करीव दुई दशक पछि देशमा स्थानीय निर्वाचनको चहलपहल सुरु भएको छ । तर शान्ती सुरक्षाको पूर्ण जिम्मा पाएको प्रहरी संगठन भने अझै अन्योल ग्रस्त छ । वरियताको वढुवा त्रमलाई रोक्दै प्रहरी भित्र भएको चरम राजनिति र आर्थिक चलखेलको कारण प्रहरी संगठन यति वेला आफै विरामी जस्तै छ । प्रहरी ‘चेन अफ कमान्ड’ को सिद्धान्तमा सञ्चालित हुने संस्था अहिले आर्थिक रकम र राजनितिक सेटिङ प्रहरी संगठन विरामी जस्तै छ ।

अहिले प्रहरी नेतृत्वको नियुक्तिलाई लिएर सत्ता गठबन्धनभित्र अस्वस्थ खिचातानी र कार्यवाहक आईजीपी चयन गर्न पनि क्याबिनेटको आकस्मिक बैठकले नियमावली संशोधन गर्नुपर्ने अवस्था आउँनु आफैमा दुःखत कुरो हो । मन्त्रिपरिषद्द्वारा वरियताको ‘तेस्रो’ नम्बरमा रहेका जयबहादुर चन्दको आईजीपी पदमा नियुक्ति गर्नु नै समग्र प्रहरी संगठनको हित विपरीत थियो । जनताले रुचाएका दक्ष ,इमानदार वरीयताको एक नम्बरमा रहेका नवराज सिलवालसँगै अर्को सार्वजनिक सरोकारको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । आन्तरिक सुरक्षा र जनसुरक्षा वलियो वनाउँनु पर्ने वेला प्रहरी संगठन सेटिङकै कारण अस्तब्यस्त छ भन्दा फरक नपर्ला ।

करीव ७२ हजारभन्दा बढी संख्यामा रहेको प्रहरीको नेतृत्व तहमा जान आर्थिक चलखेल र सेटिङले ठुलै तरङ्ग ल्याएको छ देशमा । कामको मुल्याकलन नगरी आर्थिक प्रलोभनमा आईजी प्रकरणमा मुछिनु देशको लागी दुःखदायी कुरो हो यसमा दुईमत छैन । मुलुकको आन्तरिक सुरक्षासँग सरोकार राख्ने यो विषयमा के निष्पक्ष, कानुनसम्मत गर्ने किन सकिएन ? आइजीपीका पहिलो दाबेदार डीआइजी नवराज सिलवाललाई के आधारमा आईजी हुनबाट रोकियो सरकार ? कार्यक्षमतामा अब्बल डीआइजी सिलवाललाई आईजी नबनाई तेस्रो वरियताको जयबहादुर चन्द कसरी सरकारको नजरमा प्रर्यो ? डिआईजी चन्दलाई मन्त्रिपरीषदे बढुवा गर्दा अधिकांस नेपाल प्रहरीका संक्षम प्रहरीहरुमा निराशा छाएको छ ? प्रहरी फोर्समा चन्दभन्दा सिलवाल कार्यक्षमतामा अब्बल मानिन्छन् ।

एक नम्बरका डीआइजीलाई आईजी नबनाउने हो भने प्रहरीमा व्यापक असन्तुष्टि छाउने र शान्ति सुरक्षामा गम्भीर असर पर्ने पक्का छ । के सिलवालले सुनतस्करीको जालो भत्काउँनु नै आईजीपी हुनबाट रोकिनु थियो त ? राष्ट्रीयता प्रति कुनै लोभलालच नराख्ने उनले तस्करी पक्राउ गरेकै कारण पाखा लगाउँन खोजिएको हो ? राजनितिक दलहरुको संगको सेटिङ मिलाउँने र अन्तरािष्ट्रय विमान स्थलवाट हात्ति छिराउँनेहरु आईजीमा बढुवा हुदा त्यसको मुल्याकन कसरी गर्ने सिंगो प्रहरी संगठन र आम जनताले ? यो घट्नाले सुन तस्करीमा माथिल्लो तहको राजनीति संलग्नता छरलङ्ग भयो । सुरक्षाको अपरिहार्यता र संवेदनशीलता महसुस भई नागरिकमुखी सक्षम, सवल र सक्रिय प्रहरीले मात्र नागरिकको जिउज्यान र हक अधिकार प्रवद्र्धन गर्नु सक्छ । संघीय र प्रान्तीय संरचनाका प्रहरीसम्बन्धी कानुन र व्यवस्थापन तथा संघ र प्रदेशको साझा अधिकारको सूची तथा अन्तरप्रदेशीय मामिला विषयमा ध्यान नदिई सिंगो सरकार एउटा आईजीको नियुक्तीमा विवादित हुनु आफैमा हास्त्मक हो । सिलवालको किन भयो यो हाल ? नेपाल प्रहरीका डिआईजी नवराज सिलवाल प्रहरी संगठनका एक कहलिएका चर्चित नाम हो । उनको नाम चर्चामा मात्र हैन ब्यावहार र काममा पनि उस्तै छ । एउटा प्रहरी संगठनको उच्च ओदाहमा वसेर प्रहरीकै आचरण सुधारमा समेत लागेका डिआईजी सिलवाललाई मन नपराउँने प्रहरीहरु कमै छन । अहिले सम्म कुनै विवादमा नतानिएका डिआईजी सिलवालले अपराध रोक्न देशब्यापी अभियानले उनी अझ बढी चर्चित बन्नु र राजनितिक तथा अपराधीहरु सँग साठगाठ नगर्नु नै उनको कमजोरी भयो ।

