भारतले नेपालसँगको सीमामा तैनाथ गरेको उसको गृह मन्त्रालय मातहत रहेको सशस्त्र सीमा बल(एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरेर मच्चाएको आतंक तथा नेपालीमाथि हुने दुव्यवहारको घट्ना यति बेला ताततातो बहसमा छ ।

गत फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमको हत्याकण्डा मात्र एसएसवीको ज्यादतीको पहिलो घट्ना होईन । लामो समयदेखि भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकले ज्यादती भोग्दैआएका छन् । नेपाली नागरिक र आफ्नो भूमिमाथि जारी राखेको आतंक र अतिक्रमणविरुद्ध नेपालले खरो प्रतिकार गर्ने हिम्मत नगर्दा पछिल्लो समय नेपालले गोविन्द गौतमलाई गुमाउन प¥यो ।

भारतले नेपाली र नेपाली भूमीमा ज्यादती गरेको घट्नको फेहरिस्त लामो छ । नेपाल सरकारले पनि सीमा सुरक्षाका लागि शसस्त्र प्रहरी परिचालन गरेको छ । नेपाली सुरक्षाकर्मीले भारतीय भूमी मिचेको, दशगजा क्षेत्र नागेर भारतीय जनतालाई दुःख दिएको जस्ता घट्नाबारे मिडियामा कतै सुनिदैन । भारतीय मिडियामा पनि कतै पढिएको छैन । तर नेपालीमाथि भारतीय सुरक्षाकर्मीले गरेका अत्याचारका घट्ना नेपाली मिडियामा दिनहु आउने गरेका छन् । दिन दाहाडै नेपाल प्रवेश गरेर आक्रमण गर्नु नेपाली सार्वभौमिकता माथि भारतले धावा बोलेको होईन भनेर भन्ने अवस्था छैन् ।

[caption id="attachment_35520" align="alignleft" width="328"] लेखक[/caption]

०६७ फागुन ५ गते बर्दिया, जमुनी(शान्तिपुरका ५२ वर्षीय हर्कबहादुर शाहीको एसएसबीले नेपाली भूमिमै आएर गोली हानी हत्या गरे । हत्या गरेर भारततिर लगियो । उनको परिवारले काजक्रियाका लागि लास समेत पाएनन । ०६८ जेठ ११ गते मोरङको अमाहीबरियातीका हरिशचन्द्र मण्डलमाथि नेपाल छिरेर ज्यादती गरे । एसएसबीले नेपाली नागरिकमाथि ज्यादती गरेपछि स्थानीय प्रहरी चौकीका हवल्दार शम्भु चौधरीले प्रतिकार गर्न खोज्दा एसएसवीले उनी माथि गोली प्रहार गरेको थियो । उक्त गोली चौधरीलाई नलागेर स्थानीय वासुदेव साहलाई लाग्यो । उनको घट्ना स्थलमै मृत्यु भयो । यि दुई कारुणिक घट्नाको हिसवाकिताव अझै हुन सकेको छैन् ।

०६८ असोज ३० गते कञ्चनपुरको सीमावर्ती गाउँ भुजेलामा हतियारधारी ३५ जना एसएसबीका जवान गैरकानूनीरुपमा प्रवेश गरी स्थानीय कल्याण लुहार, अजित पाल र भक्तबहादुर रानाका घर र पसल तोडफोड गरे । ०७१ मंसिर २६ गते महोत्तरीको मटिहानीस्थित दशगजामा एसएसबीका महिला सुरक्षाकर्मीको शरीरमा मोटरसाइकलले छोएको विषयलाई लिएर नेपाली भूमिमा निर्दोष नेपाली नागरिकलाई कुटपिट भयो । बिहार, मधवापुरका सञ्जय पूर्वेले भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा एसएसबी महिला सुरक्षाकर्मी महिलाको शरीर छोएको बताइएको थियो । सञ्जयलाई पछ्याउँदै एसएसबीका जवानले नेपाली भूमिमा प्रवेश गरि मटिहानीका राजेश मण्डल, उर्मिलादेवी, मझौरा(विष्णपुरका राजुप्रसाद गुप्ता, मटिहानी ७ का राकेश यादव, गणेश चौधरी र शिवा साहलगायतलाई कुटपिट गरे । ०७१ चैत्र पहिलो साता चितवनको माडी क्षेत्रमा एसएसबीका जवानहरू हतियारसहित प्रवेश गरेर आतंक मच्चाएका थिए ।

