पूर्वको ट्राफिक ब्यवस्थापन अस्तब्यस्त छ भन्दा फरक पदैन । सडक ब्यवस्थापनको जिम्मा पाएको ट्राफिक प्रहरी कमाउ धन्दामा छ । दैनिक सडक दुर्घट्नामा ज्यान गुमाउँनको संख्या बढ्दो छ । तर सडक दुर्घट्नाको विषयमा कारण खोज्न नसक्ने ट्राफिक प्रहरी जरीवना काट्न रातो विल लिएर सडकमा जनता सँग दिनहु निहु मात्र खाजिरहन्छ ।
सडकमा जरीवना काट्दैमा के सवारी दुर्घट्ना राकिएला ? अभियुक्तहरु ५ सय देखि एक हजार सम्म जरीवना काटेर छुट्ने प्रचलनले सवारी दुर्घट्ना कसरी रोकिएला ? ट्राफिकको कमजोर ब्यवस्थापनको कारण सडक दुर्घट्ना वढेको यथार्थ हो । ट्राफिक साचै नागरीक मुखी भएका छैनन । आम नागरिकलाई ट्राफिक प्रहरीले गर्ने ब्यवहार राम्रो छैन । ट्राफिक प्रहरीहरु सुध्रिएका छैनन उनीहरुमा अहमपन छदै छ । सर्वसाधरणहरु माथी हेपाह प्रवितृ कायमै छ । देशभर मुस्कान सहितको सेवा लागु गरे पनि त्यो अभियान अहिले लागु भएको छैन यहाँ । ट्राफिकले आफ्नो संगठनलाई चुस्त दुरुस्त वनाउँन सकेको छैन ।
ट्राफिकको आचरण, व्यवहार र व्यावसायिक सुधारका साथै सहज र पारदर्शी तथा जवाफदेही सेवा दिनु पर्छ । मान्छेहरु भन्छन् ट्राफिकको व्यवहार नै कठोर । माथिल्लो दर्जाकाले तल्लो दर्जाकालाई तँ तँ र म म गर्छन् । नागरिकसँग बोल्ने तरीका पनि यस्तै हुन्छ । साला, तँ भन्ने शब्द त मुखमै झुण्डिएको हुन्छ । हुन पनि हो केही उनीहरुको कठोर व्यवहार र तल्लो स्तरको गालीगलौजले धेरैजना पीडित छन । नगारीक सँग जानु अघि आफ्नो घरलाई राम्रो वनाउँनु पर्छ भन्ने विर्सने प्रहरीको हाकिमले कसरी मुस्कान सहितको सेवा लागु गर्ला ?
पहिला जवान र हाकिमबीचको सम्बन्ध राम्रो बनाउनु पप्यो नी हैन र ? त्यस्तै पनि सरकारी कर्मचारीको कार्यशैलीप्रति आम जनता सन्तुष्टि छैनन । ट्राफिक प्रहरीले आफ्नो सेवाको गुणस्तरमा पनि ध्यान दिनु जरुरी छ । घुस नदिई कामै हुदैन भन्ने सर्वसाधरणको भनाईमा किन चुप छन त्यो निकाय ? अहिले पनि अधिकांस ट्राफिक प्रहरीमा सुधार आएको छैन वरु घमण्ड भने वढेको छ । समाजमा ट्राफिक प्रहरीहरु अहिले पनि सामाजिक भईसकेका छैनन् । तसर्थ ट्राफिक प्रहरीहरु सुध्रन आवाश्यक छ । घर सुधारेर मात्र सडक सुधारमा लाग्न यो पंत्तिकार ट्राफिक प्रहरी पूर्व क्षेत्रीय हाकिम शौरभ राणालाई अनुरोध गर्छ ।
सडकको चोकचोकमा उभिएर गाडीको आवत जावत हेर्ने ट्राफिक प्रहरीहरुले कती जना सँग राम्रो ब्यवहार गर्लान ? ट्राफिकमा मुस्कान सहितको सेवामा ट्राफिक प्रहरीका टाउँको दुखाईको विषय वन्यो । चौकमा वसेर सर्वसाधरणलाई गाली गदै वmाईन काट्न वस्ने त्यो ट्राफिक प्रहरीले त्यो माथिल्लो दर्जाको नियम पालाना गर्ने सकेको छैन । चोकमा उभिएर जाम खुलाउने, लाइसेन्स माग्ने, सवारीलाई व्यवस्थित गर्ने लगायतका काममा खटिने ट्राफिक र गाडी चालकबीच प्रायः विवाद र तनाव भैरहन्छ किन ?
