हाइकिङ (पदमार्ग) नेपालीमाझ भित्रिएको पछिल्लो संस्कृति हो । सेतो छाला भएकाहरूले गर्ने संस्कृतिको रूपमा बुझिने हाइकिङ अहिले नेपालीमाझ पनि विस्तार भएको छ । पछिल्लो समय नेपालीहरू पनि फुर्सद्मा हाइकिङ गर्न रुचाउँछन् । स्वास्थ्यको दृष्टिकोणले उत्तम हुने भएकाले पनि हाइकिङप्रति नेपालीको आकर्षण बढ्दै गएको छ ।
अर्काे तर्फ प्रकृतिसँग नजिक हुन पाउँदा मनै आनन्दित हुने भएकाले पनि हाइकिङप्रति नेपालीको मोह जाग्न थालेको हो ।नेपालमा यस्ता समूहहरू छन् जसले हाइकिङलाई प्रवद्र्धन मात्रै गरिरहेका छैनन्, त्यसका लागि ग्रामीण पर्यटन र कृषि–पर्यटनको सम्भावनालाई पनि उजागर गरिरहेका छन् । ग्रामीण पर्यटनसँग प्रत्यक्ष सम्बन्ध रहेको हाइकिङलाई नेपालले पनि ‘क्यास’ गर्न सक्यो भने भविष्यमा सेता छाला भएकाहरूलाई अभैm धेरै भित्र्याउन सकिने तर्क हाइकिङविज्ञहरूको छ । हाइकिङलाई प्रवद्र्धन गर्ने प्रकृतिप्रेमी समूह काठमाडौँमा छ जसले हाइकिङलाई प्रवद्र्धन मात्रै गरिरहेको छैन, ग्रामीण पर्यटनलाई जोड्ने प्रयास गरेको छ ।
यही टोलीले यसै साता धरानमा तीनदिने हाइकिङको आनन्द लियो । यो टोलीले नेपालमा हालसम्म ११७ वटा नियमित हाइकिङ पूरा गरिसकेको छ भने अनियमित हाइकिङ तीन सयभन्दा बढी गरिसकेको छ । हरेक महिनाको अन्तिम साता र हरेक तीन वा छ महिनामा तीनदिने हाइकिङका लागि राजधानीबाट बाहिरिन्छ यो टोली । वर्षमा एकपटक सातदिने ट्रिपमा निस्कन्छ । हाइकिङ जानुको अर्थ खुलाउँदै सदस्य कपिल साही भन्छन्, ‘हाइकिङ स्वास्थ्यको लागि मात्रै हैन, ग्रामीण पर्यटनको आधार पनि हो ।’धरानमा पनि हाइकिङ गर्ने यस्तै टोली छ जो हरेकपटकको हाइकिङलाई सार्थक बनाउन अपाङ्ग, असहाय, एकल महिला र गरीबीको चपेटामा परेका परिवारलाई सहयोग गर्ने उद्देश्यले हिँड्ने गरेको छ । ‘धरान हाइकिङ’ जो धरानको प्रकृतिसँग रम्दै सहयोगको लागि हिँड्ने गर्दछ । प्रकृतिप्रेमी समूहका हाइकर्सहरूलाई यसपटक यो टोलीले धरान, वसन्तटार, दानाबारी हुँदै नाम्जे, त्यहाँबाट पुनः डाँडाबजार हुँदै राजारानीसम्म पु¥यायो ।
त्यस क्रममा धरान–२० को वसन्तटारमा एकल महिला नीरमाया लिम्बू राईलाई साढे ७ हजार रुपैयाँसमेत प्रदान ग¥यो । नगद सहयोग गर्नुको उद्देश्यबारे धरान हाइकिङका पथप्रदर्शक गोपाल राईले भने, ‘उहाँको जीवन सहज होस् भनेर साढे ७ हजार रुपैयाँ सहयोग गरेका छौँ । कृष्ण राईको निगरानीमा सानो कुखुरा फार्म खोलिदिनुहुन्छ ।’सहयोग पाएर एकल महिला लिम्बू पनि खुशी देखिइन् । धरान हाइकिङले प्रकृति समूहलाई विजयपुरको धार्मिक स्थलहरू घुमाउँदै वसन्तटार पु¥याएको थियो जहाँ कृषिविज्ञ मदन राई पनि सहभागी थिए । उनले ‘नेपालमा कृषि मात्रै पर्यटनको आधार हुन सक्छ’ भनेर बताइरहँदा कृषकहरू चाख मानेर सुनिरहेका थिए ।
