विषय प्रवेश प्रकृतिले सबैलाई सबैचिज दिएको छैन । अरबको मरुस्थलीय क्षेत्रमा खनिज तेल छ । साइबेरियाको हिमाच्छादित एकान्तमा प्राकृतिक ग्यास र कोईला छ । माल्दिभ्समा समुद्र छ । त्यस्तै नेपालको बरदान हो– पानी र हिमाल । नेपालले आफ्नो सम्पन्नता यसैभीत्र खोज्नु पर्दछ । पानीको उपायोग खानेपानी, सरसफाई, सिंचाई, विद्युत् उत्पादन जल यतायात र पर्यावरण सन्तुलन, अदिमा गर्र्न सिकन्छ । “जलमे जिवन” अर्थात् पानीकै कारण पृथ्वीमा जिवन संभव भएको हो । विना पानी जिवन संभव छैन । त्यसैले पानी पृथ्वीमा सर्वोत्तम बरदान हो । अतः जुन भुखण्डमा यस सर्वोत्तम् बरदानको पर्याप्तता छ, त्यो भुखण्ड हो, नेपाल । त्यसैले नेपालले आफ्नो संमृद्धि पानीको उचित ढंगले बहुआयामीक उपयोगबाट मात्र संभव छ ।
[caption id="attachment_42740" align="alignleft" width="336"]
सप्तकोसी नदि गोसाईकुण्ड र कञ्चन्जंगा जलाधारक्षेत्र भएर बहने ईन्द्रावती, सुनकोसी, तामाकोसी, लिखु, दुधकोसी, अरुण र तमोरलाई समेट्ने नेपालकै सबैभन्दा ठुलो नदि मात्र नभएर सिन्धु र ब्रम्हपुत्र पछिको हिमालयबाट निश्कने ठुलो नदि हो । यसको कुल जलाधार क्षेत्र ९२ हजार ५ सय ३८ वर्ग कि.मी. मध्ये ४१ हजार ३ सय ३३ वर्ग कि.मी. नेपालमा पर्दछ । नेपालको कुल जलविद्युत उत्पादन क्षमता ८३,२९० मे.वा. मध्ये २२,३५० मे. वा. सप्तकोशी जलाधार क्षेत्रले योगदान गर्न सक्दछ । तामोर जलाशययुक्त आयोजना सप्तकोशी नदिमा व्क्ष्ऋब् द्धारा सन् १९८५ मा गरिएको Master Plan Qmudy On Koshi River Water Resource Development मा उल्लेखित १३ वटा ठुला जलविद्युत् आयोजना मध्येको एक महत्वपुर्ण आयोजना हो । वर्तमान सरकारकारले नेपालको पानी, जनताको लगानीभन्ने अवधारण अगाडि बढाई रहेकोमा देश विदेशमा रहेका नेपालीहरुको तर्फबाट उत्साहजनक सहभागिता भैरहेको छ । यसै परिवेशमा तमोर जलाशययुक्त आयोजना ७६३ मे.वा. निर्माणको लागि एक नम्बर प्रदेशका स्थानीयबासीको उल्लेख्य लगानी हुने छ ।
आयोजनाको अवस्थिती
तमोर जलासययुक्त आयोजना नेपालको प्रदेश नं १ को पाँचथर र तेह्रथुम जिल्लाको सिमा नदिको रुपमा बहने तमोर नदिमा रहेको छ । यसको बाँधस्थल (Dam Ite) तेह्थुरम जिल्लाको ओख्रे गा.वि.स. र पाँचथर जिल्लाको स्याबरुम्बा गा.वि.स.मा पर्दछ । यो आयोजनाको बाँधस्थल (Dam Ite) कोशी राजमार्गको धनकुटा धरान सडक खण्डको मुलघाट देखि ३० कि.मि.मा पर्दछ । यो बाँधस्थल म्याङ्लुङ्–लुम्बुघाट २० कि.मि. यासोक–लुम्बुघाट १५ कि.मि. लुम्बु दोभानको निर्माणधिन पुलबाट १.५ कि.मि. तलतिर पर्दछ । यस आयोजनाको बाँधस्थल(Dam Ite) सम्मको मुख्य पहुँचमार्ग मुलघाट–लुम्बुघाट सडकखण्डको ३० कि.मि. मध्ये २७.५ कि.मि. सडकको ट्रयाक ओपन भैसककेको छ भने बाँकि २.५ कि.मि. ट्याक खोल्नेकार्य भैरहेको छ । ट्रयाक खुल्नासाथ यो आयोजनाको बाँध स्थलसम्मको मुख्य पहुँच मार्ग तयार हुन्छ ।
