अन्य वर्षहरुमा भैmँ २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि विश्वभर जारी छ । नेपालका मुख्य शहरहरुमा तामझामका साथ यो अभियान शुरु भइसकेको छ । महिला अधिकार, मानव अधिकारलगायत अधिकारको वकालत गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले यो अभियानलाई उत्सवको रुपमा मनाइरहेका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियान र आवश्यकताका विषयमा अभै पनि समाजका सबै महिला तथा पुरुषले जानकारी पाउन सकेका छन् त ? म यो प्रश्न महिला अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुलाई सोध्न चाहन्छु ।
महिला हिंसाविरुद्धको यो अभियान किन सबै नागरिकहरुको साझा अभियान बन्न सकेन ? शायद यसै कारणले होला, जतिसुकै महिला अधिकार र महिला हिंसाको अन्त्यको वकालत गरे पनि महिला हिंसाका घटनामा कमी हुन सकेको पाइँदैन । शहरमा केही महिलाले मात्र नारा लगाउँदा हिंसामा कमी आउला ? अवश्य नआउने पक्का छ । त्यस कारण यो अभियानलाई लक्षित वर्गसम्म पु¥याउनु आजको आवश्यकता हो । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कानून र प्राकृतिक न्यायको सिद्धान्तको दृष्टिले सबै प्रकारका हकअधिकारहरु महिला–पुरुष दुवैले समान रुपमा उपभोग गर्न पाउनु तथा सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउनु सबै नागरिकको नैसर्गिक, मौलिक र मानव अधिकार हो । तर महिला भएकै कारण धेरै अधिकारहरुमा पुरुषको हस्तक्षेप भइरहेकै छ हाम्रो समाजमा । एक्काईसोँै शताब्दीमा पनि विभिन्न बहानामा महिला वर्ग हिंसामुक्त हुन सकेको अवस्था छैन ।
महिलाहरु दिन प्रतिदिन घरेलु हिंसाका साथै मानव वेचविखन, जबर्जस्ती करणीजस्ता जघन्य हिंसाको चपेटामा परिरहेका छन् । घरेलु सम्बन्ध भएको कुनै पनि व्यक्तिले जुनसुकै कारणले पनि महिलालाई दिने शारीरिक, मानसिक, योैनजन्य, आर्थिक यातना र महिलालाई भावनात्मक चोट पु¥याउने कार्यलाई ‘घरेलु हिंसा (कसूर र सजाय ) ऐन २०६६’ ले घरेलु हिंसाको रुपमा परिभाषित गरेको छ । घरेलु हिंसालाई अपराध मानी सो कार्य गर्ने–गराउनेलाई ३ हजारदेखि २५ हजारसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय दिने र पीडितलाई मनासिब माफिकको क्षतिपूर्ति भराइदिन सक्ने कानूनी व्यवस्था छ ।
यो कानून कानूनमै सीमित छ । खै त कार्यान्वयन पक्ष बलियो भएको ? यो कानून बलियो हुने हो भने समाजमा भएका ५० प्रतिशत अपराध कम हुने निश्चित छ । घरेलु हिंसालाई नेपाल कानूनले अपराध मानेको छ । घरेलु हिंसामा परेका जुनसुकै महिलाले पनि घरेलु हिंसा, कुटपिट, गाली बेइज्जती, अंश, खानाखर्चलगायतका माध्यमबाट कानूनी उपचार पाउन सक्ने व्यवस्था भए पनि यो कानूनी बाटोबाट पनि महिलाले न्याय प्राप्त गर्न र हिंसामुक्त हुन सकेको देखिँदैन । नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको शिकार भइरहेका छन् । पम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान त बनाएकै छ, देशमा विद्यमान् कतिपय कानूनी व्यवस्थाले समेत महिलाको हैसियतलाई समान बनाउन सकेको देखिँदैन । गाउँमा अभैm पनि सामाजिक इज्जत, प्रतिष्ठा तथा घरपरिवारको डरका कारण सकेसम्म महिलाहरूले आपूmमाथिका हिंसाका घटना बाहिर ल्याउन चाहेका छैनन् ।
