केहि समय यता पूर्वमा आत्महत्याको शृंखला बढ्दो छ । किन यसरी तीव्र गतिमा फैलिरहेको छ ? यो सोच्नै पर्ने विषय वन्न पुगेको छ । सामान्यतयाः कुनै कारणबाट उत्पन्न मानसिक पीडा वा यातनाबाट उन्मुक्तिका लागि मानिसले देखेको उपयुक्त बाटो र उपाय नै आत्महत्या हो । विभिन्न कारणबाट आत्महत्या गर्नेहरूको संख्या दिन प्रतिदिन बढ्दै छ । यसरी दर्दनाक रुपमा वढिरहेको आत्महत्याको विषयमा भने गम्भिर अनुसन्धान र कारण खोज्नु जरुरी छ । त्यो सँगै आत्महत्या रोक्ने सामाजिक सचेतना पनि जोगाउँनु पर्ला । अहिले दैनिक जसो भईरहेको आत्महत्या रोक्न वा हत्याको कारण खोज्न किन तदारुकता छैनन सम्वन्धीत निकाय ? किन खोजिदैन आत्महत्याको कारण ? यो विषयमा प्रहरी प्रशासनले ध्यान दिउन । आजको हाम्रो परिवेश मानसिक स्वास्थ्यप्रति संवेदनशील छैन ।
सामान्य उदाहरणका लागि टाउको दुख्यो भने चिकित्सककहाँ गइन्छ, मन दुख्यो या तनाव भयो भने कहाँ उपचार गर्न जाने ? यस्तो द्विविधामा मानिसहरू छन् । त्यसका कारण सचेतना फैलाउँनुको विकल्प छ त ? यस विषयमा प्रचारप्रसारको समेत अभाव खड्कीएको पक्का हो । आत्महत्याको कारण खोज्दै वाहिर ल्याउँने हो भने समाजमा हुने यो घट्ना केहि हद सम्म कमि आउँने देखिन्छ । जब मानिसले आफ्ना समस्याहरू गुम्साएर राख्न थाल्छ, या त्यो समस्याबाट आफू कमजोर भएको महसुस गर्न थाल्छ र तत्कालीन रूपमा समस्याको निकास भेट्दैन, उसैले आत्महत्या रोजिरहेको छ । वर्षेनी वढ्दै गईरहेको आत्महत्याको कारण नखोजी प्रहरीले ढड्डामा तथ्याक मात्र राख्ने हो भने यो क्रम अझै दर्दनाक हुदै जाने पक्का छ । मानिसले जुनबेला आफ्नो जीवनमा नमीठो महसुस गर्छ, त्यसबेला ऊ चिन्ता र पीडाको सागरमा डुबुल्की मारिरहेको हुन्छ । आत्महत्याको मुखमा पु¥याउने मात्र पनि चिन्ता नै हो ।
यस्ता घटनाका पछाडि मुख्यतयाः पीडा, चिन्ता र दुःख नै भेटिन्छ । तर, यसको राम्रो अध्ययन गरी रोकथाम गर्ने व्यवस्था भने कतै छैन र देखिएको छैन यो अत्यन्तै आवश्यक छ । कतिपय घट्ना गरीवीका साथै हिंसाका वढ्दो छ । आत्महत्याको विषयलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन । राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकाले यस्तो भयावह स्थिति आएको हो भन्न सकिन्छ । तसर्थ राज्यले आत्महत्याको कारण खोजी प्रचार प्रसारमा ध्यान दिनु पर्ने देखिन्छ । समाजमा सचेतनाका कार्यक्रमहरु ,नाकटहरु देखाएर पनि केहि हद सम्म रोकिएका कि । विश्व स्वास्थ्य संगठनको एक अनुसन्धानमा सबैभन्दा बढी आत्महत्या गर्ने मुलुकहरूमा नेपाल आठौं स्थानमा रहेको छ । नेपालमा आत्महत्याविरुद्धको राष्ट्रिय नीति नै आवश्यक रहेको र ग्रामीण तहसम्मको कार्यान्वयन र सामुदायिक सक्रियतामा यो न्यूनीकरण हुन सक्छ । आत्महत्याका विभिन्न कारणमध्ये राष्ट्रले जनतालाई न्यूनतम शिक्षा, स्वास्थ्य र गाँसबासको सुविधा दिलाउन नसक्नु पनि हो । आत्महत्याजस्तो जघन्य अपराधपूर्ण बाटो समाउन पुग्छ । त्यति बेला उसलाई आवश्यक परामर्श उपलब्ध गराउने र जीवनका अप्ठ्यारा बाटाहरूमा निभर्यका साथ हिँड्न दृढ मनोबल प्रदान गर्न सक्ने हो भने आत्महत्या रोकिन सक्छ । त्यस कारण आत्महत्या भएको ठाउँमा के कारणले उनले हत्या गरे यसको गम्भिर अनुसन्धान ,अध्यान गरेर अन्य ठाउँमा हुन सक्ने यो जघन्य अपराध रोक्न राज्यले महत्वपूर्ण भुमिका खेल्न जरुरी छ ।
आत्महत्यालाई रोक्न सक्दैनौं होला तर रोकथामका लागि भने ध्यान दिनु जरुरी देखिन्छ । एउटा, आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको मनोपरामर्शको माध्यमबाट निदान गर्ने प्रयास गनु पर्छ । यसका लागि विशेषगरी घरका सदस्य र अविभावकहरू सचेत हुनुपर्ने नितान्त आवश्यक हुन्छ । आत्महत्याका बारे नेपालमा निकै कम सामग्री भएपनि प्राप्त केहि तथ्यांकहरूबाट केही निष्कर्ष भने निकाल्न सकिन्छ । नेपालमा विगत वर्षहरूमा दर्ता भएका आत्महत्याका संख्यालाइ तुलानात्मक अध्ययन गर्ने हो भने बषेनी झण्डै आत्महत्या बढ्दै गएको पाइन्छ । आत्महत्या गर्नेहरु प्राय झुण्डिएर मर्ने गरेको देखिएको छ । पुरुषहरू आत्महत्याको क्रममा बढी कठोर तरिकाको प्रयोग गर्दछन – जस्तै झुण्डिने, हतियार को प्रयोग गर्ने । महिलाहरू भने प्राय विष सेवन गर्ने, पानीमा डुब्ने गरेको विभिन्न तथ्याकले देखाएको छ । प्रहरी तथ्याक हेर्ने हो भने लागूपदार्थ दुव्र्यसनको उपचार दुव्र्यसनीहरूमा आत्महत्याको दर बढी छ । डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ ।
यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरिक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ । विकसित मुलुकहरूमा आत्महत्याको रोकथामका संगठनहरू खोलिएका छन् । यी संगठनहरू आत्महत्यागर्न खोज्ने व्यक्तिलाई भावनात्मक सहायता दिनुका साथै सो व्यक्तिको समस्याको पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधानको लागि पहल गर्दछन् । त्यस्तै यदि आत्महत्यातर्फ उन्मुख भएको व्यक्ति कुनै मानसिक रोगले ग्रसित छ भने उसको रोगको उपचारको लागि बाटो देखाइदिने या पहल कदमी गरिदिने पनि गर्दछन् । त्यस्तै क्षेत्र क्षेत्रमा रोकथामको संगठनहरु विस्तार गरी आत्महत्या रोक्न सरकारी पक्षबाट पनि पहल होस । र प्रहरी प्रशासनले पनि आत्महत्याको कारण खोजी न्यूनिकरणमा जनस्तर सम्म पहल गरुन ।