[caption id="attachment_3164" align="alignleft" width="185"]narendra नरेन्द्र बस्नेत[/caption]

नेपाल कम्युनष्टि पार्टी हाम्रो देशमा तानाशाही शासन व्यवस्था भएको बेलामा जन्मिएको थियो । यसको उद्देश्य नेपाली समाजलाई सामन्ती र पूँजीवादी शोषण दमनबाट मुक्त पारी समाजवाद, साम्यवादतर्पm डो¥याउनु थियो । मुलुकलाई अर्धसामन्ती र र्धऔपनिवेशिक अवस्थाबाट मुक्त पारी मुलुकको राष्ट्रिय अखण्डता, एकता र स्वतन्त्रताको रक्षा गर्दै सार्वभौमसत्ताको संंरक्षण गर्नु थियो । पार्टीले शुरुदेखि नै लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र शान्तिको झण्डा उठायो ।

पार्टीका प्रायः सबै महाधिवेशन र महत्वपूर्ण राष्ट्रिय भेलाबाट पारित दस्तावेजहरुमा राजनीतिक स्वतन्त्रता, सङ्घ–संस्था खोल्ने स्वतन्त्रता, मौलिक हक आदिका बारेमा उल्लेख गरेको पाइन्छ । त्यसैले नेपाली कम्युनिष्ट मान्दोलनको विकास प्रक्रियामा शुरुदेखि नै महत्वपूर्ण लोकतान्त्रिक मान्यता र अवधारणाहरु थिए । तर पनि लामो समयसम्म मुलुकको कम्युनिष्ट आन्दोलन सर्वहारावर्गको अधिकनायकत्व स्थापना गर्ने नाममा कम्युनिष्ट पार्टीको एकाधिकारपूर्ण र एकल नेतृत्वको अवधारणाबाट मुक्त हुन सकेको थिएन । २००९ सालतिर पोलिट ब्युरो बैठकबाट संस्थापक महासचिव पुष्पलाललाई अनायासै पदबाट हटाएपछि नेपाल कम्युनिष्ट पार्टीमा विवाद शुरु भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मतभेद तथा सैद्धान्तिक–राजनीतिक विषय र पञ्चायती व्यवस्थाबाट रचिएका षड्यन्त्र तथा पद्धतिसङ्गत ढङ्गले अन्तरपार्टी सङ्घर्षको सञ्चालन नगर्नु जस्ता कारणले विवाद र विभाजन चर्कदै गयो । नेपाल कम्युनिष्ट पार्टी अनेकौँ चिरामा बाँडियो । नेपाल कम्युनिष्ट आन्दोलन अनेकौँ टुक्रामा विभाजित भयो ।३० को दशकमा नेपाली कम्युनिष्ट आन्दोलनमा पुनः एकीकरण प्रक्रिया शुरु भयो र फेरि विभिन्न धारको निर्माण हुन थाल्यो । २०३२ साल जेठ २४–२५ गते पूर्वी नेपालको विराटनगर–१६ मा गुप्त रुपमा भेला भई अखिल नेपाल कम्युनिष्ट कान्तिकारी को–ओर्डिनेशन कमिटी (कोके) गठन भयो । २०३४ सालमा मुक्ति मोर्चा समूह र २०३५ मा पूर्वको रातो झण्डा समूह तथा दाङको सन्देश समूह को–अडिर्नेशन केन्द्रमा सामेल भएपछि २०३५ साल पुस ११ मा एक सम्मेलनमार्पmत् नेकपा (माले) को गठन भयो । २०४७ पुस २२ गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भई नेकपा (एमाले) को निर्माण भयो । यसले अगाडि सारेको जनताको बहुदलीय जनवाद अहिले नेपाली कम्युनिष्ट आन्दोलनको मात्र होइन, सिङ्गो नेपाली राजनीतिकै नेतृत्वदायी विचार एवम् सिद्धान्त बनेको छ । २०४६ सालमा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनले नयाँ जनवादी व्यवस्थामा बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अपनाउने नीति अगाडि सा¥यो जुन २०३९ सालदेखि सञ्चालित ‘राजनीतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता’ को नाममा भएको अन्तरपार्टी सङ्घर्षको परिणाम थियो । २०४७ सालमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण हुँदा घोषणापत्रमा एकदलीयतालाई अस्वीकार गर्दै नयाँ जनवादी क्रान्तिपछि बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली अवलम्बन गर्ने