यति बेला मुलुक गम्भीर सङ्कटमा छ । सङ्घीयता, धर्मनिरपक्षेता र गणतन्त्रमाथि ठूलो षड्यन्त्र भइरहेको छ । ठूला भनिने राजनैतिक दलहरू आजसम्म नेपाली जनतालाई भिडाएर आफ्नो स्वार्थका लागि षड्यन्त्र रचिरहेका छन् । एउटै लक्ष्य, उद्देश्य र वर्गचरित्र बोकेका संसद्वादी दलहरू यति बेला सङ्घीयताको बहाना बनाएर राजतन्त्रको पक्षमा क्रियाशील हिन्दू अतिवादीहरूलाई उचाल्ने दुस्प्रयास गरिरहेका छन् । नेपाली जनतालाई बन्दुकको भरमा तर्साएर विदेशी दलालहरूका निर्देशनमा २०७० साल मङ्सिर ४ गते संविधानसभाका नाममा सम्पन्न निर्वाचन र यसबाट प्राप्त परिणामले सदीयौँदेखि अनेकन् उत्पीडन भोग्दै आएका जनताको हित हुन नसक्ने पुष्टि हुँदै गएको छ । आम जनताको सहभागिता र लगानीविना जबर्जस्ती गरिएको निर्वाचनको परिणामले नेपाली समाजलाई शान्ति र समृद्धितर्पm नभई द्वन्द्वको भुमरीमा फँसाउने प्रयास गरिरहेको देखिन्छ । हिन्दू अतिवादी राजतन्त्रको जग र वर्गीय चरित्रबाटै विकास भएको संसदीय व्यवस्था हो । यो आम जनताको सहभागिताविना सञ्चालन भएकोे देशी–विदेशी प्रतिक्रियावादी शक्तिको निर्देशनमा चल्ने व्यवस्था भएकोले राष्ट्र र राष्ट्रियताको हितमा छैन । संसदीय व्यवस्थाद्वारा यहाँका उत्पीडित जनताको मुक्ति सम्भव छैन । यति बेला सङ्घीय प्रदेश निर्माणका बहानामा विस्तारवादी दलालको तीव्र चहलपहल र हस्तक्षेप बढिरहेको छ । यसलाई संरक्षण गर्न सरकार र संसद्मा बसेका सबै संसद्वादी दलहरूको भूमिका उत्तिकै छ । नेपाली जनताको त्याग, तपस्या र बलिदानका विरुद्धमा घुमिफिरी रुम्जाटार भनेभैmँ पुरानै राज्य व्यवस्था कायम गर्न षड्यन्त्र गरिरहेका छन् । अहिले सङ्घीयताका कारण देश टुक्रिने कुतर्क गर्दै संसद्वादीहरू अनेकन् अफवाह पैmलाउने काम गरिरहेका छन् । कवि अवतारसिंह पासले भनेभैmँ – सबैभन्दा खतरनाक हुन्छ मुर्दा शान्तिले भरिनु छट्पटी नहुनु घरबाट काममा जानु र कामबाट सिधै घर फर्कनु सबैभन्दा खतरनाक हुन्छ हाम्रा सपनाहरूको मृत्यु हुनु । हिजो समाज परिवर्तनका लागि जुन सपना बोकेर ६ दशक लामो समय अवधिमा आन्दोलन, सङ्घर्ष र जनयुद्ध भए । यति बेला ती सपना मृत भइसकेका छन् । यसरी समाज परिवर्तनका सपनाहरूलाई मार्ने काम भइरहेको छ । ‘संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उद्घोषका साथ जनयुद्धमा हिँडेको माओवादी र पुरानो व्यवस्थाका संसद्वादी दलहरू आज एउटै संसद्वादी आहालमा भासिएर गइरहेका छन् । यो सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रका