आजभोलि के शहर, के गाउँ– अभिभावकहरुले आफ्ना छोराहरु लागूपदार्थको दुव्र्यसनमा फँसिसकेको चाल पाइरहेका छैनन् । उमेर छिप्पिँदै गएका खासगरी कलेज पढ्न शुरु गरेका टिनेजरहरु अहिले कुलतमा फँस्न थालेका छन् । टिनेजरहरु साथीसङ्गीको लहैलहैमा पत्तै नपाई लागूपदार्थको दुव्र्यसनमा फँस्दै गएका छन् । अभिभावकले आफ्ना छोराछोरी दिउँसो कहाँ गए, तिनीहरूका साथी कस्ता छन्, कुन समयमा घर फर्किन्छन्, घरमा आएर कस्तो व्यवहार गर्छन् जस्ता महत्वपूर्ण विषयमा दैनिक निगरानी नराख्दा पूर्वी नेपालका केही जिल्लाका अधिकांश युवा दुव्र्यसनमा लागेका छन् ।
खुल्ला सिमाना भएकै कारण पनि पूर्वी नेपालका सुनसरी, मोरङ, झापा लगायतका जिल्लाका मुख्य शहरका युवायुवती अहिले लागूऔषधको दलदलमा छन् । गृह मन्त्रालयको लागूऔषध नियन्त्रण शाखाले विद्यालयमा अध्ययनरत् १४–१५ वर्षभन्दा माथिका कतिपय युवा कुलतमा फँस्ने गरेको निष्कर्ष निकालेको छ । दुव्र्यसनमा लाग्नेमध्ये अधिकांश सम्पन्न परिवारका युवा रहेको बताइएको छ । धुमपान तथा मद्यपानको कुलतमा फँसेका युवाको शैक्षिक तथा स्वास्थ्य अवस्था दिन प्रतिदिन नाजुक हुँदै गइरहेको छ । युवाहरु अरुको देखासिकीबाट पनि कुलतमा लाग्ने गरेका छन् । यसतर्पm समाज, राजनीतिक दल र बुद्धिजीवीहरुले चासो राख्नुपर्दछ । परिवार र समाजलाई यसले पारेको असरप्रति राज्यले मूकदर्शक भएर बस्न मिल्दैन । प्रहरी प्रधान कार्यालयमा लागूऔषध अनुसन्धानका लागि छुट्टै शाखा त छ तर देशभरि यो शाखा विस्तार गर्न सकिएको छैन । उपत्यकामा मात्र सीमित छ ।
दुव्र्यसनीहरु फेला परे भने केही समय हिरासतमा राखेर छाडिदिने गरेको पाइन्छ । यसले गर्दा केही समयपछि ऊ पुनः प्रहरी हिरासतमै फर्कन्छ ।आप्mना सन्तानलाई कुलतबाट जोगाउन यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला, संस्कृति, नृत्य, सङ्गीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने गर्नुपर्दछ । कुलतले समाजमा अपराध बढाउने र प्रत्यक्ष असर पार्ने भएकाले यस विषयमा सबैले गम्भीर हुनुपर्ने भएको छ । समाज विकासको क्रमसँगै मानिसका आकाङ्क्षाहरू बढ्दै छन् । आवश्यकता बढ्दो छ र त्यसको पूर्तिका लागि अनेक कुकर्महरू पनि भइरहेका छन् । परिवर्तन र आधुनिकताका नाममा नेपालको युवा पुस्ता विकृतिको दलदलमा भास्ँिसदै जान थालेको छ । लागूपदार्थका दुव्र्यसनीहरूको सङ्ख्या बढ्दो छ र यसको ओसारपसार पनि बढिरहेको छ । पछिल्लो समय पूर्वी नेपालमा लागूपदार्थ ओसारपसारले सीमा नाघेको छ । साथीहरुको लहैलहैमा लागेर पूर्वमा युवा दुव्र्यसनमा फँस्ने गरेको युवाहरु आपैmँ स्वीकार गर्छन् ।
