विषय प्रवेशः
ठूलो भू-भाग ओगटने विकसित देशहरुको लागि ६ लेनको सडक त्यति ठूलो होइन।अर्ध विकसित मुलुक जसको पूरै शिर हिउँले ढाकेको छ, बिच पहाडी क्षेत्र भीर पखेराले ढाकेको छ।त्यस्ता मुलुकको लागि ६-लेनको बाटो ठूलो हो। हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई त्यहाँ उत्पादित अन्न बालीले मुस्किलले ३ महिना धान्न गाह्रो हुन्छ भने पहाडी क्षेत्रको उत्पादनले ६ महिनाभन्दा बढी धान्न सक्दैन।सरकारले जनतालाई ६-लेनको सडकको सपना देखाएर- के उनीहरुको जिवनस्तर बढ्ला ? बसाई सराई र युवाहरु विदेशिने क्रम बन्द होला ? साच्चै भन्ने हो भने पहाड र हिमाल क्षेत्रका हामी नेपालीहरुलाई ६-लेनको सडकभन्दा रोजी रोटीको आवश्यकता बढी पर्छ जुन आजसम्म नेताहरुको भाषण र कागज मै सिमित छ।
सडक निर्माणको विषयमा कुरा गर्दा अवको समयमा आधुनिकिकरणलाई अस्वीकार गर्न सकिदैन । त्यसकार नयाँ सडक बन्नै पर्छ ।सडक आधुनिकिकरणको एक सुत्रधार हो त्यस कारण सडक बन्नु पर्छ तर जनतालाई घरबार विहीन बनाएर होइन। तर विगतका सरकारहरुले बेलैमा सकरात्मक सोच नपुर्याएको र नोकरशाहीहरुको अदुरदर्शिता, उनीहरुको सोचँको गलत कारण आज उपभोक्ता र सरकार दुवै पक्षले गम्भीर समस्या भोगिरहेका छन्।यो समस्या एक ठाउँमा मात्र नभई मुलुकभर छ र यो समस्याको जड पछिसम्म रहेछ जबसम्म राष्ट्रिय नेता र नोकरशाहीको सोँचमा बदला आउँदैन।उदाहरणको लागि भनौ काकडभिट्टाबाट काठमाडौ जाने राजमार्ग धरान नजिक हुँदै कोशी पार गर्नु पर्नेमा धरानकै केही पुराना राजनीतिज्ञहरुले आफ्नो स्वार्थ पूरा गर्न सडक बङ्याएर अपायक ठाउँ कोशी व्यारेज माथिबाट लगेका छन्। कोशी व्यारेज त भारतको स्वामित्वमा छ ।कोशी व्यारेज निर्माण हुनुको कारण भारत विहारको ठूलो भू-भाग सिंचाई गर्न र वर्षेनी कोशीको वाढबाट विहारको ठूलो भू-भागलाई डुवानबाट बचाउँन निर्माण गरेको हो,व्यारेज पुल होइन।
कोशी राजमार्ग तथा जोगवनी धरान धनकुटा हिले सडकः-
नेपाल सरकारले राष्ट्रिय राजमार्गको मापदण्ड ६-लेन तथा २ सय ५ फिट चौडाई र सहायक राजमार्गको मापदण्ड ४-लेन तथा ० सय ४१ फिट चौडाई तोकेको छ। हालसम्म सरकारले जोगवनीबाट धनकुटा हिले बजारसम्मको सडक कोशी राजमार्ग तथा राष्ट्रिय राजमार्ग ६-लेनको तोकेको छ।जोगवनीदेखि दुहवी बजारसम्म सडक निर्माण सुरु भइरहेकोछ, मापदण्ड खोज्दै नेपाल सरकार सडक विभागका कर्मचारीहरु सुनसरीको खनारसम्म आइपुगेका छन्।तर उनीहरुले अहिलेसम्म सरकारले तोकेको २ सय ५ फिटको मापदण्ड कयौ ठाउँहरुमा तोके बमोजिमको मापदण्ड कायम गर्न सकेका छैनन्।