आयोजनाको संक्षिप्त परिचय
तमोर जलासययुक्त आयोजना तेह्थुरम जिल्लाको ओख्रे गा.वि.स. र पाँचथर जिल्लाको स्याबरुम्बा गा.वि.स.को सिमा भएर बहने तमोर नदिमा २०५ मि. अग्लो बाँध बाधेर ७६३ मे.वा. विद्युत् निकाल्न सकिने गरि नेपाल विद्युत् प्राधिकरणले feasibility study Reporter/ गरेर आयोजना अध्ययन अगाडि बढाई रहेको आयोजना हो । ने.वि.प्रा.को feasibility study Report अनुसार यस आयोजनाको बाँध २५० मि. अग्लो बनाउने हो भने यसको क्षमता १२५० मे.वा. हुन आऊँछ । तर पनि ने.वि.प्रा.ले यस आयोजना ७६३ मे.वा. क्षमतामा अगाडि बढाउने गरि Detail study गरिरहेको छ । नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र–२०७२ मा प्रश्तावित ११ वटा जालसययुक्त आयोजनाको ८ औं प्राथमिकता सुचिमा यो आयोजना रहेको छ । जसमा यो आयोजनाको क्षमता ६९२ मे.वा. रहने र वि.स. २०८२ सालभीत्र सम्पन्नगर्ने लक्ष राखिएको छ । यसरी हेर्दा यो आयोजना राष्टि्यर प्राथमिकता प्राप्त आयोजना हो ।
नेपाल विद्युत् प्राधिकरणले तयार गरेको feasibility study Report अनुसार ७६३ मे.वा. को आयोजना बनाऊँदा यस आयोजनाबाट बार्षिक ११०५.३२ गिगावाट आवर विद्युत् उत्पादन हुन्छ । यस अनुसार यो आयोजनाबाट हिऊँद याम (पौष, माघ, फाल्गुण चैत्र) मा ६ घण्टा बाँकि (बैसाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) बर्षा याममा दैनिक २४ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । यो आयोजनाको बाँध ३०० मि. अग्लो बाँध्ने हो भने यसको जडित क्षमता २५६५ मे.वा. हुन आऊँछ र यसबाट बार्षिक ४९६८.५६ गिगावाट विद्युत् निकाल्न सकिन्छ । यस अनुसार यो आयोजनाबाट हिऊँद याम (पौष, माघ, फाल्गुण चैत्र) मा १२ घण्टा र बर्षा याम (बैसाख, जेष्ठ, आषाढ, श्रावण, कार्तिक, मंसिर) मा दैनिक २ घण्टा विद्युत उत्पादन गर्न सकिन्छ । त्यसैले यो आयोजनाको जडिता क्षमता ७६३ मे.वा. बढाएर २५६५ मे.वा. बनाएर हिऊँद यामको बढ्दो लोडसेडिङ कम गर्ने तर्फ सबै पक्षले ध्यानदिनु आवस्यक छ ।
