castroकाठमाडौँ / क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उनका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्व राष्ट्रपतिको निधन भएको खवर शनिबार सार्वजनिक गर्दै भने “क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर तथा पूर्व राष्ट्रपति कास्ट्रोको शुक्रबार राती ११ बजेर २९ मिनेटमा निधन भयो । खबरले विश्वका कम्यूनिष्ट विचार मनपराउने करोडौं मानिसलाई दुखी मात्र तुल्याएन उनको अनुपस्थितिमा उनले उठाएका मुद्दाहरु कसरी अघि बढनेछन् भनी चिन्तित बनाउने पक्कै छ । फिडेल कास्ट्रो संसारका श्रमजीवी जनताका मित्र, साम्राज्यबाद बिरुद्धको विश्व आन्दोलनका नायक रहेर बिसौं शताब्दीमा कुनै न कुनै रुपमा चर्चाको शिखरमा रहेर दक्षिण अमेरिकी स्वतन्त्रता आन्दोलनका नायक बनेका थिए । सहकार्यबाट असम्भव हुने विषयपनि सङ्घर्षमार्फत पाउन सकिन्छ भन्ने विश्वास राख्ने क्युवाली जनताका सर्वोच्च नेता कास्ट्रोले करिब ५० वर्षसम्म अविराम सत्तामा रहँदा उनले आजिवन अमेरिकी प्रशासनको दादागिरीलाई क्युवामा ललकारे  । यसमा क्युवाली जनताले आफू चरम गरिबी सहेरपनि कास्ट्रोलाई आजिवन सहयोग गरे । सन् १२२६ मा क्युवाका दक्षिण–पूर्वी ओरिएन्टे प्रान्तमा जन्मनुभएका क्यास्ट्रोले सानैदेखि समाज परिवर्तन कसरी गर्न सकिन्छ र गरिव तथा बेसहारा मानिसलाई कसरी आर्थिक रुपमा माथि उकास्न सकिन्छ भनेर लागेका थिए । धनी परिवारमा जन्मे पनि उनी गरिवको साथमा जीवन पर्यन्त रहेका क्युवाली बहुसङ्ख्यक नागरिको बुझाइ रहेका छ ।

यसैशिलशिलामा उनले बासिटट शासनविरुद्ध विद्रोह गर्नुभयो यद्यपि उक्त विद्रोहमा उनले सफलता भने पाउन सकेनन  । फलतः करिव दुई बर्षका लागि जेल जानुप¥यो । सन् १९५५ मा उनलाई बाँकि जेल जीवनबाट माफी दिने सरकारी समझदारी अनुसार जेलमुक्त गरियो । उनको नेतृत्व क्षमता देखेर हुनुपर्छ तत्कालिन क्युवाली सत्ता सधै उनबाट भयवित रहने गथ्र्यौ । जेलबाट मुक्त भएपछि उनले चे ग्वेभारासँग मिलेर सरकार विरुद्ध गुरिल्ला निर्माण गरी सङ्घर्ष शुरु गरेका थिए । सङ्घर्षले उनलाई बाटिस्ट शासनमाथि विजय गरायो अनि उहाँ सन् १९५९ मा प्रधानमन्त्री बने । सन् १९६१ मा अमेरिकी गुप्तचर निकाय सिआइएको उक्साहटमा क्यूवाबाट अमेरिका गई निर्वासन जीवन विताइरहेका क्युवालीहरुको वे अफ पिगद्वारा सञ्चालन गरेको आक्रमणको सफलतासाथ प्रतिकार गरेका कास्ट्रो सन् १९७६ मा क्युवाको सर्वोच्च प्रशासनिक पद राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् १९९२ मा क्युवाली शरणार्थीबार अमेरिकासँग सम्झौता गरी आफ्नो राष्ट्रवादी विचारलाई