संसारको सबैभन्दा सम्पन्न देशका रूपमा विकसित भएको अमेरिकामा आजको २१ औँ शताब्दीको सभ्य समाजमा संसारकै मुलुकहरूबाट ‘मूर्ख’ को संज्ञा पाउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुगेका छन् । योभन्दा लज्जास्पद विषय के हुनसक्छ ? संसारलाई शासन गर्ने दम्भ पालेको मुलुक हो अमेरिका । त्यही मुलुकमा मूर्ख व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन पुग्नु निर्वाचन पद्धतिकै उपहास होइन भनेर कसरी भन्ने ? मूर्ख व्यक्तिको संज्ञा पाएका डोनाल्ड ट्रम्पले अमेरिकामा आफ्नो मूर्खता प्रदर्शन गरिरहेको साता दिन नबित्दै कोरियाली भूमिमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरिएको छ ।

यो परीक्षणले साम्राज्यवादी अमेरिकालाई निश्चय पनि झस्काएको हुनुपर्दछ । विश्वको सबैभन्दा ठूलो ‘सहारा’ मरुभूमिले घेरिएको अफ्रिकी मुलुक लिविया जुन बेला सङ्कटमा थियो, पश्चिमा र युरोपेली मुलुकहरूलाई लिवियाली जनताको दुर्दशाप्रति वास्ता थिएन । तर, उनीहरूले इण्डोनेशियाका नरसंहारक सुहार्तोलाई पोसिरहेका थिए । जुन बेला इरान र इराक आफ्नै धर्म र संस्कृतिमा रही शान्त र सुखी जीवनयापन गरिरहेका थिए, पश्चिमा र युरोपेलीहरू इस्लाम धर्मलाई सिया र सुन्नीमा विभक्त गराउन केन्द्रित थिए । आज पनि कैयौँ उदाहरणहरू हाम्रा आ“खाअगाडि छन् । जस्तोः पू“जीवादी दृष्टिमा विश्वका देशभक्त नेताहरू किम जोङ उन, अहमदिनेजाद, ह्युगो चाभेज, मोरालेसहरू खराब मानिन्छन् तर नरेन्द्र मोदी र लालु यादवजस्ता राजनीतिका हास्यपात्रहरू ठीक मानिन्छन् ।

बेलायत, अमेरिका तथा युरोपेली राष्ट्रहरूले प्राकृतिक तेल भण्डारहरू प्रयोग गर्नका लागि कठपुतली सरकार बनाएर लिवियालाई लङ्गडो बनाइरहेका थिए, जनता मौन थिए । सिङ्गो राजनीति सोभियत र अमेरिकी धुरीमा विभक्त थियो । सेनाका कर्णेल मोअम्मर गद्दाफीले केही सहयोगीका भरमा सत्ता कब्जा गरेथे । सेनाका राष्ट्रघाती अधिकारीहरू र राजनीतिक दलका नेताहरूलाई कैद गरे । त्यो बेला ‘कङ्गाल महादेश’ भनेर चिनिने अफ्रिकी महादेशको लिवियालाई युरोपेली मापदण्डमा पु¥याइछाडेका छन् आज ।

गद्दाफीले पूँजीवादी, साम्राज्यवादीहरूसँग हात मिलाउँदा हातलाई रुमालले बा“ध्थे भन्ने रोचक विषय चर्चित थियो । हाम्रो नेपाललाई त्यस्तै राष्ट्रवादी भावना भएको देशभक्त नेता आवश्यक भएको छ । साम्राज्यवादीका डरलाग्दा धम्की र हस्तक्षेपलाई देशभक्तिपूर्ण अडानले विस्थापित गरिरहेका उत्तर कोरियाली नेता किम जोङ उन र अहमदिनेजादजस्ता साम्राज्यवादीका दृष्टिमा तानाशाह देखिने देशभक्त व्यक्तिको आवश्यकता हाम्रो देशलाई खट्किरहेको छ । सेनाप्रमुख भएर सुहार्तोले अमेरिकी ‘कुकुर’ का रूपमा जसरी इण्डोनिशियामा ४० वर्षे शासन चलाई राष्ट्रिय सेनाभित्र विदेशी शक्तिलाई चलखेल गर्ने मौका दिए, त्यस्तै डरलाग्दो अवस्थाको सङ्घारमा आज हाम्रो देश नेपाल आइपुगेको छ । सरकारी सेनालाई राष्ट्रिय सुरक्षाका निम्ति फलामे सेना बनाउन र जनताको मनोभावनालाई देशभक्तिपूर्ण अभियानमा केन्द्रित गराउन पनि आज नेपाल र नेपाली जनतालाई देशभक्त शासकको खाँचो छ ।

