-
Home
-
बिचार
-
एमाले मोरङको जिल्ला अधिवेशनका एजेन्डा
एमाले मोरङको जिल्ला अधिवेशनका एजेन्डा
- मंसिर २९, २०७३
- ब्लाष्ट खबर
नेपाली राजनीति अहिले मुठभेडको अवस्थामा पुगेको छ । संविधान घोषणापश्चात् राष्ट्रले सही दिशा लिने नेपाली जनताको आशामा तुषारापात भएको छ । मुलुक गलत दिशामा अघि बढेको छ । संविधान कार्यान्वयन गर्नुको सट्टा प्रचण्ड नेतृत्वको म्यादी सरकारले संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएसँगै देश विभाजित भएको छ । संविधान कार्यान्वयनको अवस्था शून्य विन्दुमा पुगेको छ ।
राजनीतिक दलहरु दुई कित्तामा खडा भएका छन् । सामाजिक सद्भाव खल्बलिएको छ । राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता खतरामा परेको छ । मधेशलाई पहाडबाट अलग्याउने खेल शुरु भएको छ । हिन्दी भाषालाई राष्ट्रिय भाषाको मान्यता दिन खोजिँदै छ । संसारमा कुनै पनि देशमा नभएको अङ्गीकृत नागरिकलाई वंशजको नागरिकसरह हक–अधिकार प्रदान गरिँदै छ । जनताका ९२ प्रतिशत प्रतिनिधिले बनाएको नेपालको संविधान २०७२ लाई ८ प्रतिशतले अस्वीकार गर्दा कार्यान्वयन हुन सकेन भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विश्वास र समर्थनविना न संविधान संशोधन हुनसक्छ, न कार्यान्वयन हुन सक्छ । नेकपा एमालेलाई बाइपास गरेर कसैले नेपालको नयाँ संविधानलाई संशोधन र कार्यान्वयन गर्छु भन्नु दिवास्वप्न मात्र हो । भारत र मधेशकेन्द्रीत दललाई खुशी पार्न संविधान संशोधन हुन सक्दैन । संविधान कार्यान्वयन गर्दै जाँदा विभिन्न समस्या आएमा संविधान संशोधन हुन सक्छ । संविधानको प्रचारप्रसार गर्दै र मधेशका जनतामा परेको संविधानविरोधी भ्रमलाई चिर्दै यसको कार्यान्वयन गर्नु नै आजको राष्ट्रको प्रमुख कार्यभार हुनुपर्दछ ।
एमालेले यतिखेर तराई मधेशमा चारमहिने अभियान सञ्चालन गरेकोे छ । यो अभियानमा उसले संविधानको विरोधमा तराई मधेशमा गरिएको अवाञ्छित गतिविधिको भण्डाफोर गर्दैछ । मधेशी जनतामा रहेको संविधानविरोधी भावनालाई विभिन्न कार्यक्रममार्पmत् परिवर्तन गर्दैछ । संविधानमा मधेशी जनताका हकअधिकार सुरक्षित गरिएको छ । यो संविधानले मधेशी जनतालाई विभेद गरेको छैन । यो संविधानले एउटा पहाडे नागरिकलाई जति अधिकार दिएको छ, त्यति नै अधिकार मधेशी नागरिकलाई पनि प्रदान गरेको छ । यो संविधानले सबै जातजाति, भाषाभाषी र धर्मका नागरिकहरुलाई समान हक–अधिकार तथा अवसरको प्रत्याभूति गरेको छ । यो संविधानले सबैखाले भेदभावको अन्त्य गरेको छ । यो संविधानले बहिस्करणमा परेका र पारिएका नागरिक समेतलाई राष्ट्रिय मूल प्रवाहमा ल्याएको छ । समानुपातिक र समावेशीकरण लोकतन्त्रको स्थापना गरेको छ । जनता आप्mनै प्रतिनिधिमार्पmत् शासन गर्न र शासनमाथि नियन्त्रण गर्न सक्षम भएका छन् । सबै किसिमका शोषणबाट मुक्त हुने अधिकारको बाटो खुलेको छ ।
