एक्काईसौँ शताब्दीसँगै तीव्र रूपमा विकास भइरहेको एउटा राम्रो र भरपर्दो सञ्चारमाध्यम हो– इन्टरनेट । यसको माध्यमले आज यो फराकिलो विश्वलाई नै एकै ठाउँमा जोड्न सफल भएको छ ।

एक ठाउँमा बसेर संसारको सबैभन्दा टाढाको विन्दुसम्म पुग्न सकिने वा घरैमा बसी–बसी संसार घुम्न सकिने माध्यम इन्टरनेटले देश–विदेशका घटना, सुन्दरता, मनोरञ्जनलगायत हरेक सुविधामा पहुँच पु¥याइरहेको छ । यसैका माध्यमले कहिल्यै नसुनिएका कुराहरू सुन्न, कहिल्यै नदेखिएका नयाँ–नयाँ कुराहरू देख्न र कुनै स्थानको नयाँ खबर भए तत्काल सुन्न र देख्न सकिन्छ । देश–विदेशमा रहेका मानिसहरू र त्यहाँका संस्कृति, रहनसहन, आर्थिक वा राजनैतिक अवस्थाहरूको अध्ययन र जानकारी लिन पनि सकिन्छ । इन्टरनेटभित्रकै एउटा महŒवपूर्ण पाटो फेसबुक हो ।

हुन त ट्वीटरलगायतका अन्य सामाजिक सञ्जालहरू पनि थुपै्र छन् तर हाल धेरै मानिसले चलाउने सजिलो र प्रख्यात माध्यम बनेको छ फेसबुक । मोबाइलबाट पनि सजिलै चलाउन सकिने हुनाले विश्वमा तत्काल भएका घटना वा सूचनाहरू तत्काल थाहा पाउन सकिने माध्यम फेसबुक अहिले निकै नै लोकप्रिय बनेको छ । केही समय फुर्सद् भए छस्स खोल्न सकिने र कामको बोझले तनाव भएमा त्यसबाट मुक्ति पाउने एउटा राम्रो माध्यम बनेको छ– फेसबुक ।

तर यो माध्यम अहिले सकारात्मक कुरामा भन्दा पनि नकारात्मक कुरामा प्रयोग हुँदै आएको छ भन्दा फरक नपर्ला । अहिले राजनीतिक होस् वा व्यक्तिगत, फेसबुक प्रयोगकर्ताहरूले तल्लो स्तरमा झरेर गालीगलौजसम्म गरेको देख्न पाइन्छ ।फेसबुकमा स्वार्थका लागि मान्छे आफ्नो हैसियतभन्दा कतिसम्म तल झर्न सक्दो रहेछ भन्ने कुराको अनुमान पनि यसबाट लगाउन सकिन्छ ।

आपूm को हुँ, आफ्नो स्थान कहाँ छ र केका लागि म यति तल झर्दैछु भन्ने कुरा शायद उसले सोच्न भ्याएकै हुँदैन । अहिले फेसबुकमा राम्रो कुराभन्दा नराम्रो कुराले प्राथमिकता पाउँदा अधिकांश युवाको सोचाइ नकारात्मक हुन पुगेको छ । हजारौँ गुणहरूलाई एउटै बैगुनले खाइदिन्छ भनेभैmँ कतै सानो गल्तीले भोलिको वास्तविक जीवनमा ठूलो असर पार्ने त होइन ? यो पनि मनन्योग्य छ ।

एक दशक अघिसम्म एउटा चिठ्ठी पठाउन र पाउन महिनौँसम्म हुलाकी कुरेर बस्नुपथ्र्यो तर अहिले समय बदलिएको छ । शहर–बजारमा मात्रै होइन, गाउँ–गाउँमा समेत इन्टरनेटको पहुँच पुगेको छ । अन्य सुविधाका लागि नभए पनि मोबाइलमै फेसबुक एकाउन्ट खोलेर धेरै युवा र प्रौढहरू त्यसमा मस्त हुन थालेका छन् । को कहाँ के गरिरहेको छ ? कुनै घटनाको विषयमा कसैको धारणा के छ ? एक हिसाबमा फेसबुकले मानिसबीच दूरी घटाएको छ ।