उदाहरणको लागि दुहवी बजारलाई ९१ फिट कायम गर्न खोजिएको छ कारण तोकेको मापदण्ड अनुसार सडक निर्माण हुँदा दुहवी बजार पूरै विस्थापित हुने छ भने बजारवासीहरुले वैकल्पिक सडक पनि निर्माण गर्न पनि दिई रहेका छैनन, उनीहरुलाई संसद विजयकुमार गच्छदारको सहयोग पाइरहेका छन्। इटहरी उप-महानगरपालिकाको अवस्था पनि यस्तै छ, विशेष गरी मुल बजार एरियामा।सडक विभागको अनुसार २०७६ सालभित्र जोगवनीदेखि इटहरीको तरहरासम्म कोशी राजमार्ग सम्पन्न गर्ने योजना छ त्यसपछि चारकोशे जंगल छिचोल्दै धरान उप-महानगरपालिकालाई विस्थापित हुनबाट जोगाउँन सेउती नदीको किनारै-किनार हुँदै बगरकोट,निराजन बस्ती, खत्रीधाराबाट उकालो हुँदै फुस्रेको शिरानमा अवस्थित शिवधाराबाट धनकुटा हिले पुर्याउने योजना छ।
चारकोशे जंगलको इतिहास र कोशी राजमार्गः
यो चार कोशे जंगल(झोडा) लिम्बू तथा लिम्वुवानको सम्पदाको रुपमा रहेको ऐतिहासिक जंगल हो।तर कालान्तरमा इतिहासको फेरबदल र वि.स. ०८३०।४।२२ देखि गोर्खा राज्यको अभिन्न अंग बन्न पुग्यो यो प्राकृतिक तथा ऐतिहासिक जंगल हो। कोशी नदीदेखि मेचि नदीसम्मको भू-भागमा पाइने सखुवा(साल) किंवदन्ती अनुसार ० हजार वर्ष ठाडो र ० हजार वर्ष गाहो(गाडी) २ सय वर्ष उमेर पुगेपछि मात्र आरा काट्न योग्य हुने साल दक्षिण एशियाका मुलुकहरुमा नेपालमा मात्र पाइन्थ्यो। नेपालका घना जंगलहरुमा पाइने सखुवा भारतवर्षमा रेल विकासको क्रममा व्रिटिसहरुले ठूलो मात्रामा प्रयोग गरे र वाँकी रहेका रुखहरु पनि तस्करी तथा चोरी निकासीको कारण नेपालबाट प्राय-प्रायः लोप भइसकेको छ।
वि.स.०९९५ मा चार कोशे जंगलको महिमा र यस जंगलमा पाइने जंगली जनावर, कोशी टप्पुमा पाइने जंगली भैंसी तथा अर्ना, पंक्षी र कोशी नदीमा पाइने माछाको वर्णन सुनेको कारण प्रधानमन्त्री जुद्धसंशेर राणा यहाँ आएका थिए। उनी निकै दिन हाल रामधुनी नजिक डेरा हाली शिकार गरेका थिए कोशी नदीमा माछा मारेका थिए। त्यस अवसरमा धरानको दन्तकाली मन्दीरको पनि दर्शन गरेका थिए। त्यसताका वर्तमान पुरानो बजार प्रधानमन्त्री चन्द्रसंशेरको नाममा नामाकरण गरी चन्द्रनगर राखिएको थियो जुद्धसंशेरले पनि वर्तमान भानुचोकलाई आफ्नो नाममा जुद्धनगर राखे र केही व्यक्तिहरुलाई मुफ्तमा घर बनाउन जमिन दिए।ती मध्ये हाल देशीलाइनमा बसोबास गर्ने माधव खेवा लिम्बूका पिता पनि हुन उनी व्रिटिस सेनाका सुविदार थिए।