त्यही कमजोरीको कारण उनी मन्त्रिपरीषदको निर्णयमा आईजीपीमा सिफारीसमा परेनन् । संगठनकै सुद्धिकरणमा खरो रुपमा लागेका सिलवाल देशभरी हाई हाई सँगै नागरिकमुखी कार्यक्रम, गुन्डागर्दी नियन्त्रण जस्ता कामले उनी चर्चामा तर उनले राज्यको लागी गरेको सकरात्मक काम नै अहिले उनको लागी अंकुश हुनु कस्तो विडम्वना ? ३३ केजी सुन सहित अपराधी पक्राउ गर्नु सिलवालको गल्ती थियो ? अन्तरािष्ट्रय विमानस्थलमा भईरहेको अबैध गतिविधि रोक्नु उनको गल्ती थियो ? प्रहरी भित्र भएको आर्थिक प्रलोभन रोक्दै संगठन राम्रो वनाउँनु लाग्नु उनको गल्ती हो ? देशका ठुला अपराधीहरुलाई हत्कडी लगाउँनु उनको कमजोरी हो ? अन्तराष्ट्रिय स्तरमा पुरस्कृत हुने सिलवाल नेपालको खराब प्रहरी हुन ? प्रहरी संगठन सुधार्नु उनको कमजोरी थियो ? राजनितिक दलहरुलाई ब्रिकेश नवुझाउँनु र चाकडी नगर्नु उनको ठुलो गल्ती भएकै कारण सिलवाल मन्त्रिपरीषदको निर्णयमा आईजीपीको लागी सक्षम नभएको पक्को हो । यस्ता देश जहाँ राम्रो काम गर्नेहरु पछि पर्नुमा कस्तो गल्ती ? ब्रिकेश वmुझाउँने,चाकडी गर्ने,राजनितिक दलको गुलामी गर्नेहरुकै कारण सिलवाल जस्ता एक हुनहार प्रहरीलाई पाखा लगाउँने कामले सरकारलाई कहिल्यै वलियो वनाउँने छैन ।

त्यो सरकार माथी आम नेपाली जनताले धारे हात लगाउँने पक्का छ । सुरक्षा संगठनलाई दुहुनु गाई, आईजीपीलाई एस म्यान बनाउने खेलमा तँछाडमछाड र व्यापार कमिसनमा दबदबा चलिरहेको छ रातारात करोडपति हुने सपना वुन्दै हिडेकालाई समर्थन नगर्नुनै नवराज सिलवालको कमजोरी हो भने त्यो आईजीपी पद उनको लागी उपयुक्त नहुन सक्छ । थैली बुझाउन नचाहने÷नसक्ने र एस म्यान हुन नचाहने उम्मेदवार हरेक पक्षबाट सक्षम हुँदाहँदै पनि बाहिर घचेटिन्छन् । यसले अन्तर्रा्ष्ट्रिय जगत्मा नेपाल र नेपालीको साख र पहिचान गिराएको छ । आर्थिक भागवन्डामा एकमुख सर्वसम्मत हुने प्रवृत्ति विशेषतः सरकारी र अर्बौं कल्याण बजेटको कारोबार तथा संगठित तस्करी र अपराधीको जालो नै आईजीपी बढुवाको आकर्षण हो ।

सेटिङले चन्दको चुरीफुरी आफु संगठनमा तेस्रो वरियताको क्रममा छदा छदै नेपाल प्रहरीको आईजीपीमा सिफारीस हुनु उनको कामको मुल्याकन हैन । उनी आफैमा विवादित र आर्थिक आश्वसन देखाएकै कारण आईजीपी प्रकरणमा उनको चुरीफुरी धेरै भयो । चन्दे के आधारमा उपयुक्त हो ? पैसा र कालोबजारी सँग मिलेर पैसाको आडमा आईजीपी बन्न खोजेको है ? चन्दा भन्दा नेपाल प्रहरीका हस्तीहरु वरियताको हिसावले निकै अगाडी देखिन्छन । आईजीपी पदको उपयुक्त नभएको चन्द्र कसरी े आईजीपी पद ताक्न भ्याए ? प्रहरी संगठनको वदनाम गरी गरी भएको आईजीपी पदको के औचित्य रहन्छ ? आफु तेस्रो स्थानमा भएको ब्यक्तिले कसरी पहिलो वनाईदे भन्दै हिड्नु सकेको ? चन्द्रलाई लाज लाग्नु पर्ने हैन ? दौडमा तेस्रो स्थान ओगट्ने अनि पहिलो वनाउ भन्दै निर्णायकलाई सोर्स लगाउँने खेलाडी त्यो निर्णायकको नजरमा क्षणिक राम्रो होला तर भविष्यमा त्यसको मुल्याकन अवश्य राम्रो हुदैन ।

राजनितिक खोल मुनि वसेर गुण्डागर्दी गर्ने र अबैध धन्दा गर्नेहरुलाई र सिंगो प्रहरी संगठन सुधारमा लाग्नु पर्ने आईजीपी पदलाई चन्द्रले अहिले भट्टी पसलहरुमा रक्सीको मात सँग साट्दै हिडेको छन । आफ्नो संगठन सुधार र संगठनमा सिन्को नभाच्ने चन्दको चुरीफुरी सेटिङकै कारण भएको हैन र ? पैसाको तागद देखाउँने चन्द्रले आईजीपी पद विक्रि नगर्लान भन्ने के वेर ?