विरुद्ध गरिएको कुटनीतिक हमला हो । यो हमला सदीयौँदेखि एकात्मक हिन्दू अतिवादी राज्यव्यवस्थाको उत्पीडनमा परेका वर्ग, लिङ्ग र समुदायमाथि गरिएको हो । यसका निम्ति अहिले पक्ष र विपक्ष भएर एउटै मोर्चा कसेर अघि बढिरहेका छन् । अहिले ठूला राजनैतिक हैसियत बोकेका स्वघोषित दलहरू हिजो प्रतिक्रियावादी सत्तामा पनि रहेका थिए, जसले आज वर्गचरित्र समन्वय गरेर पुरानो सत्ता बचाउन खेल खेलिरहेका छन् । यिनीहरूले आम नेपाली जनताको हितमा काम गर्नेवाला छैनन् । आफ्नो स्वार्थका निम्ति यति बेला दुश्मनले सिमानामा दिउँसै जङ्गे पिल्लर काँधमा बोकेर दौडिरहँदा चुपचाप रमिता हेरिरहेका छन् । देशमा खुलेआमरूपमा विस्तारवादी संस्कृतिलाई संसद्वादी राज्यव्यवस्थाले संरक्षण गरिरहेको छ । सिमाना नजिकका जनतामाथि कत्लेआम गरिरहेको छ । मधेशवादी भनिने राजनैतिक सञ्जालहरू विस्तारवादको ज्यालामा नेपाली भूमिमा राजनैतिक व्यवसाय खुलारूपमा गरिरहेका छन् । मधेशी जनताको मुक्तिका लागि जस्तोसुकै कदम चाल्ने राजेन्द्र महतो, महन्थ ठाकुर र भारतीय नागरिक अमरेशकुमारहरू आप्mनो सत्ता आएमा मधेशका दलितका लागि कुवा बनाउने उद्घोष गरेर मधेश मुक्तिका सपना देखिरहेका छन् । यो फासीवादीहरूको फासीवादी चरित्रमा आधारित संसदीय व्यवस्थाको घृणित खेल हो । यहाँको मौलिक संस्कार, संस्कृति, रीतिरिवाज र भाषालाई अधिकार सम्पन्न बनाउँदा देश टुक्रिने तथा आपूm मरेपछि अस्तुसम्म झिकेर भारतीय भूमि काशीमा लगेर बगाउँदा स्वर्ग जाने संस्कृतिले के नेपाल र नेपाली स्वाधीन हुन सक्छन् ? काशीमा बग्ने पानीको मुहान नेपाली पहाड–पर्वतमा छ । त्यसकारण नेपालका संसद्वादीहरू कसरी नेपाली हुन सक्छन् ? पुरानो सत्ताको हैकम चलाउने एकात्मकवादीहरू यहाँका साधन–स्रोतमा आपूm मात्र रजाइँ गर्ने षड्यन्त्र गरिरहेका छन् । यदि यो दलाल वर्गले नेपाल र नेपालीको हितमा काम गर्छ भने हिजो उसको एकछत्र एकल जातीय वर्गीय शासनसत्ता हुँदा कसले रोक्यो ? आज पनि उनीहरू आप्mनो नतावाद–कृपावादलाई भाग्यको खेलमा चलाइरहेका छन् । यसले समग्र नेपालीको विकास हुन दिँदैन । यसले राष्ट्र र राष्ट्रियताको हित पनि हुँदैन । उनीहरू राष्ट्रवादी हुन् भने किन तत्पर हुँदैनन् यहाँको राष्ट्रियताको विकास संरक्षणका लागि ? स्वदेशी उत्पादनलाई टेवा पु¥याउने विभिन्न उद्योगधन्दा र कलकारखानाहरू किन ध्वंश भए ? हिजो महाकालीलाई विस्तारवादी सामु सुम्पनेहरू, सरकारमा पुग्दा प्रशान्त महासागरमा नेपाली ध्वजावाहक पानीजहाज चलाउनेहरू