चारकोशे(कोश)एक कोश बराबर २ माइल तथा ४ कोश बराबर ८ माइल र ८ माइलको ०२ कि.मि., चौडाईलाई चारकोशे जंगल भनिन्थ्यो।धरान र इटहरी बीचको आँप गाछीसम्म चारकोशे जंगलले ढाकेको थियो।त्यस्तै कोशी नदीबाट पूर्वमा मेची नदीसम्मको करिब ० सय २५ कि.मि.लाई पनि चारकोशे जंगल नै भनिन्थ्यो।उक्त जंगल जंगली हात्ती लगायत ठुला संख्यामा विभिन्न पशुपंक्षीहरुको बासस्थान थियो।ती मध्ये वंगाल टाइगर अर्थात पाटे बाघको संख्या पनि कम थिएन।वि.स.२१११ सम्म यस क्षेत्रमा जंगली जनावरको संख्या अत्याधिक थियो। वि.स. २११७ को आन्दोलन पछि भने पहाडबाट तराई क्षेत्रमा बसाई सराई क्रम बढ्यो। ठूलो संख्यामा तराईमा बसाई सरी आउनेहरु चार कोशे जंगल किनार फाडी बस्न थाले ।हाल सुनसरीको चतरा, महेन्द्रनगर, चक्रघट्टी प्रकाशपुर, भरौल र बकलौरीसम्म जंगलले ढाकेको थियो। मोरङ्ग र झापाको आधा भाग, विशेष गरी उत्तरतर्फ पूरै जंगल पर्दथ्यो जंगल फडानी र वस्ती विस्तारको असर जंगली जनावरमा पर्यो र संख्या घट्न थाल्यो।
वि.स.२००७ मा करिव १२ हजार जनसंख्या बोकेको धरानलाई नगरपालिका घोषित गरियो।त्यसबेलासम्म यो ऐतिहासिक नगरलाई चारै दिशाबाट चारकोशे जंगलले घेरेको थियो।पानमारामा बस्ती बस्न थालेको मात्र थियो।वर्तमान धरान उप-महानगरपालिकाको दक्षिणी क्षेत्र पुरै जंगल तथा जंगली जनावरहरुको चरण स्थल थियो।तीनकुनेबाट व्रिटिस क्याम्पको दक्षिणी गेटसम्म रातमा गाडीमा यात्रा गर्दा कयौ पटक यो पंक्तिकार समेतले बाघले बाटो काटेको देखेका छन् ।चारकोशे जंगलमा बाह्रसिंहे,घोरल, थार,चितल, मृग र बदेल प्रसस्त मात्रामा भेटिन्थ्यो भने कदम-कदममा खरायो भेटिन्थे।तर बस्ती शहरमा परिणत हुनसाथ जंगली जनावरहरुको वृद्धिमा विशेष गरी चोरी शिकारीहरुका कारण कम हुँदै गयो।हिजो आज पनि यस ऐतिहासिक जंगलमा चोरी शिकार गर्ने र धराप थाप्नेहरुबाट बचेका फाटफुट जनावर सिवाय अरु पाइदैन।जंगली हात्ती पनि बेला-बेला भारतबाट आउने गरेको छ।तर सरकारको कडा निगरानीमा रहेको जंगली अर्ना भैसीं र कोशी टप्पुमा रहेका चराचुरुङ्गीहरुले मात्र चारकोशे जंगलको इतिहास थामेको छ।
४ लेनको सडक किन उपयुक्त ?:
पहिलो कुरा त धरान प्राकृतिक तथा भौगोलिक रुपमा साँगुरो अर्थात कमप्याट भू-भाग हो।इतिहासको आरम्भमा सर्दू र सेउती खोलाहरुले थोपारेका बगरमाथि अवस्थित सुन्दर यो उप-महानगरपालिकाको भविष्यमा सब-मेट्रोबाट मेघामेट्रो बन्ने अवस्था छैन। यहाँ ६-लेनको सडक भित्रिदा नगरको वर्तमान सुन्दरतामाथि कुरुप थपिन्छ सुन्दरता थपिदैन भएको सुन्दरता मेटिन्छ।