साहित्यले जीवनको व्याख्या गर्दछ भने रङ्गमञ्चले जीवनको सूक्ष्म र मूर्त व्याख्या गर्दछ । रङ्गमञ्चको यहीँ विशेषताले गर्दा मानव जीवन, समाज र सभ्यतासँग प्रारम्भदेखि नै रङ्गमञ्च अन्वित भएर आएको छ । सङ्क्षेपमा प्रस्तुत्य कलाहरूको स्वायत्त र अलग पहिचानका रूपमा रङ्गमञ्चलाई लिने गरिन्छ । पाश्चात्य सभ्यतामा प्राचीन ग्रीक थिएटर र पूर्वीय सभ्यतामा संस्कृतकालीन साहित्य अनि भरतमुनिको नाट्यशास्त्रदेखि नै रङ्गमञ्चको सैद्धान्तिक विरेचनसमेत हुँदै आएको छ ।

नृत्यको आदिरूपबाट गुफाकालीन मानव क्रियाकलापहरूसँगै विकसित हुँदै आएको रङ्गमञ्च मानव जीवन रहेसम्म जीवितै रहने कुरामा द्विविधा छैन । रङ्गहरूका विभिन्न स्वरूपहरूलाई अभिनय र यसका विविध अवयवहरूको माध्यमबाट प्रस्तुत गरिने प्रस्युत्य कलाको कोलाज अनि प्रतिनिधि पहिचान बनाएको छ । प्राचीन कालदेखि हालसम्म रङ्गमञ्चीय विकासक्रमले थुप्रै रूप, वाद र विचारहरूको सोपान तयार गरिसकेको छ । एपिक थिएटरदेखि कचहरी अनि विसङ्गतिवाददेखि अतियथार्थवादसमेत रङ्गमञ्चमा फलिफुलिसकेका छन् । रङ्गमञ्चको महत्ता मूलतः दृश्य साहित्यसँग रहेको छ र यो जीवनको सबैभन्दा नजीक र घनिष्ठ रहने हँुदा यसले लामो परम्परा कायम गर्दै समाज रूपान्तरणको प्रक्रियालाई सार्थक बौद्धिक सङ्घातहरूमार्पmत् सही दिशा प्रदान गर्दछ । तर, सतही जानकारी राख्ने वा रङ्गमञ्चलाई कम आँक्नेहरूले यसलाई मञ्च, प्रकाश, ध्वनि, भवन अनि अन्य भौतिक वस्तुहरूका रूपमा मात्र बुभ्mने गरेका छन् । यो सतही ज्ञानलाई भत्काउँदै विश्व सभ्यतामा शान्ति निर्माण र मानव जीवनमा विविध रङ्गहरू भरेर नयाँ संस्कृतिको निर्माण गर्ने सन्दर्भमा यसको महत्तालाई उजागर गर्न र विश्वभरिका प्रस्तुत्य कलाहरूसँग आबद्ध कलाकर्मी तथा रङ्गकर्मीहरूलाई एक बनाएर अझ यसको विकास गर्ने रङ्गमञ्चको वास्तविक लक्ष्यलाई सबल बनाउन संयुक्त राष्ट्र सङ्घको युनेस्कोसित सहकार्य गर्दै सन् १९६२ देखि विश्व रङ्गमञ्च दिवस मनाउन शुरु गरिएको हो । अन्तर्राष्ट्रिय रङ्गमञ्च सङ्घ सन् १९४८ मा फ्रान्समा अन्तर्राष्ट्रिय रङ्गमञ्च सङ्घ (International Theatre Institute-ITI) को स्थापना भएपछि विश्वका विभिन्न देशमा अभावमा बाँचेर पनि समाज रूपान्तरण र संस्कृति निर्माणको महान् अभियानमा प्रस्तुत्य कलाकर्मीहरू सङ्गठित हुन थाले, जसमा मूलतः विश्वभरिका रङ्गकर्मीहरूले उत्साह र उमङ्ग अभिव्यक्त गर्ने काममात्रै नगरेर आपसी एकता, भ्रातृत्व र सहयोगका माध्यमबाट रङ्गमञ्चीय विकासका लागि प्रतिबद्धता र थप ऊर्जाहरू प्राप्त गर्दछन्, रङ्गमञ्चको सार्थकता, परम्परा र औचित्यलाई प्रष्टीकरण गर्दछन् । साङ्गठनिक स्वरूपअन्तर्गत अन्तर्राष्ट्रिय नृत्य संस्था (International Dance