मोरङकै विराटनगरस्थित ०७२ असोज २४ गते विराटनगरस्थित सीमाना नजिक प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडपको मौकामा एसएसबीका जवानहरु नेपाली भूमिमा प्रवेश गरी असई प्रदीप गिरीमाथि आक्रमण्मा गरेका थिए । उनीसँग रहेको पेस्तोल र गोली खोसेर लगेका थिए । घटना पछि दुई देशका अधिकारीबीच हतियार फिर्ताबारे वार्ता भयो तर हालसम्म पनि लुटिएको पेस्तोल नेपाल प्रहरीले फिर्ता पाएको छ्रने । त्यही साल जेठमा भारतीय वन रक्षक र एसएसबीले बर्दियाको जमुनीबजार नजिकैबाट स्थानीय धनबहादुर सुनार, किरण राई र गोरे नेपालीका ५५ वटा लुटिए ।

०७२ मंसिर ९ गते बिहान एसएसबीले सुनसरीको भण्टाबारीस्थित नेपाली भूमिमा प्रवेश गरि नेपालीहरुमाथि गोली चलायो । अन्धधुन्द गोली चलाउदा हरिपुरका अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते भएका थिए । उनीहरुलाई गोली हानी एसएसवीको टोली भारत फर्कियो । लगतै मंसिर १३ गते झापाको केचना नाकाबाट एसएसबीका १३ जवान हतियारसहित नेपाल प्रवेश गरे । उनीहरुले केचना(४ का मोहम्मद आलमलाई कुटपिट गरे । घट्ना पछि स्थानियले प्िरतकार गरेर उनीहरुलाई नियन्त्रणमा लिएर नेपाली सीमा सुरक्षा पोष्टका सशस्त्र प्रहरीलाई बुझाइएको थियो ।

०६७ चैत्र १३ गते एसएसबीले सर्लाहीको बलारा, लक्ष्मीपुरका अवधेश मिश्र र उनका छोरा राजिव मिश्रलाई सुतिरहेकै अवस्थामा घर घेरा हाली पक्राउ गर्¥यो । ५०/६० जनाको संख्यामा आएका एसएसबीले मिश्रलाई पक्राउ गर्नुका साथै अन्य तीनजनालाई कुटपिट गर्दै सीमामा लगेर छाडेको थियो । अन्तर्राष्ट्रिय कानुन त कुनै पनि देशमा अर्को देशको सुरक्षाकर्मी हतियारसहित प्रवेश गर्न पाउदैन । कुनै जरुरी काम भए त्यस देशका प्रशासनको अनुमति चाहिन्छ । तर भारतीय सुरक्षाकर्मीहरुले कानुन तथा नियमको पालना गरिएको आजसम्म रेकर्ड कतै छैन, नेपालसँग ।

यस्तै ०६७ मंसिर २० गते रौतहटको गौर, टिकुलियामा एसएसबी जवान गैरकानूनीरूपमा प्रवेश गरी ६ जना नेपाली नागरिकलाई निर्घात कुटपिट गरियो । कुटाइबाट शम्भु साह ठगनीदेवीलगायत घाईते भएका थिए ।

०६७ को चैत्रमा भारतको पुनामा नेपाल(भारत द्वीपक्षीय परामर्श समूहको बैठक बसेको थियो । बैठकमा एसएसबीले अनुमतिबिना नेपाली भूमिमा छिर्न नपाईने, नेपाली भूमिमै नेपाली नागरिकमाथि हातपात बन्द गर्ने, भारतबाट फकर्ने मजदूरहरूमाथि लुटपाट हुन नदिनेलगायतका विषयमा भद्रसहमति बन्यो तर एसएसबीले सीमा क्षेत्रमा मच्चाउँदै आएको आतंक रोकिएको छ्रनै । त्यस बेला भारती र नेपाली अधिकारीहरुले गरेको सहमति भारतीय एसएसविका जवानहरुले धोती लगाईदिएको अवस्था छ । यि माथिका श्रृङ्खला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भारतीय एसएसविले कायम राखेको छ ।