किन नेपाली जलस्रोतलाई विस्तारवादको पञ्जाबाट मुक्त गर्न चाहँदैनन् । हावाबाट बिजुली निकाल्ने गफाडी सरकारमा हुँदा असारमा किन १४ घण्टा लोडसेडिङको सामना गर्छन् नेपाली जनता ? यी घटनाक्रमबाट यिनीहरूको वर्गचरित्र, राष्ट्रवाद र संसदीय व्यवस्था प्रष्ट छ । माक्र्सले भनेका छन् ः ‘क्रान्तिकारी आचरण जसमा आत्मपरक र वस्तुपरक तŒवहरूका सिद्धान्त र व्यवहारको एकता स्थापित गरिन्छ । क्रान्तिकारी गतिविधिमा स्वयम्लाई बदल्नु र परिस्थितिमा परिवर्तन दुवै क्रिया साथसाथै जारी रहन्छ । लेखकहरूले अवश्य पनि कमाउनुपर्छ जसबाट ऊ बाँच्न र लेख्न सकोस् तर ऊ कुनै पनि हालतमा यसका निम्ति बाँच्नु र लेख्नु हुँदैन कि उसले कमाउन सकोस् ।’ यसरी नै नेपाली समाजमा परिवर्तनका विषयहरूलाई बदल्नुको सट्टा निषेध गर्ने काम भइरहेको छ । हाम्रो देशको संसदीय व्यवस्था यतिखेर समाज परिवर्तन, जनअधिकार, उत्पीडित र श्रमिक वर्गको मुक्तिका निम्ति नभई पुरानै वर्गका सीमित सामन्ती वर्गको मात्रै कमाउने ठाउँ बनेको छ । यस्तो ठाउँलाई बचाउन मुख्य गरेर कलम चलाउन सक्ने लेखक, पत्रकारहरूले भूमिका निर्वाह गरिरहेका छन् । त्यो भूमिकाले कलम चलाउनेहरू पनि कमाइरहेका छन् । यति बेला हाम्रो कलम राष्ट्र, राष्ट्रियता, जनमुक्ति, उत्पीडित र ऐतिहासिक श्रमजीवी वर्गको पक्षमा चल्नुपर्दछ जहाँ पुरानो वर्गको चरित्र बचाउन र संसदीय व्यवस्थाको संरक्षणमा होइन । अहिले सङ्घीयताविरोधी काम मरेपछि अस्तु नै भए पनि काशीमा पु¥याउने वर्गले गरिरहेका छन् भने सङ्घीयतावादी भन्नेहरू पनि एउटै मात्र जातिको राज्य हुनुपर्ने भ्रममा छन् । यसले के सिद्ध गर्दछ भने उत्पीडित जनतालाई अधिकार सम्पन्न बनाउने सङ्घीयता पुरानो एकात्मकवादी चिन्तनबाट माथि उठ्न दिएको छैन । काशीमा अस्तु पु¥याउने र एकल जातिवादी सङ्घीयता चाहनेहरूबीच केही पनि भिन्नता देखिँदैन । पुरानो वा नयाँ जुनसुकै भए पनि एकात्मक राज्यव्यवस्थाले नेपाल र नेपालीको हित गर्दैन । हाम्रो सङ्घीयताले राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व गर्न सक्नुपर्दछ । अहिले आपूmलाई शिक्षित, सभ्य र निपुण ठान्ने काशीवादीहरूले अढाइ सय वर्षसम्म एकछत्र एकात्मकवादी शासन सञ्चालन गरेर नेपाल र नेपालीलाई के–के दिएका छन् ? उनीहरूले दिएका छन् त केवल बेरोजगारी, गरीबी, पछौटेपन, परनिर्भरता र सामाजिक द्वन्द्वजस्ता समस्याहरू । यसको हल गर्न सङ्घीय राज्यव्यवस्था एक चरणसम्म महत्वपूर्ण बन्नु जरुरी छ, जसले राष्ट्रियताको मुक्ति गर्न