तीनतिरबाट भारतवेष्ठित मुलुकका रूपमा रहेको हाम्रो देशको राजनीति, सुरक्षा र अर्थ–व्यवस्थालाई दिल्लीवेष्ठित बनाउने भयानक खेलहरू क्रमशः भइरहेका छन् । पछिल्लोपटक प्रदेश निर्माण गर्ने क्रममा नेपालभित्रैका राजनीतिक दलहरूबीच कुरा नमिलिरहेको अवस्थामा छिमेकी मुलुक भारतका शासकहरूको मनोकाङ्क्षा पूरा गराउने अभियानमा नेपालका नेताहरू लाग्नुपर्ने बाध्यता देखिएको छ । यस्तो बाध्यता किन आइपरेको हो ? बुझ्न सकिरहेको छैन । नेपाल एउटा सार्वभौम सम्पन्न मुलुक हो वा होइन भन्ने प्रश्न भारतले खडा गरिदिएको छ । यस्तो गम्भीर अवस्था सृजना हुँदा पनि नेपालका राजनीतिक दलका नेताहरू राष्ट्रिय विषयमा एक हुन सकिरहेका छैनन् । नेपाल र भारतबीचका संवेदनशील विषयहरूले नेपालको अस्तित्व र स्वाभिमानमाथि आँच पुर्याउ“छन् । त्यस्तो अवस्थामा नेपालका राजनीतिक दलहरू नया“ दिल्लीको निम्ति सहयोगी बनिदिन्छिन् । यो सबैले देखे जानेको यथार्थ हो ।

आजभन्दा लगभग २० वर्षअगाडि संसद्बाट महाकाली सन्धि पारित गरिएको थियो । त्यो सन्धि पारित गर्न एमाले र काङ्ग्रेसबीच अभूतपूर्व एकता देखिएको थियो । महाकाली सन्धि पारित भएपछि मुहान कुन हो भन्ने किटान नभइसकेको सिङ्गो महाकालीमाथि अधिकार जमाउने अवसर भारतले पायो । टनकपुर सन्धिमार्पmत् गिरिजाद्वारा पुच्छर त भारतलाई सुम्पिइएकै थियो, यो सन्धिपछि महाकाली पूरैमा उसको अधिकार स्थापित भयो ।

त्यत्तिले मात्र पुगेन, ४० लाख भारतीय आप्रवासीलाई त्यही बेलादेखि तुरुन्त नेपाली नागरिकता दिलाउने बाटो खुलाऊ भनेर नया“ दिल्लीले दिएको आदेश कार्यान्वयन गर्न माओवादीको दशवर्षे सशस्त्र युद्ध र १६ हजार नेपाली जनताको रगत बगाउनुपर्ने बाध्यता नेपाली जनतालाई किन आइप¥यो ? यसो भनिरहँदा आमूल रूपान्तरणको सपना देखेर रगत बगाएका वीरयोद्धाहरूको अवमूल्यन गरेको नठानियोस् । तथापि काङ्ग्रेस र एमालेले भारतीयहरूलाई आप्रवासीका नाममा नागरिकता दिन गरेको प्रयासलाई १० वर्षको सशस्त्र युद्धपछि शान्तिप्रक्रियामा आएको माओवादी सम्मिलित सरकारको सहयोगमा सार्थक तुल्याइयो । त्यसैका आडमा नेपाललाई खण्डित गर्ने भूमिकामा भारत ज्यान छोडेर लागेको छ । आज समग्र तराई क्षेत्रलाई मधेश राष्ट्रका नाममा अलग गराउने भूमिकामा छिमेकी देश भारत नाङ्गो रूपले लागिरहनुबाट हामी कुन धरातलमा रहेछौँ भन्ने स्पष्ट भएको छ ।