सडकमा यायाताय चलाउँनेहरुलाई ट्राफिक कहिल्यै राम्रो नजरले हेदैन । मुस्कान सहितको सेवा भन्ने नाराका साथ अगाडी बडाइएको प्रहरी सेवा नारामा मात्र सिमित भएको पाईन्छ । यसरी आफ्नै संगठनको नाराको धज्जी उडाउनेमा ट्राफिक प्रहरी पनि अगाडी छन । ट्राफिक व्यवस्थापनका लागि खटिएका ट्राफिक प्रहरीहरुको रुखो वोलेर जनता चिडियाउँने काममा सुधार आएको छैन ।
ट्राफिक प्रहरीले मुस्कान सहितको सेवा को खिल्लली उडाई रहेका छन । यसलाई रोक्न र जनता सग राम्रो ब्यावहार गर्ने ट्राफिक प्रहरीको हाकिमहरुले ध्यान दिनु जरुरी छ । नियमविपरीत सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, सवारी नियम पालना नगर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सवारी साधन चुस्त–दुरुस्त नराखी सञ्चालन गर्ने र लापर्वाहीपूर्वक सवारी चलाउनेलगायतका कारणले सवारी दुर्घटना पछिल्लो समय बढ्दै गएको देखिन्छ । सवारी दुर्घटना भएपछि न्यूनीकरणका लागि चासो देखाउने अनि त्यसको केही समयपछि सबै विर्सने प्रवृत्ति सवारी दुर्घटना न्यूनीकरणका क्षेत्रको समस्याको रुपमा देखापरेको छ । तर कमजोर कानुनका कारण सामान्य जरिवाना मात्र गर्नुपर्ने अवस्थाले भयङ्कर दुर्घटना निम्त्याइरहेको तथ्यको गम्भीरताका साथ विश्लेषण हुनसकेको पाइदैन ।
चेकजााचले मात्र दुर्घटना न्यूनीकरण नहुने तथ्य प्रमाणित हुदै गएको छ । त्यस कारण जरीवनालाई भन्दा पनि ब्यावहारीक शिक्षालाई ध्यान दिनु जरुरी देखिन्छ । सवारी चालकले आफ्नो सहयोगी अर्थात् सहचालकलाई गाडी चलाउन दिएको कारण कैयौ दुर्घटना भएका छन दर्जनौले अनाहकमा ज्यान गुमाएका छन । एक त हाम्रो देशमा प्रभावकारी कानुन छैन, भएको कानुनको पनि कडाइका साथ पालना गरिदैन । लाइसेन्स नभएका सवारी चालकहरू छन, एकदम स्पिडमा , मदिरा सेवन गरेर सवारी साधन चलाउँछन् तै पनि उनीहरूमाथि सम्बन्धित सरोकारवालाले निगरानी बढाउन सकेको छैन ।
निश्चित मापदण्ड तोकिदिने हो भने केही सुधार आउने थियो कि ? पुरानो जीर्ण भइसकेको सवारी साधनमा क्षमता भन्दा बढी यात्रु कोचाएर यात्रा गरेपछि कहीँ न कहीँ दुर्घटना अवश्य हुन्छ । सवारी साधनको जीवन अवधि मापन गर्ने सयन्त्र नहुँदा पनि सवारी दुर्घटनामा वृद्धि भएको देखिन्छ । पुराना थोत्रा सवारी साधनलाई अवधि भन्दा बढी समयसम्म सञ्चालनमा ल्याउँदा दुर्घटनाको सम्भावना बढी हुन्छ । त्यस्ता सवारीलाई कार्वार्ही गदै पूर्वमा ट्राफिक ब्यवस्थापन चुस्त दुरुस्त वनाउँन जरुरी दखिन्छ ।
सबै सर्वसाधरण सँग रुखोे ब्यवहार हैन उनीहरुलाई नरम ब्यवहारमा ट्राफिक जनचेतना फैल्याउँनु सक्नु पर्छ । कमिशन खान जथाभावी जरीवना रसिद काटेर मात्र सडकको अस्तब्यस्त राकिने पक्का छैन । सामान्यतय ट्राफिक प्रहरीको काम सडक ब्यावस्थापन नै हो । ट्राफिक प्रहरीहरु सडकमा डियुटी गर्दा साना तिना कुराहरुलाई त्यती धेरै ध्यान दिदैनन् वरु चिने जानेका सँग गफ गर्ने मोवाईलमा कुरा गर्ने काममा नै ब्यास्त हुन्छन ।
हाकिमहरु सडकमा हुईकीने वेलामा भने सडकमा ट्राफिक हातमा सेतो पन्जा लगाएर नै वसेको देखे पनि हरु वेला सक्रियता खासै देखीदैन । ट्राफिक प्रहरीहरु यती वेला सडक ब्यावस्थापनमा भन्दा पनि जरीवाना तिराउँने दाउँमा वस्छन । सडकको ब्यावस्थापन गर्ने नसक्ने ट्राफिक मापासेमा भने ढुकी ढुकी डियुटी किन गर्नु ?