आयोजनाको वर्तमान अवस्था सन् १९८५ मा JICA द्धारा ६९६ मे.वा. पहिचान गरिएको २५ बर्षपछि ने.वि.प्रा.ले यो आयोजनाको ५३० मे.वा. क्षमताको सर्भेक्षण अनुमती पत्र License उपलब्ध गराई दिनको लागि नेपाल सरकार, उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा मितिः २०६८।११।०४ मा आवेदन गरेको थियो । विद्यमान जलविद्युत् नियमावली अनुसार कुनैपनि आयोजनाको सर्भेक्षण License लिएरमात्र गनुपर्ने हुन्छ । यस्तो License जारि गर्ने अधिकार जलविद्युत् नियमावली अनुसार उर्जा सचिबसँग रहेको छ । त्यसैले सरकारको पुर्ण स्वामित्व रहेको ने.वि.प्रा. समेत यो आयोजनाको License को लागि उर्जा मन्त्रालय आवेदन गर्नु परेको हो । ने.वि.प्रा.को आवेदन उपर उर्जा मन्त्रालयबाट कारवाहि हुँदा मितिः २०७०।०४।३० मा ६५० Full Supply Level (FSL) लेवल हुँदा License जारि भैसकेकाका कावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा.को Co-ordinate overlap हुने हुँदा ४५० FSL कायम गरेर Feasibility study गर्न ३ वर्षको लागि License दिईयो । यसपछि ने.वि.प्रा.ले यो आयोजना विभिन्न क्षमतामा अध्ययन गर्दा यो आयोजना ७६३ मे.वा. भन्दा ठुलो बनाऊँदा मात्र आकर्षक हुने देखियो र ने.वि.प्रा.ले यसको क्षमता ७६३ मे.वा. कायम गर्न मिति २०७३।११।१९ मा उर्जा मन्त्रालय, विद्युत् विकास विभागमा आवेदन गरेकोमा हालसम्म स्विकृति पाउनको सकेको छैन । विद्यमान जलविद्युत् नियमावली र कार्यविधि अनुसार उर्जा मन्त्रालयबाट जारि भएका License को Co-ordinate overlap हुने गरि अर्को License जारि गर्ने अधिकार उर्जा सचिबलाई दिईएको छैन ।त्यसैले सरकारले श्रोतको अधिकतम् उपयोगको यो आयेजनाको License नेपाल सरकार मन्त्री परिषद्बाट तत्काल निर्णय गर्न जरुरी छ । यो आयोजना निर्माण पछि डुब्नेकावेली ए ३७.६ मे.वा. र तल्लो हेवा २१.६ मे.वा. आयोजनाकालाई Energy क्षतीपुर्ती दिनेगरि यो आयोजना तत्काल अगाडि बढाउन जरुरीे छ ।
आयोजनाको प्रभाव अहिले ने.वि.प्रा.ले तयार पारेको ७६३ मे.वा.क्षमताको Feasibility study Report अनुसार लुम्बुघाट भन्दा १.५ कि.मि. तल २५० मि. अग्लो बाँध बनाऊँदा नदिको पानी बाँध स्थलबाट तमोर नदिमा ३८ कि.मि. पछाडिसम्म फर्किर ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको तलाउ बन्दछ । यसरी नदिको पानी तलाऊ बन्दा तेह्रथुम जिल्लाका १२ गा.वि.स.हरु क्रमशः ओख्रे, सुङ्नाम, सोल्मा, म्याङ्लुङ्, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ, चुहानडाँडा, छातेढुंगा, ईवा र ह्वाकु पाँचथर जिल्लाका १२ गा.वि.