[caption id="attachment_20848" align="alignleft" width="250"]tirtha-niroula तीर्थ निरौला[/caption]

कुनै पनि राष्ट्र कलाविना बुच्चो देखिन्छ । हाम्रो देश परम्परागत कला र संस्कृतिले भरिएको देश हो । यो बुच्चो छैन । अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो आप्mनै कला पहिचान छ । विविध परम्परागत कलाहरूका पृथक्–पृथक् मूल्य र मान्यताहरु छन् । त्यसैले वर्षेनी विदेशी पाहुनाहरु टाढाटाढाबाट हाम्रा कलाहरू अवलोकन गर्न, बुभ्mन र अनुभव गर्न आउ“छन् ।यी त भए हाम्रा मौलिक कलाहरूका महिमा वा उचाइका कुरा । तर आज हामीलाई परम्परागत कलाहरूमात्र होइन, समयसुहाउ“दो प्रचलित आधुनिक तथा उत्तरआधुनिक कला पनि चाहिएको छ ।

आधुनिक तथा उत्तरआधुनिक कला चारैतिर पैmलिँदै गएको वर्तमान परिपे्रक्ष्यमा अन्य मुलुकहरूमा जस्तै विश्व प्रचलित आधुनिक कलाधार वा मान्यताहरूको विकास, विस्तार र उत्थानको यहा“ उत्तिकै आवश्यक छ, जति हाम्रो मौलिक कलाको विकास तथा विस्तार हुनुमा छ ।हरेक विकसित र विकासोन्मुख देशहरूमा आज आधुनिक र उत्तरआधुनिक कलाको दौड चलिरहेको छ । त्यहा“ यिनका हरेक पक्ष विकासको चरम उचाइमा पुगिसकेका छन् । विश्व कलामञ्चमा हाम्रो सोचाइ वा आ“कलन बाहिरका कुरा पनि कला भइदिएर आएका छन् तर नेपालमा भने अभैm पनि यी कलाप्रति पूर्ण रूपले चेतना जागृत भइसकेको अवस्था छैन । आज हामी यस्तो कलाको विकास वा विस्तारका सन्दर्भमा अन्य राष्ट्रभन्दा धेरै पछि परेका छांँ । हाम्रो प्रयत्न सार्क राष्ट्रहरूको जत्तिको पनि भएको छैन । उनीहरूको कलाको विकसित रूपस“ग हाम्रा कलाले समदुरी कायम गर्न सकिरहेका छैनन् ।

कलाको विकासको सन्दर्भमा तिनीहरूले हामीलाई क्रमशः उछिन्दै गइरहेका छन् । पाश्चात्य र युरोपेली देशहरूको कलाको प्रगति र उचाइस“ग त हाम्रो तुलना नै हुन सक्दैन । हामी कहा“ छौँ ? हामी के कारणले पछि परिरहेका छौँ ? कलाको विकासको सन्दर्भमा उठिरहेका यी ज्वलन्त प्रश्नहरू हामीमाथि बादल बनेर छाइरहेका छन् ।वास्तवमा नेपालमा कलाक्षेत्रको विकासलाई उचाल्ने महŒवपूर्ण पक्ष जुन पक्षको सहभागिताविना देशको आधुनिक कलाले उचाइ लिन सक्दैन, त्यही पक्ष नै आज आधुनिक कलाबाट टाढिएको अवस्था छ । अर्थात् आधुनिक कलाको चेतना सर्वसाधारण नेपाली जनमानससम्म अभैm पुग्न सकेको छैन । यो नै कलाको विकास तथा विस्तार हुन नसक्नुको प्रमुख कारण हो । नेपाली जनमानसले आधुनिक नेपाली कलालाई नबुझेसम्म वा उनीहरूलाई बुझाउने प्रयत्न नगरिएसम्म समयसापेक्ष यस्तो कलाको विकास तथा विस्तार हुन सक्दैन । नेपालमा युरोपेली र पाश्चात्य मुलुकहरूमा जस्तै कलामा जनचेतनालाई पहिलो श्रेणीमा राख्नैपर्छ । पश्चिममा कलाक्षेत्रको विकास र विस्तार हुनुको कारण जनतामा कलाप्रति चेतना जागेरै हो । जनताले कलाको मूल्यमान्यता र वैवभ बेलैदेखि बुझेर नै हो । त्यसैले आम जनसमुदायलाई उपेक्षा गरेर कलाक्षेत्रको विकास हँुदैन ।