लागूऔषध मुद्दामा पक्राउ परेका प्रायःले शुरुमा साथीकै कारण ‘सुई’ हान्ने गरेको बयान दिने प्रहरी बताउँछ । तीमध्ये धेरैजना दुव्र्यसनी हुँदै लागूऔषधको कारोबारमै संलग्न हुने गरेका छन् । अहिले पूर्वमा विराटनगर, इटहरी, धरानलगायत शहरका अधिकांश युवा बिग्रँदै गएका छन् । कलेजका युवायुवती यसै पनि परिपक्व भइसकेका हुँदैनन् । यसैको फाइदा उठाएर लागूऔषध कारोबारीले उनीहरूलाई चङ्गुलमा पार्ने गरेका छन् । त्यसबाहेक यो उमेरमा पढाइको चाप, घरायसी दवाब, आर्थिक अभाव लगायतले उत्पन्न गर्ने तनावबाट बाहिर निस्कन खोज्दा उनीहरू कुसङ्गतमा पर्ने जोखिम बढी रहन्छ तर लागूपदार्थको अवैध ओसारपसार समस्या पूर्वी नेपालमा मात्र भने हैन । यो विश्वव्यापी समस्या हो । गरीब मुलुकहरूको तुलनामा धनी र सम्पन्न मुलुकमा लागूपदार्थको कारोबार बढ्दो छ । आखिर लागूपदार्थको दुव्र्यसनी किन बढिरहेका छन् र किन यसको सञ्जाल विस्तार भइरहेको छ भन्ने महत्वपूर्ण प्रश्नमा गम्भीर विश्लेषण हुनु आवश्यक छ । दुव्र्यसनी बढ्न नदिन राज्यले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।
राज्यको पहिलो कर्तव्य आफ्ना ऊर्जाशील युवालाई समुचित उपयोगको अवसर प्रदान गर्नु हो । तर नेपालको विडम्बना नै भन्नुपर्छ, युवालक्ष्यित कुनै नीति नै बन्न सकेको छैन । आफ्नो भूमिकाको खोजीमा भौँतारिइरहेका युवा अवसरको अभावमा लागूपदार्थको दुव्र्यसनमा फँस्ने गरेका अनगन्ती उदाहरण छन् । राजनीतिक व्यवस्था परिवर्तन भए पनि मुलुकको मुहार बदलिने कुनै सङ्केत छैन । केही गरौँ भन्ने भावना र क्षमता भएकाहरू कि त विदेश भासिएका छन् कि त दुव्र्यसनको शिकार भइरहेका छन् । बढ्दो बेरोजगारी समस्या, शान्ति सुरक्षाको अभाव र अवसरको कमीले युवाशक्ति लागूपदार्थ दुव्र्यसनमा फँस्ने क्रम बढ्दो छ । युवा पुस्ता नै कुनै पनि मुलुकको भविष्य निर्माणको आधार हो, त्यसकारण अहिलेको समय युवा पुस्ताको भनिन्छ । विकसित मुलुकहरूले कुनै पनि नीति निर्माण गर्दा युवा पुस्तालाई ध्यानमा राख्ने गरेका छन् । तर नेपालमा तिनै युवा लागूपदार्थ दुव्र्यसनमा फँसेर आफ्नो ऊर्जाशील जीवनलाई नष्ट गरिरहेका छन् । दुव्र्यसनमा फँस्न नदिन र फँसेकाहरूलाई पुनःस्थापित गर्न कुनै एक निकाय वा व्यक्तिको प्रयासले सम्भव छैन ।
सामूहिक पहल आवश्यक हुन्छ । प्रहरी प्रशासन, सामाजिक अगुवा, शिक्षक, प्राध्यापक, सञ्चारकर्मी सबैको समान दायित्व र पहलले मात्र दुव्र्यसनीको सङ्ख्या कम गर्न सकिन्छ । जति फँसेका छन्, उनीहरूको उद्धार र नफँसेकाहरूलाई यसको नकारात्मक असरबारे प्रचुर चेतना दिनु अहिलेको पहिलो आवश्यकता हो । युवा विकासका लागि भनेर अनेक संस्थाहरू खोलिए÷खुलिरहेका छन् । सरकारले बजेट पनि छुट्यायो होला कतिकति † कसले कुन ठाउँमा के कस्ता कामहरू गरेका छन् त ? अथवा केही उपलब्धि पनि छन् ? उपलब्धि भए कहाँ छ ? हचुवाका भरमा गठन गरिएका सरकारी युवा विकास संस्थाहरू सरकारी पैसा पचाउन मात्रै सीमित रहे । गैरसरकारी संस्थाहरू विदेशी अनुदान कुम्ल्याउन । ‘युवा विकास’ नामधारी संस्थाहरूले कुन ठाउँमा कस्ता युवाको विकास गर्दै छन् त ? खोजौँ हामी पनि ।