Committee-IDC) लाई समेत समेटेको आईटीआई हाल विश्वका ९२ देशमा विस्तारित भइसकेको छ भने त्यसअन्तर्गत विभिन्न फोरम र कमिटीहरू परिचालित छन् । राष्ट्रको रङ्गमञ्चको विकास गर्ने र रङ्गमञ्चको विकासका लागि रङ्गमञ्चसम्बन्धी संस्थाहरूलाई प्रोत्साहित गर्ने, संगोष्ठी, विज्ञहरूको अन्तत्र्रिmया गर्नुका साथै राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न उत्सव, प्रतियोगिता तथा प्रदर्शन गर्ने यसको मुख्य उद्देश्यअनुसार कार्यहरू गरिरहेको छ । कसरी मनाइन्छ विश्व रङ्गमञ्च दिवस ? जीवन्त प्रस्तुत्य कलाहरूको साझा सङ्गठन आईटीआई र संयुक्त राष्ट्र सङ्घको सहकार्यमा हरेक वर्ष फ्रान्समा विश्व रङ्गमञ्च दिवस मनाउने गरिन्छ, जसमा विभिन्न देशका रङ्गमञ्चीय संस्था र पेशेवर रङ्गकर्मी र प्रस्तुत्य कलाकारहरूले उमङ्गका साथ भाग लिने गर्दछन् । यो दिवस रङ्गमञ्चीय कलाकार र परम्परा भएका प्रत्येक देशमा पनि मनाइन्छ । यसै परिप्रेक्ष्यमा विश्व रङ्गमञ्च दिवसको अवसरमा विश्वका प्रसिद्ध तथा प्रतिबद्ध रङ्गकर्मी विद्वान्हरूबाट रङ्गमञ्चको महत्ताबारे सन्देश दिने परम्परा छ । पहिलो विश्व रङ्गमञ्च दिवसमा फ्रान्सका प्रसिद्ध रङ्गचिन्तक, निर्देशक तथा रङ्गविज्ञ जीन कोक्टीले सन्देश दिएका थिए । यस क्रममा भारतका प्रसिद्ध रङ्गविद्वान् गिरिश कर्नाडले सन् २००२ मा सन्देश दिइसकेका छन् । दिवसको अवसरमा प्रसार गरिने यस्तो सन्देश २० वटा मूल भाषाहरूमा तयार गरिन्छ र विश्वका अन्य देशहरूमा आ–आफ्नो भाषामा रूपान्तरण गरेर प्रवाह गर्ने गरिन्छ । हरेक सन्देशले मानव समुदायका लागि रङ्गमञ्चको महत्व र आईटीआईका महत्वपूर्ण उपलब्धिहरूका बारेमा विश्व समुदायलाई जानकारी दिने काम गर्दछ । २०१७ का लागि फ्रान्सका प्रसिद्ध रङ्गकर्मी तथा चलचित्र नायिका इसाबेले हुपर्ट विश्व रङ्गमञ्च दिवसबारे सन्देश दिने आधिकारिक व्यक्तित्व हुन् । रङ्गमञ्चको महत्व र यसको आत्मगत सौन्दर्यका बारेमा आफ्नो सन्देशमा उनले उल्लेख गरेकी छन्ः Speaking here I am not myself, I am not an actress, I am just one of the many people that theatre uses as a conduit to exist, and it is my duty to be receptive to this - or, in other words, we do not make theatre exist, it is rather thanks to theatre that we exist. The theatre is very strong. It resists and survives everything, wars, censors, penury. It is enough to say that "the stage is a naked scene from an indeterminate time" - all's it needs is an actor. Or an actress. What are they going to do? What are they going to say? Will they talk? The public waits, it will know, for without the