पछिल्लो समय फागुन २६ गते कञ्चनपुरको पुनर्वासका गोविन्द गौतमलाई एसएसबीले गोली हानी हत्या ग¥यो । खुले आम हतियारसहित नेपाली भूमिमा भारतीय एसएसवीका जवानहरु परेड खेल्दा पनि प्रतिकार वा उनीहरुको आतंक विरुद्ध राज्यले आफ्ना सुरक्षाकर्मीहरुलाई आदेश नदिनु विडम्बना हो । भारतको हैकमी शैलीबारे नेपाल सरकार मौन हुदा सालान्ने दुखदायी घट्ना बढ्दै गएका छन् । सीमा क्षेत्रमा हस्तक्षेप, अतिक्रमण र नेपाली नागरिकमाथिको ज्यादती फराकिलो हुदै गएको छ । राष्ट्रवादी भन्ने नेपाली राजनीतिक दलका नेताहरु भारतको ठाडो हस्तक्षेप विरुद्ध एक शब्द बोल्न सकेका छैनन् ।

नेपाल बुद्धिजिवी परिषदका पूर्व केन्द्रीय उपाध्यक्ष तथा विश्लेषक प्राडा बद्रीविसाल पोखरेलले नेपाल भारतको जनातको समधुुर सम्बन्ध भए पछि भारतीय शासकले अग्रेजहरुको विरासत थाम्न औपनिबेस सरह नेपाललाई होचोहेलो गर्दे आएको बताउछन् ।

‘सस्त्रअस्त्रको प्रतिस्पर्धाबाट भारतलाई तह लगाउन नेपालले सक्दैन । राष्ट्रवादी नेपाली जनताको व्यापक दवाव र राष्ट्रव्वादी चेतनाबाट भारतलाई ठेगान लगाउन सकिन्छ ।’ उनले भने ‘अव नेपालीहरुले अभियान चलाउने बेला आईसकेको छ । कुटनितिक पहलसँगसँगै बुद्धिजीव, लेखक कलाकारहरुले भारतीय एसएसविको आतंकबारे आवाज उठाउनु पर्दछ । राज्यले हेपिनु नहुने उनको तर्क छ ।

अव नेपाली नागरिक माथिको भारतीय आतंकबाट नागरिक आजित भईसकेका छन् । राज्य भारतको नुनको सोझो गर्छ । अनाखमा नेपाली नागरिकले ज्यान गुमाईरहेका छन् । क्षेतिपूर्ति, सान्तोना त परका कुरा भए । कतिपय उनीहरुले हत्या गरेर आफन्तलाई लास समेत नदिएको घट्नाले नेपालीको मन पिरोलिनु अस्वाभाविक मान्न सकिदैन् । स्वतन्त्र राष्ट्रका नागरिकले उपनिवेसका नागरिकको भन्दा चर्को ज्यादती खेप्नु विडम्बना हो ।

भारतले नेपालको तराई क्षेत्र आखाँ लगाएको छ । त्यही कब्जाको अभ्यास नेपालीमाथि आक्रमण हो भन्ने नेपाली शासकले अव बुझनु पर्दछ । खुल्ला सिमाना मुख्य समास्या हो । सीमा क्षेत्रमा जारी भारतीय अतिक्रमण, आप्रवासी तथा आतंककारीहरुको घुसपैठ तथा एसएसबीको ज्यादती रोक्ने अव सिमानामा काँडेतार अपरिहार्य भएको छ । त्यसका लागि जनता तयार भएका छन् । आफ्नो सिमाना रक्षा गर्न नेपाली नागरिक लगानी गर्न तयार छन् । आफ्नो नागरिकको रक्षा तथा भूमि अतिक्रमण विरुद्ध राज्यले सोच्ने बेला आएको छ । सीमा क्षेत्रमा भारतीय अतिक्रमण जारी रहने र हाम्रा गोविन्दहरु यसरी नै बेहिसाव मारिरहने हो भने स्वतन्त्र राष्ट्रको अस्थित्व रहन्न । सम्बन्धित निकायको ध्यान पुग्नु जरुरी छ ।