थप उज्ज्वलित गर्दै सन् २००८ सम्म सत्तामा रहनुभएका उनले स्वास्थ्यका कारण आफ्ना भाई राहुल कास्ट्रोलाई जिम्मेवारी सुम्पीएका थिए । उनी आफ्ना समर्थकमाझ जनताका नेताका रुपमा चिनिन्थ्ये भने विरोधिहरुले भने उनलाई क्युवामा आफ्नो वर्चश्व कायम राख्न व्यापक दमनकारी नीति लिएका भनी आलोचना गर्ने गर्छन् । सङ्घर्ष, अडान, राष्ट्रप्रेम र निरन्तरता कास्ट्रोबाट सिक्न लायक गुणहरू भएको उहाँलाई नजिकबाट चिन्ने राजनीतिज्ञहरु बताउछन् । क्यास्ट्रोको जीवन अमेरिकी प्रशासनका लागि सधै तगारो वन्यो । अमेरिकी धेरै राष्ट्रपति उहाँलाई पदबाट हटाउन कसरत त गरे तर कास्ट्रोले दश अमेरिकी राष्ट्रपतिलाई सामना गर्नुभयो तर क्युवालाई अमेरिकी प्रशासनसँग कह्ल्लिै झुकेको देख्न चाहेनन । उनले गत बर्ष अमेरिकी राष्ट्रपति बाराक ओबामा क्युवामा गएर दिएको सुझावप्रति व्यङ्ग्य गर्दै लामो पत्र लेखी अमेरिकी राष्ट्रपति ओबामालाई पठाउनुभएको थियो । पत्रमा अमेरिकाले क्युवाको खुशी हेर्न चाहन्छ भने कुनै दवाव होइन क्युबाको स्वतन्त्रताका लागि काम गर्न विना अवरोध दिए पुग्छ । क्युवाली जनतालाई फरक सोच र विचारका साथ अघि बढ्न गरेको आग्रहप्रति आक्रोस व्यक्त गर्दै १५ पेज लामो उक्त पत्रमा अमेरिकाले क्युवालाई कुनै पाठ सिकाउनु नपर्ने जनाएका थिए । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले फिडेल कास्ट्रोको जीवनको प्रशंसा गर्दै क्युवाली समाजवादी प्रतिमूर्तिको ९० बर्षको उमेरमा मृत्यु भएकोमा दुःख ब्यक्त गरेकाे शनिबार रसियाली प्रशासन केन्द्र क्रेमलिनले एक विज्ञप्ती प्रकाशित गरी जनाएको छ । पुटिनले आफ्ना क्युवाली समकक्षि राहुल कास्ट्रोलाई पठाएको शोक सन्देशमा फिडेल कास्ट्रो रसियाको इमान्दार र विश्वसनीय मित्र भएकाे बताइएकोे छ । फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले कास्ट्रो केही क्युवालीका आशा केन्द्र भएको तथा केही भने उनले अमेरिका तथा यूरोपलाई हेर्ने नीतिका कारण उनीप्रति खुशी नरहेका देखिने गरिएका बताए । त्यसैगरी पूर्व सोभियत सङ्घका नेता मिखाइल गोर्भाचेभले क्युवालाई बलियो शक्तिका रुपमा खडा गर्ने कास्ट्रो एक निडर एवम् अतुलनीय व्यक्तित्व भएको प्रतिक्रिया दिए । यसैगरी भेनेजुयलाका राष्ट्रपति निकोलास माधुरोले फिडेल कास्ट्रोलाई क्युवाको धरोहरका रुपमा लिने गरेको जनाउदै उनको निधनले आफूलाई दुखी तुल्याएको बताए । यसैवीच पूर्व राष्ट्रपति कास्ट्रोको निधनमा क्यूवाले दश दिनसम्म शोक मनाउने निर्णय गरेको छ । कास्ट्रोको अन्त्येष्टी डिसेम्वर ४ गतेका दिन गरिने पनि क्युवाले जनाएको छ । रासस