कलाक्षेत्र हरेक पक्षबाट समृद्ध हुन सर्वप्रथम त सर्वसाधारणमा कलाको मूल्य, मान्यता वा महिमा पुग्न सक्नुपर्छ । हामीले उनीहरूलाई कलाप्रति सचेत र संवेदशील बनाउन सक्नुपर्दछ ।सूक्ष्म रूपमा दृष्टिगत गर्दा यहा“ के देखिन्छ भने एउटा नेपाली कलाकारले कला सिर्जना त गर्छ, तर उसको कला कुनै कला ग्यालरीमा वा कलाको शौखिन सानो समुदायमा बाहेक आम समुदायसम्म पुग्दैन । जबसम्म कलाको गरिमा, मूल्यमान्यता वा बुझाइ आम समुदायसम्म पुग्दैन, तबसम्म नेपाली आधुनिक कलाले विकासमा फड्को मार्न सक्दैन । यो ध्रुवसत्य हो । आम समुदायले कला बुभ्mनु भनेको कला र कलाकारको आर्थिक स्थिति सुनिश्चित र सुदृढ हुने ढोका खोलिँदै जानु हो किनकि नेपाली कलाको आर्थिक उन्नति विदेशी वा सौखिन केही घरानियाँहरूले कला खरिद गरिदिएर मात्र हुने होइन । बहुसङ्ख्यक सर्वसाधारण नेपालीहरूमा कला खरिद गर्ने संस्कार बसेपछि नै हुन्छ । कला बिक्रीबाट कलाकारहरू बलिया भइसकेपछि नै यस क्षेत्रका सबै पक्ष स्वभावतः बलिया ह“ुदै जान्छन् । कलाकारले निरन्तर कर्म गर्दै जाने अवस्था सिर्जना हुन सक्नु, ग्यालरीहरू कलाको बिक्री नहुनुको पीडाबाट ग्रसित बन्न नपर्नु, प्रतिस्पर्धी कला समाजको जन्म हुनु, सरकार, ठूल्ठूला व्यापारिक कम्पनी, संस्थालगायत सबै पक्षहरूको यसप्रति चासो बढ्दै जानु नै कलाक्षेत्रको विकास तथा विस्तार हुनुको सङ्केत हो । यो अवस्था प्राप्तिको ढोका सर्वप्रथम जनमानसबीच कलाचेतना पैmलिएपछि नै खुल्छ । विकसित मुलुकहरुको कलाको विकासको दा“जोमा हामी टाढा परिरहनुको पहिलो कारण कलाप्रति जनचेतनाको अभाव नै हो । कलालाई सर्वसाधारणसम्म नपु¥याई हाम्रो कला र कलाकारको उत्थान, विकास र आर्थिक समृद्धि कायम हुन्छ भनेर अघि बढ्नु बालुवामा पानी हालेजस्तै हो ।

कला प्रदर्शनी र कार्यशाला गरेर नै कलाको विकास हुन्छ वा यी गतिविधिहरू नै कला विकास वा विस्तारका सङ्केत हुन् भनेर अघि बढ्नु मुख्र्याइ“बाहेक अरू केही होइन किनकि यी त कला गतिविधिका कर्ममात्र हुन्, आवश्यक कलाचेतना जागरण वा विस्तार गराउने सूत्र होइनन् । हामीलाई अहिले जनमानसमा कलाचेतना बा“ड्नु छ । कलाचेतना पैmलाउने प्रयत्न वा संयन्त्रको जन्म गराउनु छ । कलाका हरेक पक्ष, हरेक गतिविधिहरू, कलाका मूल्य–मान्यताहरू सर्वसाधारण जनतासम्म पु¥याउन सरकारको मात्र मुख नताकी कलाक्षेत्रको विकास गर्न भनेर बनेको ललितकला प्रज्ञा प्रतिष्ठान, कलाका सङ्घ–संस्थाहरू र स्वयम् कलाकारहरु अघि बढ्न सक्नुपर्छ ।