उल्लेख गरियो । एकीकृत पार्टीको घोषणापत्रको प्रकाशनपछि उग्रवामपन्थीहरुका तर्पmबाट बहुदलीय जनवादमाथि ठूलो प्रहार भयो । उनीहरुले एमाले कार्यकर्तालाई कम्युनिष्ट नै बन्ने हो भने ‘मशाल’ बन र पूँजीवादी नै बन्ने हो भने ‘एमाले बन्नुभन्दा काङ्ग्रेस बन’ भन्ने प्रचार गरे । यसबाट जबज उग्रवामपन्थी जडसूत्रवादबाट पूर्ण रुपले अलग भएको प्रष्ट भयो । घोषणापत्रको प्रकाशनले उग्रवामपन्थीलाई जत्तिकै नेपाली काङ्ग्रेसलाई पनि चिन्तित तुल्यायो । काङ्ग्रेसले पनि एमाले कम्युनिष्ट पार्टी नरहेको प्रचार जोडतोडले गर्दै यदि कम्युनिष्ट नै बन्नु छ भने मशाल बन्नुहोस् अन्यथा एमाले बन्नुभन्दा काङ्ग्रेस बन्नु राम्रो हो भन्दै एमाले कार्यकर्तालाई भड्काउने प्रयास गरे ।

यसबाट एमाले नेपाली काङ्ग्रेसजस्तो दक्षिणपन्थी यथास्थितिवादी हैन भन्ने पुष्टि भयो । २०४७ सालमा भएको केन्द्रीय कमिटीको कालीमाटी बैठक जबजको पक्ष र विपक्षमा आधाआधामा विभाजित भयो । अन्त्यमा मत विभाजन हुँदा १ मत बढी प्राप्त गरेर जबज पारित भयो । २०४७ देखि २०४९ सम्म जबज पक्षमा पार्टी पङ्क्ति विभाजित भएर गयो । यस अवधिमा अन्तरपार्टी सङ्घर्ष अत्यन्त तिखो रुपमा सञ्चालित भयो । २०४९ माघमा सम्पन्न पार्टीको पाँचौँ महाधिवेशन जबजका निम्ति जीवन–मरणको सङ्घर्षको घटना बन्यो । महाधिवेशन तयारीमा खुलेरै पक्ष र विपक्षमा पार्टी पङ्क्ति विभाजित भयो । महाधिवेशन स्थलमा अत्यन्त सुझबुझपूर्ण ढङ्गले सबै कामको व्यवस्थापन गरियो । अत्यधिक बहुमतबाट जबज पारित भयो । महाधिवेशनपछि जबज र मदन भण्डारी दुवै लोकप्रियताको शिखरमा पुगे । आज जबज विश्व कम्युनिष्ट आन्दोलनको एउटा मुख्य प्रवाहका रुपमा देखा परेको छ । नेपालमा यो विचार सच्चा तोकतन्त्र, जनवादी क्रान्ति, समृद्धि, स्वतन्त्रता र समानताको प्रतीक बनेको छ । ‘उग्रवामपन्थी अवसरवाद र दक्षिणपन्थी विसर्जनवादको विरोध गरौँ, माक्र्सवादको सृजनात्मक प्रयोग र विकास गरौँ’ भन्ने उद्घोषका साथ जनताको बहुदलीय जनवाद अगाडि आएको हो । यसबाट उग्रवामपन्थ र दक्षिणपन्थका विरुद्ध माक्र्सवादको सिर्जनात्मक प्रयोगका निम्ति जबज विकसित भएको प्रष्ट हुन्छ । २०५४ र २०५९ मा सम्पन्न पार्टीको छैठौँ र सातौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको सिद्धान्तको रुपमा विकसित भइसकेको पैmसला ग¥यो । २०६५ मा सम्पन्न पार्टीको आठौँ महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि सा¥यो । २०७१ सालमा सम्पन्न पार्टीको ९औँ महाधिवेशनले जबजलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा थप सुदृढ गर्ने निर्णय गरियो । जबज समाजको गुणात्मक रुपान्तरण गर्ने कार्यक्रम मात्रै होइन, त्यस्तो कार्यक्रमको निरुपण, त्यसको रणनीतिहरुको तर्जुमा, त्यस्तो रणनीतिक कार्यान्वयन गर्ने पार्टीको निर्माण एवम् दिन–दिनको आचरण र व्यवहारलाई दिशानिर्देश गर्ने सिद्धान्तसमेत भएको बतायो । प्रसिद्ध जर्मन कवि गेटेलाई उद्धृत गर्दै एङ्गेल्सले एक ठाउँमा भनेका थिए, ‘जीवनको रङ्ग हरियो हुन्छ तर सिद्धान्तको रङ्ग चाहिँ खैरो हुन्छ ।’ उनको भनाइको तात्पर्य थियो, ‘सिद्धान्तले जीवनलाई पछ्याइरहनुपर्छ ।’ त्यसैलाई अझ मूर्त रुपमा परिभाषित गर्दै कमरेड मदन भण्डारीले भनेका थिए, ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्छ’ तर नेपाली कम्युनिष्ट आन्दोलनमा यस सच्चाइलाई आत्मसात् गर्ने मामलामा निकै ठूलो कमजोरी रहेको छ । कमरेड मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्यु भएको २३ वर्ष पूरा भइसकेको छ । जबज प्रतिपादन हुँदै गरेको बेला विश्व कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा थियो । माक्र्सवादको भविष्य र समाजवादको भविष्यप्रति धेरै मानिसहरुको विश्वासमा पहिरो गएको थियो । उनीहरु पार्टीको नाम र झण्डा फेर्दै पलायन हँुदै थिए । हाम्रो देशमा पनि कतिपय नेताहरु कम्युनिष्ट पार्टीको नाममा जनताबीच जान असम्भव भएकाले कुनै मोर्चाको नाममा खुल्ला गतिविधि गर्ने र कम्युनिष्ट पार्टीलाई ‘खोपीको देवता’ बनाउनुपर्ने मान्यतामा पुगेका थिए । तर झण्डै साढे दुई दशकको यो अवधिमा स्थितिमा ठूलो परिवर्तन भएको छ । आज माक्र्सवादको सान्दर्भिकता र समाजवादको अपरिहार्यताबारे विश्वभरि नै सकारात्मक मान्यता विकास हँुदै गएको छ । जनताको बहुदलीय जनवादको सिद्धान्त निर्माणमा तीनवटा आधारहरुको महत्वपूर्ण भूमिका छ । नेपालको लोकतन्त्रिक आन्दोलनको अविभाज्य अङ्गको रुपमा नेपाल कम्युनिष्ट पार्टीले खेलेको महत्वपूर्ण भूमिका, माक्र्सवादको प्रकाशमा राज्य, क्रान्ति र पार्टी निर्माण सम्बन्धमा नेकपा (एमाले) ले विकास गर्दै ल्याएका मौलिक अवधारणाहरु र सोभियत मोडेल समाजवादको असफलताका शिक्षा तथा परिवर्तित परिस्थितिमा क्रान्तिलाई मौलिक ढङ्गले अगाडि बढाउनुपर्ने समयको मागले जनताको बहुदलीय जनवादको प्रतिवादनमा मुख्य भूमिका खुलेको छ । नेपालको कम्युनिष्ट आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलनको अभिन्न अङ्गको रुपमा जन्मियो र विकसित हँुदै गयो । राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको विरुद्ध सङ्घर्षको अग्रमोर्चामा सङ्घर्षरत् कम्युनिष्ट पार्टीले नागरिक स्वतन्त्रता, बहुदलीय प्रतिस्पर्धा, विधिको शासन, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, मानवअधिकारको प्रत्याभूतिलगायत लोकतान्त्रिक आधारभूत मान्यताको पक्षमा अनवरत सङ्घर्ष गर्दै आएको थियो । पार्टीले उठाउँदै आएका ती मूल्य–मान्यताहरुलाई पार्टीको कार्यक्रममा समायोजन गर्नु र तिनलाई सैद्धान्तीकृत गर्नु जरुरी थियो । कमरेड पुष्पलालले अगाडि सार्नुभएको लोकतन्त्रको झण्डालाई थप उचाइमा पु¥याउनु थियो । त्यही लोकतान्त्रिक आन्दोलनको लामो इतिहासले ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादनमा महत्वपूर्ण भूमिका खेलेको छ । जनताको शक्तिमाथि आधारित भएर शान्तिपूर्ण ढङ्गले क्रान्ति सम्पन्न गर्ने र लोकतान्त्रिक विधिबाट जनवादी समाजवादी सत्ताहरु सञ्चालन गर्ने विषय नै जनताको बहुदलीय जनवादी सिद्धान्तको सार हो । क्रान्तिका लक्ष्यहरु यसको सार हो र लोकतान्त्रिक विधि यसको स्वरुप हो । जनवादी राज्यसत्ता यसको सार हो र बहुदलीय प्रतिस्पर्धाका माध्यमबाट श्रेष्ठता हासिल गर्नु यसको स्वरुप हो । जनताको बहुदलीय जनवादको सिद्धान्तले जनवादी पूँजीवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादमा सङ्क्रमण गर्ने र समृद्ध समाजवाद निर्माण गर्ने अवस्थासम्म नेपाली समाजलाई मार्गदर्शन गरिरहेको छ ।