लामो पर्खाइपछि सरकारले स्थानीय तहको निर्वाचन २०७४ वैशाख ३१ गतेलाई तोकेको छ । सरकारले दुई चरणमै भए पनि चुनाव हुने लगभग पक्का पक्की भएको छ । वर्षौंदेखि स्थानीय स्तरबाट वनबास भएको राजनीतिक अधिकार फिर्ती हुने आशाले स्थानीय नेता र जनता उत्साहित बनेका छन् । संघीय संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएकाले पनि आसन्न स्थानीय तहको चुनाव जनचासो र चर्चाको विषय बनेको छ ।
निर्वाचनको यस्तै विभिन्न चर्चा र परिचर्चाको बीचमा नेपालका सम्पूर्ण परिवर्तनमा अद्वितीय योगदान पुप्याएको युवा शक्तिलाई राजनीतिक दलहरूले कसरी समेट्लान् भन्ने प्रश्न पनि त्यत्तिकै शहर देखि गाउँ सम्म तेतिकै छ । नेपालका युवा संख्यात्मक हिसाबमा मात्र ठूलो नभई शक्तिको हिसाबमा पनि निकै बलिया छन् । यसकारण स्थानीय तहको निर्वाचनमा युवाको बलियो सहभागिता आवश्यकमात्र नभई जरुरी बनिसकेको छ । लामो समयपछि नेपाली जनताले स्थानीय जनप्रतिनिधि पाउने भएका छन् ।
लाखौं युवाहरू जन प्रतिनिधिको रुपमा विकास निर्माणको काममा सक्रिय भएको भए नेपाली युवाहरू खाडीलगायत विभिन्न मुलुकमा गएर काम गर्न जाने सङ्ख्यामा कमी आउने थियो । वर्षको लाखौं युवाहरू श्रमको लागि विदेश जान बाध्य हुनुमा नेपालमा स्थानीय निकायको निर्वाचन नहुनु पनि हो । पछिल्लो समय युवाहरूमा राजनीतिप्रति नै वितृष्णा आएको देखिन्छ । राजनीतिलाई भागबण्डा, पक्षपात र लुटपाटको रुपमा बुझ्ने शासक दलहरूले वुझाई छ । यसले गर्दा नेपाली युवाहरूमा नैराश्यता आएको देखिन्छ । देशको मुहार फेर्न युवाहरू राजनीतिमा लाग्नुपर्छ भन्नेहरू कमैमात्र भेटिन्छन् ।
युवाहरू सही राजनीतिमा नलाग्ने हो भने देशको भविष्य अन्धकार हुन्छ । लाखौं युवाहरू जन प्रतिनिधिको रुपमा विकास निर्माणको काममा सक्रिय भएको भए नेपाली युवाहरू खाडीलगायत विभिन्न मुलुकमा गएर काम गर्न जाने सङ्ख्यामा कमी आउने थियो । स्थानीय निर्वाचनसँगै संविधानले दिएको अधिकार प्रयोग गर्नसक्ने सक्षम नेतृत्व चयनमा जनताले ध्यान दिनु आवश्यक छ । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको छ ।
दलहरूले सक्षम नेतृत्व चयन गर्न सकेन भने संविधानले कल्पना गरेको जस्तो विकासलाई गति दिन सम्भव हुँदैन । अहिले संविधानले नै स्थानीय तहलाई कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको अधिकार दिएको छ । संविधानले स्थानीय तहलाई आफै कानुन निर्माण गर्ने, कानुनको कार्यान्वयन गर्ने र कानुनबमोजिम न्याय दिने अधिकार प्रदान गरेको छ । नगर प्रहरी, सहकारी, एफएम सञ्चालन, आधारभूत र मावि शिक्षा, आधारभूत स्वास्थ्य र सर सफाइ, घर जग्गाको लालपुर्जा वितरण आदि २२ वटा विषयमा स्वतन्त्र रुपले कानून निर्माण गरी अगाडि बढ्न हरेक स्थानीय तह सक्षम छ ।
ती अधिकारहरूलाई सही रुपमा प्रयोग गर्नसक्ने सक्षम नेतृत्व स्थानीय तहले पाएमा जनताले परिवर्तनको अनुभूति गर्न पाउनेछन् । इटहरी पूर्वको हब वन्दै गएको एउटा निकै भविष्य वाकेको शहर हो । चौतर्फी बाटाघाटो मात्र हैन सबै हिसवाले अगाडी रहेको इटहरीलाई कस्तो वनाउँने भन्ने सवाल अहिले चर्चा भएको पाईदैन । इटहरीलाई आधुनिक र सुविधा सम्पन्न शहर वनाउँन यहाँ स्थानीय निर्वाचन पछि जितेर आउँन मेयरको भुमिका महत्वपूर्ण हुन्छ । शिक्षा क्षेत्रमा विशेष ध्यान दिदै शिक्षामा सरकारी लगानी वढाउनु जरुरी पनि त्यतीकै छ । साथै ब्यावस्थीत हस्पिटल निमार्ण गरी स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मार्नु पर्ने देखिन्छ ।
