93bd65193498cd8aacd5211cdff13233_Lनीति, निर्र्देिशका र स्पष्ट मापदण्डविना सञ्चालन भइरहेका तीनचक्के अटो रिक्सा, सिटी सफारी अहिले पूर्वका मुख्य शहरहरुमा टाउको दुखाइको विषय बन्न थालेका छन् । गैरकानूनी रुपमा सञ्चालन भइरहे पनि नियमन र नियन्त्रण गर्नुपर्ने निकायले समेत आँखा चिम्लिनुपर्ने बाध्यताका कारण यसले शहरी क्षेत्रमा अस्तव्यस्तता ल्याएको छ भने विवाद दिन प्रतिदिन बढाउँदै लगेको छ । सिटी सफारीलाई व्यवस्थापन गर्नुपर्ने निकाय भने एकले अर्कालाई जिम्मेवार देखाएर आपूm पन्छिने प्रयास गरिरहेका छन् । सफारी नियन्त्रणमा कुनै निकायले महत्वपूर्ण भूमिका देखाएको पाइँदैन । अहिले शहरी क्षेत्रलाई अस्तव्यस्त बनाउने गरी सफारीहरु प्रतिबन्धित क्षेत्र हाईवेमा कुदिरहेका छन् । पूर्वका मुख्य शहरहरुमा सञ्चालनको अनुमति पाएको सिटी सफारी अहिले पूर्ण रुपमा ट्राफिक नियमविपरीत गैरकानूनी रुपमा सञ्चालित छ । तर सरकारी निकायहरुको आपसी समन्वयको अभाव र कमजोरीका कारण गैरकानूनी रुपमै सञ्चालन भइरहे पनि नियन्त्रण गर्न सक्ने अवस्था भने छैन । यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारी चलाउनेसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) हुनुपर्ने भए पनि सिटी सफारी चालकहरुसँग लाइसेन्स छैन । तर गैरकानूनी रुपमा सञ्चालन भइरहेको थाहा हँुदाहुँदै पनि नियमन र नियन्त्रण गर्नुपर्ने निकाय आँखा चिम्लिन बाध्य छ भने दर्ता र सिफारिस गर्ने निकायले अभैm दर्ता र सिफारिस रोकेका छैनन् । सिटी सफारी नगरपालिका वा उपमहानगरपालिकाको सिफारिस लिएर यातायात व्यवस्था कार्यालयमा दर्ता हुन्छ । यसरी दर्ता भएको सफारीले सिफारिस पाएको नगरभित्र मात्र रुट परमिट पाउँछ भने मुख्य सडकमा नभई भित्री सडकमा मात्र सञ्चालनको अनुमति दिइएको हुन्छ तर कुनै पनि सिटी सफारीले तोकिएको नियम पालना गरेका छैनन् । निर्वाध रुपमा मुख्य सडकमै सफारी सञ्चालन भइरहेका छन् । लाइसेन्ससमेत नभएका चालकहरुले मुख्य सडकमै चलाउँदा दुर्घटनाको जोखिम उच्च भएको छ भने सवारीको चाप हुने मुख्य सडकमा सिटी सफारी जथाभावी रोक्ने र ट्राफिक नियमविपरीत कुदाउने गर्दा सडक जामको समस्या पनि बढिरहेको छ । यसरी नियम मिचेर चलिरहेका सफारीलाई ट्राफिकले नियन्त्रण र कारवाही गर्न सकेको छैन । समयमै नियन्त्रणको प्रयास नगर्दा अहिले सफारी सरोकारवाला निकायका लागि टाउको दुखाइको विषय बन्दै गएको छ । कुरुप बन्दै शहर पूर्वकै केन्द्रबिन्दु शहर इटहरी  सिटी सफारीका कारण कुरुप देखिन थालेको छ । इटहरी तथा अन्य शहरहरु अहिले सफारीकै कारण कुरुप देखिन थालेका छन् । सफारी इटहरी केन्द्रित हुँदा इटहरीको हाईवे क्षेत्र अस्तव्यस्त हुन पुगेको हो । सवारी साधनको चापले दिन प्रतिदिन सडक साँघुरो हँुदै गइरहेका बेला पछिल्लो समयमा भित्रिएको सिटी सफारीका कारण सडक क्षेत्र थप साँघुरो र अस्तव्यस्त बन्दै गएपछि सडक व्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरीलाई पनि समस्या हुन थालेको छ । जोखिमपूर्ण रुपमा कुदाइने सफारीको पार्किङ सडक वरपर जथाभावी गर्दा शहरको स्वरुप नै कुरुप बन्न पुगेको छ । बेलैमा नियन्त्रण र नियमन नगर्दा  नियमनकारीका लागि काउछो बन्न थालेको छ । आवश्यकभन्दा बढी सफारी मुख्य सडक क्षेत्रमा गुड्न थालेपछि त्यसले ट्राफिक अस्तव्यस्तता सिर्जना गरेको छ । सिफारिसमै चलखेल सफारी दर्ताको लागि स्थानीय नगरपालिकाले सिफारिस दिनुपर्ने प्रावधान छ तर