त्यसकारण सब-मेट्रो मै रहँदा यो नगरको सुन्दरतामाथि कुनै आँच आउँदैन।तर यस शहरको सुन्दरता कायम राखिराख्न वर्तमान शहरभित्रका सडकहरुलाई केही फराकिलो र मर्मतसंभार गर्न सके र माकुराको जालो झै टाँगिएका विजुली, टेलिफोन र स्पेशका तारहरुलाई भूमिगत गर्न सके नगरको रुप फेरिनेछ धरान अझै सुन्दर देखिनेछ।अर्को कारण ६-लेनको सडक निर्माण हुँदा जंगली जनावरहरुलाई अति घात पुग्नेछ।यो चारकोशे जंगल बीचमा व्रिटिस क्याम्पले प्रथम चरणमा सिङगल ट्राफिक लेन सडक निर्माण गरेको थियो।वि.स. २०३५ पछि भने २-लेनको सडकमा परिणत गर्यो।सिङगल ट्राफिक लेन हुँदा पनि बाघले बाटो काट्ने क्रममा यो पंक्तिकारको कम्पनीद्वारा संचालित बसहरुमा पटक-पटक ठोक्किदा २ वटा वगिनीहरुको मृत्यु भएको थियो।तर २-लेनको सडक बनेपछि भने बाटो पार गर्ने क्रममा सवारी साधनहरुमा ठक्कर लागी मर्नेको संख्या बढ्न थाल्यो।यस कारण हालको २-लेनको सडक जंगली जनावर तथा साँप, अजिङ्गरको लागि यमलोक सरह बनेको छ।यहाँका संचारमाध्यमहरुले केही दिन अगाडी मात्र प्रकाशनमा ल्याएका थिए सडक पार गर्दा एउटा मृगको मृत्यु भयो।यस्तै दैनिक जसो तीनकुने देखि तरहरा बीचमा कयौं जंगली जनावरहरु मार्ने गरेको छन।
अब सरकारको निर्णय अनुसार तरहराबाट सेउती खोलासम्म मात्र भएपनि ६-लेनको सडक निर्माण गरियो भने जंगली जनावरको मृत्युदर हालभन्दा अधिक वा दोब्बर हुनेछ। सँगसँगै वन विनाश पनि बढ्नेछ।रुख विरुवा रोपेर केही दशकपछि जंगल बनाउन सकिन्छ, तर जनावर मासिएपछि त्यसको पूर्ति हुन सम्भव छैन।त्यसप्रकारको जनावर हेर्न चिडियाखाना नै पुग्नु पर्ने हुन्छ।त्यसकारण ४-लेनको सडक निर्माण भए केही संख्यामा भएपनि जंगली जनावर र पशुपंक्षी आदि सुरक्षा हुनेछन।तर प्राकृतिक वातावरणसित घुलमेल गर्ने, जंगली पशुपंक्षीलाई माया गर्नेहरुको सहयोग बिना प्रकृतिजन्य पशुपंक्षी विनासबाट बच्ने सम्भव छैन। धरान उप-महानगरपालिकाले यो चारकोशे जंगललाई एक विशाल प्राकृतिक चिडियाखाना बनाउनु विशेष कदम चाल्न अनिवार्य देखिन्छ।त्यसतर्फ अब निर्वाचित भई आउने मेयर तथा सदस्यहरुले विशेष पहल तथा ध्यान दिन अत्यन्त आवश्यक देखिन्छ ।अन्त्यमा हामीलाई थाहा छ यस संसारका धेरै प्रकारका जंगली जनावर तथा पंक्षीहरु हामी मानव जातिभन्दा अगाडी देखा परेका हुन् र आज हाम्रो सहयोग बिना उनीहरु अस्तित्व विहीन हुने अवस्थामा छन्।त्यसकारण हामीले तरहरादेखि माथि ४-लेनको सडक बन्नु पर्छ भन्दा धरानको उत्तरआधुनिकिकरण रोकिन्छ र ?