प्रदेशको राजधानी वनाउँन दवाव निर्वाचित जनप्रतिनिधिले इटहरीलाई प्रदेशको राजधानी वनाउँन सक्नु पर्छ । इटहरी पूर्वको नेतृत्व गदै गरेको उदाउँदो शहर,सबै जातजाती भाषभाषीहरुको वसोवास भएको इटहरीलाई प्रदेश नम्वर एकको राजधानी वनाउँन सक्नु पर्छ । इटहरी चौकमा यातायात चहलपहलसँगै वस्ती विस्तार भयो । एउटा समय थियो, जंगल जति फाँड्न सक्यो, त्यो मानिस त्यत्ति नै जग्गाको मालिक हुन्थ्यो । तराइमा औंलो लाग्छ भनेर राई, लिम्बु, ब्राह्मण, क्षेत्रीहरु बस्न रुचाउँदैनथे त्यही इटहरी अहिले पूर्वको उदयमान शहरको रुपमा छ ।
गाउँ पञ्चायत, गाविस, नगरपालिका हुँदै उपमहानगरपालिका बनेको इटहरी यतिखेर प्रदेशको राजधानी प्रमुख दावेदार शहर हो । महेन्द्र र कोशी राजमार्ग एक आपसमा काटिएको ठाउँको रुपमा इटहरीमा बजार विकास भयो । जिल्लाको तीन नगरपालिकामध्ये कान्छो नगरपालिकाका रुपमा २०५३ साल मसिर ११ गते गाउँ विकास समितिबाट नगरपालिकाका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि नगरपालिका घोषणा भएको गाविस अहिले पुर्वको उत्कृष्ट नगरपालीका हुदै उपमहानगरपालीका भईसकेको छ । इटहरी सवै जातजाती ,भाषभाषी,धर्म सस्कृति भएको ठाउँ र सम्पूर्ण पूर्वधार तयार गरी इटहरीलाई प्रदेशको राजधानी वनाउँन महत्वपूर्ण भूमिका खेल्नु जरुरी छ । त्यस कारण निर्वाचित मेयरले राजधानी वनाउँने विषयमा पहल गर्लाकी नगर्ला यस विषयमा भोटरले पार्टी भन्दा माथी उठेर भोट हाल्न जरुरी छ ।
इटहरी ढुवानको निकास पूर्वको उदाउँदो शहर इटहरी वर्षायाममा केहि भाग अहिले जलमग्न छ । ब्यापारीक दृष्टिकोणले पूर्वकै नेतृत्व गदै आएको शहर वर्षेनी ढुबीरहदा किन मौन वस्दै आएको छ ? वर्षेनी सर्वसाधरणको ओछ्यानवाट वाढी कुदिरदा वाढी रोकथामको दिर्घकालीन समस्याको सामधान गर्न पनि अहिलेको जनप्रतिनिधिको मुख्य काम हो । इटहरी जस्तो तिब्र विकास भईरहेको शहर ढुब्नु चानचुने विषय भने हैन । विकासको क्रम सँगै वसाईसरी आउँनेहरुको संख्या समेत दिनानुदिन वढिरहेको छ ।
इटहरी ढुब्नुको प्रशस्त छन कारणहरु छन यी कारणहरुको खोजी गरी समस्याको सामधान गर्नु सक्नु पर्छ । वर्षेनी लाखै रुपैया सेहेरा खोला रोक्न भन्दै वालुवामा पानी हाल्ने काम तत्काल रोकी दिर्घकालीन समस्याको सामधान खोज्न जरुरी छ । इटहरीलाई समृद्धि वनाउँन युवा नेतृत्व सँगै प्रभावशाली नेतालाई मेयरमा जिताए आम जनताका हित हुने पक्का छ ।
यस्तो विषयमा युवा नतृत्वले सोच्ने वेला आएको छ । नेपाल राष्ट्रको विकास र समृद्धि स्थानीय तहबाटै सुरु गर्नुपर्ने भएकाले लोकतन्त्र, जनता र विकासको मन्त्रलाई सुन्दर ढंगले जोड्न र प्रविधिको उच्चतम प्रयोग गर्दै भ्रष्टाचारलाई शून्यतामा झार्न र दौडिरहेको विश्वको प्रगतिको पछाडी दौडिन अहिले इटहरीलाई युवा नेतृत्वको आवश्यक छ ।
खेलकुदको विकास गर्ने इटहरीले खेलकुद क्षेत्रले ठुलो छल्याङ मार्ने जरुरी छ । खेलकुद सम्वन्धी भौतिक पूर्वाधारहरु तिब्र गतिमा तयार गरी क्षेत्रीय रंगशालाको ब्यावस्थापन गर्नु पर्ने दखिन्छ । धरान ,विराटनगर लगायतका उपमहानगरहरुले खेल क्षेत्रमा महत्वपूर्ण योगदान गरे पनि उनीहरुको तुलनामा इटहरीको योगदान शुन्य जस्तै छ । त्यस तर्फ प्रत्येक वडाका युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्नु आजको आवश्यकता हो । खेल क्षेत्रको विकासको लागी इटहरीले केहि रकम खर्चेनु पर्ने देखिन्छ ।
स्थानीय सरकारले इटहरीको लागी खेलकुदमा ठुलो लगानी गर्नु पर्छ । युवाहरुलाई खेलकुदमा विकास गर्न स्थानीय सरकारल हेलचेक्राई गर्नु हुन्न । इटहरलार्ई सुविधा सम्पन्न सभागृहकोे आवश्यक छ। यहाँ ठुला कार्यलक्रम गर्नको लागी सभागृह निमार्णमा महत्वपूर्ण भुमिका खेल्नु पर्ने देखिन्छ । साथै कला क्षेत्रमा हुने कार्यक्रमका लागी सभागृह आवश्यक भएको कारण कलाकारहरुलाई समेत मध्यनजर गर्नु आवश्यक छ । रिगं रोड निमार्ण गरी सुविधा सम्पन्न बाटोघाटोलाई विशष ध्यान दिएर विकाशमुखी नेतृत्व इटहरीलाई आवश्यक छ ।
(लेखक पौडेल नेपाली काग्रेसबाट इटहरी मेयरमा आकाक्षी युवा नेता हुन ।)