
एमालेको मेची महाकाली अभियान जसरी सप्तरी तर्फ अघि बढ्दै थियो । उसैगरी मोर्चाले कार्यक्रम विथोल्ने लगभग निश्चित थियो । मधेशमा एमालेलाई पस्न नदिने मोर्चाका नेताको चेतावनीलाई वेवास्ता गर्दै जसरी एमालेले आफ्नो शाख जोगाउन कार्यक्रम गरेको थियो ।
त्यसैगरी मोर्चाले पनि आफ्नो शाख जोगाउन ‘जुँगाको लडाई’ को परिणाम सप्तरीको गजेन्द्रनारायण सिंह औगोधिग क्षेत्रमा देखियो । त्यही तनावग्रस्त स्थितिमा बुधबारसम्म चारजनाले अनाहकमा ज्यान गुमाए । घटनास्थलमै टाउँकोमा गोली लागेर सञ्जन मेहताको मृत्यु भइसकेको खबर जसरी मिडियाहरुमा प्रवाह भइरहेको थियो । त्यसरी नै मृत्यु हुने क्रम जारी रहेको समाचारहरु ब्रोडसिटका अनलाइन तथा अन्य अनलाइनहरुमा आइरहेका थिए ।
गोली लागेर स्थानीय राजविराज अस्पतालमा उपचार हुन नसकेका घाइतेहरु धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याउने क्रम जारी थियो । घटना भएको करिव दुई–तीन घण्टापछि घाइतेहरु प्रतिष्ठानको आकस्मिक कक्षमा प्रवेश गरिसकेका थिए । उपचारमा ल्याउने क्रममै बाटैमा ५० वर्षीय पिताम्बरलाल मण्डलको मृत्यु भइसकेको थियो । उनलाई छातीमा गोली लागेको कारणले बच्ने सम्भावना नभएपछि प्रतिष्ठानका चिकित्सकहरुले मृतक घोषणा गरेर आकस्मिक कक्षको प्रवेशद्वार मै राखेका थिए ।
अर्का आनन्द साहको पनि छातीमा गोली लागेकाले उपचारको क्रममा चिकित्सकहरुको सक्दो प्रयास हुँदाहुँदै प्राण त्यागे । त्यसको प्रत्यक्षदर्शी म पनि थिए । तर, जव जव मृतकको संख्या बढ्दै थियो । समाचारहरुमा चारजनाको मृत्यु भएको खबर भाइरल बनिरहेको थियो । त्यही बेला मोर्चामा रहेका केन्द्रीय तहका नेताहरुले काठमाडौंमा आकस्मिक बैठक बस्दै मृतक चार जना रहेको भन्दै दिगाम्बर यादव जो राजविराज ५ का थिए । उनको नाम पनि समावेश गरेर विज्ञप्ति बाहिर ल्यायो ।
मलाई लाग्छ, मोर्चाले मिडियाहरुले दिएको कुरालाई नै आधिकारिक मान्दै विज्ञप्ति निकालेको हो । त्यही आधारमा उपचाररत दिगाम्बरलाई पनि मरेको भनेर नाम सार्वजनिक गरिसकेको थियो । जो व्यक्तिलाई मृतक भनिएको थियो । उनीसँग मैले मोबाइलमा झण्डै ४ मिनेटको भ्वाइस रेकर्ड गरेको थिए । उनले आफूलाई कानुन व्यवसायी रहेको कुरा बताइरहेका थिए । त्यो कुरा मलाई बताइरहँदा र मृतकको नाममा उनको नाम जोडिरहँदा मिडिया र मोर्चाले पनि नमरेका व्यक्तिलाई बारम्बार मारिरहेको थियो ।
[caption id="attachment_33001" align="alignnone" width="800"]
माेर्चाले निकालेकाे विज्ञप्तीकाे अंशः[/caption]
उनलाई त मार्यो मार्यो । उनको परिवारलाई पनि त्याे भन्दा सयाैं गुणा पीडा दियो । किनकी नमरेको व्यक्ति मरेको भन्ने समाचार जसरी ठूला ब्रोडसिटका अनलाइन तथा नेपालमा ख्याती कमाएका अनलाइनहरुले समाचार प्रवाह गरिरहे । त्यो समाचार भाइरल भइसकेको थियो । त्यसले परिवारलाई कति पीडा दियो होला त्यसको अनुमान लगाउन सकिदैन यहाँ । भलैं, दिगम्बर यादवलाई त्यो कुरा थाहा पाएनन् होला । किनकी उनी ढाँडमा गोली लागेर घाइते बनेका थिए । र, उपचारको लागि अस्पतालको सैय्यामा पल्टिरहेका थिए ।