समाधानको कुनै विकल्प नभेटिएपछि मात्र यस्ता घटना सार्वजनिक हुने गरेको पाइन्छ । यद्यपि विगतको तुलनामा अहिले महिला हिंसाका घटनामा उजुरी गर्ने क्रममा वृद्धि भएको छ । यस्ता घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालयका महिला सेल, महिला तथा मानव अधिकार संस्था आदिमा पीडितहरूले निवेदन दिने गरेको पाइन्छ भने सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा जिल्ला अदालतमा पेश हुने गरेका छन् । किन घट्दैन महिला हिंसा ? महिला हिंसाविरुद्ध मुलुकमा लामो अभियान जारी छ । दर्जनौँ सङ्घसंस्था लागिपरेका छन् । त्यै पनि समाजमा महिला हिंसाका घटना दिन प्रतिदिन तीव्रताका साथ बढ्दै गएका छन् । नेपालजस्तो मुलुकमा महिलामाथिको विभेद र आपराधिक घटना दिनदिनै बढिरहेको पाइन्छ । महिला हिंसाविरुद्ध यति ठूलो जनचेतना पैmलाउने प्रयास हुँदाहँुदै पनि शहरी क्षेत्रमै हिंसाका घटना हुनु साँच्चै लज्जास्पद हो । नेपालमा महिलामाथि विभिन्न खाले विभेद हुने गरेका छन् । यसका लागि हाम्रो परम्परागत गलत संस्कृतिले पनि जरा गाडेको छ भने अर्कोतर्पm आधुनिकीकरणको नाममा पाश्चात्य छाडा संस्कृति पनि यसको कारण हो । डलरको खेती गर्ने र मानव अधिकारबारे गफ र ओठे प्रतिबद्धता देखाउने तथा यो वा त्यो राजनीतिक दलको पिछलग्गु बन्ने नागरिक समाज र मानवअधिकारवादी सङ्घसंस्थाका कारणले पनि महिला हिंसा अन्त्य हुन सकेको छैन ।
नेपालको नागरिक समाज र बहुसङ्ख्यक गैरसरकारी संस्थामा समस्या समाधान गर्ने भन्दा समस्यालाई देखाएर तथा समस्यालाई यथावत् राखेर त्यसलाई मागी खाने भाँडोका रूपमा प्रयोग गरिरहने परम्परा नै बनिसकेको छ । यसैले हजारौँ र सयौँको सङ्ख्यामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र निकाय सक्रिय रहेको देखिए तापनि सडक बालबालिका, महिला हिंसा तथा मानव बेचबिखनजस्ता समस्या घट्नुको सट्टा झन् विकराल हुँदै गइरहेको छ । महिला हिंसामा महिलाहरु दोषी छैनन् ? महिला हिंसाका घटनामा वृद्धि हुनुका पछाडि महिला आपैmँ पनि दोषी छन भन्दा फरक नपर्ला । विशेष गरी कलिउडमा बढ्दै गइरहेको नग्नता र अश्लीलताका कारण पनि हाल भइरहेको जघन्य खालका महिला हिंसाका घटना भइरहेका छन् । इन्टरनेट, फेसबुकको विकास र त्यसप्रति बढ्दै गइरहेको नेपाली समाजको पहँुच पनि महिला हिंसा र बलात्कारका लागि जिम्मेवार छन् । उच्छृङ्खलता, उत्ताउलोपन, नग्नता र अङ्ग प्रदर्शन गर्ने प्रतिस्पर्धाका कारण पनि महिलामाथि हुने हिंसा र यौन दुव्र्यवहार बढ्दै गएको छ । त्यस कारण महिलाहरु आपैmँ पनि सचेत हुनुपर्छ । आप्mनो अधिकार सुरक्षित गर्न आपूm पनि त सुरक्षित हुनु प¥यो नि, हैन ? महिला अधिकारको नारामा बहस गराउने महिला अधिकारकर्मीहरुले बुभ्mन जरुरी छ । पछिल्लो समयमा विदेशिएका पुरुष श्रीमतीबाट धेरै पीडित बनेका छन् । अहिले अधिकांश घटनामा महिलाले दोस्रो विवाह गरेर श्रीमान्ले दुःखले कमाएको सम्पत्ति बर्बाद बनाएका छन् ।
के उनीहरु यस अर्थमा दोषी छैनन् ? प्रहरी कार्यालयको आँकडालाई हेर्दा अहिले महिलाबाट पीडित भएको भन्दै उजुरी दिने पुरुष र पुरुषबाट पीडित भएको भन्दै उजुरी दिने महिलाको सङ्ख्या लगभग बराबरी छ । पछिल्लो समय पुरुष पीडित भएका घटनाहरु भइरहेका छन् तर यस्ता घटना बाहिर आउन सकेका छैनन् ।