एमाले मोरङको १४ औँ जिल्ला कमिटीको पूर्ण बैठकले एमाले मोरङको ८ औँ जिल्ला अधिवेशन आगामी पुस २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय गरेको छ । एमालेको विधानमा जिल्ला कमिटीको अवधि चार वर्षको हुने व्यवस्था छ । २०६९ पुस १७ गते महेश रेग्मीको अध्यक्षतामा निर्वाचित कमिटीले पुस १७ गते चारवर्षे कार्यकाल पूरा गर्दैछ । ८ औँ जिल्ला अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएका छन् । पार्टीका जिल्ला अध्यक्ष महेश रेग्मीको संयोजकत्वमा जनपरिचालन तथा प्रतिवेदन मस्याौदा समितिको निर्माण गरिएको छ । उपाध्यक्ष चन्द्रवीर राईको संयोजकत्वमा अतिथि सत्कार समिति र उपसचिव विद्या चाम्लिङको संयोजकत्वमा सांस्कृतिक समिति निर्माण गरिएको छ । सङ्गठन विभाग प्रमुख बाबुराम कार्कीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन समिति र महेश भट्टराईको संयोजकत्वमा खाद्यान्न समिति निर्माण गरिएको छ ।
रुपेश खतिवडाको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति र पारुल क्षेत्रीको संयोजकत्वमा स्वास्थ्य समिति गठन गरिएको छ । सत्यनारायण चौधरी संयोजक रहेको प्रचार–प्रसार समिति र रमेश पोखरेल संयोजक रहेको आर्थिक समिति गठन गरिएको छ । विनोद बस्नेत संयोजक रहेको स्वयम्सेवक समिति र रामलाल शाह संयोजक रहेको आवास समिति गठन गरिएको छ । धर्मानन्द सञ्जेल रहेको यातायात समिति र विमला घिमिरे संयोजक रहेको निर्वाचन समिति गठन गरिएको छ ।
२०६९ मा भएको ७ औँ अधिवेशनमा करीब ६५० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिएका थिए । ८ औँ अधिवेशनमा पनि त्यसकै हाराहारीमा प्रतिनिधि छनोट हुने अनुमान गर्न सकिन्छ । अधिवेशनहरु पार्टीका नियमित कामअन्तर्गत पर्दछन् । अधिवेशनमार्पmत् पार्टीका गतिविधिहरुलाई थप व्यवस्थित गर्दै नेतृत्वको चयन गरिन्छ । अधिवेशनहरु विगतको समीक्षा, आगामी कामको योजना र नेतृत्व छनोटमा केन्द्रीत हुन्छन् । यसले पार्टीलाई चलायमान र एकीकृत गर्दछ । पार्टीका क्रियाकलापहरुलाई थप व्यवस्थित र मार्गनिर्देश गर्दछ । अधिवेशनलाई कार्यकर्ताहरुले नेतृत्व निर्माणको अवसरका रुपमा लिन्छन् । अधिवेशन तथा महाधिवेशनमार्पmत् नेतृत्व निर्माण गरिन्छ । अधिवेशनहरु नीतिमुखी र जनमुखी हुनुपर्दछ । नेतामुखी अधिवेशनले पार्टीलाई कमजोर र क्षयीकरण गर्दछ ।
मोरङ देशकै शक्तिशाली जिल्लामा पर्दछ । यसलाई प्रदेश–१ को केन्द्रका रुपमा लिइन्छ । मोरङले यो देशको नेतृत्व धेरैपल्ट गरेको हुनाले यसलाई राजनीतिको राजधानीको रुपमा व्याख्या गरिन्छ । भनिन्छ– ‘मोरङले देशको राजनीतिबारे आज जे सोच्दछ, काठमाडौँले भोलि मात्र सोच्दछ ।’ यसको अर्थ राजनीतिक सुझबुझको हिसाबले मोरङ राजधानीभन्दा अगाडि देखिन्छ । ९ वटा निर्वाचन क्षेत्र, ८ वटा नगरपालिका र ५० वटा गाविस भएको यो भूमि राजनीतिक, आर्थिक तथा औद्योगिक रुपमा महत्वपूर्ण मानिन्छ । दर्जनौँ मन्त्रीहरु र सयौँ प्रशासकहरु जन्माएको मोरङ जिल्लाको नेतृत्व चानचुने नेताले गर्न सक्दैन । राष्ट्रिय राजनीतिमा एमाले दोस्रो स्थानमा भएजस्तै मोरङको राजनीतिमा पनि दोस्रो स्थानमा छ । जसरी केपी ओलीको नेतृत्वमा एमाले प्रथम पार्टीको भूमिकामा राष्ट्रिय राजनीतिमा छ, त्यसैगरी महेश रेग्मीको नेतृत्वमा एमाले मोरङमा प्रथम पार्टीको भूमिकामा देखिन्छ ।