उनलाई त मार्यो मार्यो । उनको परिवारलाई पनि त्याे भन्दा सयाैं गुणा पीडा दियो । किनकी नमरेको व्यक्ति मरेको भन्ने समाचार जसरी ठूला ब्रोडसिटका अनलाइन तथा नेपालमा ख्याती कमाएका अनलाइनहरुले समाचार प्रवाह गरिरहे । त्यो समाचार भाइरल भइसकेको थियो । त्यसले परिवारलाई कति पीडा दियो होला त्यसको अनुमान लगाउन सकिदैन यहाँ ।
|
अस्पतालमा आएका ९ जना मध्ये बोल्न सक्ने अवस्थामा उनी मात्रै थिए । जतिखेर मैले उनीसँग कुरा गरेको थिएँ । उनले आफू त्यो घटनामा संलग्न नरहेको र मोर्चाको कार्यकर्ता नरहेको स्पष्ट पारिरहेका थिए । उनले भनेका थिए, ‘कार्यक्रम कस्तो भइरहेको रहेछ त्यो हेर्नको लागि मात्रै पुगेको थिएँ । तर, ढुंगामुढा भएपछि प्रहरीले अश्रुग्यास, हवाई फायरसँगै फायर गर्न थालेपछि आफूलाई पनि लाग्यो ।’ उनले आफू कानून व्यवसायी भएकाले मोर्चाको प्रतिनिधित्व गरेर जाने कुरै नभएको दाबी गरेका थिए । कार्यक्रम हेर्नका लागि पुगेका उनी मोर्चाको कार्यकर्ताको बिल्ला भिरेर अस्पतालको सैय्यामा पल्टिरहेका थिए ।
उनीसँगको केही क्षणको गफगाफपछि जसरी म बाहिरिए । उसैगरी काठमाडौंका अनलाइन मिडियाका केही साथीहरुले फोन गरेर सोधे । मैले प्रतिष्ठानमा आइपुगेर मृत्यु हुनेको नामहरु टिपाएको थिए । तर, कतिपय अनलाइनहरुले दिगम्बर पनि मरेको भन्दै नाम सार्वजनिक गरिसकेको थियो । जस्ले मलाई फोन गर्नुभएको थियो ‘उहाँले पनि मोर्चाले चारजना मरेको भनेर विज्ञप्ति सार्वजनिक गरेको छ ?’ भनेर प्रश्न गर्नुभयो । मैले उहाँलाई मोर्चाले पनि समाचार हेरेर नै त्यो कुरा उल्लेख गरेको हुन सक्ने आकँलनसहितको जानकारी गराएको थिएँ ।
तर, ती अनलाइनहरुले उक्त कुरालाई सुधार गर्ने पक्षमा देखिएनन् । तर, केही मिडियाहरु जसले तीन जनाको मृत्यु भएको पुष्टीसहित समाचार प्रकाशन गरेका थिए । ती मिडियाहरुको नाम पनि लिनै पर्छ,
कान्तिपुर, नागरिक बाहेकका अन्य मिडियाहरुले चारजना मरेको भन्दै समाचार प्रकाशन गरेका थिए । जसले सत्य लेख्ने प्रयास गरे उनीलाई धन्यवाद दिनै पर्छ किनकी नमरेको व्यक्तिलाई मरेको भनेर समाचार दिनु आफैमा हत्या गर्नु सो सरह हो ।
जसरी चार मरेको भनेर समाचार भाइरल भइरहे । भोली पल्टका पत्रिकाहरुले भने सही सूचना नै प्रवाह गरिएको थियो । तर, अघिल्लो रात गलत समाचार प्रकाशन गर्ने ब्रोडसिटका अनलाइनहरुले पनि भोलीपल्ट सुधार गरेका थिए । तर, केही अनलाइन यस्ता पनि देखिए, जसले सुधार गर्ने पक्षमा देखिएनन् । उनीहरु भोलीपल्टसम्म ‘टसका मस’ भएनन् ।
त्यसपछि खोजी सुरु भयो, आखिर दिगम्बर मृतक हुन् कि होइनन् भनेर । आखिरमा सत्य त सत्य नै हुन्छ । बेडमा उपचाररत उनलाई धेरै मिडियाले खोजेर समाचार बनाए । तर,
