्गाउनकै लागि मात्र हो ? कि मैले यति सम्मान पाएँ भनेर प्रदर्शनीमा राख्नका लागि हो ? सम्मान त त्यसका लागि हुनुपर्छ, जसले आपूmले गरेको सत्कर्म, सामाजिक सेवा वा योगदानका लागि गरिएको होस् । सम्मानले साँच्चै मान्छेलाई बाँधिदिन्छ । कुनै संस्थाको कालो कर्तुत ओझेल पार्छ वा व्यक्तिको भ्रष्ट आचरणलाई छोपिदिन्छ । सम्मान त्यस्तो व्यक्तिलाई गर्नुपर्छ, जो आपूmभन्दा संस्था र परिवारभन्दा समाजप्रति समर्पित छ । जीवनभर समाजसेवामा संलग्न भएका तथा गरीब, विपन्न र असहायप्रति सधैँ हृदयदेखि नै सहयोग गर्ने व्यक्तिलाई पवित्र उद्देश्यले सम्मान गर्नु भनेको वास्तविक सम्मान हो । हरेक क्षेत्रमा त्याग, समर्पण र लगाव भएका व्यक्ति छन् जो मानवीय सेवामा उदाहरणीय बनेका छन् । उनीहरुको जिवनीलाई अध्ययन गरेर सम्मान गर्नुपर्छ ।अहिले पत्रकारितामा योगदानभन्दा सम्मान धेरै र कामभन्दा प्रशंसा धेरै खोज्ने जमात् बढी छ । समाचार वाचकहरु सम्मानित हुन्छन् । सम्मानित को हुनुपर्ने हो ? जनता आपैmँले जानून ! सम्मानको खेती गर्नेलाई त के छ र ? खेती गरेपछि केही न केही त फलिहाल्छ । कोही सम्मानित हुनु छ भने आजैदेखि सम्मान गर्ने संस्थाका अध्यक्षहरुलाई फकाउनुहोस् ।

इतिहासलाई पल्टाएर हेर्ने हो भने त्यस बेला व्यक्तिको जीवन र उसले गरेका कामले गर्दा ओहदा र सम्मान पाउँथे भने अहिलेका सम्मानको औचित्य खासै नहोला । अहिले उठान गर्न खोजिएको विषय समाजलाई हामीले के दिन सक्यौँ र समाजले हामीलाई के सिकायो ? के साँच्चीकै हामीले हाम्रो समाजलाई सोचेजस्तो बनाउन सक्यौँ ? यसरी पनि हामीले सोच्ने हो कि ? पत्रकारितामा देखिएका विकृति नियन्त्रण गर्न प्रेस काउन्सिल नेपालले नयाँ आचारसंहिता तयार पारेको छ । पुरस्कार र सम्मानका नाममा पत्रकारलाई किन्ने प्रयास भएको भन्दै काउन्सिलले नयाँ पत्रकार आचारसंहिता जारी गरेको छ । व्यावसायिक मर्यादाविपरीत सरकारी, गैरसरकारी र व्यापारिक निकायबाट पुरस्कार र सम्मान लिन नहुने, मस्यौदामा उल्लेख छ ।

कार्यक्रममा निम्ता गर्दा मलाई सम्मान गर्नुहोस्, समाचार कभर हुन्छ भन्ने सम्मानका भोकाहरुले सोचून् । अनि भोलि समाचार आउँछ भन्दै सम्मान गर्न पत्रकार खोज्नेहरुले पनि सोचून् । अनि सोचून् पत्रकारले पनि मैले लिएको सम्मान कुन हैसियतको हो ? पत्रकार सम्मेलनमा बोलाएको भन्दा छिटो आएको भन्दै सम्मेलनमै पो खादा र सम्मानपत्रले पत्रकार सम्मानित होलान् कि भन्ने पो भइसक्यो । जेसुकै होस्, सम्मान पाउनेहरुलाई नै लाज नभएपछि हामीलाई के मतलब ?