public there is no theatre - never forget this. One person alone is an audience. But let's hope there are not too many empty seats! Productions of Ionesco's productions are always full, and he represents this artistic valour candidly and beautifully by having, at the end of one of his plays, and old lady say; "Yes, Yes, die in full glory. Let's die to enter the legend…at least we will have our street…"

रङ्गमञ्च र संस्कृति निर्माण वास्तवमा रङ्गमञ्च आफैमा एक स्वायत्त सत्ता हो । यसले आप्mनो अलग पहिचान र अस्तित्व कायम गर्दै प्रस्तुत्य कलाका विविध रूपहरू नृत्य, गीत, सङ्गीतलाई आपूmभित्र आत्मसात् गर्दै नवसंस्कृतिको निर्माण गर्दछ । चलचित्र र रङ्गमञ्चमा माध्यमको स्वरूपमा मात्रै भिन्नता रहे पनि यसका गन्तव्य र निर्माण लक्ष्य भने आकाश–जमीनसँग फरक हुन्छ । रङ्गमञ्चले सधैँ सामाजिक रूपान्तरण र सामाजिक परिवर्तनलाई केन्द्रमा राखेर हेर्दछ र संस्कृति निर्माणमा जोड दिन्छ । तर चलचित्रले भने अक्सर बक्स अफिसलाई हेर्दछ अर्थात् सामाजिक रूपान्तरण र सामाजिक परिवर्तनलाई भन्दा अर्थ उपार्जनलाई केन्द्रमा राख्छ । बक्स अफिसमा हिट हुन र करोड क्लबमा पसेर अर्बौं रकम कमाउन चलचित्रले सेक्स, नग्नता र युद्ध जे बिक्री गर्दा बढी अर्थ उपार्जन हुन्छ, त्यसैलाई बेच्छ, विषयवस्तु बनाउँछ । त्यसैले, चलचित्रले संस्कृतिको निर्माण होइन, भ्रष्टीकरणलाई बढावा दिइरहेको हुन्छ । रङ्गमञ्च सधैँ समाज, सामाजिक रूपान्तरण र परिवर्तनसँग सम्बद्ध हुने हुँदा यसले आफ्नो लामो र समृद्ध परम्परामार्फत् संस्कृति निर्माण गर्ने काम गर्दछ । मानव जातिका आशा, अपेक्षा, सपना, मनोकाङ्क्षा, उत्साह, उमङ्ग, विकासलगायत सबै पक्षको प्रस्तुति गर्ने क्रममा यसले लामो समयमा एउटा निश्चित संस्कारको विकास गर्दछ, जुन कालान्तरमा संस्कृतिको बीज बन्दछ । यो कुरा आधुनिक रङ्गमञ्चले प्रत्यक्ष रूपमा सम्पादन गरेको नदेखिए पनि लोक प्रस्तुत्य कला र रङ्गमञ्चका परम्परा र रूपहरूमा अभिव्यक्त भएर मानव समाजमा आदिकालदेखि विद्यमान् रहँदै आएको छ । प्रविधिमा आएको क्रान्तिले गर्दा केही समय अगाडिसम्म रङ्गमञ्चमाथि चलचित्रले राज गरे तापनि अब फेरि विश्वमा रङ्गमञ्चको पुनरागमन भएको छ । मानव समाजसँगै शुरु भएको रङ्गमञ्च मानव समाज रहेसम्म जीवन्त रहने कुरा यसबाट पनि पुष्टि भएको छ । रङ्गमञ्चले संस्कृति निर्माण गर्ने प्रक्रियालाई बुझ्न रङ्गमञ्चबारे नै सही बुझाइ हुनु जरुरी हुन्छ । रङ्गमञ्चको अर्थ र परिभाषा धेरैले रङ्गमञ्चलाई भौतिक आँखाले मात्र हेर्दछ । यसरी हेर्नेहरूले रङ्गमञ्च भनेको मञ्च, मञ्चसज्जा, रङ्गशाला, प्रकाश, ध्वनि, माइक सिस्टम,प्रेम