एमाले मोरङको अधिवेशनले मोरङ जिल्लाको ठोस विश्लषेण गरी मोरङ जिल्लालाई समृद्ध र सम्पन्न बनाउने कार्ययोजना पेश गर्न सक्नुपर्दछ । मोरङको विराटनगरलाई प्रदेश १ को राजधानी बनाउन पहल गर्नुपर्छ । महेश रेग्मी नेतृत्वमा विराटनगरलाई महानगरपालिका बनाउने अभियान र आन्दोलनलाई निष्कर्षमा पु¥याई विराटनगरलाई महानगरपालिका बनाउनुपर्छ । मोरङका उद्योगधन्दाको विकासमा यो अधिवेशन केन्द्रीत हुनुपर्छ । मोरङको व्यापार व्यवसायलाई थप व्यवस्थित गर्ने कार्ययोजनालाई अधिवेशनमा छलफलको विषयवस्तु बनाइनुपर्छ । पूर्वाञ्चल विश्वविद्यालयलाई थप व्यवस्थित गर्दै यसमा भएका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने कार्ययोजना अधिवेशनको विषयवस्तु हुनुपर्छ । अधिवेशनले विराटनगरको एयरपोर्टलाई विकास र विस्तार गर्ने योजना तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । विराटनगर घेर्ने रिङरोड निर्माणको ढिलासुस्तीलाई हटाउन पार्टीले गर्नुपर्ने कामहरुका बारेमा जिल्ला अधिवेशनमा छलफलको विषयवस्तु बनाउनुपर्छ । जिल्लाका कृषि, पर्यटन, उद्योगधन्दा, व्यापार–व्यवसाय, बाटोघाटो आदिको विकास र विस्तारमा यो अधिवेशन केन्द्रीत गरिनुपर्छ ।
महेश रेग्मीको चारवर्षे कार्यकाल सफल र उत्साहजनक देखिन्छ । उनी २०६९ मा एमाले मोरङको नेतृत्वमा निर्वाचित हँुदा एमाले मोरङको राजनैतिक तथा साङ्गठनिक अवस्था कमजोर थियो । उनले आफ्नो कार्यकालमा अभूतपूर्व राजनैतिक तथा साङ्गठनिक काम गरेका थिए÷छन् । पहिलो संविधानसभा निर्वाचनमा एमाले मोरङमा शून्य अवस्थामा थियो तर दोस्रो संविधानसभाको निर्वाचनमा रेग्मी नेतृत्वमा रहेको एमाले मोरङले तीनवटा निर्वाचन क्षेत्रमा सानदार रुपमा विजय प्राप्त ग¥यो । मोरङ–१ बाट ऋषिकेश पोखरेल, २ बाट चण्डि राई र ८ बाट चन्द्र गुरुङ एमालेका प्रत्यक्षतर्पmका उम्मेदवारहरु निर्वाचित भए । मोरङको सबै क्षेत्रमा सम्मानजनक मत पाएको एमालेले क्षेत्र नं. ३ र ९ मा झिनो मतअन्तरले पराजय व्यहोर्नु प¥यो । शून्य अवस्थामा रहेको पार्टीलाई उनले शक्तिशाली बनाएका छन् ।
थोरै मतअन्तरले जिल्लामा पार्टी दोस्रो भए पनि उनको सक्रियताका कारणले मोरङका नागरिकहरुले एमाले मोरङलाई पहिलो दर्जाको पार्टीको रुपमा लिन्छन् । उनले तेस्रो शक्तिमा रहेको एमालेलाई पहिलो शक्तिको रुपमा रुपान्तरित गरेका छन् । उनको नेतृत्वमा दोस्रो संविधानसभाको निर्वाचनमा अत्यधिक मत प्राप्त गर्न सफल भएकोले मोरङले समानुपातिक तर्पmबाट सातजना सभासद्÷सांसद् प्राप्त गरेको छ । गङ्गा डाँगी, पर्तमान धिमाल, भरतमोहन अधिकारी, मधु गुरुङ, मिना यादव, राज्यलक्ष्मी गोल्छा र तारा राई मोरङबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद् हुन् ।