सकोस् । अहिले हिजोका एकात्मकवादीहरू यो तर्क गर्दछन्– उत्पीडित जाति, वर्गलाई समावेशी बनाउँदा गुणस्तर घट्न गयो । यदि त्यसो हो भने अढाइ सय वर्षसम्मको एकात्मकवादीहरूको गुणस्तर र राष्ट्रको अहिलेको अवस्था नै हो त उपलब्धि ? आज हरेक नेपालीले विदेशीको भरमा बाँच्न बाध्य हुनु परेको छ । एकात्मकवादीहरूको यो देशमा भएको उपलब्धि भनेको मानवमाथि जघन्य अपराधबाहेक अरु केही पनि छैन । यति बेला काशीवादीहरू संसदीय व्यवस्थामा सरकार, सत्ता र प्रतिपक्षको भूमिकामा रहेर दलालीका निम्ति राजनैतिक आवरणमा क्रियाशील छन् । आजसम्म पनि भाग्यको दर्शनमा टेकेर नातावाद–कृपावादको आधारमा राज्यसत्ता सञ्चालन गरिरहेका छन् भने उनीहरू नै गुणस्तरको कुरा लाज ढाक्नको निम्ति गरिरहेका छन् । विकासको मूल आधार शिक्षा र स्वास्थ्यजस्ता महŒवपूर्ण कुरालाई हिजो गुरुकुलमा कैद गरेर जजमानका निम्ति दुरूपयोग गरेका थिए । आज आएर उनीहरूले व्यापारका रूपमा सञ्चालन गरिरहेका छन् । यो गतिविधिले काशीवादीहरूमा नेपाल र नेपालीको माया नभई काशीको माया भएको पुष्टि गर्दछ । लामो समयसम्म ऐतिहासिक श्रमजीवी वर्गलाई श्रमको मूल्यबाट वञ्चित गरे । शिक्षा, स्वास्थ, राजनीति, सामाजिक, सांस्कृतिकलगायतका क्षेत्रमा प्रतिबन्ध लगाएका थिए । जति बेला उद्योगधन्दा र कलकारखानाको विकास भएको थिएन, त्यति बेला सिङ्गो राज्यका निम्ति उत्पादनको कार्य श्रमजीवी वर्गले गरेको थियो । समय परिवर्तन सँगसँगै श्रमिक वर्गमा चेतना स्तर बढ्न थालेपछि उत्पादनका कामलाई नै ध्वंश गरे । यो कार्य काशीवादी सामन्ती वर्गले आफ्नो लाज छोप्नका लागि गरेको थियो, जसको परिणामस्वरूप नेपाली समाज उत्पादनविहीन हुँदै पराधीन बन्न पुग्यो । आज आएर ऐतिहासिक श्रमजीवी वर्गलाई अशिक्षित ठान्दै दलित उपमा दिएर प्रतिक्रियावादीहरूले गोहीको आँशुजस्तो आरक्षणको बहानामा संसदीय व्यवस्था टिकाउने कुटिल षड्यन्त्र गरिरहेका छन् । अब ऐतिहासिक श्रमजीवी वर्गले आरक्षणको निम्ति होइन, काशीवादी दासत्वबाट नेपाली समाजलाई स्वतन्त्र बनाउने मुक्ति अभियानमा क्रियाशील हुनु जरुरी छ । यसका निम्ति हामीले काशीवादीहरूको दलाल सामन्ती चरित्र, हिजोको असली हिन्दुस्थान बनाउने योजनाको नक्कली राष्ट्रवाद तथा यो वर्ग र अभियानका निम्ति मन्दविषका रूपमा क्रियाशील संसदीय व्यववस्थाको समूल अन्त्य गर्न नयाँ सङ्घर्षको थालनी गर्नुपर्दछ । जसले मौलिक नेपाली जनसत्ताको निर्माण र स्वतन्त्र, स्वाधीन र समृद्ध समतामूलक नेपाली समाज निर्माण गर्नुपर्दछ ।