अनि भेषभुषामात्रै रङ्गमञ्च हो भन्ने बुझिरहेका हुन्छन् । वास्तवमा यो रङ्गमञ्चको एक पक्ष अर्थात् भौतिक पक्षमात्र हो । यसको आत्मिक पक्ष अर्कै हुन्छ, जसलाई देख्न वा महसुस गर्न सहजै सकिन्न । रङ्गमञ्चको आत्मिक पक्ष भनेको यसका उद्देश्य, लक्ष्य, दृष्टिकोण र वैचारिक सौन्दर्यमा अभिव्यक्त हुन्छ, जसमा रङ्गशिल्प, कला, कौशल, रचनाशीलता, सिर्जनशीलता, अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको सहजीकरण र सामूहिक भावनाले काम गरिरहेको हुन्छ । त्यसैअन्तर्गत समाजलाई रूपान्तरण गर्ने र सही दिशाबोध गराउने उत्कट चाहना सन्निहित रहेका हुन्छन् । मानव समाज र जीवनलाई सूक्ष्म रूपमा बुझ्ने र प्रस्तुति गर्ने रङ्गमञ्चको अन्तरशक्ति र क्षमता नै यसको आत्मिक पक्ष हो । बेलायती रङ्गचिन्तक विलियम मिलनेटीले भनेका छन्ः "The theatre should not be a Place in which to exhibit scenery... it is should be a place in which entire beauty of life can be unfolded...the ener beauty and the eaning of life." माथिको भनाइले रङ्गमञ्चको आत्मिक पक्षको व्याख्या गरेको छ । जीवनको सौन्दर्य प्रदर्शन र उजागर गर्ने ठाउँ रङ्गमञ्च बन्नुपर्दछ भन्ने उद्गार उक्त भनाइमा रहेको छ । भारतीय रङ्ग विद्वान् गोविन्द चतकको ‘रङ्गमञ्च जति स्थूल छ, त्यति नै अमूर्त र भावको स्तरमा गहन पनि छ, त्यसैले रङ्गमञ्च एक अनुभूति पनि हो, जुन त्यसको आन्तरिक पक्ष हो’ भन्ने भनाइ छ । अर्का भारतीय रङ्ग विद्वान् प्रो. ई.एन.नारायणले भनेका छन्– ‘‘रङ्गमञ्च एक अभिन्न कला र संस्कृतिको अङ्ग हो । यो युग अनि जीवनकै विश्वमञ्च हो, जहाँ जीवनका विविध रूपहरू प्रदर्शन हुन्छ ।” सङ्क्षेपमा के भन्न सकिन्छ रङ्गमञ्च एक कलात्मक क्रिया हो, जसमा युग र जीवनका सम्पूर्ण छवि प्रत्यक्ष परिलक्षित हुन्छ । रङ्गमञ्चको दुई पक्ष हुन्छन्– भौतिक र आत्मिक । भौतिक पक्षको रूपमा रङ्गशाला र त्यसका अवयवहरू रहेका हुन्छन् भने आत्मिक पक्षका रूपमा रङ्गशिल्प, नाटक, अभिनेता–अभिनेत्री, चरित्र, निर्देशक, सिर्जनशीलता, अभिव्यक्ति स्वतन्त्रतालगायतका कुराहरू पर्दछन् । समग्रमा रङ्गमञ्चलाई बुभ्mदा रङ्गशाला, मञ्च, नाटक, अभिनेता, अभिनेत्री, निर्देशक, ध्वनि, प्रकाश, गीत, सङ्गीत, मञ्च, दृश्य, मञ्चसज्जासहित यसको भावात्मक कुराहरू, कल्पनालाई साकार रूप दिने, भावनालाई प्रतिविम्बित गर्ने र वास्तविकतालाई निर्मित गर्ने यसको विलक्षण शक्ति, दृष्टिकोण, सामाजिक रूपान्तरण र संस्कृति निर्माणको पक्ष आदि सबै कुराहरूलाई रङ्गमञ्चको रूपमा बुभ्mन आवश्यक हुन्छ । अनिमात्र रङ्गमञ्चप्रतिको सही बुझाइको विकास र दृष्टिकोण स्पष्ट हुँदै जान्छ ।

(लेखक आरम्भ नाट्य डबलीका अध्यक्ष हुन् ।)