स. हरु क्रमशः स्याबरुम्बा, रानीगाऊँ, लुम्फुवाङ्, नवमीडाँढा, चोकम्जु, फिदिम, नागिन, बार्पा, सुभाङ्, पञ्चमी, अमरपुर र नागि ताप्लेजुङ् जिल्लाका निगुरादिन, फुलबारी, हाङ्पाङ्, फुङ्लिग, दोखु, नाङ्खोल्याङ्, थेचम्बु, र चाक्सीबोटेसम्म फैलन्छ । तमोर नदिमा ३८.६५ वर्ग कि.मि. क्षेत्रफलको बन्ने तलाउको आकर्षणका कारण जल पर्यटन बढ्नगई तलाऊको छेऊछाऊ पर्यटकलाई आवस्यक होटल, लज, रेष्टुरेण्ट आदिको विकास हुन्छ भने तलाऊको करिब ३८ कि.मि खण्डमा जलयातायात संचालन गर्न सकिन्छ । यो तलाउमा हुने जलयातायातले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्, पाँचथर सदरमुकाम फिदिम र ताप्लेजुङ सदर मुकाम फुङ्लिङ जोड्द छ । यसरी जलमार्गबाट १ नम्बर प्रदेशमा रहेको १४ जिल्ला मध्ये ३ जिल्लाको सदर मुकाम जोड्नु आफैमा यो आयोजनाको आकर्षण हो । आयोजना निर्माणका क्रममा बन्ने मुलघाट–लुम्बुघाट ३० कि.मि. सडक निर्माणपछि मुलघाट–लुम्बुघाट–म्याङ्लुङ्–बसन्तपुर–हिले–धनकुटा–मुलघाट चक्रपथ Ring Road बन्दछ । यो चक्रपथमा सडक पुर्व–पश्चिम मध्यपहाडी राजमार्गको म्याङ्लुङ्–बसन्तपुर–हिले तथा उत्तर–दक्षिण रानी–किमाथांका राजमार्गको मुलघाट–बसन्तपुर खण्ड पर्दछ ।
यो आयोजनामा बन्ने जलासयको पानी पुर्व–पश्चिम मध्यपहाडी राजमार्गको फिदिम–आठराई ३५ कि.मि.सडक खण्डको तमोर नदिमा निर्मित पुलको लेवल भन्दा माथिसम्म आएर सो पुल डुब्दछ । सो पुल रहेको ठाऊँ पाँचथरको सदरमुकाम फिदिमबाट १४ कि.मि. र तेह्रथुमको ऐतिहाँसिक संक्रान्तिबजारबाट २१ कि.मि. मा दुरीमा छ । सो पुल डुबेपछि मध्यपहाडि राजमार्ग संचालनको लागि यस आयोजनाले सो पुलको सट्टामा तलबाट जलयातायात सञ्चालन गर्न सकिने गरि बन्ने पक्किपुल आफैमा नेपालको आकर्षण बन्नगई यो ठाऊँमा पर्यटन विकासको संभावना रहन्छ । यो आयोजनाको ड्यामको फैलावट पुर्व–पश्चिम मध्यपहाडी राजमार्गमा सरकारले प्रश्ताब गरेको ११ वटा नयाँसहरहरु मध्ये पाँचथरको फीदिमबाट १४ कि.मि. र तेह्थुरमको बसन्तपुरबाट ४० कि.मि.मा रहेको छ भने नेपालको अधिक जनसंख्या भएका तराईका जिल्लाहरु झापा, मोरंङ र सुनसरीबाट नजिक छ । जसका कारण यो आयोजनामा बन्ने तलाऊमा जलपर्यटन आकर्षण बढ्न गई यो आयोजना पर्यटकिय रुपमा समेत आकर्षण केन्द्र विकास हुन्छ । यो आयोजना पुर्व पश्चिम विद्युत् ४०० के.भी.ए. प्रसारण लाईनबाट करिब ७५ कि.मि.