कतिवटा सफारीलाई अनुमति दिने र कसरी व्यवस्थित गर्ने भन्ने योजना स्थानीय निकायसँग छैन । बरु कसरी कमिसनको बाटो खुल्ला भन्ने दाउमा बसेका कर्मचारीहरुका लागि सफारीले राम्रै गोजी भरिदिएको पुष्टि हुन्छ । जथाभावी रुपमा व्यक्ति तथा दलको सोर्समा सफारी दर्ता गर्ने लहरले आज शहरी क्षेत्र कुरुप हुन पुगेको छ । सफारी दर्तामा भएको भागबण्डाकै कारण सफारी चाहिनेभन्दा बढी दर्ता भएको यथार्थ हो । शारीरिक बल नपर्ने हुँदा विद्युतीय रिक्सा चलाउनेहरुको सङ्ख्या बढ्दो छ । सामान्य मजदुरदेखि लखपतिले समेत कमाउने सजिलो तरिकाको रुपमा विद्युतीय रिक्सा चलाइरहेका छन् ।  सडकमा गुडिरहेकै सिटी सफारीलाई नियन्त्रण गर्न नसकेको अवस्थामा सफारी थपिने क्रम रोकिएको छैन । लाइसेन्स लफडा सिटी सफारी बजारभरि कुदिरहे पनि अधिकांश सफारी चालकको लाइसेन्स छैन । गैरकानूनी रुपमा आधा दर्जन मान्छे हालेर हिँड्नेलाई ट्राफिकको आँखाले देख्न सकेको छैन । अधिकांश चालक अदक्ष छन् तर उनीहरु मनपरी यात्रु बोकेर हिँडिरहेकै हुन्छन् । तालिम नलिएका, ट्राफिक नियम नजानेका र अक्षर चिन्नै नसक्नेहरूले पनि विद्युतीय रिक्सा चलाउन थालेका छन् । निजी प्रयोजनकै लागि त सुरक्षित छैन, झन् सार्वजनिक सवारीका रुपमा खतरनाक छैन र ? विभागले भित्री सडकमा मात्र सञ्चालन अनुमति दिने हो तर मुख्य सडकमै हुइँकिने सफारी किन कारवाहीमा पर्दैन ? इटहरी चोकको हाईवे क्षेत्रमा जथाभावी सफारी कुदाउँदा अन्य ठूला सवारी साधनलाई समेत समस्या पर्ने गरेको छ । मुख्य सडकमा दुर्घटनाको पनि उच्च जोखिम हुन्छ । जथाभावी रोड क्रस गर्ने, ओभर टेक गर्ने सफारीलाई कसको संरक्षणमा कारवाही नभएको होला ? जनताको प्रश्न यस्तो आउँछ । सफारीको दादागिरी अरू क्षेत्रको तुलनामा इटहरीमा भने सिटी सफारी दादागिरीको भरमा सञ्चालन हुने गरेको छ । यहाँ क्षमताभन्दा चौगुणा बढी भएको ठहरिन्छ । दर्ता भएकामध्ये केहीले राजस्व नियमित रूपमा तिरेको देखिन्छ भने बाँकीले अहिलेसम्म नबुझाएको पाइएको छ । आवश्यकताभन्दा बढी सफारीहरू मुख्य सडक क्षेत्रमा गुड्न थालेपछि त्यसले ट्राफिक अस्तव्यस्तता सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । तर नियन्त्रणको प्रयास गरे चक्काजामसम्म हुँदा त्यो जक्काजाम प्रशासनले थेग्न नसक्ने हुन्छ । यही दम्भका कारण सफारी चालकहरुले सरकारी नियमको उल्लङ्घन गर्दै आएका छन् । इटहरी क्षेत्रमा पछिल्लो समय सिटी सफारीको विकृति बढ्नुको मुख्य कारण ट्राफिक नियमको पालना नहुनु मानिन्छ । मुख्यतया अव्यवस्थित पार्किङ, दक्ष चालक उत्पादन नहुनु, यात्रुसँग राम्रो व्यवहार नगर्नु र दादागिरी देखाउनुले पनि सफारी आपैmँ विवादमा तानिएको देखिन्छ । बिक्रीलाई निरुत्साहित गर्न नसक्दा र दर्ताविनाका सफारीलाई कारवाही गर्न नसक्दा शहरबजारमा ‘सफारी आतङ्क’ नै सिर्जना भएको छ । ट्राफिक कमजोरी सडकमा भइरहेको अस्तव्यस्तता नरोकिनुमा ट्राफिक प्रहरीको कमजोरी उत्तिकै छ । नियमविपरीत कुदिरहेका सफारी नियन्त्रण गर्ने ट्राफिकलाई कुन कानून बाधक छ ? किन कारवाही गर्न सक्न्दैन ट्राफिक प्रहरी ? शहरी क्षेत्रमा सवारी साधनको चापसँगै सफारी जामले शहरी क्षेत्रको यात्रा दुःखदायी हुन पुगेको पक्का हो । नियमविपरीत कुदाइएको सफारीलाई धमाधम पक्राउ गर्दै कारवाही गर्न सक्नुपर्छ । सडक वरपर भइरहेको विकृतिका विरुद्धमा ट्राफिक प्रहरीले गम्भीरता देखाउने हो भने केही हदसम्म सडक व्यवस्थापन राम्रो हुने पक्का छ ।