कृषिलाई अग्र्यानिकसँग जोडेर पर्यटन विकास गर्नुपर्ने सुझाव उनले दिए । वसन्तटार २०६७ सालदेखि विषादि र रासायनिक मलमुक्त क्षेत्र हो । झण्डै ३० रोपनी जग्गा अहिले विषादि र रासायनिक मलरहित छ जहाँ अग्र्यानिक तरकारीहरू उत्पादन हुन्छन् । ‘यसलाई बेच्ने मात्रै हैन, खान बोलाउने वातावरण यहाँका कृषकहरूले नै बनाउनुपर्छ ।’ कृषिविज्ञ राई कृषकहरूलाई भन्दै थिए ।वसन्तटारको अग्र्यानिक उत्पादनलाई प्रोत्साहन दिइरहेका कृषक कृष्ण राईले पनि आगामी योजना त्यस्तै रहेको बताए । उनले १५० घरधुरी रहेको वसन्टारलाई पूर्ण अग्र्यानिक क्षेत्रका रूपमा अघि बढाइरहेको बताउँदै अबका दिन खान बोलाउने गरी अग्र्यानिक होटल सञ्चालनको अवधारणा रहेको बताए । प्रकृतिप्रेमी समूह र धरान हाइकिङको टोलीसँग उनी पनि नाम्जेसम्मको हाइकिङ यात्रामा मिसिए ।
हाइकिङमा निस्कनुपूर्व सबै हाइकर्सहरूलाई अग्र्यानिक खाजाको व्यवस्थासमेत गरिएको थियो । त्यही अग्र्यानिक खाजालाई होटलको परिकारका रूपमा विकसित गर्न सके ग्रामीण पर्यटनसँगै कृषि–पर्यटन अघि बढ्ने कृषिविज्ञ राईले बताए ।हाइकिङबाट आनन्द लिन जान्नुपर्ने तर्क कपिल साही गरिरहेका थिए । समूहका सदस्य उनी सातदिने ट्रिपमा रारातालसम्म पुगेका थिए ।
‘हामी वर्षमा एकपटक यस्तो ट्रिपमा निस्कन्छौँ ।’ उनले भने । यो टोली र धरान हाइकिङ वसन्टारको बाटो भएर दानाबारी हुँदै नाम्जे पुगेका थिए जहाँ मगरहरूको सांस्कृतिक नाच हुर्रा र त्यहाँको होमस्टेको आनन्द लिएका थिए । प्रकृतिप्रेमी समूहका ३६ जनासहित धरान हाइकिङको टोली त्यहाँ पुगेको थियो । नाम्जे पछिल्लो समय होमस्टे र हुर्रा नाचका कारण प्रख्यात छ । नाम्जेलाई सीएनएनले विश्वका उत्कृष्ट १० गन्तव्यहरूमा राखेसँगै यसको महŒव थप बढेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू जान रुचाउँछन् तर यसलाई थप व्यवस्थित गर्न सकेमा यहाँको पर्यटनको आधार नै हुर्रा र होमस्टे हुने सेवक अभियानका अभियन्ता राजीव हलुवाई बताउँछन् ।हाइकिङको टोलीलाई नेतृत्व गरेको सेवकको तीनदिने कार्यक्रमअन्तर्गत दुई दिन पदयात्रा थियो ।
पहिलो दिन आहार–विहार तथा विचारसम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । हाइकिङको सम्भावना पूर्वमा प्रशस्तै रहेको पर्यटन पत्रकार अमृत भादगाउँले बताइरहेका थिए । पूर्वमा घुम्नलायक स्थानहरू प्रशस्तै छन् । त्यसलाई थप परिचित बनाउन हाइकिङ टोलीहरूले थप मद्दत पु¥याउन सक्छन् । हाइकिङमा प्रकृतिसँग लुकामारी खेल्न जति आनन्द आउँछ, त्योसँगै खुल्ला श्वास लिने अवसरका कारण शारीरिक तन्दुरुस्ती पनि आउने गरेको प्रकृतिप्रेमी समूहकै अध्यक्ष डा. उमेश श्रेष्ठ बताउँछन् ।हाइकिङमा जाँदा विभिन्न संस्कृति, रीतिरिवाज, भाषा जान्ने मौका प्राप्त हुन्छ जसले ग्रामीण पर्यटनलाई बढाउन सहयोग गर्छ । त्यस्तै प्रकृतिको नियमभित्रै रहेर मानवले काम गरेमा स्वस्थ रहने र निरोगी भइने उनी बताउँछन् । हाइकिङ जानुको अर्को अर्थ भनेको प्रकृतिसँग नजिक हुँदै तीव्र शहरीकरणबाट मुक्त हुने तयारी पनि हो ।