को दुरीमा भएकाले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहजै जोड्न सकिन्छ । यो आयोजनाको भौगोलिक अवस्थीति नेपालको पुरानो मोरंग सुनसरी औध्योगिक क्षेत्र तथा प्रश्तावित दमक औध्योगिक क्षेत्रबाट नजिक रहेकोले यस क्षेत्रमा बढ्दो उर्जाको मागलाई सम्बोधन गर्न पनि यो योजना बन्न जरुरी छ । यो आयोजना निर्माणपछि विद्युत् आफुर्तिको संभावनालाई हेरेर प्रदेश नं. १ मा थप उद्योग स्थापना हुनगई यस क्षेत्रमा रोजगारी श्रृजना हुन्छ । यस बाहेक आयोनजा निर्माणका समयमा श्रृजना हुने प्रतक्ष तथा अप्रत्यक्ष रोजगारी, अयोजनामा शेयर लगानी गर्ने अवसर, आयोजना प्रभावीत क्षेत्रमा आयोजनाले सामाजिक विकासमा गर्ने लगानी आदिका कारण धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्मा यस आयोजनाको अझबढी महत्व छ । देशमा विद्युत् माग र आपुर्तीमा बढ्दो असन्तुलान कम गरेर लोडसेडिङ अन्त्य गर्नको लागि जलासयुक्त आयोजनाको आवस्यकतालाई मध्यनजर गर्दा समेत यो अयोजना निर्माण भएमा देशको लोडसेडिङ कम गर्न समेत प्रत्यक्ष सहयोग पुग्दछ । आर्षक आयोजना नेपालमा पहिचान गरिएका ५२ वटा जलासययुक्त आयोजनाबाट करिब ४३,३४५ मे.वा.उत्पादन गर्न सकिने संभावना रहेको एक तथ्याङ्कले देखाए पनि सबै आयोजनाहरु आर्थिक रुपले संभाव्य छैनन् । यो आयोजना निर्माणमा जान लागेको राष्ट्रिय प्राथमिकता प्राप्त बुढीगण्डकी जलासययुक्त जलविद्युत् अयोजनासँग तुलनात्क अध्ययनबाट यस आयोजनाको आवस्यकता र औचित्यता माथि थप प्रस्ट गर्न सकिन्छ ।
माथिको तालिकाबाट यो आयोजना र बुढी गण्डकी आयोजनको तुलनात्मक रुपमा अध्ययनबाट यो आयोजना आर्थिक, सामाजिक र वातावरणिय हिसाले आकर्षक देखिएको छ । बुढीगण्डकी आयोजनामा २५४९.५५ मिलियन अमेरिकी डलर लगानी गरेर प्राप्त हुने ३३८३ गिगावाट आवर विद्युत् र यो आयोजनामा १२,१७.३० मिलियन अमेरीकि डलर लगानी गरेर वार्षिक प्राप्तहुने ३३५४ गिगावाट आवर विद्युत् उहि हुनुले पनि यो अयोेजना कति आकर्षक छ भन्ने स्पष्ट हुन्छ । यो आयोजनाको आन्तरिक प्रतिफल दर (IRR) १५.७३% यो आयोजनाकोबाट डुबान पर्ने ३७.६ मे.वा. को कावेली ए को कुल वार्षिक विद्युत् उत्पादन २०२.५ गिगावाट र तल्लो हेवा २१ मे.वा.को कुल वार्षिक विद्युत् उत्पादन ११६.३ गिगावाट घटाएर आएको हो । यसले यो आयोजना बनेपछि यि अयोजनाबट उत्पादन हुने विद्यूत्को क्षतिपुर्ति ति आयोजनाहरुलाई वार्षिक रुपमा उपलब्ध गराउँदा समेत आर्थिक रुपले आकर्षक यो आयोजना निर्माणले एक नम्बर प्रदेशको संवृद्धिको ढोका खुल्दछ । त्यसैले सरकारले तत्काल यो आयोजना निर्माण कार्य अगाडि बढाउन एक नम्बर प्रदेशका स्थानीयको माग रहेको छ ।
(तेह्रथुमका दुलाल जलविद्यु्त् प्रर्वधक तथा नेकपा एमाले जलश्रोत तथा उर्जा विभागका सदस्य हुन् ।)