हुन त भनिन्छ नि, उपयोग गर्न जान्यो भने विषले पनि ओखतीको काम गर्छ । समग्रमा फेसबुक नराम्रो कुरा पक्कै होइन । घरैभित्रबाट संसार देख्न सकिने आधुनिक युगको ठूलो प्रगति मान्नुपर्छ यसलाई । त्यसैले यसको दुरूपयोग होइन, सही उपयोग गरौँं । यो अति नै अमूल्य समयलाई अर्थपूर्ण बनाऊँ । फेसबुककै कारण समाजमा इज्जत गुमाउने खतरा पनि उत्तिकै छ । पछिल्लो समयमा फेसबुक दुरुपयोग बढ्दै जाँदा अनुसन्धानको क्षेत्रमा समेत नयाँ चुनौती थपिएको छ ।

फेसबुक अहिले सदुपयोगभन्दा पनि दुरुपयोग धेरै भइरहेको छ । फेसबुकमा नरमाउने युवायुवती को छ ? उनीहरूले अहिले साथीभाइसँगको रिसइबी साध्ने माध्यमसमेत यसैलाई बनाउन थालेका छन् । यसकारण फेसबुक दुरुपयोग गर्नेलाई कानूनी दायरामा ल्याउने बाटो अपनाउनुपर्छ । इन्टरनेटमार्पmत् चल्ने सामाजिक सञ्जाल फेसबुक पनि साइबर अपराधबाट अछूतो छैन । सामान्य व्यक्तिदेखि उच्च ओहोदाका व्यक्तिसम्म फेसबुक दुरुपयोगले पीडित र हैरान बनेका छन् । साइबर अपराध के हो ? एकदमै सामान्य रूपमा भन्दा कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग भएर हुने जुनसुकै प्रकारका अपराधहरू साइबर अपराध हुन् । यसलाई हेर्न र रोकथाम गर्न ल्याइएको कानून नै साइबर कानून हो । कम्प्युटर तथा कम्प्युटर नेटवर्कको प्रयोग कहाँ बसेर गरिरहेको छ भन्ने कुरामा भर पर्छ । नेपालमा बढिरहेको साइबर अपराधलाई रोक्न विद्युतीय कारोबार ऐन २०६३ ल्याइएको छ ।

इमेलमार्पmत् जथाभावी धम्की दिन, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्विर प्रयोग गरेर, प्रोफाइल खोलेर बेइज्जत गर्न पाइँदैन, सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्वका सामग्री वा कसैप्रति घृणा वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने काम गरे १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । वा उपदफा १ बमोजिमको कसुर पटक–पटक गरेमा अघिल्लोपटक भएको सजायको डेढी सजाय हुने व्यवस्था छ । कस्तो छ कानून ? प्रकाशन गर्न नहुने भनिएका सामग्रीको प्रकाशन गर्नु हँुदैन । गरेमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४४ अनुसार कम्प्युटर स्रोत सङ्केतको चोरी, नष्ट वा परिवर्तन गर्नेलाई ३ वर्षसम्म कैद वा २ लाखसम्म जरिवाना वा दुवै सजाय हुन्छ । दफा ४७ अनुसार विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गर्नेलाई १ लाखसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

दफा ४८ अनुसार गोपनीयता भङ्ग गरेमा १ लाखसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । दफा ४९ अनुसार भूmटा व्यहोराको सूचना दिनेलाई १ लाखसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ । दफा ५० अनुसार भूmटा इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउनेलाई १ लाखसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय, उपदफा १ बमोजिमको कार्य गरिनसकेको अवस्थामा १ लाख, जानी–जानी कार्य गरेमा १ लाखसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय तोकिएको छ ।

थाहा पाएको ३५ दिनभित्र उजुरी गर्नुपर्छ ३५ दिनभन्दा पछि उजुरी ग¥यो भने त्यो मान्य हुने छैन । यसको समय सीमालाई ख्याल गर्नुपर्ने हुन्छ । त्यसैगरी यसमा विज्ञको सल्लाह, सुझाव वा प्रमाणीकरण नियन्त्रकको सल्लाह लिनुपर्ने कानूनी व्यवस्था छ । त्यसैले होशियार बन्ने हो कि !