ब्लाष्टले अघिल्लो दिन नै त्यो कुराको पुष्टी गरेको थियो ।
ब्लाष्टखबर अनलाइन मात्रै हैन, पत्रिकामा पनि । मैले यो कुरा बुझाउनका लागि कतिपय मिडियाका साथीहरुलाई जस्ले मलाई फोन गरे उनीहरुलाई सत्य बताउनको लागि दिगम्बरसँग गरेको भ्वाइस रेकर्ड नै सुनाउनु परेको थियो । तर, पनि उनीहरु सुन्ने पक्षमा देखिएनन् । जसको परिणाम मोर्चाको विज्ञप्तिमा प्रष्ट पाउन सकिन्छ । अव मोर्चाले के आधारमा दिगम्बर र उनको परिवारसँग माफी माग्छ । त्यो हेर्न बाँकी छ ।
मिडियाहरुले त, मोर्चालाई हवला दिएर उल्लेख गरे होलान् । उनीहरुले भोलीपल्ट भुल सुधार पनि गरे । माफी पनि मागे होलान् । तर, गम्भीर भुल गरेको मोर्चाले उसको परिवार र दिगम्बरलाई कसरी बुझाउँछ । त्यो आम प्रश्न हो मोर्चाको लागि । समाचारलाई नै सत्य मानेर काठमाडौंमा बसेर नेतागिरी गर्ने मोर्चाका नेताहरुको लागि ‘स्थानीय नेता कार्यकर्ता’ थिएनन् सत्य बताउँने ।
उनीहरुले त्यो दुस्साहस किन गरेनन् त्यहाँ प्रश्न खट्किन्छ । अनलाइन मिडियाका भरमा नमरेका व्यक्तिलाई मरेको भन्दै विज्ञप्ति प्रकाशित गरेर संसारमा फैलाउनु कहाँसम्मको राजनीतिक नीति हो । कि नमरेको व्यक्तिलाई मरेको भनेर हल्ला फैलाउनु मोर्चाको नीति हो । यसतर्फ मोर्चालाई चेतना भयाँ ।
यसरी आएको हुनसक्छ दिगम्बर मारिएको खबर
जसरी दोहोरो झडप सुरु भयो । त्यही बेला ढलेका सञ्जन मेहतालाई राजविराज अस्पताल पु¥याइयो । र, अन्य गम्भीरहरुलाई धरान र विराटनगर ल्याउने क्रम जारी रह्यो । त्यो बेलामा सञ्जनसहित दुईजना मरेको खबर भाइरल भयो ।
सञ्जन घटनास्थल मै मरेकाले उनको पुष्टी गर्न अन्यलाई गाह्रो परेन् । तर, दिगम्बर मरेको÷नमरेको खबर पुष्टी गर्न एक रात नै कुर्नु प¥यो । उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका पिताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भयो । प्रहरीलाई खबर आयो, राजविराजबाट ल्याउने क्रममा बाटोमा मृत्यु भएका दिगाम्बर हुन् ।
तर, प्रतिष्ठान प्रहरी पोष्टको लिष्टमा भने पिताम्बर, आनन्द र सञ्जन मारिएको लेखोट थियो । त्यो बीचमा सञ्जनलाई पनि प्रतिष्ठान मै ल्याउने काम भएछ । त्यसपछि तीनजना प्रतिष्ठानमा आइसकेपछि थप एकजना राजविराजमा छन् भन्ने हल्ला चलिरह्यो । त्यही बीचमा उपचाररत दिगाम्बरको मृत्यु भयो भन्ने हल्ला फैलिरह्यो ।
प्रतिष्ठान पोष्टका प्रहरीले मलाई भनेका थिए, ‘घटनास्थलमा मरेका सञ्जनलाई पनि यता ल्याएपछि थाहा नभएर चारजना भन्ने हल्ला फैलिरहेको हो । मर्ने तीनजना भन्दा होइनन् । एकजना राजविराज मै छ भन्ने हल्ला चलाइयो । त्यही हल्लाको कारणले चारजना मरेको भन्ने मिडियाहरुमा आएको हो । सत्य भने तीनजना नै हो ।’ यही कारण हुनसक्छ दिगाम्बरको मृत्युको खबर भाइरल बनिरहेको ।