
नेपाल प्रकृतिक सौन्र्दयताले भरिपूर्ण मात्र हैन, यो प्रसस्त स्रोत र सम्भावना बोकेको मुलुक पनि हो । कुल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटर क्षेत्रफल मा फैलिएको यो दक्षिण एसियाली भुपरिवेस्थित हिमाली राष्ट्रले बिश्वकोे ०.०३ प्रतिसत क्षेत्रफल ओगटेको छ । नक्सामा हेर्दा यो देश जती सानो छ विश्व जगत मा यस्को बर्चस्व पनि तेती नै सानो रहेको पाईन्छ ।
अपार सम्भावना बोकेको मुलुक त हो, प्रसस्त स्रोत पनि छन, तर ति उपलब्ध स्रोत र सम्भावनालाई बेबस्थीत गर्न सृजनशील र दक्ष युवा जनशक्तिहरु छैनन। युवा जनशक्ति समाज र राष्ट्रकै महत्वपूर्ण शक्ति हुन् जस्ले देशलाई कुशल नेतृत्व गर्नु पर्ने हुन्छ, तर यहाँ दिनहु हजारौं को संख्यामा ति युवा शक्तहरु पलायन भाईरहेका छन ।
ठोस निती नभएको सरकार र अस्थिर राजनीतिक अबस्थाका कारण, न त यहाँ रोजगारीको अवसर छ न त उचित सुविधा र ब्यबस्थापन नै।यस्तो अबस्थामा आफ्नो र परिवारको भरणपोषणका लागि बिदेशीनु यवा शक्तिको बाध्यता नै हो ।सरकारी रेकर्ड अनुसार नेपाल सरकारले विश्वाको ११० मुलुक्मा आफ्नो काम्दार पठाउन खुला गरेको छ ।
यी बिभिन्न मुलुकमा ६०–७० लाख नेपाली युवाहरु कार्यरत छन। यि मध्ये अधिकाशं नेपाली युवा ठगिएर अलपत्र छन त कैयौ अकाल मै मृत्युको सिकार भैइरहेका छन । आखिर यती भाईरहदा पनि किन मौन बसिरहेकोछ त सरकार? शिक्षा को स्तर त यहाँ बढ्दोे छ , वार्षिक हजरौको संख्यामा मा डाक्टर, ईन्जिनियर, नर्सहरु उत्पन्न भईरहेका छन।
तर यस्ता दक्ष्य युवाहरु पनि उचित रोजगारी नपाउदा खाडि सहितका युरेपियन मुलुकहरुमा रोजगारीको खोजीमा गईरहेका छन् । हाम्रो देशले आफ्नो शीप र क्षमता भएका युवाको शक्तिलाई पहिचान गर्न सकेको छैन,यो नै हाम्रोलागि र्दुभाग्य हो ।गाउ तिर हिजोअज युवाहरु बिरलै मात्र भेटिन्छन् र यस्तै रहने हो भने आउदो केही बर्षमा गाउहरु युबा बिहिन हुने देखिन्छ ।
शहरमा पनि बढ्दो धुवाधुलो,अब्यबस्थीत शहरीकरण र रोेजगारीका अभाबका कारण बिदेशीने युवाहरुको लाईन दिनप्रतिदिन झन बढ्न थालेको हो । तसर्थ यस्ता बिषयहरुमा सरकारको ध्यानाकर्षण हुन जरुरी छ । बर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल लाई स्वीर्जल्याण्ड बनाउछु भनेर दिएको आश्वासन अझै पनी नेपाली जनता ले भुलेका छैन। वास्तवमै उहाले देशलाई बिकाशको गतीमा लाने हो भने नेपालमा ६० देखि ७० लाख विदेशिएका युवाहरुलाई स्वदेशमा रोजगारको ग्यारेन्टि गर्नु पर्छ ।
अघिल्लो सरकारले ल्याएको एक घर एक रोजगारीको अभियानलाई यो सरकारले किन अगाडि बढाउन सकेको छैन त्यो आम जनताले बुझ्न सकेका छैनन । ब्यबाहारिक ,नितीगत तथा प्राबिधिक समस्याहरु होलान तर त्यसलाई समाधान गरेर युवालाई स्वदेशमै स्वरोजगार बनाउन सक्नु पर्छ ।
देशको आर्थिक बिकाश हुने योजनाहरु जुन सुकै सरकारले ल्याएको भएपनि त्यसलाई निरन्तरता दिनु पर्छ । यहाँ राजनीतीमा आश्वासन र संभावनाको हैन,असल निती र परिणाम ल्याउने कुरामा सबै प्रतिबद्ध हुनु पर्छ अनिमात्र देशको बिकाश सम्भब छ,युवाको भबिष्य निश्चित छ । (लेखक वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा चिकित्साशास्त्रमा अध्यनरत छन्)